कैयौँ प्रहारले गाल्न नसकेको वन्दनीय चट्टानी नारी ! –३
- श्रावण ३, २०८३
-नेकाको तत्कालीन देउवा सरकारले २०५७ साउन २ गते कमैया प्रथा अन्त्य भएको घोषणा ग¥यो । त्यसयता शासक दलका प्रधानमन्त्रीहरू पटक पटक दोहोरिए, फेरिए । तर, कमैया प्रथा अन्त्य गर्ने घोषणा कार्यान्वयन भएन । कमैयाले जोति आएको जग्गामा सरकारले मोहियानी हक दिनुपर्ने थियो तर, सरकारहरूले सरकारी जङ्गल, पर्ती र सार्वजनिक केही जग्गा कमैयालाई दिएर सामन्त र जमिनदारहरूको जग्गामा कमैयालाई मोहीयानी हक नदिई सामन्तको सेवा गरे । सरकारी तथ्याङ्कअनुसार ३२ हजार ५०९ परिवारमध्ये अझ धेरै कमैयाको व्यवस्थापन भइरहेको छैन ।
-सप्तरीको राजविराज सहरी आवास योजना ८३ वर्ष पुरानो हो । ७० विघामा फैलिएको यो योजनामा फोहरमैला, पार्किङ, सार्वजनिक शौचालय, छाडा पशु चौपाया व्यवस्थापन अभैm भइरहेको छैन । दैनिक ५० टन सङ्कलन हुने फोहरमैला थान्को लगाउन ठाउँ व्यवस्थित भएको छैन ।
-नेपालीमा खानपानमा चिल्लो–पिरो, कडा र नरम पेय पदार्थ, मैदाजन्य खानेकुरा, दैनिकीमा चिन्तैचिन्ता, कम सुताइका कारण उच्च रक्तचाप, मधुमेह, क्यान्सर, मुटु र मिर्गौला तथा मोटोपनाजस्ता नसर्ने रोग भयावह बन्दै छ । २०७९ सालको एक अध्ययनअनुसार नेपालमा ४५ लाख उच्च रक्तचाप, ३० लाख मुटुसम्बन्धी, ९ लाख मोटोपना, १ लाख क्यान्सरजस्ता नसर्ने रोगी छन् । सम्बन्धित डाक्टरहरूले नसर्ने रोग ठुलो सत्रु बनेको र यसबाट कैयौँको ज्यान गइरहेको बताएका छन् । नेपालमा कुल मृत्युको ७१ प्रतिशत नसर्ने रोगकै कारण बनेको छ ।
Leave a Reply