भर्खरै :

इजरायली सेनाद्वारा वेस्ट ब्याङ्कमा आक्रमण जारी

इजरायली सेनाद्वारा वेस्ट ब्याङ्कमा आक्रमण जारी

अधिकृत जेरुसेलम, ९ साउन (क्यूएनए) । इजरायली सेनाले शनिबार कब्जा गरिएको वेस्ट ब्याङ्कका विभिन्न क्षेत्रहरूमा प्यालेस्टिनीहरूको घर–घरमा छापा मारेर दर्जनौँ प्यालेस्टिनीहरूलाई हिरासतमा लिएको जनाइएको छ ।
प्यालेस्टिनी समाचार एजेन्सी (वफा) का अनुसार इजरायली सेनाले नाबलुस प्रान्तको ताल गाउँमा छापा मारेर कम्तिमा ३० जना प्यालेस्टिनीहरूलाई हिरासतमा लिएको छ, जहाँ शुक्रबार भएको आक्रमणमा चार प्यालेस्टिनीहरूको मृत्यु भएको थियो ।
प्रभावित गाउँमा इजरायली सैन्य कारबाही जारी रहँदा अन्य बासिन्दाहरूलाई पनि घटनास्थलमा सोधपुछ गरिएको वफाले जनाएको छ ।
जेनिन प्रान्तमा, इजरायलस् सेनाले धेरै सहर र गाउँहरूमा व्यापक छापा मारेर, भारी सैन्य तैनाथी र चलिरहेको सेनाको गतिविधिको बिचमा खोजी र गिरफ्तारी बढाएको जनाइएको छ । सम्बन्धित विकासमा, इजरायली सेनाले बेथलेहेम प्रान्तमा तीनजना प्यालेस्टिनीलाई हिरासतमा लिएको जनाइएको छ ।
शुक्रबार ताल गाउँमा इजरायली आक्रमणमा चार प्यालेस्टिनीको मृत्यु भएपछि कब्जा गरिएको वेस्ट ब्याङ्कमा निरन्तर जारी इजरायली अप्रेसनको बिच पछिल्लो गिरफ्तारीका घटना भएको जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *