भर्खरै :

युद्धमा मारिएकाका परिवारलाई प्योङयाङमा आवास

युद्धमा मारिएकाका परिवारलाई प्योङयाङमा आवास

प्योङयाङ, ४ फागुन (केसीएनए) । रुस–युक्रेन युद्धमा ज्यान गुमाएका आफ्ना सैनिकका परिवारलाई लक्षित गर्दै प्रजातान्त्रिक जनगणतन्त्र कोरियाले राजधानी प्योङयाङमा नयाँ आवासीय जिल्ला निर्माण सम्पन्न गरेको जनाएको छ । युद्धमा खटिएका सैनिकप्रति सम्मान प्रकट गर्ने र आन्तरिक एकतालाई सुदृढ बनाउने सन्देशसहित यो कदम सार्वजनिक गरिएको हो ।
उक्त योजनाको शनिबार कोरियाली मजदुर पार्टीका महासचिव एवं प्रजग कोरिया राज्य मामिला आयोगका अध्यक्ष मार्शल किम जोङ उनले नयाँ सडक ‘सेपिओल स्ट्रिट’ मा उद्घाटन गर्नुभयो । उहाँसँग उहाँकी छोरी किम जु एई पनि उपस्थित रहनुभएको थियो । उक्त अवसरमा मार्शल किमले ‘युवा शहीदहरू’ ले मातृभूमिका लागि सबै बलिदान दिएको भन्दै उनीहरूका परिवारप्रति राज्यको दायित्व निर्वाह गरिने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
स्मारक पर्खाल स्थापना, सङ्ग्रहालय निर्माण तथा विभिन्न सार्वजनिक कार्यक्रममार्फत युद्धमा खटिएकाहरूलाई राष्ट्रिय गौरवका रूपमा प्रस्तुत गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *