रोबोटले तोड्यो म्याराथनमा मानव कीर्तिमान
- बैशाख ६, २०८३
प्रहरी नायव महानिरीक्षक ओमबहादुर राना (भदौ २३ गतेका उपत्यका प्रहरी कार्यालयका विभिन्न प्रमुखको बयान) : भदौ २३ गते माइतीघर क्षेत्रमा भेला भएको भीड सुरुमा शान्तिपूर्ण देखिए पनि क्रमशः नेतृत्वविहीन, आवेगयुक्त र आक्रमक बन्दै गयो । विद्यालय पोशाकमा रहेका बालक – किशोरहरूबाहेक बाहिरी समूह, अज्ञात उत्तेजक तत्व तथा उद्देश्यहीन हिंसात्मक प्रवृत्तिको मिश्रणले वातावरण एकाएक बिग्रियो । निषेधित क्षेत्र उल्लङ्घन गर्दै भीड संसद् भवनतर्फ अघि बढ्यो र सार्वजनिक संरचना तथा प्रहरी तैनाथीमाथि आक्रमण ग¥यो ।
ढुङ्गा, मुढा, लाठी, साबेल, घनजस्ता सामग्री प्रयोग गर्दै संसद् भवनतर्फ धकेलिनाका साथै सुरक्षाकर्मीमाथि निरन्तर प्रहार हुन थालेपछि सुरक्षाकर्मीहरूको जीवन जोखिममा परेको र सुरक्षा नियन्त्रण गुम्नसक्ने वास्तविक अवस्था सिर्जना भयो ।
अन्तिम बल प्रयोगको आदेश प्रमुख जिल्ला अधिकारीबाट हुने व्यवस्था छ । गोली चलाउने निर्णय न नेपाल प्रहरी प्रधानकार्यालयबाट आएको थियो न त मेरो व्यक्तिगत आदेश थियो ।
भदौ २३ र २४ गतेको आगजनी तथा तोडफोडका कारण उपत्यकाभित्र रानीपोखरीस्थित उपत्यका प्रहरी कार्यालयसमेत गरी २१९ वटा प्रहरी एकाइहरू क्षतिग्रस्त भए ।
जिल्ला प्रहरी परिसर काठमाडौँका तत्कालीन कार्यालय प्रमुख प्रहरी नायव महानिरीक्षक विश्व अधिकारीको बयान : भदौ २३ गतेको प्रदर्शनका लागि निवेदन दिने प्रमुख पक्ष ‘हामी नेपाल’ समूहका सुदन गुरुङ, अनिल बानियाँ, केपी खनाल, दीपक बोहरा, भिक्टर पौडेल तथा हालका मन्त्री बब्लु गुप्तालगायतसँग समन्वय भएको थियो ।
Discord, Redit, x (ट्वीटर) लगायत डिजिटल प्लेटफर्महरूमा भइरहेको हिंसात्मक योजनासम्बन्धी कुनै अग्रीम चेतावनी जिल्ला सुरक्षा समितिसमक्ष उपलब्ध भएन ।
प्रदर्शनको एक हिस्सा निषेधित क्षेत्रतर्फ अघि बढ्दै उत्तेजित भई ढुङ्गा मुढा प्रहार गर्न थालेपछि करिब पौने १२ बजे ब्यारिकेड तोडी प्रवेश गरेपछि शान्ति कायम गर्न पानीको फोहरा प्रयोग गरिएको थियो । चारैतर्फबाट निरन्तर आक्रमण भएपछि अवस्था नियन्त्रण बाहिर जान थालेको मैले अनुभव गरँे ।
करिब २ घण्टासम्म संयम अपनाउँदा पनि हिंसात्मक आक्रमण जारी रहेपछि अत्यन्त विषम अवस्थामा पनि थप बल प्रयोग गरिएको थियो ।
भदौ २४ गते स्थिति अझ जटिल हुनसक्ने आकलनसहित Vital Installations मा नेपाली सेनालाई परिचालन गरी अन्य सुरक्षाकर्मीलाई फिल्डमा खटाउने छलफल भएको थियो । सामाजिक सञ्जाल विश्लेषण गर्दा Metakhor, vercel app जस्ता प्लेटमार्फत आक्रमण स्थलको म्यापिङ र ‘फेक न्युज’ फैलाएर भीडलाई हिंसात्मक बनाउने तयारी भएको तथ्य पछि खुल्न आयो । भदौ २४ गते कफ्र्यु आज्ञा, शीर्ष नेताहरूको निवासमा आक्रमण र शव प्रदर्शन गर्ने योजनाबारे सूचना प्राप्त भएको थियो ।
भदौ २४ गते बिहानदेखि कलङ्की, साँखु, गोँगबु, बालाजु, बल्खु, कोटेश्वर, जडिबुटी, बौद्ध, चाबहिल, नैकाप, कीर्तिपुर, बढानीलकण्ठ तथा संसद् भवन आसपास एकसाथ सुनियोजित आक्रमण सुरु भयो । दङ्गाग्रस्त भीडले चारैतर्फ घेराबन्दी गरी आक्रमण गरिरहेको थियो । मैले घुसपैठ र पूर्वसूचना विश्लेषणको कमजोरी स्वीकारेको छु ।
जिल्ला प्रहरी परिसर ललितपुरका तत्कालीन कार्यालय प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक श्यामकृष्ण अधिकारीको बयान : भदौ २४ गते करिब ११ः३० बजे मन्त्री तथा मुख्य मन्त्री निवासहरू, पार्टी कार्यालयहरू, प्रहरी प्रशासन तथा वडाहरू र नःखु कारागारसमेतमा एकैसाथ अराजक आक्रमण सुरु भयो । उक्त दिन भीडले बाटो अवरुद्ध गरेकोले सशस्त्र प्रहरी र नेपाली सेनाबाट अपेक्षित सहयोग नआएकोले प्रहरीको एक्लो बलले भीडलाई थाम्न सकेन र स्थिति नियन्त्रण बाहिर गयो ।
भदौ २३ गते संसद् भवनमा थप मद्दतमा खटिएका त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत प्रहरी वरिष्ठ उपरीक्षक सोमेन्द्रसिंह राठोरको बयान : भदौ २३ गते दिनको ३ बजे संसद भवन बानेश्वर पुग्दा बाहिर हजारौँको सङ्ख्यामा प्रदर्शनकारी थिए । फर्कने क्रममा भीडबाट ढुङ्गा प्रहार हुँदा आफ्नै टोलीका जवान कमलेश लुहार घाइते भएको थियो ।
(भदौ २३ गते संसद् भवनको उत्तर र दक्षिण गेटमा सशस्त्र प्रहरीले खासै प्रभावकारी भूमिका नखेलेको र १२ः३० बजे नै कफ्र्यु आदेश जारी हुँदा समेत संसद्को दक्षिण गेटमा सेना देखिए पनि सक्रिय प्रतिरक्षा प्रतिक्रिया नदेखिएको उनले उल्लेख गरे ।)
भदौ २४ गते विमानस्थलबाट शीर्ष नेताहरू विदेश भाग्ने भन्ने सार्वजनिक सञ्जालमा हल्ला फैलिएपछि सुरक्षाका लागि गोल्डेनगेटमा प्रनाउको कमान्डमा टोली खटाइएको थियो । आगजनीका कारण भिजिबिलिटी कमजोर भएको सूचना जारी भएपछि अन्तर्राष्ट्रिय उडान रोकिएको थियो ।
Leave a Reply