भर्खरै :

जेनजी प्रदर्शन कसको प्रायोजनमा ?

जेनजी प्रदर्शन कसको प्रायोजनमा ?

संरा अमेरिकी साम्राज्यवादले संसारका अधिकांश देशमा आफ्नो अनुकूल नबस्ने सरकारलाई नाकाबन्दी, युद्धको धम्की, नेतृत्व अपहरण र आक्रमणसमेत गर्दै आएको हो । नेपालका एक विश्लेषक बुद्ध छिरिङ मोक्तानले जेनजी भनिनेहरूको प्रदर्शन संरा अमेरिकी साम्राज्यवादको योजनाअनुसार भएको बताए । उनले देउवा, ओली, दाहाललाई गद्दार घोषणा गरी ट्रम्पले प्रहार गर्न लगाएको पनि दाबी गरे । गत वर्ष भदौ २३ र २४ गतेको उपद्रवबारे छानबिन गरेको कार्की आयोगले आफ्नो प्रतिवेदनमा नेपालका शासक दलका नेता र कार्यकर्तासमेत संलग्न भएको उल्लेख गरेको छ । संरा अमेरिकाको प्रशासनले सीआईएमार्फत २ करोड डलर नेपालमा पठाएर ‘नीति संवाद’ कार्यक्रम मार्फत कतिपयलाई तालिम दिई जेनजी प्रदर्शनमा पठाएको यसअघि नै सार्वजनिक भएको हो ।
कार्की आयोगले आफ्नो प्रतिवेदनमा केही गैरजेनजीहरूले अगाडि नै नेपालले नदेखेको बन्दुक पड्काउने, नचाहेको विद्रोह गर्ने दाबी गरेको विषय उल्लेख केही नगरेकोमा प्रश्न उठिरहेको छ । त्यस्तै भदौ २४ गते “को को नेता थुनेर हान्नुपर्छ, हामीलाई थाहा छ, मैले भर्खरै चिफसाव र सुशीला म्यामसँग कुरा गरेँ, थप ३० जना मेरो केटा बलिदान गराउन तयार छौँ, त्यसपछि कसरी परिवर्तन नहोला” भनी धम्कीको भाषा बोलेर सामाजिक सञ्जालमा देशवासीलाई तर्साउनेहरूबारे कार्की आयोगको प्रतिवेदनमा उल्लेख गरिएन । भदौ २४ गते सङ्घीय संसद् भवनमा आगजनीपछि ‘सकियो तेरो देश हेर, परिवर्तन आयो, हामीले जलायौँ भन्नेहरूको विषयमा पनि प्रतिवेदनले बोल्न सकेन । एकजना अभियन्ता बताउनेले काठमाडौँ उपत्यका बाहिरको उपद्रवमा भदौ २४ गते भने– संसद् भवन जल्न लाग्दै छ, अब म काठमाडौँ फर्कनुपर्छ भनेको सार्वजनिक हुँदा पनि प्रतिवेदनमा स्पष्ट गरिएन ।
जेनजी सरकार त ल्याइयो तर प्रदर्शनमा दुरुत्साहन गर्नेहरूलाई देश जलेको पीडाले पोलिरहेको छ । एकजना विश्लेषकले भने– देश जलाउनेहरूलाई सातपुस्तासम्म पोल्नेछ, शान्तिसँग कसरी सुत्न सकिएला ? एक विश्लेषकले भने– ५–६ जिल्लाका ६–७ अर्ब रुपैयाँ सहकारी संस्थाको जनताको बचत ठगी गर्नेहरू त देशद्रोही, अपराधी हुन् । अर्को विश्लेषकले थपे दुईओटा नागरिकता र दुईओटा पासपोर्ट भएका त जेलमा हुनुपर्ने हो । साम्राज्यवाद र विस्तारवादले उनीहरूलाई नै सरकारमा पु¥याए । अर्काले राखेका सरकारले केही गर्न नसक्नु स्वाभाविक हो ।
जेनजी प्रदर्शनमा लागेका एकजनाले थपे– सरकार प्रमुखले सरकारी सूचना आफ्नो व्यक्तिगत सामाजिक सञ्जालमार्फत सार्वजनिक गरी लाखौँलाख रुपैयाँ जोड्नु पनि भ्रष्टाचार नै हो । के अब राष्ट्रिय सञ्चारको जरुरी भएन ? यसकारण, मैले रास्वपाको समर्थन नगरेको हो ? एक अर्का सञ्चारमाध्यममा सरकार प्रमुखको नागरिकताका विवरणमा थर र पहिचान परिवर्तन गरिएकोमा पनि आपत्ति जनाइयो ।
कार्की आयोगको प्रतिवेदनमा शीतल निवास, बालुवाटार, सिंहदरबार, सङ्घीय संसद् भवनमा पालो पहरा बसेका सेनाका अधिकारीहरूमाथि सैनिक ऐनअनुसार कारबाही हुनुपर्ने उल्लेख छ । तर, उनीहरूलाई प्रतिकार नगर्न आदेश दिने को को हुन् ? उनीहरूमाथि कारबाही के हुने ? बोलिएन । जेनजी प्रदर्शनमा लागेकाहरूमध्ये एक तनुजा पाण्डेले गरे – संरा अमेरिकी सञ्चारमा सेनाले नेतृत्व लिनू भनेअनुसार आफूले स्वीकार गरेको बताउने सुधनबारे कार्की आयोगको प्रतिवेदनमा कुनै उल्लेख छैन । तर, कार्की आयोगसँगको बयानमा सुदनले भदौ २४ गते बिहान जङ्गी अड्डामा पुगेको स्वीकार गरेका छन् । यो विषयमा जङ्गी अड्डाले सत्य के हो स्पष्ट पारे जनता भ्रममा पर्ने छैनन् ।
यतिबेला युरोपका अल्वानिया, ग्रीस, पोर्चुगल, बेलायत, फ्रान्स, नेदरल्यान्ड, बेल्जियमलगायत देशमा पनि प्रदर्शनसहित तोडफोड र आगजनी भइरहेको छ । फ्रान्सको सरकारले तोडफोडमा लागेकाहरूबाटै विनाशको क्षतिपूर्ति भराउने दाबी गर्दै छ । भारतमा पनि प्रदर्शन भयो । तर, त्यहाँका प्रदर्शनकारीहरूले नेपाल र बङ्गलादेशमा जस्तो सार्वजनिक र निजी सम्पदा नजलाउने बताएको सार्वजनिक भयो । संसारमा अशान्तिको गहिरो अध्ययन गरिए उत्पादनका मुख्य मुख्य साधन र सेवा सीमित व्यक्तिको कब्जामा पुग्नु नै हो । यसकारण, यतिबेला कामदारवर्गको सङ्घर्ष चर्किएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *