गाजा युद्धविराममा सहमति : हमासले बन्धक मुक्त गर्ने, इजरायलले कैदीहरू रिहा गर्ने
- आश्विन २३, २०८२
बिहीबार, अक्टोबर ९, २०२५
निकोस मोत्तास
प्यालेस्टिनका सबैभन्दा सम्मानित राष्ट्रिय नेताहरूमध्ये एक मारवान बारघुतीलाई इजरायली सेनाले पक्राउ गरिएको र आजीवन कारावासको सजाय सुनाएको बीस वर्षभन्दा बढी समय बितिसकेको छ ।
उनको ‘अपराध’ आतङ्कवाद थिएन जसरी इजरायली अदालतले घोषणा ग¥यो । त्यो हरेक दमनको व्यवस्थालाई त्रसित पार्ने प्रतिनिधित्व गर्ने साहस थियो – मुक्ति र शान्तिको लागि एकताबद्ध, वैध र लोकप्रिय आह्वान थियो ।
बारघुतीको जारी राखिएको कारावास एक जना मानिसमाथिको अन्याय मात्र होइन । यो जनताको विवेकलाई चुप लगाउने प्रयास हो । उनको रिहाइ नैतिक दायित्व र राजनीतिक आवश्यकता दुवै हो, – प्यालेस्टिनको लागि इजरायली कब्जा, असमानता र प्रभुत्वविरुद्ध सङ्घर्ष गर्ने सबैका लागि ।
सन् १९५९ मा पश्चिम किनाराको कोबार गाउँमा जन्मेका बारघुती सैन्य शासनको छायाँमा हुर्केका थिए । किशोरावस्थामा उनी फताहमा सामेल भए, जुन प्यालेस्टिनी राष्ट्रिय सङ्घर्ष आन्दोलनको अग्रणी थियो र आफ्नो अनुशासन, बुद्धिमत्ता र जनसङ्गठनप्रतिको प्रतिबद्धतामार्फत चाँडै नै आफूलाई अलग उदाए ।
उनको राजनैतिक सक्रियताले गर्दा उनलाई पहिलोपटक १५ वर्षको उमेरमा पक्राउ गरिएको थियो । माध्यमिक तहको अध्ययन पूरा गरेपछि उनले बिर्जेट विश्वविद्यालयबाट इतिहास र राजनीतिशास्त्रमा स्नातक डिग्री हासिल गरे, जहाँ पछि उनले अन्तर्राष्ट्रिय सम्बन्धमा स्नातकोत्तर डिग्री हासिल गरे । बिर्जेटमा, उनी विद्यार्थी आन्दोलनको एक प्रमुख आयोजक बने, उनी विभिन्न वैचारिक रेखाहरूमा आबद्ध विद्यार्थीहरूलाई एकतावद्ध गर्ने क्षमताको लागि परिचित थिए ।
१९८० र १९९० को दशकभरि, बारघुतीले पहिलो इन्तिफादामा केन्द्रीय भूमिका खेले र पछि उनले तन्जिम आन्दोलन स्थापना गर्न मद्दत गरे, जुन फताहभित्रको एक तल्लो तहको संरचना थियो जसले लोकप्रिय सहभागितामा आधारित समुदाय परिचालन र प्रतिरोधलाई जोड दियो ।
बारघुतीले सधैँ राष्ट्रिय मुक्ति सङ्घर्षलाई समानताको लागि सामाजिक सङ्घर्षसँग जोडेका छन् । उनको राजनीति प्यालेस्टिनको स्वतन्त्रतालाई लोकतन्त्र, सामाजिक न्याय र कामदारहरूको अधिकारबाट अलग गर्न सकिँदैन भन्ने विश्वासमा आधारित छ ।
वर्षौंको जेल जीवन बिताउनु परे पनि, बारघुतीले प्यालेस्टिनी र इजरायलीहरूबिचको सहअस्तित्वमा आफ्नो विश्वास कहिल्यै त्यागेका छैनन्, यदि त्यो समानता र पारस्परिक सम्मानमा आधारित हुन्छ भने ।
उनी दुई राज्य समाधानलाई सार्वजनिक रूपमा समर्थन गर्ने प्रारम्भिक प्यालेस्टिनी नेताहरूमध्ये एक थिए, जसले १९६७ को सिमानामा आधारित जेरुसेलमलाई साझा राजधानीको रूपमा इजरायलसँगै प्यालेस्टिनको स्वतन्त्र राज्य स्थापनाको लागि आह्वान गरे । तर अभिजात वर्गको बाँझो कूटनीतिभन्दा फरक, उनको शान्तिको दृष्टिकोण न्यायमा आधारित छ – इजरायली कब्जाको अन्त्य, पृथकतावाद हटाउने र सबै प्यालेस्टिनीहरूको लागि फीर्ति र आत्मनिर्णयको अधिकार सुरक्षित गर्ने ।
बारघुतीका जेलका लेखहरू – तस्करी गरी संसारभरि बाँडिएका छन् । तिनले उनको मानवता, बुद्धिमत्ता र सिद्धान्तको स्पष्टताको प्रमाण दिन्छन् । ती लेखले रोबेन टापुबाट मन्डेलाका शब्दहरू प्रतिध्वनित गर्छन् । मेलमिलाप स्वतन्त्रताबिना आउन सक्दैन र उत्पीडितहरूले जेल भित्रबाट पनि आफ्नो मर्यादा कहिल्यै त्याग्नुहुँदैन ।
इजरायली राज्यले बारघुतीलाई ‘आतङ्कवादी’ भन्छ । तैपनि प्यालेस्टिनीहरू र विश्वव्यापी रूपमा प्रगतिशील शक्तिहरूमाझ उनलाई एक स्वतन्त्रता सेनानी, नैतिक नेता र दृढताको प्रतीकको रूपमा लिइन्छ ।
आफ्नै कोठरीमा भए पनि, अनेक राजनीतिक वृत्तबाट उनले व्यापक सम्मान कमाएका छन् – फताहदेखि हमाससम्म, धर्मनिरपेक्ष बुद्धिजीवीदेखि तल्लो तहका आयोजकहरूसम्म । राजनीतिक विभाजनहरूमा व्यापक सम्मान प्राप्त गरिरहनुभएको छ । आन्तरिक प्रतिद्वन्द्विता र बाह्य दबाबले विभाजित परिदृश्यमा, बरघौती एक दुर्लभ एकताबद्ध व्यक्तित्व बनेका छन् ।
आन्तरिक प्रतिद्वन्द्व र बाह्य दबाबले विभाजित परिदृश्यमा पनि, बारघुटी एक दुर्लभ एकताबद्ध गर्ने व्यक्तित्वको रूपमा रहिआएका छन् ।
उनको नेल्सन मण्डेलाबिचको तुलना प्रतीकात्मकभन्दा बढी छ । दुवै जना जातीय पृथकीकरण र विस्थापनको व्यवस्थाद्वारा कैद गरिएका थिए । दुवैले समर्पणमा होइन, समानतामा आधारित संवादको वकालत गरे । दुवैले आफ्ना मानिसहरूलाई सबैभन्दा अन्धकार घडीमा दृढतापूर्वक आशावादी हुन प्रेरित गरे ।
मण्डेलाको रिहाइले दक्षिण अफ्रिकाको लोकतान्त्रिक नवीकरणको सुरुआत ग¥यो । मारवान बारघुटीको रिहाइले पनि यस्तै ऐतिहासिक भूमिका खेल्न सक्छ । प्यालेस्टिनी नेतृत्वलाई पुनर्जीवित गर्ने, वैधता पुनस्र्थापित गर्ने र न्यायपूर्ण र शान्तिपूर्ण भविष्यको दृष्टिकोणलाई पुनर्जीवित गर्ने ।
बारघुती विवेकको बन्दी मात्र होइनन् । उनी भविष्यको स्वतन्त्र र सार्वभौम प्यालेस्टिन राज्यको नेतृत्व गर्न सक्ने सबैभन्दा विश्वसनीय उम्मेदवार हुन् – एक व्यक्ति जसले क्रान्तिकारी प्रमाणहरूलाई लोकतान्त्रिक विश्वास, निष्ठा र राजनीतिक अनुभवसँग जोड्दछ ।
सर्वेक्षणले निरन्तर देखाउँछ कि उनले सबै पृष्ठभूमिका प्यालेस्टिनीहरूबिच व्यापक समर्थन प्राप्त गरेका छन् । उनको नेतृत्व गुटबन्दी वा भ्रष्टाचारमा होइन, तर जीवनभरको सेवा, त्याग र बौद्धिक संलग्नतामा आधारित छ । उनी जवाफदेहिता, सामाजिक न्याय र एकताको सिद्धान्तमा प्यालेस्टिनी राजनीतिक प्रणाली पुनर्निर्माण गर्न सक्षम नेतृत्वको प्रतिनिधित्व गर्छन् ।
एक स्वतन्त्र मारवान बारघुतीले प्यालेस्टिनी जनतालाई वास्तविक स्वतन्त्रतातर्फको सङ्क्रमणमा मार्गदर्शन गर्न मद्दत गर्नसक्छ ।
कम्युनिस्ट र प्रगतिशीलहरूका लागि, प्यालेस्टिनी सङ्घर्ष, शोषण र उत्पीडनविरुद्धको विश्वव्यापी लडाईँबाट अविभाज्य छ । प्यालेस्टिनी भूमिको कब्जा सैन्यीकरण, आर्थिक निर्भरता र साम्राज्यवादी समर्थनको प्रणालीमार्फत जारी छ । उही शक्तिहरू जसले विश्वभर असमानता र युद्धलाई निरन्तरता दिन्छ ।
बारघुतीको रिहाइको माग गर्नु भनेको ती संरचनाहरूको विरुद्धमा उभिनु हो । यो घोषणा गर्नु हो कि कुनै पनि व्यक्तिको स्वतन्त्रताको अधिकारलाई अनिश्चित कालसम्म कैद गर्न सकिँदैन र वास्तविक शान्ति न्यायमा आधारित हुनुपर्छ ।
नेल्सन मण्डेलालाई मुक्त गर्न संसार एकजुट भएको थियो । आज, मारवान बारघुतीको लागि पनि त्यस्तै उभिनुपर्छ । ट्रेड युनियनहरू, वामपन्थी दलहरू र ऐक्यबद्धता आन्दोलनहरूले एकसाथ आवाज उठाउनु पर्छ ।
‘मारवान बारघुती रिहा गर’, ‘सबै प्यालेस्टिनी राजनैतिक केदी रिहा गर’, ‘प्यालेस्टिनी जनतालाई आफ्नो भाग्य आफैं निर्धारण गर्न देऊ’
बारघुतीको स्वतन्त्रताले केवल एक नेतालाई उसको राष्ट्रमा फर्काउने छैन – यसले लाखौँलाई आशा फर्काउनेछ । किनभने, इतिहासले हामीलाई बारम्बार सिकाउँछ, तिमीं क्रान्तिकारीलाई कैद गर्न सक्छौ, तर क्रान्तिलाई कहिल्यै पनि बन्द गर्न सक्दैनौ ।
(निकोस मोत्तास इन डिफेन्स अफ कम्युनिजमका मूल सम्पादक हुनुहुन्छ)
Leave a Reply