यक्षश्वर मन्दिर पुनःनिर्माणमा चरम लापरबाही !?
- माघ २२, २०८१
भक्तपुर, २४ मङ्सिर । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले वागीश्वरी कलेज, वागीश्वरी माध्यमिक विद्यालय र वागीश्वरी कलेज अफ म्यानेजमेन्टको संयुक्त आयोजनामा विद्यार्थीहरूको शिक्षण सिकाइ, विज्ञान प्रविधि र उद्यमशीलताको भावना उजागर गर्न आयोजित दुईदिने ‘वागीश्वरी उत्सव, हाम्रो महोत्सव’ २०८१ को सोमबार उद्घाटन गर्नुभयो ।
कार्यक्रममा उहाँले महोत्सव सफलताको शुभकामना दिँदै महोत्सवमा विद्यार्थीको मेहेनत, परिश्रम र अनुशासन प्रदर्शन हुने बताउनुभयो ।
उहाँले भन्नुभयो, “गत वर्ष हामीले खाद्य महोत्सव गरेका थियौँ भने यस वर्ष थप बृहत्तर रूपमा वागीश्वरी महोत्सव मनाउने प्रयास गरेका छौँ । यसको अनुभवबाट सिकेर आगामी दिन थप परिमार्जनका साथ निरन्तरता दिने प्रयास गर्नेछौँ । यो महोत्सवको सफलताले हामीलाई थप ऊर्जा प्राप्त गर्नेछौँ । यसको तयारीमा लागेका सम्पूर्ण शिक्षक, विद्यार्थी, कर्मचारी, आयोजक समितिका पदाधिकारीलाई व्यवस्थापन समितिको तर्फबाट धन्यवाद दिन्छु ।”
उहाँले भन्नुभयो, “हाम्रो महोत्सव अविस्मरणीय बनोस्, सबैले आ–आफ्नो ठाउँबाट सक्दो योगदान गरौँ, महोत्सव सफल पारौँ !”
वागीश्वरी विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवं भनपा वडा नं. ९ का वडाध्यक्ष रवीन्द्र ज्याख्वले महोत्सवको सफलताको कामना गर्दै विद्यार्थीलाई पाठ्यपुस्तकमा मात्र सीमित नराखी उनीहरूलाई उद्यमशील, आत्मनिर्भर, व्यावहारिक बन्न उत्प्रेरित गर्ने उद्देश्यले वागीश्वरी महोत्सवको आयोजना गरेको विचार व्यक्त गर्नुभयो ।
कलेज व्यवस्थापन समितिका उपाध्यक्ष मोहनप्रसाद प्रजापतिले उद्घाटनको बेला बेलुन उडाउनुभएको थियो भने प्रमुख अतिथि सुनील प्रजापतिले रिबन काटेर महोत्सव स्थलमा प्रवेश गर्नुभएको थियो । अतिथि, विशेष अतिथिहरूलाई परम्परागत धाँ, धिमाय्, पोङा बाजा बजाई स्वागत गरिएको थियो ।
वागीश्वरी कलेज अफ म्यानेजमेन्टका प्राचार्य कृष्णप्रसाद धन्छाको सभापतित्वमा भएको उक्त उद्घाटन कार्यक्रममा महोत्सव आयोजक समितिका संयोजक अविना श्रेष्ठले स्वागत मन्तव्य राख्नुभएको थियो ।
उद्यमशीलतासम्बन्धी स्टार्टअप स्टल, खाद्य परिकार फुड स्टल, विज्ञान प्रविधि (रोवोटिक्स) स्टल, शैक्षिक, स्वास्थ्य, टेक्स, पुस्तक प्रदर्शनी, मनोरञ्जनलगायतका ५८ वटा स्टलहरूको व्यवस्था गरिएको छ ।
महोत्सव आज पनि बिहान १० बजेदेखि ५ बजेसम्म हुने बताइएको छ । अवलोकनकर्ता प्रत्येक सय जनामध्ये एक जनालाई गोलाप्रथाबाट र ४५ जनालाई उपहार प्रदान गरिएको थियो ।
महोत्सवमा वाग्मती प्रदेशसभाका सदस्यद्वय सुरेन्द्रराज गोसाई र सिर्जना सैंजूसहित विद्यार्थी निकेतन मावि, पारागन ई. स्कूल, समाज सुधार मावि, ब्रह्मायणी आवि, आदर्श आजाद मावि, पञ्चकन्या मावि, सरस्वती विद्यागृह मावि, बासु मावि, एसओएस काभ्रे, ख्वप पोलिटेक्निक नर्सिङ, मोर्डन ई. स्कूल, मेधा मावि, गणेश मावि सिपाडोललगायतका छिमेकी विद्यालयका शिक्षक विद्यार्थीहरू महोत्सव अवलोकन गरेको बताइएको छ ।
Leave a Reply