विश्वव्यापीकरणले ल्याउने अकाल
- कार्तिक १८, २०८२
 

अध्यक्ष माओ त्सेतुङ आफ्नो युगकै सबैभन्दा प्रभावशाली व्यक्तित्वको रूपमा चिनिनुहुन्छ । चिनियाँ क्रान्तिको नेतृत्व गर्नुभएका माओको विचारको तेज यो युगमा पनि ओजस्वी छ । माक्र्सवादी–लेनिनवादी विचारमार्फत मजदुर र किसान सङ्गठित बनाउने र क्रान्ति सम्भव तुल्याउने उहाँको कौशलप्रति विश्व नतमस्तक छ । जीवन सङ्घर्ष र जनतामा समर्पित उहाँ आज पनि सर्वहारा जनताको आँखामा नबिझाउने व्यक्तित्व हुनुहुन्छ ।
 चिनियाँ जनता उहाँलाई उच्च आदरभावका साथ हेर्छन्् । किसानको जीवनमा कायापलट ल्याउने उहाँभित्र एक महान् व्यक्तित्व पाइन्छ । तर, उहाँ जनतामाझ एक सामान्य मानिस भएर बाँच्नुभयो । माओसँग पनि आम मानिसमा हुने स्वाभाविक मानवीय संवेगहरू थिए । विलक्षण प्रतिभा र क्षमता हुँदाहुँदै मानवीय कमजोरी पनि थिए । एक सच्चा मानिसको रूपमा मिहीन अध्ययन गर्न उहाँको जीवन सङ्घर्षलाई खोतलखातल गरी प्रकाशित पुस्तक निकै कममात्र छन् । तीमध्ये पुस्तक ‘Mao Zedong Man, Not God’ मा लेखक छुआन यान्चीले मानवीय गुण–दोषको प्रकाशमा माओको आकृति कोरेका छन् । माओको जीवनका असाध्यै दुर्लभ घटना, प्रसङ्ग, परिवेश र अनुभूतिलाई लेखकले सुन्दर प्रस्तुति दिएका छन् । त्योसँगै चिनियाँ क्रान्तिको कठिन समय र इतिहास, क्रान्तिपछिका आर्थिक जटिलता उजिल्याउन लेखक सफल छन् ।
 यस पुस्तक माओका अङ्गरक्षक ली यिनछिओ (Li Yinqiao) को भोगाइ र अनुभवमा आधारित छ । ली पुस्तकका सूत्रधार हुन् । लीले १५ वर्ष माओको अङ्गरक्षक बनेर काम गरे । सन् १९४७ बाट सन् १९६२ सम्म अर्थात् चिनियाँ क्रान्तिको सुरुआतदेखि सांस्कृतिक क्रान्तिसम्म ली माओसँग आत्मीय सम्बन्धमा थिए । माओले उनीसँग एक समय भन्नुभएको थियो, “यदि मेरो परिवारमा केही भए त्यो अरूका निम्ति रहस्यमय भए पनि तिम्रो लागि हुनेछैन । तर, म बाँचुञ्जेल ती नलेख्नू । मेरो मृत्युपछि साँचो अनुभव उतार्नू ।” यो वाक्यांशमा लीप्रति माओको विश्वास स्पष्ट अनुभव हुन्छ । लामो समय अङ्गरक्षक रहेका ली माओसँग छुटिँदा स्वयम् माओले भन्नुभएको स्मरण गरिएको छ, “अब म अरू कसैलाई अङ््गरक्षक राख्नेछैन ।” नभन्दै उनी नै माओका अन्तिम अङ्गरक्षक कहलिए ।
 लीलाई मात्र होइन माओले सम्पूर्ण अङ्गरक्षक र सहयोगीलाई अत्यन्त प्रेमपूर्वक व्यवहार गर्नुभयो । देशको मुक्तिका निम्ति सङ्घर्ष र समर्पणभाव सिकाउनुभयो । सिकाइ, अध्ययनको आवश्यकताबोध गराउनुभयो । पार्टी र नेतृत्वप्रति सम्मान, फलामे अनुशासन, इमानदारीको महत्वबोध गराउनुभयो । क्रान्तिमाथिको दृढ विश्वास जगाउनुभयो । जनताको सुखका लागि बलिदान हुन तयार बनाउनुभयो । उहाँलाई एक असल गुरुको रूपमा पुस्तकमा चित्रण गरिएको छ । जुझारु योद्धा, कुशल नेता र असल गुरुभित्र लीले एक सच्चा मानव भेट्टाए । माओका मानवीय इच्छा आकाङ्क्षा, भावना, रहर, अभिरुचि, डर, घृणा, आक्रोशका साथै प्रेम, स्नेह अभिव्यक्त गरे ।
 वास्तवमै माओको जीवन कथाका महत्वपूर्ण अध्याय उजिल्याउने यस पुस्तकमा पाठकले क्रान्तिवीर र जनप्रिय नेतामात्र होइन एक कामरेड, एक किसानका छोरा, श्रीमान्, पितालगायतका भूमिकामा माओलाई भेट्नेछन् । पुस्तकमा माओको अध्ययन, योजना निर्माण र वैचारिक चिन्तनबारे जीवन्त वर्णन पाइन्छ । उहाँको असाधारण साहस, चुनौती सामना गर्ने आत्मबल, खतरासँग जुझ्ने हुटहुटी, जस्तोसुकै कठिन कार्य गर्न प्रयास नछोड्ने उहाँको विशिष्ट स्वभावको सजीव चर्चा पुस्तकमा छ । त्यतिमात्र होइन उहाँको साधारण लवाइखवाइ, सरल जीवनशैली र सामान्य खानपानका रोचक प्रसङ्गहरू पनि थुप्रै छन् ।
 पुस्तक २० वटा खण्डमा विभक्त छ । पहिलो खण्डमा ली र माओबीचको भेटमा उनको अनुभूतिको प्रसङ्ग छ । ली कसरी माओका अङ्गरक्षक बने ? भन्ने सन्दर्भ उल्लेख छ । सुरुमा ली नेता चाउ एन लाइका अङ्गरक्षक थिए । येनानमा कम्युनिस्ट पार्टीको मुख्यालय बनेपछि लीलाई माओको अङ्गरक्षकमा नियुक्त गरियो । उनी च्याङकाइ सेकका सेनाबाट पार्टी नेताहरूलाई जोगाउन सन् १९४६ बाटै जीवनमरणको सङ्घर्षमा सामेल थिए । करिब २ लाख ३० हजार प्रतिक्रियावादी सेनाबाट पार्टी मुख्यालय र गुरिल्ला जोगाउनु कम खतरापूर्ण थिएन । हु जोङनान नेतृत्वको च्याङकाइ सेक सेनाको हमलाबाट जोगिन येनान मुख्यालय छोड्नुपर्ने भयो । त्यो समय उत्तरी साङ्ची सङ्घर्षकै कठिन अवधि बन्यो । पहेँलो नदी पार गरी सुरक्षित रहनुपर्ने अवस्था बन्यो । यद्यपि, माओले मान्नुभएन । नियमित भारी वर्षाको कारण पहेँलो नदीको स्वरूप भयानक देखिएको थियो । पानीको बेगको आवाज कैयौँ माइल टाढा टाढा पुग्यो । पानीको सतहमाथि चढ्ने र बहाव तेज हुने क्रम जारी रह्यो । अध्यक्ष माओ शत्रु परास्त नगरी हट्न तयार हुनुभएन । माओ पार्टीमा ली तेस्शेङ (Li Desheng) नामले चिनिनुहुन्छ । युद्धभूमिमा उहाँको अडान सम्पूर्ण गुरिल्लाहरूका निम्ति ऊर्जा बन्ने गर्छ । कुनै पनि मूल्यमा शत्रुसँग नझुक्ने उहाँको साहसबाट सबैलाई विजयको आत्मविश्वास मिल्दछ । लीले त्यो घटनालाई मार्मिक ढङ्गले बताएका छन् ।
 ११ वर्षको उमेरमै जनमुक्तिसेना प्रवेश गरिसकेका लीको मेहनती र फरासिलो स्वभावबाट माओ प्रभावित हुुनुहुन्थ्यो । सुरुमा ६ महिनाका निम्ति चुनिएका ली पछि माओका अङ्गरक्षक दलकै अध्यक्ष बनाइए । १५ वर्षको लामो अवधिमा माओले उनलाई विभिन्न अवसरको प्रस्ताव राख्नुभयो, भविष्य र पढाइका निम्ति अन्यत्र जान भन्नुभयो तर उनी छुटिन मानेनन् । ली माओसँग छोटो समयमै असाध्यै नजिकिए । लीलाई एक समय तियानचिङ (Tianjin) प्रदेशमा उच्च पदका निम्ति अवसर आउँदा उनी जान मानेनन् बरु भक्कानिएर रोए । त्यो समय अध्यक्ष माओले लीलाई आप्mनो आलिङ्गनमा बेर्दै आँसु झार्दै भन्नुभएको थियो, “म मरिसकेपछि मेरो चिहानमा आउन नबिर्सनू, वर्षको एकपटक ।” माओले भावविह्वल हुँदै थप्नुभयो, “म मेरा सन्तानलाई वर्षको एक–दुईचोटि भेट्छु, देख्छु । तिमी मेरो आँखासामु नै छौ । तिमी त मेरा सन्तानभन्दा प्यारा छौ । तर, मैले तिम्रो भविष्यबारे पनि सोच्नुपर्छ ।”
 लीले माओबाट प्रत्यक्ष अप्रत्यक्ष धेरै सिके । ली माओको निडर स्वभावबाट प्रभावित भए । अप्ठ्यारोमा नआत्तिने सुखमा नमात्तिने माओको स्वभावबाट आकर्षित थिए । आफ्नो ज्यानभन्दा कार्यकर्ताको ज्यान जोगाउन तत्पर रहने माओको स्वभाव गजबको थियो । उहाँको बलियो आत्मसम्मान, इच्छाशक्ति र बौद्धिक उचाइले नै चीनको इतिहास निर्माणमा सघायो । ली बताउँछन्, “चीनले जन्माएका शताब्दीकै महान् व्यक्ति हुनुहुन्छ, माओ ।”
 च्याङ्काईसेकले जुनसुकै बेला जसरी पनि आक्रमण गर्न सक्ने सम्भावनालाई ध्यानमा राखी माओ पाइला चाल्नुहुन्थ्यो । गुरिल्लाहरूको टाउकोमा ठूल्ठूला बमहरू झुन्डाइरहेझैँ खतरा थियो । तर, लड्नुको विकल्प थिएन । एकचोटि पछाडि हट्नु भनेको मनोबल कमजोर बनाउनु हो भन्नुहुन्थ्यो, माओ ।
 माओ यात्रामा किताबका दुई बक्सा र नक्सा छुटाउनुहुन्नथ्यो । जहाँ जस्तै परिवेशमा पढ्न र लेख्न सक्ने व्यक्ति हुनुहुन्थ्यो । उहाँको दिमागमा बलियो विचार र भावनाको प्रवाह हुन थालेपछि उहाँको कलम रोकिन्नथ्यो । भावनाका छालहरूसँग ठोकिँदै, साम्य पार्दै रचना तयार गरिन्थ्यो । उहाँ जनताको दुःखमा दुःखी हुने मानिस ¤ औषधोपचार नपाएर आप्mनै आँखाअगाडि मृत्युको मुखबाट जोगिएकी बच्चीको पीडाले माओका आँखा भिजे । उहाँ भन्नुहुन्थ्यो, “म सामान्यतया रून्न । तर, म गरिब जनताको आँसु देख्न सक्दिनँ र आँसु झरिहाल्छ ।” उहाँ आप्mनो व्यक्तिगत कुरामा भने कहिल्यै रुनुभएन । कोरियाली युद्धमा गएका उहाँका छोरा माओ एन्यीङ मारिँदा उहाँ सुत्न सक्नुभएन, खाना रूचेन तर रुनुभएन । उहाँ पेइचिङ ओपेरा ‘TheDuke Bids Farewell to His Wife’, फिल्म Lady white snake लगायतका ओपेरा, नाटक, फिल्ममा डुबेर रुनुभएको थियो ।
 नयाँ चीन निर्माणपछि पनि चीनको आर्थिक अवस्था नाजुक नै थियो । त्यसकारण, उहाँले समाजवाद निर्माणको अध्याय सुरु गर्नुभयो । उहाँले भन्नुभएको थियो – “चीन गरिब मुलुक हो तर हामीसँग समाजवादी व्यवस्था छ । चीनका जनता एक दिन विश्वका अन्य देशका जनताभन्दा उत्तम जीवन बिताउनेछन् ।”
 सन् १९५८ मा प्राकृतिक प्रकोपका कारण चीनको अर्थतन्त्र झन् कमजोर बन्यो । सन् १९५९ बाट १९६१ सम्मको आर्थिक समस्याले देशभर भोकमरी फैलियो । माओले ६ महिना मासु छुुनुभएन । दैनिक एक प्लेट लोनियासाग (purslane) र पालुङ्गोमात्र खानुभयो । आर्थिक सङ्कटविरुद्ध लड्न उहाँले मितव्ययिता अपनाउन आह्वान गर्नुभयो ।
 नयाँ चीन निर्माणसम्म आइपुग्दा देशैभरि ‘अध्यक्ष माओ जिन्दावाद’ को आवाज गुञ्जिसकेको थियो । गाउँ–गाउँ र बस्ती बस्तीमा ‘माओ जिन्दावाद’ को नारा लगाइयो । जनताको आशा र विश्वासको केन्द्र माओ जहाँ गए पनि जनताबाट प्रेमपूर्वक घेरिनुहुन्थ्यो, स्नेह पाउनुहुन्थ्यो । तत्कालीन समयमा सन् १९५० मा माओको सबैभन्दा उल्लेखनीय निर्णय भनेको चिनियाँ स्वयम्सेवकलाई अमेरिकी फौजसँग भिड्न कोरिया युद्धमा पठाउनु हो । धेरै मानिसले त्यो निर्णयप्रति नकारात्मक टिप्पणी गरे । त्यो निर्णय गर्न उहाँ तीन दिन–तीन रात अनिँदो बस्नुभएको सम्झना ली पुस्तकमा गर्छन् । उनीविरुद्ध ओइरिएका जमातको मुख भने कोरियाली जनताको विजयपछि मात्र बन्द भयो । त्यो निर्णय माओले असाध्यै चुनौती मोलेर गर्नुभएको ऐतिहासिक निर्णय प्रमाणित भयो । विश्वमा अन्तर्राष्ट्रिय भावनाको विजयको एउटा महत्वपूर्ण दृष्टान्त बन्यो, त्यो घटना । कोरिया युद्धको दुई वर्षपछि नेता किम इल सङले अध्यक्ष माओलाई २४ क्रेट स्याउ कोसेली पठाउनुभयो । त्यसमा ‘अध्यक्ष माओ जिन्दावाद’ लेखिएको थियो । त्यसो लेखिएको हुँदा क्रेट नबिगार्ने निष्कर्षमा पुगेका सहयोगीहरूलाई अध्यक्ष माओले भन्नुभयो, “के एकजना मान्छे भौतिक रूपमा सधँै बाँच्छ ? स्याउ खानू, सबैलाई खुवाउनू ।” देशको कुनाकाप्चामा पुग्दा अध्यक्ष माओलाई गर्ने बच्चादेखि वृद्ध आमाबुबाको आत्मीय व्यवहारले अध्यक्ष माओलाई खुसी त लाग्थ्यो तर उहाँले कहिल्यै आपूmमात्रको जयजयकार चाहनुभएन । जहाँ जानुभयो ‘जनता जिन्दावाद’ को नारा फर्काउनुभयो ।
 अध्यक्ष माओको लवाइखवाइमा एक चिनियाँ किसानको रूप भेटिन्छ । कहिल्यै फजुल खर्च नगर्नु उहाँको विशेषता नै थियो । उहाँ भन्नुहुन्थ्यो, “एक जोर लुगाको खर्च जोगाउनु भनेको मोर्चामा हाम्रा नवजवानहरूका लागि एक थप गोलीको जोहो गर्नु हो । हामीले यो गरिबीमा सामान खेर पठाउने संस्कार हुर्काउनु हुँदैन । देशैभरि यो सन्देश फैलाउन गा¥हो होला तर कम्युनिस्टले असजिलो काम नै सहजरूपमा गर्नसक्नुपर्छ ।”
 अध्यक्ष माओ दिनमा कति घण्टा काम गर्नुहुन्छ कसैले अनुमान गर्न सक्दैनन् । उहाँको लागि दिन र रातबिच कुनै दुरी नै थिएन । उहाँ मुस्किलले ३ घण्टा सुत्ने मानिस, निदाउन औषधी खानुपथ्र्याे ।
 अध्यक्ष माओको मनपर्ने खाना गलक्क पाकेको बँदेलको मासु र माछा हो । चुरोटको लत थियो । राती अनिँदो काम गरिरहँदा चुरोट र कडा चियाले उहाँलाई राहत मिल्थ्यो । चीन खानपान र संस्कृतिमा धनी मानिन्छ । उहाँले भन्नुभएको थियो, “चीनले विश्वलाई दुई उपहार दिएको छ । एक, औषधीजन्य जडीबुटी बुट्यान र अर्को चिनियाँ खाना ।” उहाँलाई जीवनभर आन्द्रा र निन्द्राको समस्याले भने छोडेन । उच्च कब्जियतको उहाँ सिकार हुनुभयो । त्यसको सम्बन्ध उहाँको अनिँदो बस्ने, कममात्र आराम गर्ने स्वभाव र मसलादार (अत्यधिक पिरो मरिच) सहितको खानपान हो कि भन्ने अनुमान गर्न गा¥हो पर्दैन ।
 पुस्तकमा माओको वैवाहिक जीवनका तीता–मीठा पक्षबारे पनि चर्चा गरिएको छ । अध्यक्ष माओ अध्यनयनशील स्वभावका हुनुहुन्थ्यो । नयाँ किताब हातमा पर्नासाथ येनानको गुफाभित्र अध्ययनका लागि जुट्नुहुन्थ्यो । उहाँ विचारधारात्मक सवालमा प्रतिबद्ध हुनुहुन्थ्यो । माक्र्सवाद–लेनिनवादको गहिरो ज्ञानले नै चीनको माटोमा माओ त्सेतुङ विचारधाराको जन्म भएको हो भन्न सकिन्छ ।
 सर्वसाधारण जनतासँगको माओको सम्बन्ध सौहार्दपूर्ण रह्यो तर उहाँले कहिल्यै चिनजानको आधारमा कसैलाई विशेष र कसैलाई बेवास्ता गर्नुभएन । उहाँले आप्mना सन्तानको ख्याल राखे पनि उहाँ अनुशासनमा कट्टर बुबा हुनुहुन्थ्यो । उहाँले छोरा माओ एन्यिङलाई कोरिया युद्धमा पठाउनुभएको प्रसङ्ग छ । नयाँ चीन निर्माणपछि युवा दस्ताले इतिहास र सङ्घर्ष नभुलून् भन्ने माओको अन्तरमनको इच्छा थियो । यसैमा उहाँ चिन्तन गर्नुहुन्थ्यो । कान्छी छोरी माओका प्यारी थिइन् । माओको मृत्यु र चियाङ चिङको पक्राउपछि कान्छी छोरी ली ने आप्mनो छोरासँग असाध्यै कठिन समय गुजार्दै थिइन् । उनको विवाह माओको एक पूर्वअङ्गरक्षकसँग भयो । माओले आप्mना सन्तानलाई त्यस्तो कुनै विशेष व्यवहार कहिल्यै गर्नुभएन । अरूलाई पनि गर्न दिनुभएन । तिनको जीवन पद्धति आम चिनियाँ छोराछोरीको जस्तै हुन्थ्यो । अभाव, गरिबी, सङ्घर्ष र समर्पण तिनको जीवनका अभिन्न पक्ष थिए ।
 चीनलाई खुला गर्नका निम्ति माओले सावधानीपूर्वक पहल गर्नुभएको कुरा पुस्तकले अवगत गराउँछ । अन्य देशहरूसँगको आर्थिक, कूटनीतिक र सांस्कृतिक सम्बन्ध विस्तारका लागि उहाँले अगुवाइ गर्नुभयो । आपसी समता, लाभ र सम्मान, सार्वभौमिकता र भूअखण्डताको सम्मानको सिद्धान्त अघि सारी चीनले सोभियत सङ्घदेखि जापान–भारतसम्मको सम्बन्ध सुमधुर बनायो । तात्कालीन समयमा रुसबाट आर्थिक सहयोग लिन माओ रुस गइरहनुहुन्थ्यो । स्तालिनको मृत्युपछि भने परिवेश बदलियो ।
 क्रान्तिपछि क्रान्ति जोगाउने सवाल अहम् थियो । चिनियाँ नौजवानहरू शताब्दी सुहाउँदा बनून्, शिक्षित बनून्, परिस्थितिको भौतिकवादी विश्लेषण गर्नसक्ने बनून् र तिनको सांस्कृतिक, वैचारिकस्तर उकासियोस् भन्ने चाहना माओको थियो । युवाहरू भौतिक सुखसयलमा नअल्झिउन् भन्ने कामना थियो । चिनियाँ जनताको वैचारिक स्पष्टताका निम्ति, क्रान्तिको ऐतिहासिक उपलब्धि जोगाउनका निम्ति सांस्कृतिक क्रान्ति जरुरी थियो । सांस्कृतिक क्रान्ति जरैदेखि सामन्तवादी र पुँजीवादी प्रवृत्ति उखेल्नको निम्ति थियो । उहाँको उद्देश्य समाजमा विलासी प्रवृत्ति, भ्रष्टाचार उन्मूलन गर्नु थियो । माओले लीसँग भन्नुभएको एउटा प्रसङ्ग पुस्तकमा छ, “के तिमी सरकारी पैसाको लोभ गर्छौ ? त्यो गुलियो पोतिएको विष हो । कहिल्यै विष पिउन नखोज्नू । जुन दिन तिमी पैसाको लोभमा फस्छौ, त्यो दिनबाट तिमी मेरो शत्रु हुनेछौ । आजीवन भ्रष्टाचारविरुद्ध लड, मितव्ययी बन, यसैलाई आप्mनो स्वभावको रूपमा हुर्काऊ ।”
 अध्यक्ष माओ वास्तवमै सरल जीवन उच्च विचारका प्रतीक बन्नुभयो । धेरैका आदर्श बन्नुभयो । पुस्तकमा उहाँका भित्री कथाहरूलाई रोचक ढङ्गले प्रस्तुत गरिएको छ । विश्व सर्वहारा वर्गका महान नेताभित्रको सामान्य मानिस र त्यो मानिसको विलक्षण प्रतिभा एवम् क्षमताबारे केलाउने प्रयास गरिएको अत्यन्त पठनीय यस पुस्तकबाट मानव जातिको मुक्तिका निम्ति समर्पित सर्वहारा वर्गका एक गुरुलाई थप बुझ्न मद्दत मिल्छ ।
Leave a Reply