जारशाही संसद्मा बोल्शेभिक सांसद–३
- कार्तिक २१, २०८२

भक्तपुर, २ पुस । “विदेशी विश्वविद्यालय र कलेजहरूले नेपालका कलेजहरूलाई विद्यार्थीविहीन बनाउँदै आएको समयमा विश्वविद्यालयहरूमा विभिन्न पदहरूमा हुने नियुक्ति योग्यताको आधारमा नभई दलगत भागबण्डाको आधारमा हुनुले शैक्षिक क्षेत्रलाई अझ ध्वस्त बनाउने छ ।”
उक्त विचार नेपाल मजदुर किसान पार्टीका सचिव एवं सांसद प्रेम सुवालले भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप इन्जिनियरिङ कलेज र ख्वप कलेज अफ इन्जिनियरिङको भक्तपुर महोत्सव, २०८१ को अवसरमा २८ मङ्सिरदेखि २ पुससम्म आयोजित शैक्षिक प्रदर्शनी एवं कलेजको वार्षिकोत्सव समारोहमा राख्नुभएको हो ।
प्रमुख अतिथि सुवालले भ्रष्टाचारीको सम्पत्ति जफत गर्ने कानुनी प्रावधान भएपनि वर्षैदेखि भ्रष्टाचारीको सम्पत्ति जफत नभएको बताउँदै प्रधानमन्त्रीलगायत २५ जना विशिष्ट व्यक्तित्वहरूको सम्पत्ति विवरण गोप्य राख्नुको कारण के हो भनि प्रश्न गर्नुभयो । वैदेशिक रोजगारको नाममा नेपालीलाई विदेशीको दास बनाउने, भारतको भाडाको सिपाही बनाउने तथा चेलीबेटी बेचबिखन भइरहेको तर्फ सङ्केत गर्दै दैनिक ७००० पासपोर्ट छाप्ने काम गा¥हो भएको पराराष्ट्रमन्त्रीले बताउनु दुःखद भएको बताउनुभयो । नेपालीलाई स्वदेशमै रोजगारी गर्ने वातावरण बनाउन पनि उहाँले जोड दिनुभयो ।
उहाँले भन्नुभयो, “पटक पटक सरकारमा गएका संसद्वादी दलहरूले नेपालको हरियो वनलाई तस्करको धन बनाए । नेपालबाट भारतमा भइरहेको काठ तस्करी रोकेर नेपालमै उपभोग गराइनुपर्दछ ।”
उपत्यकाको माटो मलिलो छ । यहाँ ग¥हँुगो कङ्क्रिटको जङ्गल उपयुक्त छैन । कुनै दिन उपत्यका भासिने सम्भावना रहेको बताउँदै उपत्यकामा बढिरहेको बसाइँसराइँलाई रोक्न देशको सन्तुलित विकास गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
“बहुदल आएको ३५ वर्ष भएपनि देशलाई आत्मनिर्भर बनाउने विषयमा शासक दलहरू अघि बढ्न नसकेको चर्चा गर्दै शासक पार्टीहरूमा पालैपालो सरकारमा जाने, प्रम हुने र देशलाई परनिर्भर बनाउने काममा एकरूपता कायम गरेको बताउनुभयो । काङ्ग्रेसका गुरु विपि कोइराला तथा एमालेका गुरु पुष्पलालले भारतीय पुँजीको सेवा गरेकोले राणा शासनको विरुद्ध आन्दोलन गरेको चर्चा गर्दै अहिले काङ्ग्रेस एमालेले भारतीय एकाधिकार पुँजीलाई देशको नदीनाला बेचेको, भारतीय पुँजीको सेवा गरेको, प्रधानमन्त्री मन्त्री हुन भारतीय नेताको शरणमा गएको बताउनुभयो । देशको मानवीय तथा प्राकृतिक स्रोत भारतलाई दिने होइन, नेपालमै उपभोग गर्नुपर्दछ”, सुवालले जोड दिनुभयो ।
कुनै नेपालीले देशभित्रको पैसा विदेशमा लगानी गर्न नपाउने कानूनी व्यवस्था रहेको चर्चा गर्दै उहाँले सहकारी र बैङ्कमा भएको जनताको बचत रकमलाई दलालहरूले विदेशमा लगानी गरी बचतकर्ताहरूलाई डुबाएको बताउनुभयो । बजारमा विषादीयुक्त तरकारीको बिक्री वितरण भइरहेको तर्फ सचेत हुन आग्रह गर्दै ३ खर्ब ५२ अर्बको विकास खर्च यो ५ महिनामा जम्मा ४० अर्ब ८० करोडमात्र खर्च हुनुले सरकारहरु नालायक भएको पुष्टि हुन्छ भन्नुभयो ।
उहाँले भन्नुभयो, “नेपालमा योग्य नेताको आवश्यक भएको एक विदेशी कूटनितिज्ञले औँल्याउनुभयो । आफ्नो खुट्टामा नहिँडिकन अरुको लौरोले टेकेर हिँड्ने सरकारको नीति गलत भएको बताउँदै विश्व बैङ्क, आइएमएफ र एडीबीजस्ता साम्राज्यवादीहरसँग सरकारले ऋण लिने तर पूर्वाधार विकासको लागि द्यच्क्ष् सँग ऋण नलिने नीतिले देशको विकासप्रति सरकार कति संवदेशील छ भन्ने कुरा उजागर गरेको बताउनुभयो । सार्वजनिक जग्गा कमलपोखरीमा बनेको छायाँदेवी कम्प्लेक्स अविलम्ब भट्काउनुपर्ने बताउँदै जनतालाई शेयर वितरण गरेर छायाँदेवी कम्प्लेक्समा जनतालाई फसाउन खौज्दैछन् ।”
भक्तपुरको सल्लाघारीस्थित १०८ रोपनी जग्गा ख्वप विश्वविद्यालय सञ्चालनको लागि माग गरिरहेको उल्लेख गर्दै उहाँले सरकारले ख्वप विश्वविद्यालय विधेयक पनि पारित गर्न माग गर्नुभयो ।
कलेज सञ्चालक समितिका अध्यक्ष एवं भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले समापन समारोहको सभापतित्व ग्रहण गर्दै भक्तपुर नगरपालिकाद्वारा आयोजित पाँचदिने भक्तपुर महोत्सव एवं कलेजहरूको शैक्षिक प्रर्दशनी सफलतापूर्वक सम्पन्न गर्न सहयोग गर्नुभएकोमा सबैलाई धन्यवाद दिँदै महोत्सवको पाँचै दिन फरक फरक किसिमका कार्यक्रमहरू सम्पन्न भएको चर्चा गर्नुभयो । महोत्सवमा विभिन्न स्थानीय तहका प्रमुख, उपप्रमुखहरूको उल्लेख्य उपस्थिति रहेको चर्चा गर्दै कला संस्कृति, भाषा, साहित्यलगायतका विषयमा सिक्न चाहनेको लागि यो महोत्सव विश्वविद्यालयसरह भएको बताउनुभयो ।
भक्तपुर महोत्सवले भक्तपुरको मात्र नभई देशकै कला र संस्कृतिलाई आत्मसात गर्दै गौरवपूर्ण धरोहरहरूलाई जस्ताको तस्तै संरक्षण र संवद्र्धन गर्ने बताउँदै लोप हुने अवस्थामा पुगेको खः प्याखं प्रदर्शन हुनु गर्वको कुरा भएको बताउनुभयो । भक्तपुर महोत्सवमा जनताको साथ र सहयोग प्राप्त भएको, व्यापक जनसहभागिता भएको बताउँदै कलेजहरूमा भइरहेको शैक्षिक प्रदर्शनीलगायतका गतिविधिले महोत्सवलाई जीवन्त बनाएको चर्चा गर्नुभयो ।
कार्यक्रममा वाग्मती प्रदेशसभा सदस्य सृजना सैंजूले भन्नुभयो, “प्यालिस्टिनी जनता आफ्नो मातृभूमिको रक्षाको लागि लड्दै छन् र आत्मसमर्पण गर्न अस्वीकार गर्दैछन् । अमेरिकी र इजरायली फासीवादी तथा नवनाजीवादी हमलाविरुद्ध प्रतिरोध गर्दैछन् । संसारका न्यायप्रेमी जनता ऐक्यबद्धता जनाउँदै छन् ।” छिमेकी देश चीनले छोटो अवधिमै एब अर्ब चालीस करोड जनतालाई गरिवीबाट मुक्त गरेर अभूतपूर्व कार्य गरेको चर्चा गर्दै हाल चीनले बीआरआईको माध्यमबाट विश्वका सयौँ देशलाई भोकमाथि पूर्ण विजय हासिल गर्ने लडाइँमा सहयोग गर्दै आधुनिक विज्ञान र प्रविधिको आविष्कार तथा उपलब्धिको पर्याप्त प्रयोग गरिरहेको चर्चा गर्नुभयो ।
भक्तपुरमा विगत आधा शताब्दीदेखि कला संस्कृति, सम्पदा, भाषा, इतिहास जोगाउने र पुनर्जीवित गर्ने कठिन र लामो अभियान चल्दै आएको चर्चा गर्दै प्राचीनतासँगसँगै आधुनिकता, ज्ञान विज्ञान तथा समाजलाई बुद्धिजीवीकरण गर्ने कार्यमा भक्तपुर अगाडि बढिरहेको बताउनुभयो ।
विज्ञान र प्रविधिको क्षेत्रमा द्रुत गतिमा प्रगतितर्फ फड्को मार्दै विश्व एआईमा प्रवेश गर्दै गरेको आजको सन्दर्भमा नयाँ पुस्ता योग्य, सक्षम तथा सिर्जनशील बन्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
समारोहमा ख्वप इन्जिनियरिङ कलेजका प्राचार्य ई. सुजन माकले कलेजको समग्र परीक्षाको नतिजाको मूल्याङ्गन गर्दै देशको औसत उत्तीर्ण प्रतिशतभन्दा धेरै राम्रो नतिजा ख्वपको रहेको चर्चा गर्नुभयो । कलेजमा अध्यापनरत शिक्षक एवं यहाँका विद्यार्थीले राष्ट्रिय अन्तर्राष्ट्रिय क्षेत्रमा विशिष्ट योगदान गर्दे आएको चर्चा गर्नुभयो । भक्तपुर महोत्सव एवं वार्षिकोत्सवको अवसरमा भएको शैक्षिक प्रदर्शनीमा ५ वटा विश्वविद्यालयबाट सहभागी रहेको पनि उहाँले बताउनुभयो ।
उक्त कार्यक्रममा ख्वप कलेज अफ इन्जिनियरिङ्गका प्राचार्य ई. सुनिल दुवालले शैक्षिक प्रदर्शनीले विद्यार्थी एवं कार्यरत शिक्षकहरूको प्राज्ञिक उन्नयनको लागि महत्वपूर्ण भूमिका खेल्ने बताउँदै पाँचदिने शैक्षिक प्रदर्शनीको व्यवस्थापनको लागि सहयोग गर्नुहुने सम्पूर्णमा धन्यवाद व्यक्त गर्नुभयो । उक्त समापन समारोहमा ख्वप इन्जिनियरिङ कलेजको उपप्राचार्य डा. सुवेगमान बिजुक्छेँ, ख्वप कलेज अफ इन्जिनियरिङका उपप्राचार्य ई. रत्नशोभा प्रजापति र प्रशासकीय अधिकृत सिद्धिराम सुवालले पनि बोल्नुभएको थियो ।
समापन कार्यक्रममा पाँचदिने शैक्षिक प्रदर्शनीमा भएका आर्किटेक्टसम्बन्धी थ्री–डी मोडल प्रतियोगिता, सिभिल इन्जिनियरिङसम्बन्धी थ्री–डी मोडल प्रतियोगिता, रोबोट प्रतियोगिता, सफ्वेयर प्रतियोगिता, Last Building Standing on shake table Competition, का विजयी टोलीहरूलाई प्रमुख अतिथिले ट्रफी, मेडल, प्रमाणपत्र तथा नगद पुरस्कार वितरण गर्नुभयो ।
Leave a Reply