भर्खरै :

समाजवाद र पुँजीवादको फरकबारे जनतालाई सचेत गर्नु आवश्यक

समाजवाद र पुँजीवादको फरकबारे जनतालाई सचेत गर्नु आवश्यक

कैलाली, ६ वैशाख । नेपाल मजदुर किसान पार्टी कैलालीको आयोजनामा मतदातालाई धन्यवाद, केन्द्रीय समितिको बैठकको सन्देश र नव वर्ष २०८३ को शुभकामना कार्यक्रम लम्किचुहा ५ चौँरीमा सम्पन्न भयो ।
कार्यक्रममा नेमकिपाका केन्द्रीय सदस्य तथा कैलाली संयोजक रमेशकुमार रावलले नेमकिपाको मुख्य उद्देश्य भनेको निःस्वार्थ रूपमा जनताको सेवा गर्ने भएकोले जनताको सेवामा नेमकिपा सधैँ लागिपर्ने बताउनुभयो ।
समाजवादी व्यवस्थाले मात्र कामदार जनताको सेवा गर्न सकिने भएकोले समाजवाद र पुँजीवादको फरकबारे जनतालाई सचेत गर्नु अहिलेको आवश्यकता हो, उहाँले भन्नुभयो ।
नेपाल क्रान्तिकारी महिला सङ्घ केन्द्रीय सहसचिव लक्ष्मी पुन मगरले विदेशीको इसारामा चल्ने देश स्वतन्त्र नहुने भएकोले वैदेशिक हस्तक्षेपको विरोध गर्नु आवश्यक भएको बताउनुभयो ।
कार्यक्रममा नेमकिपा कैलाली सदस्य तारा तिरुवा, नेक्राकिसङ्घका रणबहादुर रोकायलगायतले बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *