भर्खरै :

‘पालैपालो सरकारमा जाने दलहरु जनताले राम्ररी चिनेका छन्’

(प्रदेश सभा सदस्य सुरेन्द्रराज गोसाईले वैशाख १३ गते अर्थमन्त्री कैलाश ढुंगेलले प्रस्तुत गर्नुभएको आय र व्ययको अनुमान र प्रदेश विनियोजन विधेयक–२०७५ माथि छलफलमा भागलिँदै व्यक्तमन्तव्यको सार–संक्षेप ।)
कठघरामा उभ्याइएको अभियुक्तले आफ्नो अपराधको सन्दर्भमा दुई–तीन वटा शब्द अक्सर प्रयोग गर्ने गर्छ – बाध्यता, विवशता र नियतवश होइन, असावधानीवश । तर निजलाई क्षमा दिइँदैन, दण्डित गरिन्छ ।
बाध्यताआइपर्नु अगावै विवेक पु¥याउन सक्नेनै बुद्धिमान ठहरिन्छ । यतातर्पm सम्बन्धितको ध्यानजाओस् ।
कामरेड लेनिनले एक सन्दर्भमाभन्नुभएको यहाँ उल्लेख गर्दा सान्दर्भिक होला – कामगर्न नजान्ने कर्मी ज्यावलदेखि रिसाउँछ, दोष दिन्छ ।
हामी आपैmले बनाएको प्रदेश नियमावली निलम्बन गर्नु गलत छ र यो सरकारको अन्धदृष्टिको द्योतकहो । नकारात्मक कामबाट सकारात्मक नतिजाको अपेक्षा गर्नु उचित हुँदैन ।
संख्याको दम्भ अन्त उचित होला तर सभ्य, शिष्ट समाजमा सुहाउँदैन ।
अर्थमन्त्रीको वक्तव्यमा नेपाली राजनीतिका केही विवादास्पद शब्द प्रयोग भएका छन् । संवेदनशील समुदायती शब्दसँग सहमत छैन ।
झण्डै ३० वर्ष भयो बहुदलीय व्यवस्था पुनःस्थापना भएको, पालैपालो सरकारमा जाने दलहरु जनताले राम्ररी नै चिनेका छन् । अब शब्द, नारामा होइन व्यवहारमा पनि केही गरेर देखाउन नसके इतिहासले निकम्मा साबित गर्नेछ ।
अर्थमन्त्रीज्यूले ‘समाजवादउन्मुख’ शब्द प्रयोग गर्नुभएको छ । निजीकरणतर्पmको यात्राले समाजवादमा पुग्न संभव हुँदैन । आत्मनिर्भरताबिना, आफ्नै उत्पादनबिना समाजवादउन्मूख भन्नु झुठ हो । काम–माम–कपडाको ग्यारेन्टीबिना, उत्पादनका मुख्य–मुख्य स्रोतहरु सामाजिकीकरण नगरी, शिक्षा तथा स्वास्थ्य निःशुल्क नगरी, क्रान्तिकारी भूमिसुधार तथा वैज्ञानिक कृषि प्रणाली अवलम्बन नगरी र त्यसको आवश्यक चाँजोपाँजो नै नगरी र तीप्रति गम्भीर प्रतिबद्धता एवं इमानदारीबिना समाजवादतर्फ यात्रा गर्छौँ भन्नु ढाँट, छलकपट बाहेक केही पनि होइन । यो जनताप्रतिको धोका हो र इतिहासमाथि बेइमानी हो ।
समाजवाद र समृद्धि भजनको कुनै राग होइन, कुनै तान्त्रिकको मन्त्रोचारण होइन, धामी–झाँक्रीको झारफुक होइन । समाजवाद र समृद्धिको नारा जनता अल्मल्याउने चालबाजी नबनोस् । समाजवाद त मजदुर–किसानको स्वर्ग हो ।
केटा मान्छे रोएको सुहाउँदैन भन्ने चलन छ । म त भन्छु, अभिभावक रोएको सुहाउँदैन । सरकार भनेको अभिभावक हो । अभिभावक अल्छी, कामचोर बने परिवारको बिजोग हुन्छ । यो बजेट आय–ब्ययभन्दा रोदन–क्रन्दन र लाचारीले भरिएको स्कूले विद्यार्थीको निबन्ध–प्रबन्ध जस्तो अनुभूत हुन्छ ।
ठोस योजनासहित, वस्तुगत, तथ्यपरक र प्रष्ट हुनुपर्नेमा यो बजेट गफगाफले भरिपूर्ण, हचुवाको भरमा ल्याइएको छ । यो आश्वासनको पोका बाहेक केही पनि होइन ।
नानीदेखि लागेको बानी भनेभैmँ समय छँदा सुतिबस्ने र समय बितिसकेपछि जथाभावी, जबर्जस्त चल्ने परम्परा दोहो¥याइँदैछ । यो बिडम्बना हो । यो बजेटमा भ्रष्टाचार र अनियमितताको गन्ध आइसकेको छ । भ्रष्टाचार पूँजीवादी व्यवस्थाको छाँया हो भन्ने भनाई त्यतिकै आएको होइन, यो ऐतिहासिक अनुभव हो ।
भूकम्प पीडितको निम्ति तीन वर्ष बितिसक्दा समेत केही गर्न नसकेको तिखो–तीतो आरोप खेपिसक्दा समेत फेरि पनि केही संबोधन नगरिनु गैरजिम्मेवारीपनको पराकाष्ठा नै हो ।
संघीयता जोगाउन हामी सक्षम छौं या छैनौं र प्रदेश सरकार चलाउन हामी लायक छौं या छैनौं भन्ने व्यवहारले पुष्टि गर्न हाँक तेर्सिएको झन महसुस गरिइँदैछ ।
कुरा समृद्धिको गर्ने काम टालटुले गर्ने, अँग्रेजीमा यस्तोलाई paradox अर्थात विरोधाभाष भनिन्छ । यो रोगबाट जोगिइँदा जनताको स्याबासी पाइएला !धन्यवाद !

Leave a Reply

Your email address will not be published. Required fields are marked *