भर्खरै :

थ्रेसहोल्ड र राजनैतिक स्थायित्व ?

निर्जला
‘दलहरू अन्त्यहीन रुपमा विभाजित नहुन्, राजनैतिक स्थिरताको प्रबद्र्धन होस् र गठबन्धनको संस्कार बनोस्’ भन्ने उद्देश्यले थ्रेसहोल्ड अगाडि आएको हो र राजनीतिक प्रतिस्पर्धाको सीमा बाँध्न थ्रेसहोल्डको आवश्यकता बताइएको छ ।
जसरी विश्वमा विज्ञान र प्रविधिको विकास हुँदै गयो, त्यस्तै समाजशास्त्र, अर्थशास्त्र, राजनीतिशास्त्र र साहित्यमा पनि नयाँ–नयाँ चिन्तन अगाडि आइरहेको छ । थ्रेसहोल्डलाई स्वीकार्नुको अर्थ हो–कुनै देशमा भइरहेको राजनैतिक व्यवस्था र प्रणालीमा खोट देखिएको हुँदा कुनै पनि परिवर्तन ल्याउने योजना हो ।

नेपालका हालैका केही वर्षलाई लिने हो भने सरकारमा जाने तीन शासक दल नेपाली कांग्रेस, एमाले र माओवादी केन्द्रले आफू सरकारमा जान पालैपालो स–साना दलहरूलाई पद, पैसा र अनेक आश्वासन दिएर समर्थन लिने गरे । यसमा दोषी साना दलहरू होइनन् बरु ती शासक दलहरू नै हुन् । शासक दलहरूले भोलि थ्रेसहोल्ड राखेर स–साना दलहरूलाई पैसाकै भरमा आ–आफ्ना पार्टीका निर्वाचनमा मतका स्रोतहरू अथवा भोट बैङ्क बनाउनेछन् ।

पहिले प्रजातन्त्रलाई भीडको शासन, मूर्खहरूको निम्ति मूर्खहरूले मूर्खहरूलाई गर्ने शासन वा भेंडाबाख्राको शासन तथा दलबन्दीको शासन भनी राजतन्त्रवादीहरूले प्रजातन्त्रको विरोध गरेका थिए । नेपालको सन्दर्भमा भन्नुपर्दा निर्दलवादीहरूले बहुदलको विरोध अन्तसम्म गरेका थिए । थ्रेसहोल्ड निर्दलवादको अर्को नाम हो । समाज र देशमा विभिन्न जात–जाति र भाषा–भाषीहरू, आर्थिक विकासको विभिन्न चरणमा हुन्छन्, तिनीहरूका आ–आफ्नो सोच र दृष्टिकोण हुन्छन्, थ्रेसहोल्डले सांस्कृतिक, आर्थिक, सामाजिक, राजनैतिक रुपले इतिहासमा पछि पारिएका समुदाय र वर्गलाई उठ्न नदिने षड्यन्त्र हो । अर्को भाषामा शासक र शोषक वर्गले धेरै लामो अवधिसम्म एउटै राजनैतिक व्यवस्था कायम गर्ने जालसाझी हो ।
नेपालका हालैका केही वर्षलाई लिने हो भने सरकारमा जाने तीन शासक दल नेपाली कांग्रेस, एमाले र माओवादी केन्द्रले आफू सरकारमा जान पालैपालो स–साना दलहरूलाई पद, पैसा र अनेक आश्वासन दिएर समर्थन लिने गरे । यसमा दोषी साना दलहरू होइनन् बरु ती शासक दलहरू नै हुन् । शासक दलहरूले भोलि थ्रेसहोल्ड राखेर स–साना दलहरूलाई पैसाकै भरमा आ–आफ्ना पार्टीका निर्वाचनमा मतका स्रोतहरू अथवा भोट बैङ्क बनाउनेछन् । दोस्रो, केही दलहरूले थ्रेसहोल्डको सीमा पु¥याउन कालाबजारी, तस्कर, गुण्डा, कर छल्ने निर्माण व्यवसायी, बैङ्कपति, विदेशको काला धन आदि आदि अपराधीहरूबाट पैसा, भौतिक बल र निर्वाचनमा धाँधली गरेर संसद अपराधीहरूको सदन बन्नेमा कुनै शङ्का छैन । थ्रेसहोल्ड राखेका देशहरूको कथा पनि यहीं टुंगिन्न । शोषक र सामन्तहरूले वा अपराधीहरूले आ–आफ्नो हितमा विधेयक बनाउनेछन्, जस्तो आजै तीन शासक दलको चर्तिकला देखिंदैछ, भोलि अर्कै माफिया वा अपराधीहरुको राज हुनेछ ।
तर थ्रेसहोल्डले परिवर्तन, क्रान्ति र पुरानो राजनैतिक व्यवस्थालाई स्थायित्व दिन सक्दैन । विभिन्न देशमा हुने स्वाभाविक राष्ट्रिय क्रान्तिले परिवर्तन ल्याउने एउटा पक्ष छ भने पूर्वी युरोपेली देशहरू अर्थात् युरोपका पूर्व समाजवादी देशहरूमा नाटो देशहरूको षड्यन्त्र, आक्रमण र विध्वंश एवम् पहेंलो क्रान्तिको नाममा पश्चिमी शैलीको प्रजातन्त्र थोपियो । सत्तामा नाटोले आफ्नै दलालहरू ल्याई सकेपछि त्यस विदेशी कठपुतली शासनलाई टिकाउन थ्रेसहोल्ड राख्ने उद्देश्य राखे ।
कुनै देशमा २–४ वटा मात्रै राजनैतिक दलहरू कायम हुँदा राजनैतिक व्यवस्था स्थिर हुने भए ३ प्रतिशत र ५ प्रतिशत थ्रेसहोल्ड राखेको दक्षिण कोरियाको लाखौं–लाख उपद्रवले के देखायो ? १० प्रतिशत थ्रेसहोल्ड राखेको टर्कीको हालत २ वर्षदेखि जनताले कस्तो प्रजातन्त्र व्यहोर्दैछ ? अझ पर जाने हो भने अमेरिकी जासुसी ‘यू–टू’ विमान टर्कीबाटै सोभियत रुसका गतिविधि गर्दै थियो र दोस्रो विश्वयुद्धदेखि नै टर्की अमेरिकी र नाटोको चौकी हो । थ्रेसहोल्ड राखेका स्पेन, बेल्जियम आदि देशमा पनि बेरोजगारी बढेको छ र आर्थिक सड्ढटको झट्काले हानेकै छ । इन्डोनेसियाजस्तो देशमा त शान्ति र स्थिरता त खोजीकै विषय हो ।
स्थिर सरकारको ढोल पिटेका देश संरा अमेरिकाको कुरा गरौं भने ‘अस्ताउँदो साम्राज्यमा ट्रम्पको उदय’ जस्ता टिप्पणी अगाडि आएको छ । (नागरिक – ७ माघ २०७३)
बेलायतको प्रजातन्त्रलाई स्थिर भनांै भने युरोपेली संघबाट फिर्ता लिने बारेमै जनमत पछि पनि स्थिर छैन, स्कटल्याण्ड, आयरल्याण्ड र वेल्ससमेत अलग हुने चर्चा छ । त्यसो त जर्मनी बाहेकका युरोपका अन्य देशहरू पनि आर्थिक सड्ढटले अझै थलिएका छन् र बेरोजगारी समस्या समाधान भइसकेको छैन ।

थ्रेसहोल्ड लागू गरेका अन्य देशहरूले प्रगति गरेको भनाई अर्थतन्त्र, जनताको भावना र आर्थिक सड्ढटमा अध्ययन गरिएको देखिएन । साँच्चै थ्रेसहोल्डले राजनैतिक व्यवस्था स्थिर र समाजका शान्ति एवम् अनम चैन कायम हुने भए थ्रेसहोल्ड बराबर
(.) सबै रोगको उपचार हुने थियो । यस टुंगोमा पुग्नु अत्यन्त काँचो निर्णय र असत्य सावित हुनेछ ।

हिजोसम्म नेपाली बुद्धिजीवीहरूले सा¥है प्रशंसा र तारिफ गरिएका पश्चिमेली प्रजातन्त्र चाहे राष्ट्रपतीय व्यवस्था होस् वा संसदीय, आज ती प्रजातन्त्रको बारे बताइयो ‘मृत्यु पर्खिएका प्रजातन्त्रहरू ।’ (अन्नपूर्ण – २६ पुस २०७३)
तर हिजो गरिब भनी हेपिएको हेला गरिएको देश चीनको आर्थिक प्रगतिमात्रै होइन राजनैतिक व्यवस्था वा त्यहाँको जनताको प्रजातन्त्र र समाजवादको प्रारम्भिक चरण अर्थात् चिनियाँ विशेषता भएको समाजवादबारे संसारका धेरै अर्थशास्त्री र राजनीतिशास्त्रीहरू गम्भीर अध्ययनमा छन् ।
थ्रेसहोल्ड लागू गरेका अन्य देशहरूले प्रगति गरेको भनाई अर्थतन्त्र, जनताको भावना र आर्थिक सड्ढटमा अध्ययन गरिएको देखिएन । साँच्चै थ्रेसहोल्डले राजनैतिक व्यवस्था स्थिर र समाजका शान्ति एवम् अनम चैन कायम हुने भए थ्रेसहोल्ड बराबर
(.) सबै रोगको उपचार हुने थियो । यस टुंगोमा पुग्नु अत्यन्त काँचो निर्णय र असत्य सावित हुनेछ ।
खुला सीमा र राजनैतिक चिन्तनको दरिद्रता भएको नेपालको आजको स्थितिमा थ्रेसहोल्ड स्वीकारेमा जसरी आज कुनै पनि समस्याको समाधान देखा पर्दैन, खाली तीन दलको तानाशाही देखिंदैछ – भोलि अदालत, प्रशासन, विद्युत, शिक्षा, स्वास्थ्य, यातायात आदि सबै क्षेत्रमा तीन दलीय दलबन्दीले देश बन्द गल्लीमा फस्नेछ । युरोपको लामो कोट नेपाली उचाईमा काम नलागे जस्तै थ्रेसहोल्ड अर्को श्राप सावित हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *