नयाँ सांसदहरूले संसदीय व्यवहार सिकेनन् भने हिजोझैँ भ्रष्टाचार हुने
- फाल्गुन २९, २०८२
(खड्काजी र थापाजी फरक पालिकाका भए पनि दुवै एउटै कलेजमा पढ्छन् । कलेजको चियापसलमा दुई जनाबिच फागुन २१ गतेको चुनावबारे छलफल हुन्छ ।)
खड्काजीः भदौ २३ र २४ गतेको घटनामा दुई गोली लागेका मिलन खत्री अभैm जेलमा रहेको के सत्य हो ?
थापाजीः एक बहिनीले हालै माइतीघर मण्डलामा अर्की बहिनीसँग यही विषय उठाएकी छिन् । ती बहिनीले अर्की बहिनीलाई गृहमन्त्रीलाई राति २ बजे फोन गर्न सक्ने यहाँ किन नाटक गरिरहेकी, कार्की आयोगको प्रतिवेदन निर्वाचनअघि नै सार्वजनिक किन नगराएको भनी सोधेकी थिइन् ।
खड्काजीः मानव अधिकार आयोगको प्रतिवेदनमा भदौ २३ गतेको हत्या र भदौ २४ गतेको आगजनी हुनुमा नेपाली सेना प्रमुख पनि जिम्मेवार हुने उल्लेख भएको के हो त ?
थापाजीः बालबच्चाको मृत्यु र संसद् भवन, सिंहदरबार, सर्वोच्च अदालत जलाउनेलाई सेनाले किन रोकेन भन्ने विषय सुरुमै उठेको हो । सेना संस्थागत हुनुपर्दछ र देशको मेरुदण्ड पनि हो । नेपाली जनताले सेनाको कमी कमजोरी खोज्नुपर्ने आवाज पनि उठेकै हो ।
खड्काजीः सिंहदरबार जलाइदिन्छु भन्नेलाई निर्वाचनमा दुईतिहाइ दिन लगाउने को को होलान् त ?
थापाजीः भदौ २३ गतेबाट सुरु भएको महाजाल फागुन २१ गतेको चुनावको मतदानसम्म अघि बढ्यो । परिणाम घोषणा गराउनु त सजिलै भयो । यसमा संरा अमेरिकी र भारतीय प्रशासनको संलग्नतासमेत रहेको सार्वजनिक भइरहेको छ । अब नेपाली जनताले बुभ्mनु जरुरी छ, विदेशीको भरमा देशको विकास होइन, विनास हुनेछ ।
खड्काजीः के कार्की आयोगको प्रतिवेदन समयमै सार्वजनिक भएको भए नतिजा फरक हुने थियो ?
थापाजीः बालबच्चा हत्या र सार्वजनिक सम्पत्ति आगजनीमा संलग्नहरू उम्मेदवार हुन पाउने थिएनन् र चुनाव साँच्चै चुनावजस्तो हुने थियो र फौजदारी अभियोगमा मुद्दा चलाउनु पर्नेहरू संसद्मा पुग्ने थिएनन् ।
खड्काजीः निर्वाचन सरकारका भूमि व्यवस्थामन्त्रीले मालपोत अधिकृतको कुर्सी करोडमा बिक्री हुने बताएको के हो त ?
थापाजीः सरकारका सबै प्रमहरू एउटै सिक्काका दुई पाताजस्तै हुनुको परिणाम हो, यो । व्यक्ति परिवर्तन भएर नहुने प्रवृत्ति नै परिवर्तन हुनु आवश्यक छ । निर्वाचन सरकार पनि अनेक अनियमिततामा संलग्न भएको सार्वजनिक भइरहेको छ । सिस्नो रोपेर तुल्सी उम्रन्न भनेको यही हो ।
२०८२ चैत १० गते
Leave a Reply