इजरायललाई स्वतन्त्र छाडेसम्म मध्यपूर्वमा शान्ति हुनेछैन !
- असार ६, २०८३
यसले किन वास्तविक रूपमा उन्नत पढाइ विचलित पार्ने खालको हुनसक्छ भन्ने एउटा महत्वपूर्ण कुरालाई अगाडि ल्याउँछ । एकपटक यो क्षमता प्राप्त गरेपछि, यो विरलै मात्र पुस्तकहरूमा सीमित रहन्छ । आलोचनात्मक पढाइको माध्यमबाट विकसित भएका बानीहरू बाहिरी संसारमा फैलिँदै जान्छन् । पाठमाथि प्रश्न उठाउन सिक्ने व्यक्तिले अक्सर चाँडै नै समाचार रिपोर्ट, राजनीतिक भाषण, आर्थिक सिद्धान्त, विज्ञापन, शैक्षिक पाठ्यक्रम र स्वयं साझा समझ (सामान्य ज्ञान) माथि नै प्रश्न उठाउन थाल्छ । कुनै पनि दाबीलाई केवल एक आधिकारिक व्यक्तित्वले प्रस्तुत गरेकै भरमा स्वीकार गर्न तिनीहरू कम इच्छुक हुन्छन् र पहिले जहाँ अनुमानहरूलाई सजिलै स्विकार्ने गर्थे, त्यहाँ अब स्पष्टीकरणहरू माग्न थाल्छन् ।
यसको उच्चतम स्तरमा पुगेपछि, पढ्नु भनेको सूचनाको उपभोग मात्र रहँदैन र यो बौद्धिक आत्म–मुक्तिको एक अभ्यास बन्न पुग्दछ । पाठकले अब कुनै पुस्तकलाई प्रशिक्षित हुन पर्खिरहेको एक निष्क्रिय प्रापकका रूपमा सामना गर्दैन; उनीहरू लेखक, इतिहास र स्वयं समाजसँगै एउटा संवादमा प्रवेश गर्दछन् । उनीहरू आफ्नो सामु प्रस्तुत गरिएको संसारलाई कसरी बुझ्ने र त्यो प्रस्तुतिलाई आकार दिने शक्तिहरूको अनुसन्धान कसरी गर्ने भन्ने कुरा सिक्दछन् ।
आलोचनात्मक पढाइ बौद्धिक आत्म–मुक्तिको एउटा रूप हो भने, स्वाभाविक रूपमा प्रश्न उठ्छ ः यसलाई वास्तवमा कसरी गर्ने त ? एक पाठक सूचनाको केवल उपभोग मात्र भन्दा माथि उठेर त्यसको वास्तविक बुझाइतर्फ कसरी अगाडि बढ्छ ?
एड्लरले दिएको जवाफ के थियो भने पढ्नु एउटा क्रियाकलाप हो, कुनै अनुभव होइन । धेरैजसो मानिसहरूले पुस्तकहरूलाई यसरी हेर्छन् मानौँ ज्ञानलाई पानाबाट सिधै मस्तिष्कमा स्थानान्तरण गर्न सकिन्छ । तिनीहरूले पहिचान (चिन्नु) लाई नै बुझाइ सम्झिने गल्ती गर्छन् । तिनीहरूले कुनै परिचित अवधारणा भेट्दा, कुनै निष्कर्षमा सहमत हुँदा वा कुनै तथ्य सम्झिँदा आफूले केही सिकेको निष्कर्ष निकाल्छन् । एड्लरले के बुझेका थिए भने वास्तविक बुझाइका लागि केवल सूचना प्राप्त गर्नुभन्दा धेरै बढी कुराको आवश्यकता पर्दछ । पाठकको काम लेखकको केन्द्रीय प्रश्न पहिचान गर्नु, उनीहरूले समाधान गर्न खोजिरहेका समस्याहरू (वा उनीहरूले स्पष्ट पार्न खोजिरहेका अवधारणाहरू) निर्धारण गर्नु, उनीहरू आफ्नो निष्कर्षमा कसरी पुगे भनी बुझ्नु र ती निष्कर्षहरू प्रस्तुत गरिएका प्रमाण तथा तर्कहरूबाट सही रूपमा निसृत भएका छन् कि छैनन् भनी मूल्याङ्कन गर्नु हो ।
म बुझ्छु कि यो कुरा निकै स्वतःस्पष्ट जस्तो लाग्न सक्छ, तर वास्तवमा निकै कम मानिसहरूले मात्र यसरी पढ्छन् भन्ने कुरा उल्लेखनीय छ । धेरैजसो मानिसहरू पुस्तकहरूलाई बुझ्नका लागि भन्दा पनि पुष्ट्याइँका लागि (आफूले पहिले नै विश्वास गरिरहेको कुरालाई थप बलियो बनाउन) पढ्ने दृष्टिकोण राख्छन् । तिनीहरू आफ्नो विश्व दृष्टिकोणसँगको सहमति वा आफूलाई मन नपर्ने कुराहरूविरुद्ध प्रयोग गर्ने अस्त्रको खोजी गर्छन् । यसरी हेर्दा, पुस्तक नयाँ दृष्टिकोणको सामना गर्ने अवसर बन्नुको साटो पहिलेदेखिका प्रतिबद्धताहरूलाई बढावा दिने एउटा साधन मात्र बन्न पुग्छ । यस्तो अवस्थामा, पढाइले आलोचनात्मक अनुसन्धानको बाटो छोडिदिन्छ ।
एड्लरका अनुसार, पाठकको पहिलो जिम्मेवारी बौद्धिक इमानदारिता हो । लेखकसँग सहमत वा असहमत हुनुअघि, व्यक्ति पहिले उनीहरूको दृष्टिकोणलाई सही रूपमा व्याख्या गर्न सक्षम हुनुपर्दछ । कुनै तर्कको आलोचना गर्नुअघि, त्यसलाई उसकै सर्तहरूमा बुझ्नुपर्दछ । यो एक आश्चर्यजनक रूपमा चुनौतीपूर्ण मापदण्ड हो । यसका लागि धैर्यता, नम्रता र अन्ततः गलत प्रमाणित हुनसक्ने दृष्टिकोणलाई पनि बुझ्नका लागि पर्याप्त समयसम्म आफ्नो निर्णय वा पूर्वाग्रहलाई थाती राख्ने तत्परता आवश्यक पर्दछ ।
तैपनि, केवल बुझाइ मात्र पर्याप्त हुँदैन । एक व्यक्तिले कुनै पाठलाई पूर्ण रूपमा बुझ्न सक्छ तर अझै पनि यसको वृहत्तर महत्वलाई पक्रन असफल हुन सक्छ । कसैले कुनै राजनीतिक प्रबन्धको प्रत्येक तर्कलाई बुझ्न सक्छ, तर त्यसलाई उत्पादन गर्ने ऐतिहासिक परिस्थितिहरूप्रति भने अन्धो रहन सक्छ । कसैले कुनै आर्थिक सिद्धान्तलाई सही रूपमा सङ्क्षेपमा प्रस्तुत गर्न सक्छ, तर मानव स्वभावका बारेमा यो जुन अनुमानहरूमा आधारित छ, तिनलाई चिन्न असफल हुनसक्छ । कसैले कुनै दार्शनिक प्रणालीलाई बुझ्न सक्छ, तर एक विशिष्ट दर्शक वा पाठक वर्गका लागि यसलाई विश्वासिलो बनाउने सामाजिक स्वार्थहरूलाई भने नजरअन्दाज गर्न सक्छ ।
यसैले गर्दा आलोचनात्मक पढाइले एकैसाथ बहुविध स्तरहरूमा काम गर्नुपर्दछ । पहिलो स्तरले सोध्छ ः “लेखकले के भनिरहेका छन् ?” दोस्रोले सोध्छ, “के लेखक सही छन् ?” तेस्रोले सोध्छ ः “यो तर्क आखिर किन गरिँदैछ ?” चौथोले सोध्छ ः “यो तर्कले कुन व्यापक विश्वदृष्टिकोणलाई पहिल्यै अनुमान गर्दछ र त्यसको पुनरुत्पादन गर्न मद्दत गर्दछ ?”
यी प्रश्नहरू सञ्चयी हुन्, तिनीहरू एउटामाथि अर्को गर्दै निर्मित हुन्छन् । पहिलो प्रश्नलाई छोडेर अगाडि बढ्ने पाठकले (कुनै पनि अर्थपूर्ण रूपमा) अन्य प्रश्नहरूको जवाफ दिन सक्दैन । कसैले आफूले नबुझेको दृष्टिकोणको अन्तर्दृष्टिपूर्ण आलोचना गर्न सक्दैन । साथै, पहिलो प्रश्नमै रोकिने पाठकले बोध (बुझाइ) लाई नै अन्तर्दृष्टि सम्झिने गल्ती गर्छ । कुनै तर्कलाई बुझ्नु आलोचनात्मक विचारको सुरुवात त हो, तर यो यसको निष्कर्ष होइन ।
इतिहासभरिका महानतम पाठकहरूले यो कुरा बुझेका थिए । आर्थिक कृतिहरू पढ्ने क्रममा, माक्र्सले ती सामाजिक परिस्थितिहरूको अनुसन्धान गरे जसले स्वयं राजनीतिक अर्थशास्त्रलाई जन्म दिएका थिए । राजनीतिक संस्थाहरूको विश्लेषण गर्ने क्रममा, ग्राम्सीले ती सांस्कृतिक शक्तिहरूको परीक्षण गरे जसले ती संस्थाहरूलाई वैध देखाएका थिए । कानुन र सरकारहरूको सूक्ष्म जाँच गर्ने क्रममा, फुकोले ज्ञानका ती प्रणालीहरूको खोजी गरे जसको माध्यमबाट व्यक्तिहरूले आफूलाई र अरूलाई बुझ्ने गर्दछन् । प्रत्येक अवस्थामा, पढ्नु भनेको व्याख्या गर्नुभन्दा धेरै माथिको कुरा हो । महानतम मस्तिष्कहरूका लागि, पढ्नु भनेको सतहमा रहेको पाठलाई जोड दिने वा पुष्टि गर्ने संसारलाई उजागर गर्ने एउटा विधि बन्यो ।
पुनः, यस दृष्टिकोणबाट हेर्दा, राम्रोसँग पढ्न सिक्नुको महत्व पुस्तकहरूभन्दा धेरै अगाडिसम्म फैलिएको छ । पढ्नु भनेको मानव जातिले आफ्नो समाजको सञ्चित ज्ञान, अनुभव र विचारधाराहरूको सामना गर्ने प्राथमिक तरिकाहरू मध्ये एक हो । खराब तरिकाले पढ्नु भनेको ती विचारहरूलाई बिना कुनै आलोचना उत्तराधिकारका रूपमा ग्रहण गर्नु हो । राम्रोसँग पढ्नु भनेको तिनको मूल्याङ्कन गर्नका लागि आफूलाई सक्षम स्थानमा राख्नु हो । यो एउटा विश्वदृष्टिकोणलाई आँखा चिम्लेर स्वीकार गर्नु र सचेत भई कुनै एकलाई रोज्नुबिचको सार्थक भिन्नता हो ।
अन्ततः, एड्लर सबैभन्दा महत्वपूर्ण कुरामा सही थिए ः पढ्नु एउटा क्रियाकलाप हो । यो एउटा परिश्रम हो । आँखा अगाडिबाट शब्दहरू गुज्रँदैमा बुझाइ स्वतःस्फूर्त रूपमा हुँदैन । प्रबुद्ध हुनु एक अविश्वसनीय सम्मान हो किनभने अन्तर्दृष्टि प्रयास, ध्यान र संलग्नतामार्फत नै आर्जन गर्नुपर्दछ । जहाँ एड्लर रोकिए, वास्तवमा त्यहींबाट पढाइको व्यापक महत्व सुरु हुन्छ ।
पढ्नु भनेको पाठक र इतिहासबिचको, पाठक र समाजबिचको, अनि पाठक र ती अनगिन्ती शक्तिहरूबिचको संवाद हो जसले पाठ र स्वयं पाठक दुवैलाई आकार दिएका छन् । प्रत्येक पाठ एक विशिष्ट संसारको उत्पादन हो र पढ्ने प्रत्येक कार्य त्यो संसारलाई अझ राम्रोसँग बुझ्ने एउटा अवसर हो ।
राम्रोसँग पढ्न सिक्नु महत्वपूर्ण हुन्छ । यसलाई शैक्षिक उपलब्धि, व्यावसायिक उन्नति वा तथ्यहरूको सङ्ग्रहको विषय मात्र मान्नु एउटा गल्ती हुनेछ । निःसन्देह, ती कुराहरूको आफ्नै स्थान छ, तर तिनीहरू सहायक मात्र हुन् । पढाइको वास्तविक मूल्य यो हो कि यसले वास्तविकतालाई बुझ्ने हाम्रो क्षमतालाई फराकिलो बनाउँछ । यसले हामीलाई हाम्रो आफ्नै तात्कालिक अनुभवभन्दा बाहिरका विचारहरूको सामना गर्न, हामीले पहिले विनाकुनै विचार–विमर्श स्वीकार गरेका अनुमानहरूमाथि प्रश्न उठाउन र पहिले अदृश्य लागेका सम्भावनाहरूलाई पहिचान गर्न अनुमति दिन्छ ।
सूचनाले भरिपूर्ण तर आलोचनात्मक पाठकहरूको कमी भएको समाज एक सूचित समाज होइन । सूचना मात्रको धेरै उपयोग हुँदैन† तथ्यहरूले आफ्नो व्याख्या आफैँ गर्न सक्दैनन्† तथ्याङ्कहरू बिनाकुनै सन्दर्भ कतै शून्यबाट प्रकट हुँदैनन् । सरल शब्दमा भन्नुपर्दा, हामीले सामना गर्ने कुराहरूको मूल्याङ्कन गर्ने, तिनलाई सन्दर्भअनुसार बुझ्ने र तिनको आलोचना गर्ने क्षमताबिना हामी जुनसुकै कुराबाट प्रभावित वा नियन्त्रित हुन सक्ने जोखिममा रहन्छौँ, चाहे हामीसँग जतिसुकै सूचना उपलब्ध किन नहोस् । आधुनिक समयमा, जहाँ सूचनाहरू पहिलेभन्दा धेरै सुलभ छन् तर हाम्रो ध्यान केन्द्रित गर्ने अवधि (अटेन्सन स्प्यान) पहिलेभन्दा धेरै कमजोर भएको छ, आलोचनात्मक रूपमा पढ्न सक्ने क्षमता अझ बढी महत्वपूर्ण बन्न पुग्दछ ।
यसैले, एक राम्रो पाठक बन्नका लागि गरिने सङ्घर्ष अझ बढी सचेत मानव बन्नका लागि गरिने एउटा वृहत्तर सङ्घर्षकै हिस्सा हो । आलोचनात्मक रूपमा पढ्नुको अर्थ निष्क्रिय स्वीकार्यतालाई अस्वीकार गर्नु हो । यो मूल्याङ्कन गर्नुअघि बुझाइमा, निश्चितताअघि अनुसन्धानमा र विश्वासअघि प्रमाणमा जोड दिनु हो† यो के भनिँदैछ मात्र नभएर त्यो किन भनिँदैछ, त्यसरी भनिँदा कसलाई फाइदा पुग्छ र कुन विकल्पहरू अन्वेषण हुन बाँकी छन् भनी सोध्ने बानीको विकास गर्नु हो ।
सम्भवतः यसै कारणले गर्दा इतिहासभरिका महानतम पाठकहरू विरलै मात्र पाठकका रूपमा मात्र सीमित रहेर सन्तुष्ट भए । पढाइले संसारलाई बुझ्ने उनीहरूको तरिकालाई बदलिदियो र त्यसले उनीहरूले संसारभित्र गर्ने कार्यको तरिकालाई पनि परिवर्तन गरिदियो । पुस्तकहरूले उनीहरूलाई सूचना मात्र भन्दा धेरै माथिको कुरा प्रदान गरे, तिनीहरूले उनीहरूलाई हेर्ने (र अन्ततः अस्तित्वमा रहने) नयाँ तरिकाहरू प्रदान गरे ।
अन्ततः, मूल जोखिममा रहेको विषय यही नै हो । पढ्नुको उद्देश्य धेरै कुरा जान्नु होइन, बरु धेरै कुरा देख्नु हो† साझा समझ (सामान्य ज्ञान) भित्र लुकेका अनुमानहरूलाई, संस्थाहरू पछाडि रहेका ऐतिहासिक शक्तिहरूलाई र वर्तमानमा अस्तित्वमा रहेको संसारभित्र लुकेका मानवीय सम्भावनाहरूलाई चिन्नु हो । राम्रोसँग पढ्न सिक्नु भनेको, वास्तवमै भन्नुपर्दा, आफ्नो विवेकले आफैँ सोच्न सिक्नु हो र त्योभन्दा मूल्यवान् सीपहरू सायदै अरू होलान् ।
समाप्त
simplifying socialism बाट अनुदित
दायित्वबोध डटकमबाट
Leave a Reply