भर्खरै :

छोरी

छोरी

छोरीको जीवन कठिन छ
तर, कठिन कहिल्यै मान्दैन
आफ्नो रहर मारी
बा– आमाको खुसी रोज्नेछ ।

छोरीको जन्मले
घर उज्यालो बनाउँछ ।
सबैको मन रमाउँछ,
जब छोरीको आगमन हुन्छ ।

छोरी हुनु भाग्यमानी
बुबाको सानी ।
उनी हुन् मायाकी खानी
राम्रो छ उनको आनीबानी ।

मुस्कुराउँदा जताततै
खुसी छरिन्छ ।
तिनकै पाइलाले घरमा
लक्ष्मी भित्रिन्छ ।

छोरीलाई हेला नगर्नु
छोरीबिनाको घर आस नगर्नु ।
छोरीको रूपमा लक्ष्मी भित्रिन्छ
छोरीबिनाको घर कस्तो हुन्छ ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *