चे, फिडेलको संस्मरणमा – ५
- आश्विन २४, २०८२
सेप्टेम्बर २९ मा तिनीहरूले एउटा उपत्यकाको विषयमा कुरा गरेका थिए । यहाँ उनीहरूले धेरैवटा उपत्यका, पहाडहरूले छुट्टिएको, नाङ्गो पहाड, पार गर्न गा¥हो पहाडले छुट्टिएको वर्णन गरेका छन् । तिनीहरूले पहाडका छेउबाट आफ्नो बाटो बनाउनुपथ्र्यो वा समतल भूमिमा आउनुपथ्र्यो । ती दुवै ठाउँमा शत्रुको नजरमा नआई हिँड्नु असम्भव थियो ।
छापामारहरू एउटा नयाँ क्षेत्रमा थिए । अक्टोबर ७ को दैनिकीले कुरा प्रस्ट पार्छ भने तिनीहरू सो क्षेत्रको अवलोकन गरिरहेका थिए । चेसँग त्यहाँ अरु १६ जना छापामार थिए किनभने उनले हामी १७ जना भनी उल्लेख गरेका छन् । उनले लेखेका छन्, “हामी यहाँबाट १ लीग, त्यहाँबाट ६ लीग टाढा छौँ ।” तिनीहरू कुन दिशामा अगाडि बढ्ने हो भन्ने कुराको निर्णय गर्न आफू कुन ठाउँमा रहेको पत्ता लगाउन प्रयास गरिरहेका थिए ।
पहिले र पछि प्राप्त भएका समाचारहरू, डायरीमा लेखिएका कुराहरू सबैले धेरै वा थोरै एउटै परिस्थितिको वर्णन गर्दछ – आत्मसमर्पण गरेर सबै कुरा बताउने व्यक्ति, चेसँग कतिजना छापामारहरू थिए भन्ने कुराको सही सूचना र उनीहरू रहेको ठाउँ ।
तिनीहरू नयाँ ठाउँमा रहेको पनि एउटा तथ्य थियो । कुनै पनि क्षेत्रको गस्ती गर्ने कुनै पनि छापामार एकाइसँग विस्तृत सूचना, नक्सा र माथिबाट खिचिएको फोटो भए तापनि जमिनको एउटा विशेष क्षेत्रबारे मात्र अवगत हुनसक्छ । वास्तवमा एउटा विस्तृत क्षेत्रमा गस्ती गरिरहेको छापामार समूह यस्तो पृथक, सबैबाट अलग्गिएको क्षेत्रमा गस्ती गरेर जानकारी लिन सक्छ । पहाडी बाटोबाट हिँड्दा अकस्मात् यस्तो ठाउँ आउन सक्छ जुन छापामार क्रियाकलापको लागि उपयुक्त हुन्छ, त्यस्तै ठाउँमा हराउन पनि सक्छ । त्यस्तो भएपछि अर्को ठाउँमा फर्केर गस्ती जारी गर्नुपर्ने हुन्छ । हामीले सियरा मायस्ट्रामा यस्तै गरेका थियौँ । हामी कुनै पनि क्षेत्रसँग राम्ररी परिचित नभएसम्म सो क्षेत्रको विषयमा जानकारी पाउन गस्ती पठाउँथ्यौँ ।
त्यो क्षेत्र पृथक थियो वा थिएन हामीलाई थाहा छैन । तिनीहरू रहेको क्षेत्र अरु ठाउँबाट काटिएको थियो भन्ने कुरा पनि हामीलाई थाहा छैन । त्यो ठाउँ एउटा उपत्यकामात्र थियो वा धेरै उपत्यकाहरू थिए । एक रातको यात्रामा पार गर्न नसकिने क्षेत्रहरूले घेरिएको थियो वा थिएन हामीलाई थाहा छैन । शत्रुको आशा एकदम सही थियो वा थिएन थाहा पाउन हामीलाई सो क्षेत्रको राम्रो जानकारी हुनुपर्छ । धेरैपटक दमनकारी सेनाले यस्तो आशा गर्छन् । तर, धेरै पटक त्यो पूरा हुँदैन । तसर्थ, यदि सङ्घर्ष भए तापनि सम्भावित परिणाम त्यहीमात्र रहेको कुरा हामी भन्न सक्दैनौँ । त्यहाँ ठुलो सङ्ख्यामा सेना परिचालन भएको कुरा प्रस्ट थियो र आफूसँग भएको सूचनाको आधारमा सेना त्यो ठाउँमा गएको थियो । छापामार सेना र दमनकारी सेनाबिचको अचानकको जम्काभेटले दमनकारी सेनाको आशा बढायो । यदि भिडन्त भएको भए चेको व्यवहारले गर्दा उनी मारिने सम्भावना धेरै हुने थियो ।
छापामार सेना र दमनकारी सेना दुवै एम्बुसमा नपरेको कुरा प्रस्ट छ । भिडन्त भएको कुरा पनि प्रस्ट छ तथा सबै सङ्केतहरूका अनुसार भिडन्त हुँदा चेले केही कदम चालेको पनि प्रस्ट छ । सबै कुराले अगाडि के भएको छ हेर्ने वा आगो लगाउने, बाँकी छापामारहरू भएको ठाउँबाट केही मिटर परसम्म हिँड्नेजस्ता कुनै पनि कार्य भएको सङ्केत गर्छ । हरेक कुराले चे आफ्नो चरित्रअनुसारको एउटा काम गरेको तथा उनी पहिले नै गम्भीररूपमा घाइते भएको तथा दुवै पक्षको नियन्त्रण नभएको खालको सो ठाउँमा पुगेको सङ्केत गर्दछ । उनलाई घाइते भएको देखेर तथा उनी खतरामा परेको देखेर उनका कामरेडहरूले लामो सङ्घर्ष गरे जुन सम्भाव्य परिस्थितिमा कुनै पनि छापामारहरू समूहले गर्दैन । त्यो सङ्घर्ष कोही कोहीका अनुसार ४ घण्टा जारी रह्यो भने अरुका अनुसार ५ वा ६ घण्टा ।
छापामार सेनाले सामान्यतः यस्तो सङ्घर्ष गर्दैन किनभने शत्रु सधैँ ठुलो सङ्ख्यामा हुन्छ । यदि शत्रुलाई समय दिइयो भने शत्रुले छापामारहरूलाई घेर्नेछ । त्यस्तो परिस्थितिमा मात्रै छापामारहरूले ५÷६ घण्टा लामो सङ्घर्ष गर्छन् । अन्य कारणहरूमा त्यत्रो लामो सङ्घर्षमा छापामार समूहका हतियारहरू खत्तम हुन्छन् । हामीले यो तथ्यलाई पनि मूल्याङ्कन गर्याैँ । समाचार पढ्नेहरूले छापामार अनुभव हुने जो कोहीले पनि के भएको थियो बुझ्नसक्छ । दमनकारी सेना एम्बुसमा पर्दा के हुन्छ तपाईँले थाहा छ । यो गल्ती हुनसक्दैन, दमनकारी सेना एम्बुसमा पर्दा सेनाले आफ्नो अगाडिका रक्षकहरू र धेरै सदस्य गुमाउँछ । त्यसैले हतियार गुमाउँछ वा गुमाउँदैन भन्ने कुरा छापामारहरूको सङ्ख्या र अन्य परिस्थितिमा भर पर्दछ ।
यसरी जब कुनै छापामार सेना दमनकारी सेनाको एम्बुसमा पर्छ† छापामार सेनाको सङ्ख्या सानो हुने भएकोले एम्बुस थाप्नेहरूलाई उनीहरूले नोक्सानी पु¥याउन सक्दैनन् । यो युद्धको साधारण नियम हो । यदि यस्तो भएको भए, दुवै पक्षमा एम्बुस नपरेको भए त्यहाँ लामो सङ्घर्ष भएको कुरा प्रस्ट थियो तथा केही असाधारण घटना घटेको प्रस्ट छ ।
सैनिक जानकारीले धेरै घाइते भएको तथा १० जना सैनिक मारिएको यसका साथै मारिएका छापामारहरूको सङ्ख्या पनि बतायो । पहिले ५ जना छापामार मारियो भनी बताइयो जुन अलि अनौठो थियो । प्रारम्भिक जानकारीहरूमा घाइते हुनेमध्ये पहिलो व्यक्ति चे भएको बताइयो । यी नै परिस्थितिहरूमा एउटा छापामार एकाइले लामो सङ्घर्ष, दिउँसोदेखि रातीसम्म चल्ने सङ्घर्ष गर्छ र यो पक्षमा अलि सचेत हुनुपर्दछ । किनभने साधारणतया एक वा अर्को समूह एम्बुसमा पर्दछ र त्यस परिस्थितिमा बढी हतियार भएको, विभिन्न फाइदाहरू उठाउने तथा छापामारहरूलाई घेर्न सक्षम सेनासँग ५ वा ६ घण्टासम्म सङ्घर्ष गर्दैन ।
छापामार युद्ध अनुभव हुने कुनै व्यक्ति यो सङ्घर्ष एक पक्षले अर्को पक्षलाई एम्बुसमा पारेको होइन । यो सङ्घर्ष छापामार युद्धको जस्तो सङ्घर्ष होइन भन्ने कुरा बुझ्नसक्छ । यो विषयको असाधारण परिस्थितिहरूको कारण नै चे घाइते भएको कुरा प्रस्ट छ । उनका कामरेडहरूले हरेक कुरालाई खतरामा पारेर एउटा ठुलो प्रयास गरे । तिनीहरू लडिरहे तथा शत्रुहरूको जानकारीअनुसार १० जनाभन्दा बढी शत्रुहरूलाई मारे ।
यही नै मैले अगाडि उल्लेख गरेको तथ्य, परिस्थितिहरू हुन् र अन्य कुराहरूले हामीलाई परिस्थितिको विषयमा मूल्याङ्कन गर्न मद्दत गर्यो ।
यहाँ विवादमा आइरहेको प्रश्न हो । त्यसपछि के भयो ? तत्काल मृत्यु भयो वा गम्भीर रूपमा घाइते भई, दमनकारी सेनाले जीउँदै कब्जा गरेपछि मृत्यु भयो ? यो प्रश्नमाथि धेरै विवाद भएको छ ।
चेलाई चिन्ने हामी सबैलाई के कुरा थाहा छ भने उनी अचेत नभएसम्म, आफ्नो घाउहरूको कारण चल्न नसक्ने अवस्था नपुगेसम्म उनको सबै हतियार नष्ट नभएसम्म तथा आफूलाई कैदीको रूपमा सुम्पिनुभन्दा मर्ने बाटो नभएमात्र उसलाई गिरफ्तार गर्न सम्भव छ । उनलाई राम्रोसँग चिन्ने कसैले यसमा अलिकति पनि शङ्का गर्दैन ।
यहाँ कुरा अर्कै छ । शत्रु आफै शत्रु सेनाका अधिकारीहरू सबै एक मनले चेको असाधारण साहस, उनको व्यवहार तथा खतरा उठाउने उनको आँटको कुरा गरिरहेका छन् । उनका यी चरित्रहरूलाई अस्वीकार गर्ने एउटै पनि शब्द उल्लेख भएको छैन । तसर्थ, असम्भव नभए तापनि उनलाई जिउँदै गिरफ्तार गरिएको विश्वास गर्न कठिन छ किनभने त्यसबेला उनी कसैको नियन्त्रण नभएको क्षेत्रमा घाइते थिए तथा सम्भवतः अचेत पनि थिएन । उनीलाई जीउँदै गिरफ्तार गरिनु असम्भव थियो ।
यही विषयमा धेरै अन्योल र विरोधाभासहरू सृजना भएका छन् । यसले सबै घटनाक्रमका वर्णन गर्दछ । मैले ती सबै समाचारहरू यहाँ ल्याएको छैन । तर, सुरुदेखि नै एउटा पनि आधिकारिक जानकारी नआउँदादेखि नै चे मरेको वा घाइते भएको वा घाइते भएपछि गिरफ्तार गरिएको हल्ला चल्यो । पहिले आएको प्रस्ट जानकारीहरूले उनलाई घाइते कैदीको रूपमा व्याख्या गरेको छ ।
पछि गएर आधिकारिक वक्तव्यहरू आउन थाले । अक्टोबर १० मा प्राप्त एक समाचारमा लेखिएको छ, “बोलिभियाली सेनाको उच्च अधिकारीहरूले गम्भीर घाइते भएपछि हिजो अर्जेन्टिना–क्युवाली छापामार नेताको बोलिभियामा मृत्यु भएको कुरा घोषणा गरेका छन् । जनरल अल्फ्रेडो ओभान्डो (Alfredo Ovando), सेना प्रमुखले चेले आफ्नो परिचय दिएको तथा बोलिभियाली छापामारहरू असफल भएको चेले बताएको घोषणा गरे ।”
चेले यस्तो कुरा बोलेको भन्ने दाबीलाई कसैले विश्वास गरेन । उनको असाधारण मिजासिलोपना तथा अटल इमानदारीप्रति हामी सचेत छौँ । तसर्थ, यदि उनी त्यस परिस्थितिमा बोल्न सक्ने अवस्थामा भएको भए उनले शत्रुलाई खुसी पार्ने कुनै पनि शब्द बताउने थिएनन् भन्ने कुरामा हामी निश्चित छौँ । जस्तोसुकै परिस्थिति भए तापनि उनले शत्रुलाई मनपर्ने कुरा गर्थे ।
तर, समस्या के हो भने त्यस भलाद्मीले उनको घाउको कारण पक्राउ परेको एकदिनपछि चे मरेको बताए । उच्च अधिकारीहरूले पनि त्यही कुरा भने । त्यसपछि भिडन्तमा भएको क्षेत्रमा कार्यरत सैनिक एकाइका प्रमुखले भने, “एल युरो (El Yuro) नामक ठाउँमा भिडन्त भयो । सैनिकहरूले ५० मिटरको दूरीमा बसी बहादुरीपूर्वक लडे ।” जेन्टोनो (Zentono) ले अगाडि भने, “ग्वेभारा जीवितै पाइयो तर गम्भीररूपमा घाइते थिए ।”
“चे ग्वेभाराले केही बताए कि भन्ने प्रश्न गर्दा जेन्टेनोले ओभान्डोको वक्तव्यविपरीत चे ग्वेभाराले केही नभनेको बताए ।” ओभान्डोले चेलाई जीवितै तर घाइते अवस्थामा पक्रिएको बताए । अर्को अधिकारीले पनि त्यही बताए । चेले आफू असफल भएको बताए भनी ओभान्डोले भन्यो । तर, अन्य अधिकारीहरूले चेले एक शब्द पनि नबोलेको बताए । केही दिनपछि उनैले चे जीवितै भएको तथा ओभान्डोले भने जति चेले बताए । दुवैले चे त्यसबेला जीवित भएको बताए ।
चेले त्यस्तो कुरा भनेको दाबी गर्नु मूर्खतापूर्ण छ किनभने तिनीहरूले बताएको कनै पनि कुरा उनलाई घातक हुने खालको थिएन । उनको साहस, इमानदारी, हरेक कुरालाई तिनीहरूले स्वीकारेका छन् । ‘मेरो नाम यो हो’ चेले त्यतिमात्रै भन्न सक्छन् किनभने त्यो उनको बानी हो । अरु चेले के भने र जेनेटोले के सुने ?
तर, तिनीहरू दुवै चे जीवित थिए भन्ने कुरामा सहमत छन् । पछिल्लो समयमा घरको घटनाहरूमा ध्यान दिने हो भने ती भनाइहरू थप महत्वपूर्ण छन् । उनी गिरफ्तार भए, उनी गम्भीर रूपमा घाइते थिए र पछि सबै खत्तम भयो । उनलाई गोली हानी मारियो । अर्का शब्दमा भन्नुपर्दा उनको घाउ निको पार्न उनको ज्यान बचाउन अलिकति पनि प्रयास गरिएन । उनले कुनै किसिमको उपचार पाएको कुराको कुनै पनि प्रमाण छैन । तर, उनलाई मारिएको कुराको पुष्टि गर्ने धेरै सङ्केतहरू छन् जबकि लडाइँमा घाइते हुने बोलिभियाली सैनिकहरूलाई क्रान्तिकारीहरूले हेरचाह गर्थे र पछि मुक्त गर्थे । एउटा भरौटे सेना, भरौटे अधिकारी र भरौटे सरकारबाट अरु के अपेक्षा गर्न सकिन्छ ?
चेको घाउ निको भएको कुराको आश्वासन कसैले दिन सक्दैन किनभने घाउ निश्चय नै धेरै गम्भीर रहेको हुनुपर्छ । उनी बाँच्न सक्ने थिए भन्ने कुरा कसैले बताउन सक्दैन तर तिनीहरूले उनलाई बचाउन केही पनि नगरेको कुरामा कसैको शङ्का छैन । तिनीहरूले उनलाई मारे ।
यी सबै विरोधाभासहरू कहाँबाट आए ? सबै घटनाक्रमहरू प्रस्ट भइसकेको छ किनभने सङ्घर्षमा घाइते भएका सैनिकहरूलगायत चिकित्सकहरूको पनि समूह आउन थालेको छ । उदाहरणको लागि हामीले एउटा समाचार पायौँ । त्यसमा भनिएको छ, “भाले ग्रान्डे (Valle Grande) मा चेको शरीर ल्याएपछि अवलोकन गर्ने दुई चिकित्सकहरूमध्ये एक मार्टिनेज कासो (Martinoz Caso) को अन्तर्वार्ता लिइएको थियो ।” शव परीक्षण गरियो भनी सोधिएको प्रश्नमा उनले भने, “हामीले साधारण परीक्षणमात्रै ग¥यौँ । मृत्यु ५ घण्टा अगाडि भएको हुनुपर्दछ किनभने शरीर न्यानो थियो ।”
यदि अक्टोबर ९ को साँझ ५ बजे चेको शव भाले ग्रान्डे अस्पतालमा पु¥याइएको भए मृत्यु सोही दिन दिउँसो भएको हुनुपर्छ ।
चेको शरीरमा गोलीका घाउहरू, तीमध्ये खुट्टामा ५ वटा, घाँटीमा एउटा र अर्को छातीमा भएको उक्त चिकित्सकले बताए । छातीमा लागेको गोलीले मुटु र पेट छेडेको थियो । “यो नै घातक घाउ हो,” चिकित्सकले बताए । शिर पल्टाई उनलाई देखाउँदा त्यो शव महत्वपूर्ण व्यक्तिको हुनसक्ने बताइयो । उनको खुट्टाको अवस्था हेरेर सो धारणा व्यक्त गरिएको थियो किनभने खुट्टाको पूर्ण अवस्थाले सो व्यक्तिको धेरै हिँड्ने बानी भएको देखाउँदैनथ्यो ।
यसप्रकार शव चिकित्सकलाई बुझाइयो तथा उनले मृत्यु केही घण्टा अगाडिमात्र भएको तथा शरीर नबाङ्गिएको बताए । ओभान्डो तथा जेन्टेनो, सबैले चेलाई पक्राउ गर्दा उनी जीवितै भएको बताएका थिए । चिकित्सकीय विशेषताहरूले पनि प्रस्ट पार्छन् । तर, एउटा छापामार एकाइले आफ्नोभन्दा बढी सङ्ख्या भएको तथा चिकित्सकको विषयमा अलिकति पनि जानकारी राख्ने जोकोहीले पनि गोलीलाई छाती छेडेपछि मान्छे केही समयसम्म मात्र बाँच्छ भन्ने कुरा बुझ्छ । यसैबाट सबै शङ्काहरू उठ्न थालेको छ ।
प्राप्त एउटा समाचारमा भनिएको छ– ला प्लाज (La–Plaz) अर्जेन्टिनी क्रान्तिकारीको शव सोमबार दिउँसो परीक्षण गरेको बोलिभियाली चिकित्सक जोसे मार्टिनेज (Jose Martinez) ले उनको मृत्यु ५ घण्टाअगाडि भएको घोषणा गरेपछि गत आइतबारको सङ्घर्षमा मरेका अर्नेस्टो चे ग्वेभाराको मृत्युको परिस्थितिबारे पर्यवेक्षकहरूको छानबिनमा विभिन्न परिवर्तनहरू आए ।
यसले सेनाको छापामारविरोधी केन्द्रका प्रख्यात पत्रकारले ग्वेभारा गिरफ्तार भएपछि गोली हानी मारिएको भनी व्यक्त गरिएको धारणालाई थप सुदृढ बनाएको छ । विद्रोही आन्दोलनका प्रमुख संयोजक कसरी मारिए भन्ने विषयमा विभिन्न अधिकारी वक्ताहरूले पनि उस्तै शङ्काहरू व्यक्त गरेका छन् ।
एक विश्वसनीय सैनिक सूत्रबाट प्राप्त पछिल्लो जानकारीमा ग्वेभाराको मृत्यु एल युरो (El Yuro) सेनाविरुद्ध भएको सङ्घर्षमा लागेका घाउबाट नभएको उल्लेख छ । छापामार नेताको मृत्यु १.१५ माहिग्युरास (Mahigueras) मा भएको थियो जहाँ उनलाई सङ्घर्ष अन्त्य हुनुपूर्व लगिएको थियो । सोही सैनिक स्रोतका अनुसार चेको खुट्टामा घाउ लागेको थियो ।
त्यसपछि एउटा वाक्य उल्लेख छ जसको अर्थ स्पष्ट छैन, “जब उनको राइफलमा गोली लाग्यो ….. ।”
यसको अर्थ घाइते भएपछि पनि चेले लड्न, गोली चलाउन जारी राखे जबसम्म उनको राइफलले काम गरिरह्यो । यो कुरा सम्भव छ । घाइते भए पनि शत्रुविरुद्ध लड्नु चेको लागि असाधारण काम होइन तथा सङ्घर्षमा धेरै लडाकुहरूले आ–आफ्नो राइफलको क्षति भोग्दछन् ।
स्रोत : चे, फिडेल क्यास्ट्रोको संस्मरण
Leave a Reply