बाराही बचतको आयोजनामा खुला रक्तदान कार्यक्रम
- श्रावण २, २०८३
भक्तपुर, २ साउन । नेपाल क्रान्तिकारी किसान सङ्घ भक्तपुर जिल्ला समितिको आयोजनामा २०२५ साल साउन २ गते र २०२६ साल असार १९ गतेको ऐतिहासिक भ्रष्टाचारविरोधी आन्दोलनको स्मरणमा शनिबार प्रशिक्षण कार्यक्रम भयो ।
उक्त प्रशिक्षण कार्यक्रमममा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य उकेश कवांले भ्रष्टाचार पुँजीवादको छायाजस्तै हुने उल्लेख गर्दै पुँजीवादी राज्य व्यवस्थामा उत्पादनका स्रोतसाधानहरू सामाजिकीकरण होइन निजीकरण हुन्छ भन्नुभयो ।
रास्वपाको यो सरकारले पनि देशको सार्वजनिक संस्थानहरू निजीकरण गरेको हुँदा पुरानो सरकार र यो सरकारमा भिन्नता नभएको स्पष्ट पार्दै शासन सत्तामा नपुगेसम्म भ्रष्टाचारको विरोध गर्ने, सुशासन कायम गर्ने नारा दिई जनतालाई उक्साएर आन्दोलन गरी विध्वंस मच्चाउनेहरूले सरकार चलाइरहेको बताउनुभयो ।
शासक दलहरुले भ्रष्टाचार गरेर जनतामाथि ऋणमाथि ऋणको भार बोकाएको उल्लेख गर्दै उहाँले सर्वसाधारण जनतामाथि कर थोपरेर ढाड सेक्ने; शिक्षा, स्वास्थ्य, बिजुलीमा कर लगाएर जनतालाई दुःख दिएको बताउनुभयो ।
नेपालमा पनि अमेरिकी सेनाको क्याम्प राख्न लागिपरे नेपालको भविष्य झन् खतरामा पर्ने उल्लेख गर्दै उहाँले देशभक्त सचेत नेपाली जनताले हाम्रो देश इरान, युक्रेन, प्यालेस्टिन जस्तो नहोस् भनी देशभक्तिपूर्ण आन्दोलन र भ्रष्टाचारविरोधी आन्दोलन गर्दै जानु आवश्यक छ भन्नुभयो ।
नेपाल क्रान्तिकारी किसान सङ्घका केन्द्रीय सचिव हरिराम सुवालले विगतको घटना स्मरण गर्नु भनेको नयाँ पुस्तालाई सचेत पार्नु हो; देश र जनताको निःस्वार्थ रूपले सेवा गर्न उत्प्रेरित गर्नु हो; राजनीति पैसा कमाउने माध्यम होइन देश र जनताको निःस्वार्थ सेवा गर्ने माध्यम हो भन्नुभयो ।
नेपाल क्रान्तिकारी मजदुर सङ्घ भजिसका अध्यक्ष विष्णुराम दुमरुले मजदुर र किसान काम गरिखाने वर्ग भएकोले वर्गीय भावना कायम गरी एक आपसमा एकजुट भई लाग्नु आजको आवश्यकता हो भन्नुभयो ।
नेपाल क्रान्तिकारी किसान सङ्घ भक्तपुर जिल्ला समितिका अध्यक्ष गोविन्द दुवालको सभापतित्वमा भएको उक्त कार्यक्रममा केशवप्रसाद तिमिल्सिना र सूर्यबहादुर फोजुले पनि ऐतिहासिक भ्रष्टाचारविरोधी आन्दोलनको महत्वबारे बोल्नुभएको थियो ।
Leave a Reply