भर्खरै :

मुसहरका ३५ बालबच्चा कखरा सिक्दै

महोत्तरी, १९ माघ । विद्याकीदेवी सरस्वती पूजाको अवसरमा बर्दिबास – २ मुसहर बस्तीका ३५ बालबालिकाले आजदेखि कखरा सुरु गरेका छन् ।
श्रीपञ्चमी अर्थात सरस्वती पूजाका दिन अभिभावकले एकै साथ आफ्ना ३५ बालबालिकालाई किताव, कलम र कपी दिएर पढाउन सुरु गरेका हुन् ।
धुर्मुस– सुन्तलीको प्रेरणाले पुस्ताँैपुस्तादेखि अशिक्षित रहँदै आएका सो बस्तीका अभिभावकले आ–आफना बालबालिकालाई पढाउन सुरु गरेको स्थानीय अगुवा मञ्जय सदाले बताउनुभयो ।सो बस्तीमा पहिलोपटक देवी सरस्वतीको प्रतिमा राखेर स्थानीयवासीले निष्ठापूर्वक पूजा गरी छोराछोरीलाई लेख्न र पढ्न सुरु गराएका हुन् ।
सो बस्तीका मुसहरले आफ्ना बालबालिकालाई बस्ती नजिकैको जनता माविमा भर्ना गराएको समाजिक अभियन्ता राजकरण महतोले बताउनुभयो । यसअघि पनि सो बस्तीका ६८ बालबालिका स्कुल भर्ना भएका थिए रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *