दलका नेताहरूमा राजनीतिक संस्कार आवश्यक
- श्रावण ८, २०८३
पश्चिम एसियाको भूराजनीतिक रङ्गमञ्चमा केही समयदेखि थामिएको जस्तो देखिएको युद्ध पुनः एकपटक भयानक रूपमा भड्किएको छ । सन् २०२६ को अप्रिल महिनामा भएको युद्धविराम र द्विपक्षीय समझदारी पत्रसँगै केही समय शान्त बनेको अमेरिका–इजरायलले इरानमाथि जबरजस्ती थोपरेको युद्ध एकाएक विस्फोटको बिन्दुमा पुगेको छ । पछिल्लो केही दिनमा भएका सैन्य आक्रमण र प्रत्याक्रमणका शृङ्खलाहरूले यस क्षेत्रलाई पूर्णकालीन क्षेत्रीय युद्धको सङ्घारमा धकेलिदिएको छ ।
बहराइन र कुवेतमा मध्यरातदेखि बजिरहेका हवाई आक्रमणका चेतावनी सूचक ‘साइरन’ हरू, इरानी भूमिमा अमेरिकी लडाकु विमान र ड्रोनहरूको भीषण बमबारी र स्ट्रेट अफ हममा व्यापारिक जहाजहरूमाथि आक्रमणका घटनाहरूले युद्धलाई स्थायी विराम दिने कूटनीतिक प्रयासहरू लगभग असफल भइसकेका छन् भन्ने सङ्केत गर्छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले टर्कीको राजधानी अङ्कारामा जारी नेटो (NATO) शिखर सम्मेलनकै बिच इरानमाथि ‘शक्तिशाली प्रहार’ गरिएको घोषणा गरेका थिए । उता इरानले पनि अमेरिकी सैन्य अखडालाई निशाना बनाउँदै भयानक प्रत्याक्रमण गरेर अमेरिकी आक्रमणको तीव्र बदला लिइरहेको छ ।
पश्चिम एसियामा युद्ध पुनः भड्किनुमा संरा अमेरिकाको साम्राज्यवादी नीति जिम्मेवार छ । रणनीतिक र आर्थिक रूपमा निकै महत्वपूर्ण जलमार्ग स्ट्रेट अफ हर्मुजको नियन्त्रण र गत अप्रिलमा अमेरिका र इरानबिच भएको समझदारी पत्रको गलत व्याख्या गर्दै अमेरिकी साम्राज्यवाद स्वाधीन र स्वाभिमानी राष्ट्र इरानबाट आत्मसमर्पणको अपेक्षा गरिरहेको छ । समझदारी पत्रको मर्मविपरीत द्वन्द्वको सुरुवात गर्दै गत जून २४ मा ओमान र संयुक्त राष्ट्रसङ्घको अन्तर्राष्ट्रिय समुद्री सङ्गठनले खाडीमा फसेका जहाजहरू सुरक्षित रूपमा बाहिर निकाल्न ओमानको तट हुँदै एउटा अस्थायी करिडोर (मार्ग) को घोषणा गरेका थिए । त्यसको सुरक्षाको जिम्मा अमेरिकाले लिएको थियो । इरानले यस कदमलाई आफ्नो सार्वभौमिकतामाथिको हस्तक्षेप भन्दै तत्कालै अस्वीकार ग¥यो र आफ्नो अनुमतिबिना कुनै पनि जहाजलाई सो मार्ग प्रयोग नगर्न चेतावनी दियो ।
जून महिनाको अन्त्यतिर सो ओमान मार्ग प्रयोग गर्ने दुई जहाजमाथि आक्रमण भएपछि समझादारी पत्रको कार्यान्वयनको वार्ता रोकिएको थियो । त्यसैलाई बहाना बनाई २६ र २७ जूनमा अमेरिकाले इरानी तटीय सहर र रणनीतिक रूपमा महत्वपूर्ण स्थानहरूमा हमला ग¥यो, जसको जवाफमा इरानले बहराइन र कुवेतमा रहेका अमेरिकी अखडातर्फ मिसाइल प्रहार ग¥यो । जून २८ मा केही समयका लागि युद्ध थामिए पनि र जुलाई १ मा कतारमा अप्रत्यक्ष प्राविधिक वार्ता भए पनि त्यसले निकास दिन सकेन । गत मङ्गलबार स्ट्रेट अफ हर्मुजमा कतारी र साउदी ट्याङ्रसहित तीनवटा व्यापारिक जहाजमाथि पुनः आक्रमण भयो । अमेरिकाले यसको सीधा दोष इरानमाथि थोपर्दै इरानी सैन्य संरचना ध्वस्त पार्ने गरी भीषण हवाई हमला सुरु ग¥यो । वास्तवमा अगाडिको युद्धमा इरानी प्रत्याक्रमणबाट तिल्मिलाएका साम्राज्यवादीहरूले समय किन्नलाई मात्र वार्ताको नाटक रचेको उदाङ्गो भएको छ । अमेरिकी शासकहरू इरानमाथि व्यापक बमबारी गरेर ध्वस्त पार्न अहिले नाटो देशहरूसित सहकार्यको निम्ति कसरत गरिरहेका छन् । अमेरिकी शासकहरूलाई आफ्नो अनुकूल फर्काउन सकेकोमा बेन्जामिन नेतन्याहु र इजरायली युद्धअपराधीहरू खुसी मनाइरहेका छन्, इरानबाट फुर्सद मिलेपछि पुनः गाजा र पश्चिम किनाराका प्यालेस्टिनी जनताको हत्या गरिरहेका छन् ।
अहिले दुवै पक्षले एकअर्कामाथि अभूतपूर्व सैन्य शक्ति प्रयोग गरिरहेका छन् । अमेरिकी सेन्ट्रल कमान्ड (CENTCOM) ले इरानभित्र २००० भन्दा बढी रणनीतिक लक्ष्यहरूमा आक्रमण गरेको दाबी गरेको छ । अमेरिकी वायुसेनाले इरानको दक्षिणी प्रान्तहरूमा पुल, पेट्रोलियम प्रशोधन केन्द्र, जलविद्युत् केन्द्र, उद्योगधन्दा इत्यादि पूर्वाधारमाथि व्यापक हमला गरिरहेको छ । अमेरिकी आक्रमणबाट इरानी सेना र सर्वसाधारणको हताहति दिनप्रतिदिन बढ्दै गएको छ ।
Leave a Reply