भर्खरै :

चे, फिडेलको संस्मरणमा – ५

चे, फिडेलको संस्मरणमा – ५

समाचारमा अगाडि भनिएको छ, “जब एउटा गोलीले सब मेसिनगनको रूपमा प्रयोग गर्ने उनको एम १२ राइफल (M–12 Rifle) मा क्षति पु¥यायो, अन्य दुई घाइते छापामारसँगै उनलाई पनि कैदी बनाइयो । सोमबार सोधपुछ गर्दा चेले एउटा प्रश्नको पनि जवाफ दिएनन् ।”
समाचारमा अगाडि भनिएको छ, “उनले एउटा पनि प्रश्नको जवाफ नदिई आफूलाई कैदी बनाउनेहरूलाई एकोहोरो हेरिरहे । सोही दिन हिग्युरा (Higuera) मा अन्य छापामार पनि मारिए ।” यो समाचारले उनी कसरी घाइते भए, घाइते हुँदाहुँदै पनि कसरी लडे भन्ने कुरा बताउँछ । यसलाई हेर्नेलाई विश्वास गर्न कर लाग्छ । यहाँ अर्को समाचार पनि छ, जोसे मार्टिनेज क्यासोले एउटा अन्तर्वार्तामा मुटु र फोक्सोमा लागेको गोली घातक भएको बताए । मार्टिनेजको वक्तव्य चारजना घाइते सैनिकको बयानसँग मिल्छ । चिकित्सकका अनुसार ग्वेभाराले सैनिकहरूलाई देखेपछि अगाडि बढेको र उनीमाथि गोली चलाइएको सैनिकहरूले बताए ।
त्यसपछि चेलाई गम्भीर घाइते अवस्थामा कैदी बनाइएको समाचारसँग मिल्ने धेरै वक्तव्यहरू आए ।
सैनिकतर्फ अगाडि बढ्दा घाइते अवस्थामा कैदी बनाइएको समाचारसँग मिल्ने धेरै वक्तव्यहरू आए ।
सैनिकहरूतर्फ अगाडि बढ्दा घाइते हुनु उनको लागि स्वाभाविक थियो । घाइते भए पनि लडाइँ जारी राख्नु उनको विशेषता थियो । सासमात्र बाँकी हुँदासम्म चे लड्थे; उनी अचेत भए, अर्को हतियार काम नलाग्ने भए तथा गम्भीर धातुबाट चल्न नसक्ने अवस्थामा नपुग्दासम्म उनलाई गिरफ्तार गर्न सम्भव थिएन । उनीसँग प्रश्न गर्न तथा उनले सैनिकहरूलाई अरुचिको भावले हेर्नु त्यो सबै उनको व्यक्तित्वसँग मेल खान्छ ।
उनी सङ्घर्षमा मरे वा गम्भीररूपमा घाइते भएपछि मारिए भन्ने कुरा महत्वपूर्ण छैन । यो त्यति महत्वपूर्ण कुरा होइन । उनीहरूलाई घातक चोट लाग्यो तथा यसबाट नै उनको मृत्यु भएको कुरा महत्वपूर्ण छ ।
यस विषयमा के गम्भीर विवाद निस्केको छ भने उनको शरीरलाई के गरियो ? ११ अक्टोबरमा प्राप्त एउटा समाचारमा भनिएको छ, “बोलिभियाका राष्ट्रपति जनरल रेने व्यारेनटोस (Rene Barrientos) लाई अर्नेस्टो चे ग्वेभाराका अवरोधहरूलाई एन्डिज पर्वतको एउटा गुप्त ठाउँमा गाडिएको, लापाजमा नल्याइने र कहिल्यै प्रदर्शन नगरिने बताए ।” ती राष्ट्र प्रमुखले अगाडि भने, “मैले एउटा के मूर्ख कुरा भनेँ भने उनको शरीर बोलिभियामा नै रहनेछ ।”
चेले आफ्नो दैनिकीमा एक ठाउँमा व्यारेनटोस मूर्ख हुन् भनी लेखेका छन् । तसर्थ, उनले दैनिकीको सोही कुरा उल्लेख गर्दै माथिको कुरा भनेका छन् ।
११ अक्टोबरको दिन शरीर एउटा गुप्त ठाउँमा गाडिएको दाबी गरियो । भोलिपल्ट अक्टोबर १२ मा प्राप्त अर्को एउटा समाचारमा भनिएको छ ।
अर्नेस्टोका भाइ रोबर्टो ग्वेभारा (Roberto Guevara) को अन्तर्वार्ता लिने पत्रकारहरूका अनुसार सेना प्रमुख अल्फ्रेडो ओभान्डो (Alfredo Ovando) ले क्युवाली अर्जेन्टिनी क्रान्तिकारीको शरीर जलाइएको जानकारी रोबर्टोलाई दिए । सरकारी वक्तव्यले यसलाई झूटो साबित गरेको छ ।
विदेश मन्त्रालयका एक उच्च अधिकारीले राष्ट्रपति रेने ब्यारेन्टोसलाई आज ५ बजेसम्म केही थाहा नभएको बताए । स्रोतले अगाडि भन्यो, “यो कुरा सही भए हामी धेरै आश्चर्य चकित छौँ किनभने यो साँचो भएकोले राष्ट्रपतिलाई सूचित नगरी अन्तिम समयमा गरेको फैसला हुन्थ्यो जुन विश्वास गर्न कठिन छ ।”
त्यसपछि चेको शव गाडिएको, जलाइएको, एउटा हात वा औँला काटिएको जस्ता विभत्स र विरोधाभासपूर्ण वक्तव्यहरू आउन थाले ।
हिरासतमा रहँदा चे मारिएको कुरा तिनीहरू लुकाउन चाहन्छन् भन्ने कुरा बुझ्न सजिलो छ । राम्ररी छानबिन भए सबै कुराहरू प्रस्ट हुने तथा अन्तिम समयसम्म गोली हानी मारिएको कुरा पत्ता लाग्ने सम्भावनाबाट तिनीहरू चिन्तित थिए ।
तर, तिनीहरूले योबाहेक अर्को केही कुरालाई बढी महत्व दिएका छन् ।
उनीहरू चेको मृत्युपछि पनि चेदेखि डराए । चे जीवित रहँदा बाहेक मरेपछि पनि तिनीहरू उनीदेखि डराए, झन् बढी डराए । चेको मृत्युपछि उनको मृत्यु भएको स्थान स्मारक नबनोस् भन्ने आशयले तिनीहरूले चेको अवशेषलाई अन्यत्र लगे ।
तिनीहरूलाई इतिहासले निन्दा गर्नेछ भन्ने कुरा राम्ररी थाहा छ । शारीरिकरूपमा चेलाई नाश गरेको तथ्य एउटा भाग्यमात्र हो भन्ने कुरा तिनीहरूलाई थाहा छ । तसर्थ, चेको अवशेष, उनलाई गाडिएको ठाउँ आज वा भविष्यमा स्मारक बन्ने कुराबाट तिनीहरू डराउनु स्वाभाविक छ । तिनीहरू क्रान्तिकारी आन्दोलनको एउटा सङ्केत, एउटा क्षेत्र र एउटा चिह्नबाट पनि टाढा रहन चाहन्छन् । सारमा भन्नुपर्दा मृत्युपछि पनि तिनीहरू चेबाट डराए ।
मेरो विचारमा मुख्य कुरा तिनीहरूले अन्तिम गोली चलाएको वा नचलाएको भन्ने छुट्याउने प्रयास होइन । मुख्य कुरा तिनीहरू चेको अवशेषबाट छुट्कारा पाउन चाहन्छन् । उनको परिवारले उनको शवको दाबी गर्नेछ । क्रान्तिकारीहरूलाई एउटा पवित्र स्थल बन्ने कुराबाट तिनीहरू डराउँछन् । मुख्य कारण यही हो । विभिन्न समस्याप्रतिको हाम्रो मूल्याङ्कन, चेको मृत्युपछिको अनौठो र विरोधाभाषपूर्ण घटनाको कारण वास्तविक घटना कसरी घटे भन्ने कुराको धेरै वा थोरै जानकारी छ ।
अनिश्चितताको अवस्था क्रान्तिकारी आन्दोलनको लागि उपयोगी हुनसक्ने भए तापनि यो सूचना, यो विश्वासलाई व्यक्त गर्न हामी आफ्नो कर्तव्य ठान्छौँ । हामी यसलाई एउटा नैतिक प्रश्न, हरेक ठाउँको क्रान्तिकारीहरूको कर्तव्य जनताको कर्तव्य ठान्छौँ । हाम्रो विचारमा अनन्तकालसम्म अनिश्चितता र शङ्का कायम राखेर, जनतामाझ झूटा आशाहरू फैलाएर साम्राज्यवादले मात्र फाइदा पाउँछ ।
साम्राज्यवादको अगाडि दगुर्ने कुकुर नचाउन चाहने बोलिभियामा रहेका साम्राज्यवादी कठपुतलीहरू आफ्नो समाचारप्रति शङ्का व्यक्त गरोस् भन्ने चाहँदैनन् भन्ने कुरामा हामी विश्वस्त छौँ । बोलिभियाका साम्राज्यवादी कठपुतली बन्ने तिनीहरूको भूमिका, चाहनालाई प्रस्ट गर्दछ ।
तर, धूर्त साम्राज्यवादीहरू चेलाई भौतिकरूपमा नष्ट गरेर पनि उनको व्यवहार, उनको उदाहरण, उनको वीरतापूर्ण तथा क्रान्तिकारी अडानलाई कमजोर पार्न चाहने कुरामा कुनै शङ्का छैन । रहस्य, अनिश्चितता तथा भ्रमपूर्ण आशाहरू फैलाएर तिनीहरू उनको उदाहरण, प्रभावलाई कमजोर पार्न चाहन्छ । उनको उदाहरणलाई तिनीहरू रहस्य, शङ्का र आशाको भूमरीबिच राखेर ५, १०, १५ र अन्य २० वर्ष बिताउन चाहन्छन् । मृत्युलाई दुःख ठान्ने सबैले यो आशा गर्नु स्वाभाविक छ । उनलाई प्रशंसा गर्ने, सहानुभूति राख्ने, विश्वास राख्ने क्रान्तिकारी यो कुरा बुझ्न सक्छन् ।
भौतिकरूपमा चेबाट मुक्ति पाएको कुरा साम्राज्यवादलाई राम्ररी थाहा छ । उनीहरूको अर्को चाहना ‘हामीले उनलाई यहाँ देख्यौँ’ र ‘हामीले उनलाई त्यहाँ देख्यौँ’ जस्ता कथाहरू फैलाएर एउटा भ्रामक आशामा उनको भावना, उदाहरणलाई डुबाएर उनको भावनाबाट आफूलाई मुक्त गर्न चाहन्छ ।
एउटा झूटो कथाले पछि सबैले अस्वीकार गर्नसक्ने कुरालाई लिएर हामी चिन्तित छैनौँ । लामो समयसम्म विभिन्न शङ्का र कथाहरू फैलिएर चेको अनुपस्थितिको विषयमा धेरै अनुमानहरू लगाइए, विभिन्न घृणित वक्तव्यहरू पनि प्रकाशमा आए । हामी यसप्रति कहिल्यै गम्भीर भएनौँ । सत्य, तथ्यहरू एकदिन अगाडि आउने तथा राम्रो वा नराम्रो भावनाले फैलाइएको भ्रामक सिद्धान्तहरू अनुमान सबै चकनाचुर हुने कुरा हामीलाई थाहा थियो । तसर्थ, हामी चिन्तित बनेनौँ ।
तर, एउटा झूटो आशा जाग्ने सम्भावनाप्रति हामी सचेत थियौँ । यस्तो झूटो आशा गहिरो रहस्यमा जेलिएको आशाले बित्दै गरेको समयसँग क्रान्तिकारी सिद्धान्तप्रति बफादार, इमानदार, सज्जनता र निःस्वार्थताको सबभन्दा असाधारण उदाहरणमध्येको एकको प्रभाव कमजोर हुनेछ ।
तथ्यहरूले चेको मृत्युले क्रान्तिकारी सङ्घर्षलाई निरुत्साहित पार्नेछ भन्ने साम्राज्यवादीहरूको विजय घोषलाई झूटो साबित गर्नेछ । साम्राज्यवादीहरू पनि उदाहरणको शक्तिप्रति अवगत छन् । कुनै व्यक्तिलाई भौतिकरूपमा हटाइए पनि चेजस्तो व्यक्तिको उदाहरणलाई कसैले पनि केही कुरा नष्ट गर्न सक्दैन । तिनीहरू यसप्रति सा¥है चिन्तित छन् भन्ने कुरा थाहा पाउन सकिने कुरा हो ।
सबै प्रवृत्तिका प्राज्ञिकहरूले चेका गुणहरूलाई विश्वव्यापीरूपमा स्वीकारेका छन् । अपवादको रूपमा व्यक्त सयौँ दृष्टिकोणहरूमध्ये एउटामात्र उच्छृङ्खल वक्तव्य आउन सक्नेछ । चेको जीवनले उनका सबभन्दा ठुलो सैद्धान्तिक शत्रुमाझ पनि प्रभाव पारेको छ र तिनीहरू उनको सम्मान गर्न बाध्य छन् । चेको उदाहरणले हतियार लिएर सामना गरेका सैद्धान्तिक शत्रुहरूबाट मान–सम्मान कसरी एक व्यक्तिले पाउन सक्छ भन्ने कुरा देखाउँछ । सबै शत्रुहरूले एकमतले चेको सम्मान गरेका छन् । यसले निश्चय नै साम्राज्यवादलाई चिन्तित पार्नेछ भन्ने कुरा पनि बुझ्न सकिन्छ ।
चेको समाचारले पारेको प्रभावले ठुलो चासो देखाएको युरोपलाई स्तब्ध बनायो, धेरै धेरै जनतालगायत राजनैतिक व्यक्तिहरूले बताए । हाम्रो समयको यथार्थताहरूलाई जगाउने यो एक घटना बनेको छ ।
सत्य बताउने कर्तव्य सबैभन्दा ठुलो भएको हाम्रो विश्वास छ र हाम्रो प्रवृत्ति पनि यही रहिआएको छ । हामीले क्रान्तिकारीहरूलाई हाम्रो विश्वास, हाम्रो पूर्ण विश्वसनीयता र समाचारहरूप्रतिको हाम्रो मूल्याङ्कन बताउनुपर्दछ । साम्राज्यवादले निष्क्रिय र अनिश्चितताको वातावरण सृजना गर्न शङ्काको प्रयोग गर्न नपाओस् भन्नको लागि पनि हामीले यो चेतावनी दिनुपर्दछ ।
धेरै क्रान्तिकारीहरू यो तथ्यप्रति विश्वस्त नभएको वा समाचार सशङ्कित भएको तथा यही कारणबाट नबोलेको हुनसक्ने सम्भावना पनि छ । कुनै पनि प्रकारको आशा भएसम्म कुनै पनि क्रान्तिकारीले यस्तो समाचार स्वीकार्दैन । क्युवाली क्रान्तिकारीहरूको विश्वास भएको, विश्वभरका क्रान्तिकारीहरूले क्युवाली क्रान्तिमाथि विश्वास गरेको हामीलाई थाहा छ । एकपटक पुनः हामी सो विश्वासप्रति न्याय गर्न यहाँ छौँ । जतिसुकै तीतो भए तापनि परिस्थितिहरू जति दुःखद भए तापनि निकट नातेदारहरूमाझ शङ्का व्याप्त रहे तापनि यो कर्तव्य निर्वाह गर्नबाट हामी अलग हुनसक्दैनौँ ।
झूटा आशाहरू पालेर क्रान्तिकारीहरूलाई के पो राम्रो होला ? त्यहाँबाट के प्राप्त हुन्छ ? के क्रान्तिकारीहरू जुनसुकै परिणाम उथलपुथल र हारहरूको लागि तयार रहनुपर्दैन ? के क्रान्ति तथा क्रान्तिकारीहरूको इतिहासमा ठुलठुला प्रकारहरूको अनुपस्थिति छ ? के सच्चा क्रान्तिकारीहरू बिनाहतास भएर यस्ता प्रहार, कठिनाइहरूबाट पार पाउँदैनन् ? के क्रान्तिकारीहरूले नैतिक सिद्धान्त र उदाहरणको मूल्य बताउँदैनन् ? के क्रान्तिकारीहरू मानव जातिको काम र सिद्धान्तको स्थायी गुणमा विश्वास गर्दैनन् ? मानिसको भौतिक अस्तित्व क्षणभर हुन्छ भन्नेबारे क्रान्तिकारीहरू बुझ्दैनन् ? मानवको विचार, व्यवहार र उदाहरण कतिको स्थायी र दीर्घकालीन हुन्छ भन्ने के क्रान्तिकारीहरू विश्वास गर्दैनन् ? इतिहासमा यस्ता उदाहरणले नै जनतालाई प्रेरित र निर्देशित गरेको क्रान्तिकारीहरूलाई थाहा छैन ।
सधैँ यस्तै भएको छ । मार्टि (Marti तथा मोसेओ (Maceo) को मृत्यु हाम्रो स्वाधीनताको क्रान्तिमा सबभन्दा ठुलठुला प्रहारहरू थिए । यस्ता प्रहारहरू धेरै क्रान्तिकारी आन्दोलनले सहेको छ । त्यस्ता प्रहारहरू जतिसुकै कठोर भए तापनि तिनीहरू ती कठिनाइ तथा प्रहारबाट सधैँ पार पाउँछन् ।
चेको मृत्यु क्रान्तिकारी आन्दोलनको लागि एउटा प्रहार भएको कुरालाई कसैले अस्वीकार गर्न सक्दैन । उनको अनुभव, उनको प्रेरणा, प्रतिगामीहरूमाझ डर फैलाउने उनको शक्ति कम छैन । यो धेरै कडा प्रहार हो । तर, मानिसको भौतिक जीवनभन्दा उनको व्यवहार बढी महत्वपूर्ण भएको कुरामा सबैभन्दा बढी विश्वस्त उनी नै भएकोप्रति हामी निश्चित छौँ । खतरासँग खेल्ने चेको हिम्मत उनको व्यक्तित्व र कार्यक्रमहरूसँग कति मेल खान्छ भन्ने कुरा बुझ्ने एउटै बाटो यही हो ।
हाम्रो सिद्धान्तका शत्रु, क्रान्तिका शत्रुहरूलाई सैद्धान्तिक वा मनोवैज्ञानिक आक्रमण गरेर क्रान्तिकारी आन्दोलनलाई हतोत्साहित बनाउने समय दिनुहुँदैन । आफूलाई सत्य तथा सत्यको पहिचानमा आधारित बनाएर चेको उदाहरणलाई अगाडि बढाउनुपर्दछ र पहिलेभन्दा बढी दृढ बनाउनुपर्दछ ।
मैले यो तीतो काम गरेको छु । निश्चय नै यो विश्लेषण सा¥है अपूर्ण भए पनि हामीसँग भएका हरेक समाचार तथ्यहरूको विश्लेषण गरेर चेको व्यवहारप्रति राम्ररी परिचित सबै क्रान्तिकारी नेताहरू एकमतले, विना कुनै शङ्का हामीले माथि व्यक्त गरेको निष्कर्षमा पुगेका छौँ ।
आज मन्त्रिपरिषद्को बैठकले निम्न प्रस्ताव पारित गरेको छ, “ल्याटिन अमेरिकी जनताको मुक्तिको लागि बोलिभिया मुक्ति सेनाको नेतृत्व गर्दै वीर कमान्डर अर्नेस्टो चे ग्वेभाराले वीरगति प्राप्त गरेका छन् ।”
“हाम्रै मुक्ति युद्धमा तथा हाम्रो क्रान्तिको सुदृढता र विकासमा कमान्डर अर्नेस्टो ग्वेभाराले पु¥याएको असाधारण योगदानलाई क्युवाका जनताले सधैँ सम्झने छन् ।”
“उनको आचरणले अन्तर्राष्ट्रवादको भावनालाई जन्माएको छ । यसले जनताको सङ्घर्षलाई प्रेरित गर्नेछ । कुनै पनि सीमा नमान्ने उनको अथक क्रान्तिकारी क्रियाकलाप, ल्याटिन अमेरिकी जनताको राष्ट्रिय सामाजिक मुक्तिको लागि तथा साम्राज्यवादविरुद्ध विजय प्राप्त नभएसम्म वा नगरेसम्म लड्ने उनको अडिग निर्णयले क्रान्तिकारी विश्वास तथा वीरताको उदाहरण छोडेको छ । जुन सदा अविस्मरणीय रहनेछ ।”
“तसर्थ, प्रथमतः यस प्रस्तावनामाथिको हस्तक्षरसँगै ३० दिनसम्म राष्ट्रिय झन्डा आधा झुकाइनेछ, आज राति १२ बजेदेखि ३ बजेसम्म सबै सार्वजनिक मनोरञ्जनका कामहरू स्थगित गरिने छ ।”
“दोस्रो, सङ्घर्षमा चेको वीरतापूर्ण मृत्यु भएको दिनलाई राष्ट्रिय सम्झना दिवस घोषणा गरिनेछ, अक्टोबर ८ लाई वीर छापामार दिवसको रूपमा मनाइनेछ ।”
तेस्रो, चेको जीवन तथा उनको उदाहरणलाई भावी पुस्तासामु चिरस्मरणीय राख्न यथासम्भव रूपमा बढीभन्दा बढी गतिविधि गरिनेछ ।
हाम्रो पार्टीको केन्द्रीय समितिको निम्न घोषणा गरेको छ –
पहिलो, कमान्डर अर्नेस्टो ग्वेभाराको स्मरणलाई फैलाउने उद्देश्यले विभिन्न क्रियाकलापहरू सञ्चालन गर्न कमान्डर जुआन अलमेदा (Juan Almeida), रामिरो भाल्देज (Ramiro Valdeas), रोजे लियो यसेभेडो (Rogelio Acevedeo) तथा अलफान्सो जायस् (Alfanso Zayas) सदस्य भएको एउटा आयोग गठन गर्ने ।
दोस्रो, सङ्घर्षमा वीरगति प्राप्त गर्ने अविष्मरणीय तथा वीर योद्धाप्रति श्रद्धाञ्जली व्यक्त गर्न अक्टोबर १८, बुधबार ८ बजे क्रान्ति भवन (Revolution Plaza) मा श्रद्धाञ्जली सभामा भाग लिन जनतासामु आह्वान गर्ने ।
समाप्त
स्रोत : चे, फिडेल क्यास्ट्रोको संस्मरण

Leave a Reply

Your email address will not be published. Required fields are marked *