बौद्ध विशेषतायुक्त लाओ समाजवाद–३
- आश्विन २०, २०८२
क्रान्तिकारी अपेरा अर्थात् गीतिनाटक ‘पार्टीकी सच्चा छोरी’ (A True Daughter of the Party) पढ्ने अवसर मिल्यो । यस अपेराले पाठकलाई कोरिया युद्ध (१९५०–५३) कालीन समयमा पु¥याउँछ । यो अपेरा कोरिया युद्धमा देश र जनताका निम्ति निःस्वार्थपूर्वक लडेका क्रान्तिकारीहरूको कथा हो । दक्षिणमा अमेरिकी साम्राज्यवादको हमलाविरुद्ध पार्टीका योद्धाहरूले गरेको बलिदानीको कथा हो ।
देश, जनता तथा क्रान्तिको नेतृत्व गर्ने पार्टीलाई आप्mनो जीवनभन्दा बढी प्रेम गर्ने छोरीहरूको गीत हो, यो अपेरा । क्रान्तिले जन्माएकी छोरी कान यान ओकको –(Kang Yan Ok) को कथा हो । उनले पार्टीको सदस्य बन्नुलाई आप्mनो जीवनलक्ष्य बनाउँछिन् । उमेरमा सानो तर पार्टीप्रतिको सम्मान, इमानदारी र कर्तव्यबोधको भावनामा सारै अग्लो व्यक्तित्व बोकेकी हुन्छिन् । युद्ध मैदानमा आफ्नो नेता –किम इल सङसँग भेट गर्ने उनको बेजोड चाहनालाई अपेराले र्मािर्मकरूपमा प्रस्तुत गर्छ ।
पार्टी उद्देश्य र पार्टी नेतृत्वप्रतिको सम्मान, अनुशासित प्रतिबद्धता, इमानदारीलाई सुन्दर लयमा प्रस्तुत गरिएको छ । पार्टीकी छोरी कान यान ओक एक प्रतिनिधि पात्र मात्रै हुन् । कोरिया युद्ध, समाजवादी क्रान्तिले थुप्रै यान ओकहरू जन्मायो । गौरवपूर्ण सङ्घर्षको त्यो कालखण्डलाई अपेराले शानदार प्रस्तुति दिएको अनुभव हुन्छ । अपेरामा ६ वटा खण्डहरू छन् । हरेक पार्टी कार्यकर्ता र विशेषतः छोरीहरूले पढ्नै पर्ने कोरियाली क्रान्तिकारी अपेरा ‘पार्टीकी सच्चा छोरी’ को चर्चा प्रेरणादायी नै होला । अपेरा यसरी सुरु हुन्छ –
“यो पार्टीकी सच्चा छोरीको अमर कथा
जो आफ्नो जीवनको प्रत्येक क्षण
नेता र पार्टीका निम्ति बाँचे
आफ्नो यौवनावस्थालाई देशको नाम गरिदिए
देशको स्वतन्त्रताका निम्ति सिपाही बनेर लडे
यो त्यही छोरीको सुन्दर कथा
मुटुमा हलचल मच्चाउने सङ्घर्षको कथा ।
अपेराकी मुख्य पात्र कान यान ओक बारुदको धुँवाभित्र लडिरहेका सिपाहीहरूको बगालमा देखिन्छिन् । उनी पनि संरा अमेरिकी साम्राज्यवादविरुद्धको लडाइँ मैदानमा हुन्छिन् । सन्दर्भ १९५० को पितृभूमि मुक्ति आन्दोलनको । परिवेश राकडोङ गुङ नदी नजिकको पहाडको युद्धभूमिको ।
पार्टी सेल अध्यक्ष डोक जुनले युद्धको नेतृत्व गरिरहेका हुन्छन् । ओकले “कामरेड म पनि लडाइँमा जान्छु” भन्ने इच्छा जाहेर गर्छिन् । सेल अध्यक्षले “हुन्न, त्यो ठाउँ अत्यन्त खतरनाक छ, पार्टी सदस्यहरूमात्र मलाई पछ्याउनू” भन्छन् । “संरा अमेरिकी सेनालाई परास्त बनाउनुले नै देश र जनताको जीवन रक्षा हुनेछ । निडर भई शत्रुको छातीमा गोली हान्दै अगाडि बढौँ ! हामी कोरियाली मजदुर पार्टीका सदस्यहरू हौँ । हामी संरा अमेरिकी साम्राज्यवादलाई घुँडा टेकाउँछौँ ।” भन्दै अगाडि बढ्छन् ।
यान ओक स्वास्थ्यकर्मी अर्थात् नर्स हुन् । युद्ध मैदानका घाइतेहरूको उपचारमा उनी इमानदारीपूर्वक काम गर्छिन्् । अध्यक्षको कुरा नमानी यान ओक पहाड उक्लिन्छिन् । उनले त्यहाँ म्योङ होले असाध्यै ठूलो मेसिनगन भिरेर लडिरहेको देख्छिन् । म्योङ हो अचानक ढल्छन्, घाइते भएर । डोक जुन र यान ओकले म्योङ होलाई स्टे«चरमा राखेर लान खोज्दा उनी कराउँछन् – “मलाई कहाँ लान लागेको, मलाई लड्नु छ, मेरो कर्तव्य पूरा गर्न देऊ”
म टुक्रा टुक्रा भए पनि
यो युद्धमैदान छोड्दिनँ
मलाई नेताको बफादार
पार्टी सदस्य बन्नुछ ।
“म मेरो कर्तव्य पूरा नगरुन्जेल मर्न पनि पाउँदिनँ यही नै मलाई सिकाइएको पार्टी अनुशासन हो ।” भन्दै फेरि पनि लडाइँमा जान खोज्छन् । अध्यक्ष डोकले यतिखेर हस्पिटल जान पार्टीको निर्देशन भनेपछि बल्ल मान्छन् । यो घटनाले यान ओक मर्माहत हुन्छिन् । उनी घोत्लिन्छिन् – के हो पार्टी सदस्य भनेको ? कस्तो मान्छे पार्टी सदस्य बन्न पाउँछन् ? उनी त्यतिबेलासम्म पार्टी सदस्य भएकी थिइनन् । उनले डोकसँग सोध्छिन्– “पार्टी सदस्य बन्न के गर्नुपर्छ ?” डोकले जवाफ दिन्छन् –“पार्टी सदस्य क्रान्तिप्रति समर्पित हुन्छन्, कामदार वर्गीय जनताप्रति समर्पित भएको हुनुपर्छ । जीवनका हरेक मिनेट नेता जनरल (किम इल सङ) प्रति बफादार हुनुपर्छ । पार्टी र विचारप्रति जीवनभर इमानदार र अनुशासित रहनु कोरियाली मजदुर पार्टी सदस्यको गुण हो ।”
यान ओकलाई टेइबेकसान अस्पतालमा घाइते योद्धाहरूको उपचार र हेरचाहका निम्ति खटाइन्छ । त्यो अस्पताल खाली गर्ने मिसनकी उनी एक योद्धा बनिन् । उनलाई लाग्यो त्यो मिसनले उनलाई धेरै टाढा पु¥याउनेछ जहाँ उनी जान चाहन्छिन् (नेता किम इल सङको नजिक) । उनले दिनरात एक गरेर लडाकु अर्थात् योद्धा घाइतेहरूको उपचार गर्छिन् । थकाइको एक लेस पनि उनको मुहारमा हुँदैन । पार्टी जनरलको विचार मनमा बोकेर आप्mनो क्रान्तिकारी जिम्मेवारी पूरा गर्ने उत्साहसाथ उनी कर्मक्षेत्रमा खट्छिन् ।
“जसरी पानीविना माछा बाँच्दैन
त्यसरी नै जनताभन्दा टाढा बसेर गुरिल्ला बाँच्न सक्दैन ।”
नेता किमको यो विचार मनमा राखी पहाडको टाकुरामा अवस्थित अस्पतालमा ठेलागाडासहित पुग्ने मिसनमा अग्रसर हुन्छिन् ।
दक्षिण कोरियाको एउटा गाउँ मुक्त हुन्छ । गाउँलाई संरा अमेरिकी चङ्गुलबाट र साम्राज्यवादी पिछलग्गूहरूबाट कोरियाली जनसेनाले मुक्त गरेको हुन्छ । गाउँका केटीहरू गीत गाउँदै नाच्दै हर्षोल्लास मनाउँछन् । नेता किम इल सङको नेतृत्वमा रहेको जनसेनाका कारण गाउँहरूमा खुसी भित्रियो, जनताको दैलो–दैलोमा खुसी छायो । गाउँको एकजना सानो भाइ बोङ चोलले यान ओकलाई अङ्कमाल गर्दै भन्छ – “आर्मी सिस्टर म आजदेखि स्कुल जान्छु ।” जमिनदारको घरमा नोकर बनी काम गरेको बोङ चोलको परिवारले जोत्ने जमिन पायो र युद्धभन्दा पहिले गरिबका छोराछोरीले पढ्न नपाउने त्यो समाजमा बोङ चोल स्कुल जान थाल्नु क्रान्तिभित्रको अर्को क्रान्ति थियो । गरिब र कामगरी खाने जनताको सपना साकार बनाउने नेता किम इल सङप्रति बच्चादेखि वृद्धसम्मले सम्मान व्यक्त गर्छन् ।
“संसारमा त्यस्तो महान् खुसी छैन
जति नेता किमलाई पिताको रूपमा पाउनुमा छ ।”
मिसनमा यान ओकसँगै जी चाङ, म्योङ हो र चुनसाम हुन्छन् । सबै देशका निम्ति लड्न चाहने युवा । घना जङ्गलको पहाडहरू छिचोलेर गन्तब्यतिर लम्किरहन्छन् । जी चाङ् भन्छन् – “जब राइफल काँधमा भिरेर म दुश्मनलाई अग्रपङ्क्तिमा बसी परास्त पार्दै गरेको हुन्छु तब मेरो युवा मन सपनाहरूले भरिन्छ ।”
हिँड्दाहिँड्दै पानीको अभावमा ती सुसाउँछन् । यान ओक पानी लिन चारैतिर भौँतारिन्छिन् । पानी बोकी फर्कँदासम्म ती गलिसकेकी हुन्छिन् । त्यति नै बेला शत्रुले युद्ध छेडेको आवाज सुनिन्छ । अमेरिकीहरूको युद्ध ट्रक उत्तरतिर केन्द्रित भएर अगाडि बढेको देखिन्छ । हातहतियारसहितका गाडी, ट्याङ्करसहित आएका अमेरिकी सैनिक टोलीले गाउँहरूमा धमाधम आगो लगाउँछन् । गाउँहरू जलेको दृश्य हृदयविदारक छ । आगोमा जल्दै गरेका गाईवस्तु र मानिसहरूको अवस्था कारुणिक लाग्छ । त्यो दृश्य देख्न नसकेर घाइते म्योङ हो बोल्न थाल्छन् –
“आगोमा जल्दै गरेको गाउँ म देख्न सक्दिनँ
मेरो हृदयमा प्रतिशोध उम्लिरहेको छ
शत्रुलाई गाउँ सिध्याउन, एक्लो छोड्न सक्दिनँ
जसलाई हामीले रगत दिएर मुक्त बनाएका थियौँ
गाउँ जलेर खरानी भएको म कसरी हेरूँ ?
यद्यपि, धैर्यले काम गर्नुपर्ने आवश्यकता देखियो । शत्रुविरुद्ध सामूहिक शक्तिको खाँचो महसुस गरियो । कठिनभन्दा कठिन समयमा पनि पार्टीको फलामे अनुशासन कायम राख्नुपर्छ । सङ्घर्षको बाटो सजिलो छैन, लामो र काँडैकाँडाले भरिएको छ । शत्रुको अग्निकुण्ड पार गरेर आफ्नो मान्छेको जीवन रक्षा गर्नुपर्छ । क्रान्तिको बाटोमा निरन्तर अथक हिँड्नुपर्छ । विजय हाम्रै हुनेछ, प्रतिशोध विजयमा बदलिनेछ, शत्रु समाप्त हुनेछ, संरा अमेरिकाले घुँडा टेक्नेछ । यही आत्मविश्वास बोकी यान ओकसहितको टोली टाइबेक सान अस्पतालमा पुग्छन् ।
त्यहाँ पुगेपछि अस्पताल प्वाइन्ट नम्बर – २ मा सरेको थाहा पाउँछन् । अस्पताल खाली देखेर यान ओक आत्तिन्छिन्, रुन्छिन् अनि सोध्छिन् – “जेनेरल कहाँ हुनुहुन्छ ? मलाई रोइरहेको देख्नुभयो भने त उहाँ दुःखी हुनुहोला ।” “हाम्रा पितातूल्य नेता कहाँ हुनुहुन्छ ?” प्वाइन्ट नं. २ तिर अबको यात्रा झन् कठिन हुने देखियो । यान ओक बोल्छिन् –
“अस्पताल सारियो
हाम्रो गन्तब्य उही हो
हजारौँ माइल पहाड
छिचोल्न किन नपरोस्
गन्तब्य पुगिछाड्छौँ ।”
नाम– चोन–गाङ नदी तर्ने ठूलो चुनौति बन्छ । घाइते कामरेडहरूलाई बोकेर नदी तर्ने काममा यान ओकले नै साहस देखाइन् । उनी गाउँमा बोङ चोल अमेरिकीहरूले झोसेको आगोमा जलेर मरेको थाहा पाउँदा भावविह्वल हुन्छिन् । कामरेडहरू रुन्छन् । परिवारजनलाई सम्हाल्छिन् –
“क्रान्ति भनेको कठिन बाटो हो
आँसु पुछ्नू र लडाइँ जारी राख्नू
हाम्रो गन्तब्य विजय हो
हाम्रो उद्देश्य जनताको सुख हो ।”
ओडाइ—सान पहाडको नजिक पुग्दा म्योङ होलाई निकै गा¥हो हुन्छ । यान ओकले आप्mनो रगत दिएर बचाउँछिन् अनि भन्छिन् – पार्टीको एकजना योद्धालाई बचाउन असफल रहेँ भने म नेताको योद्धा हुनुको के अर्थ ?”
एकजना क्रान्तिकारी नर्सको समर्पण, क्रान्तिप्रतिको विश्वास, नेताप्रतिको प्रेम देखेर घाइते योद्धाहरूकै मनोबल उच्च हुन्छ ।
पहाड र जङ्गलको यात्रामा अचानक चामल सकिन्छ । शत्रुले आक्रमण गरिरहेको गाउँमा चामल खोज्न हिँड्नुपर्ने चुनौती खडा भयो । निष्पट्ट अँध्यारो रातमा यान ओक चामल खोज्न निक्लिन्छिन् । राइफल हानिरहेको आवाज, बारुद पड्किरहेको आवाजभन्दा पनि कामरेडहरू भोकले थला पर्ने डर यान ओकसँग थियो । घरघरमा आगो लगाउँदै अमेरिकीहरू कराउँदै थिए – “क्रान्तिकारी सबैलाई यही आगोमा पोलेर रातो बनाइदेऊ !” पृष्ठभूमिबाट आवाज सुनिन्छ –
“शत्रुसामु कहिल्यै आत्मसमर्पण गर्दैनौँ
क्रान्तिप्रतिको विश्वास डग्मगाउँदैन
जनरल, नेताले बालेको उज्यालोमा लडौँ
देश र जनताका लागि अन्तिम दमसम्म समर्पित रहौँ ।”
शत्रुले एकजना बुढो मान्छेलाई गलहत्याएको दृश्य देखिन्छ । लात्तीले हिर्काएर छोड्छ । यान ओक बुढो मान्छेलाई उभिन सघाउँछिन् । आफू जनसेनाको सिपाही बताउँछिन् । अप्ठ्यारो मान्दै आफू चामल खोज्न आएको सविस्तार बताउँछिन् ।
आफ्नो जीवन रक्षाका निम्ति नेता किमले खटाउनुभएका सेना र सिपाहीका निम्ति सहयोग गर्न पाउनु हर्षको कुरा हो भन्दै बुढो मान्छेले चामल दिन्छन् र भन्छन् – “यो नेता किमले हामीलाई प्रदान गर्नुभएको जमिनबाट उब्जेको फसल ।’’ झोलाभरि चामल बोकेर फर्केकी यान ओक गाउँछिन् –
“दक्षिणको पहाडमा मडारिरहेको
कालो बादल बीच पनि
मान्छेका हृदय त्यसलाई हटाउन उत्साही छन्
विजयप्रतिको विश्वाससहित
जनसेनालाई सघाउन जनता बाहिर आउँछन् ।”
उनले पार्टीले दिएको जिम्मेवारी इमानदारीपूर्वक पूरा गर्छिन् । त्यसको पुरस्कारस्वरूप उनलाई कोरियाली मजदुर पार्टीको सदस्यता दिइन्छ । त्यो समय यान ओकको जीवनको महत्वपूर्ण समय थियो । आफू नर्स भए पनि पार्टी सदस्य बन्नुलाई जीवनलक्ष्य बनाएकी यान ओकका निम्ति सपना पूरा भएको क्षण बन्यो । यान ओकलाई इतिहासका सबै सङ्घर्ष पढाइन्छ । इमानदारी के हो बताइन्छ ।
लडाइँ क्षेत्रको अस्पतालमा शत्रुले हमला गर्दा यान ओकले कसरी लडिन् ? शब्दचित्र प्रस्तुत छ । बिरामी राखिएको वार्डमा आगो लागेपछि पनि बिरामी खोज्न उनी अस्पतालभित्र कुद्छिन् । आफ्नो पिठ्यूँमा बिरामी बोकेर बाहिर आउने बित्तिकै अस्पताल भवन गल्र्यामगुल्र्लुम्म ढल्छ । त्यतिकैमा शत्रुले गोली हान्न सुरु गर्छ र छातीमा गोली थापेर बिरामीको रक्षा गर्छिन् । यान ओक ढल्छिन् । जाँदाजाँदै उनले पार्टी सेल अध्यक्षलाई भन्छिन् –“यो महिनाको लेबी यहाँ छ । मेरो पार्टी सदस्यता कार्ड केन्द्रीय समितिमा पठाइदिनुुस् है । प्रिय नेता किम इल सङलाई भेट्ने ठूलो इच्छा थियो ।” बोल्दा बोल्दै उनले देहत्याग गर्छिन् ।
यान ओकसँगैका कामरेडहरू र सेल अध्यक्षले उनको बलिदानलाई मर्मस्पर्शी भावमा गाउँछन् ।
अत्यन्त हृदयस्पर्शी यस अपेराले आजभन्दा ७९ वर्षअघिको युद्धको जीवन्त स्मरण गराउँछ । क्रान्तिमा बलिदान भएका छोरीहरूको स्मरण गराउँछ । पार्टी कार्यकर्ताको बलिदानीपूर्ण भावनाकै जगमा मुक्तियुद्ध सफल भयो, समाजवादी क्रान्ति सफल भयो । दक्षिण कोरियाबाट संरा अमेरिकालाई लखेट्ने युद्ध चालु छ । एक कोरियाको उद्देश्य प्राप्तिका निम्ति लाखौँ यान ओकहरू पार्टीको छोरी भएर बाँचिरहेका छन् । अपेरा सामूहिक कोरसमा टुङ्गिन्छ –
“हाम्रो जीवनका प्रत्येक क्षण
हामी नेताप्रति समर्पित हुनेछौँ
कुनै पनि मूल्यमा दक्षिणलाई मुक्त गर्नेछौँ
क्रान्तिको हतियार बनेर उभिनेछौँ
संरा अमेरिकी साम्राज्यवादलाई परास्त पार्नेछौँ
‘महान् नेता जिन्दावाद’ !!
बलिदान भएकी नर्स यान ओक धर्तीमा फूल बनेर फुल्नेछिन्, सुगन्ध छर्नेछिन् । उनले देखेको मुक्तिको सपना युगयुगसम्मका छोरीहरूले साँच्नेछन् भन्ने विश्वासका साथ अपेरा टुङ्गिन्छ ।
Leave a Reply