भर्खरै :

के सिंहदरबार सुनियोजित ढङ्गले भित्रैबाट आगो लगाइएको हो ?

के सिंहदरबार सुनियोजित ढङ्गले भित्रैबाट आगो लगाइएको हो ?

भदौ २४ गते नयाँ पुस्ताले गरेको आन्दोलनमा घुसपैठ गरेर प्रतिक्रियावादीहरूले सिंहदरबार, शीतल निवासको राष्ट्रपति भवन, सर्वोच्च अदालत, संसद् भवन, अख्तियार दुरूपयोग अनुसन्धान आयोगलगायत जिल्ला जिल्लाका सरकारी भवनहरूमा आगो लगाए । सिंहदबार भित्रै सेनाको दमकल हुँदा पनि आगो निभाउन दमकल प्रयोग नगरिएको विषय सार्वजनिक भयो । नेपाली सेनाको नरसिंह दल गणभित्र रहेको दमकल उपयोग भएन । नेपाली जनताको करबाट किनेको दमकल नेपाली जनताकै सम्पत्ति सुरक्षा गर्न प्रयोग भएन । यो जस्तो लाजमर्दो विषय के हुनसक्छ ? नेपाली सेनाले मूकदर्शक बन्नुको जवाफ दिनुपर्छ । नेपाली सेनाले ‘दमकलमुनि मान्छे सुतेको कारण त्यस दिन दमकल चलाउन नसकिएको’ (कान्तिपुर, २०८२ असोज २०) भन्ने टालटुले जवाफ दिएर पन्छिन पाउँदैन ।
नेपाली सेनाका केही अधिकारी ‘नेपाली जनता धेरै मर्छन् भनेर सेना बाहिर ननिस्किएको’ तर्क गरी गल्ती ढाकछोप गर्दै छन् । नेपाली सेना सडकमा उत्रनासाथ जनतालाई गोली हान्नुपर्छ भन्ने होइन । उसको उपस्थितिले भिडलाई नियन्त्रण गर्न सहयोग पुग्थ्यो । यो विषय किन लुकाएको ? सेना गुलाबको फूल लिएर बस्नको निम्ति होइन । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले एक कार्यक्रममा भन्नुभयो, “सिंहदरबार सेनाले बाहेक अरूले जलाउनै सक्दैन ।” जनता प्रश्न गर्दै छन्, “के सिंहदरबार सुनियोजित ढङ्गले भित्रैबाट आगो लगाइएको हो ?”
ललितपुर महानगरको दमकल अपराह्न चार बजे सिंहदरबारको आगो निभाउन पुग्यो । भद्रकालीमा रहेको नेपाली सेनाको दमकल पनि अपराह्न साढे चार बजेमात्र गयो । काठमाडौँ महानगरको दमकल भने राति अबेरमात्र पुग्यो । यतिसम्म लापरबाही किन ? काठमाडौँ महानगरपालिकाको दमकल नचलाएको विषयमा मेयर बालेन साहको धेरै आलोचना भयो । काठमाडौँ महानगरले चालक नभएको हुँदा दमकल चलाउन नसकिएको बहाना ग¥यो । यो बहाना पनि बेतुकको छ । के आधा दर्जनभन्दा बढी दमकल र एक दर्जनभन्दा बढीको सङ्ख्यामा रहेका सबै चालक एकै पटक बिरामी परेका हुन् ? होइन भने कुनै पनि हालतमा ती चालकलाई उपस्थित गराएर दमकल चलाउनुपथ्र्याे । आफ्नो क्षेत्रमा आगलागी हुँदा यसरी मौन बस्नु गलत हो । काठमाडौँ महानगरका मेयरले एकपटक ‘सिंहदरबार जलाउँछु’ भनेका थिए । के साँच्चै सिंहदरबार जलाउने काममा उनको संलग्नता छ ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *