माओले कसरी सेना तयार पार्नुभयो ?
- फाल्गुन २, २०८१
वाशिङटनमा मुख्यालय रहेको बहुराष्ट्रिय विशाल प्रविधि कम्पनी–माइक्रोसफ्टले गत हप्ता गाजामा इजरायली–अमेरिकी नरसंहार युद्धमा मारिएका प्यालेस्टिनीहरूको लागि कम्पनीको मुख्यालयमा एक निगरानीको कार्य गरेपछि दुई जना कर्मचारीहरूलाई बर्खास्त गर्यो ।
अब्दो मुहम्मद र होसम नसर, दुई बर्खास्त गरिएका इजिप्सियन मूलका माइक्रोसफ्टका कर्मचारीहरू दुवै सक्रियरूपमा ‘नो एज्युर फर एथ्राइड’ नामक कर्मचारी गठबन्धनमा संलग्न थिए ।
यो समूहले घोर मानव अधिकार उल्लङ्घन र गाजामा प्यालेस्टिनीहरूविरुद्ध इजरायलको नरसंहारकारी कदमहरू र युद्ध अपराधप्रति कम्पनीको समर्थनलाई उद्धृत गर्दै इजरायली शासनलाई माइक्रोसफ्टको क्लाउड–कम्प्युटिङ प्रविधिको बिक्रीको विरोधमा महिनौँदेखि आवाज उठाइरहेको छ ।
क्लाउड सेवाहरू, कम्प्युटर सफ्टवेयर र हार्डवेयरमा एक विश्वव्यापी नेतृत्वको रूपमा रहेको माइक्रोसफ्टले, ‘आन्तरिक नीतिअनुसार’ धेरै कर्मचारीहरूलाई बर्खास्त गर्ने सम्बन्धमा विशेष विवरणहरू प्रदान नगरी बर्खास्त गरेको पुष्टि गर्याे ।
त्यसैले मलाई लाग्छ, बिरालो झोलाबाट बाहिर निस्किसकेको छ । मलाई बिहीबार माइक्रोसफ्टबाट हटाइयो, हामीले अमेरिकी–वित्तपोषित र माइक्रोसफ्ट–सशक्त इजरायली नरसंहारबाट मारिएका प्यालेस्टिनीहरूको जीवनलाई सम्मान गर्न र सम्झनको लागि आयोजना गरेको जागरणको केही घण्टापछि नासरले पहिले ट्विटर भनिने एक्समा पोस्टहरूको थ्रेडमा लेखे ।
नासरले आफ्नो बर्खास्तिका साथै माइक्रोसफ्टमा अन्य प्यालेस्टिनी, अरब र मुस्लिम कर्मचारीहरूप्रतिको अनुचित व्यवहारलाई पृथक घटना होइन भन्नेमा जोड दिए ।
उनका अनुसार यो भेदभावपूर्ण र दमनकारी व्यवहारको ठुलो ढाँचाको हिस्सा हो, जुन कम्तीमा २०२१ देखि विपरीत विचार भएका जो कोहीविरुद्ध जारी छ ।
“यो कतैबाट बाहिर आएको होइन, तर प्यालेस्टिनीहरूलाई मानवीकरण गर्ने साहसको लागि माइक्रोसफ्टमा म र हाम्रा प्यालेस्टिनी, अरब र मुस्लिम समुदायहरूविरुद्ध भेदभाव, उत्पीडन, धम्की, एक्ल्याउने र दमन गर्ने २०२१ सम्मको ढाँचा लागु हुन्छ,” उनले लेखेका छन् ।
नासरले जोड दिए कि माइक्रोसफ्टबाट उनको बर्खास्तिले उनको आवाज बन्द हुने छैन अर्थात् प्यालेस्टिनी अधिकार र युद्ध अपराधलाई निरन्तरता दिन माइक्रोसफ्टको संलग्नतासम्बन्धी मुद्दाहरूमा बोल्न जारी राख्नबाट रोकिने छैन ।
“यदि उनीहरूले गोली हान्दा मलाई चुप लाग्ने ठान्छन् भने तिनीहरूभन्दा बढी गलत अरु हुन सक्दैनन् । उनीहरूले हामीलाई जति चुप लगाउन खोज्छन्, हाम्रो आवाज त्यति नै चर्को हुँदै जान्छ । हामी रोकिने छैनौँ, हामी आराम गर्ने छैनौँ !”
क्यालिफोर्नियामा मुख्यालय रहेको बहुराष्ट्रिय प्रविधि कम्पनी – गुगलले यस वर्षको सुरुमा ‘प्रोजेक्ट निम्बस’ भनेर चिनिने इजरायली शासनसँगको कम्पनीको सम्झौताको विरोध गरेकोमा ५० भन्दा बढी कामदारहरूलाई बर्खास्त गरेको थियो ।
१.२ अर्ब डलरको सम्झौता–२०२१ मा गुगल र अमेजनले तेलअभिवको शासनलाई क्लाउड कम्प्युटिङ र आर्टिफिसियल इन्टेलिजेन्स सेवाहरू उपलब्ध गराउन हस्ताक्षर गरेका थिए ।
क्लाउड कम्प्युटिङले इजरायली सेनालाई गाजाका साथै कब्जा गरिएको वेस्ट बैङ्क र लेबनानमा उन्नत डेटा भण्डारण र प्रशोधन क्षमताहरू प्रदान गरेर मद्दत गर्दछ ।
रिपोर्टहरूले सङ्केत गर्दछ कि इजरायली सेनाले गाजा र लेबनानका व्यक्तिहरूमा ठुलो मात्रामा निगरानी जानकारी भण्डारण गर्न क्लाउड सेवाहरू प्रयोग गरेको छ ।
यसबाहेक, यी क्लाउड प्रदायकहरूले एआई क्षमता र सेवाहरू आपूर्ति गर्छन् जसले गाजामा युद्ध सुरु भएदेखि इजरायली सेनाको दक्षता बढाएको छ ।
अमेजन, गुगल, माइक्रोसफ्टले इजरायली नरसंहारलाई बढावा दिइरहेका छन्
जुलाईमा, तेलअभिव नजिकैको रिशोन लेजियोनमा भएको ‘आइटी फर एआई’ सम्मेलनमा, इजरायली सेनाको कम्प्युटिङ बल र सूचना प्रणाली केन्द्रका कमान्डर कर्नल राचेली डेम्बिन्स्कीले इजरायलले क्लाउड भण्डारण र कृत्रिम बुद्धिमत्ता सेवाहरू प्रयोग गरिरहेको पुष्टि गरे । गाजापट्टीविरुद्धको विनाशकारी युद्धमा अमेरिकामा आधारित विशाल प्रविधि उद्योगहरू संलग्न रहेका छन् ।
गुगल क्लाउड
डेम्बिन्स्की (Dembinsky) लेक्चर स्लाइडहरूमा अमेजन वेब सर्भिसेज (Amazon Web Services – AWS), गुगल क्लाउड (Google Cloud) र माइक्रोसफ्ट एजुर (Microsoft Azure) का लोगोहरू देखाइएको थियो, जसले इजरायली सेनाको डेटा प्रशोधन र व्यवस्थापनको लागि तिनीहरूको प्रविधिमा अत्यधिक निर्भरतालाई सङ्केत गर्दछ ।
यस खुलासाले गाजामा नरसंहार युद्धको बिचमा यी उच्च प्रविधि कम्पनीहरू र इजरायली सेनासबिचको सहकार्यलाई फेरि खुलासा ग¥यो, जसले पहिले नै ४३,१०० भन्दा बढी निर्दोषका जीवन दाबी गरिसकेको छ, तीमध्ये अधिकांश महिला र बालबालिकाहरू थिए ।
डेम्बिन्स्कीले आफ्नो भाषणमा भने कि यी कम्पनीहरूसँग काम गर्दा इजरायली सेनाले गाजापट्टीमा ‘धेरै महत्वपूर्ण परिचालन प्रभावकारिता’ प्रदान गरेको छ ।
गुगल
२०२१ मा जब गुगल र अमेजन वेब सर्भिसेजले ४१.२ अर्ब प्रोजेक्ट निम्बसमा प्रवेश गरे, तिनीहरूले इजरायली शासन र यसको सेनालाई क्लाउड कम्प्युटिङ सेवाहरू, एआई र मेसिन लर्निङ क्षमताहरू प्रदान गर्न सहमत भए ।
एक वर्षपछि, गुगलले यस सहकार्यको एक भागको रूपमा इजरायली–नियन्त्रित क्षेत्रहरूमा क्लाउड सेन्टर स्थापना ग¥यो ।
प्रोजेक्ट निम्बस (Project Nimbus) मार्फत गुगलले तस्बिर, भाषण र पाठको भावनात्मक सामग्रीको मूल्याङ्कन गर्न अनुहार पत्ता लगाउने, स्वचालित तस्बिर वर्गीकरण, वस्तु ट्रयाकिङ र भावना विश्लेषणजस्ता उन्नत एआई क्षमताहरू प्रदान गर्दछ ।
यस सम्झौताअन्तर्गत, गुगलले इजरायली युद्ध मन्त्रालयलाई डेटा भण्डारण र प्रशोधनका लागि क्लाउड पूर्वाधारभित्र सुरक्षित ‘ल्यान्डिङ जोन’ प्रदान गर्दछ, साथै गुगलको एआई सेवाहरूमा पहुँच प्रदान गर्दछ ।
गुगलले निम्बससँगको सम्झौतापछि इजरायली मन्त्रालयहरूलाई वित्त, स्वास्थ्य सेवा, यातायात र शिक्षाजस्ता व्यावसायिक सेवाहरू निरन्तररूपमा प्रदान गर्दछ ।
यद्यपि, इजरायली अधिकारीहरूले गरेका कागजात र बयानहरूले फरक कथा प्रकट गर्दछ ।
युद्धमा इजरायलले एआई (AI) को तैनाथी, विशेषगरी गाजामा नरसंहारको बारेमा उठाएको चिन्ताको बाबजुद, अप्रिलमा टाइम पत्रिकाद्वारा सार्वजनिक गरेको कम्पनीको कागजातले गुगलले मार्च २०२४ मा शासनसँग आफ्नो साझेदारी विस्तार गरेको देखाएको छ र धेरै एकाइहरूलाई गुगलको स्वचालित प्रविधिहरू प्रयोग गर्न अनुमति दिएको छ ।
यसबाहेक, इजरायलले लामो समयदेखि गुगलले प्रदान गरेको बायोमेट्रिक निगरानी प्रयोग गर्दै आएको छ, जसमा फेसियल रिकग्निसन टेक्नोलोजी पनि समावेश छ, जुन इजरायल नियन्त्रित वेस्ट बैङ्क र पूर्वी अल–कुड्समा प्यालेस्टिनीहरूमाथि नियन्त्रण कायम राख्नको लागि प्रयोग गरिएको छ ।
गत वर्ष अक्टोबरमा गाजामा इजरायली सेनाको भूमि आक्रमणपछि, सेनाले यो निगरानी गाजामा विस्तार ग¥यो, सैनिकहरूले बायोमेट्रिक पहिचानको लागि गुगल फोटोहरू प्रयोग गरे ।
नोभेम्बर १९, २०२३ का दिन, प्यालेस्टिनी कवि मोसाब अबू तोहालाई यस प्रणालीको कारणले उत्तर गाजाबाट भाग्ने क्रममा इजरायली सेनाहरूले एक चेकपोस्टमा गलत पहिचान र मनमानीरूपमा हिरासतमा राखेका थिए ।
उनले आफ्नो आँखामा पट्टी बाँधेको, सोधपुछ, कुटपिट र पछि स्पष्टीकरणबिना छोडेको रिपोर्ट गरेका थिए । अक्टोबर ७, २०२३ देखि, इजरायली शासनले पनि गुगलको सर्च इन्जिन र यु–ट्युब (YouTube) मा विज्ञापनहरू चलाउँदै आएको छ, जुन संयुक्त राष्ट्र सङ्घको राहत र प्यालेस्टिनी शरणार्थीहरूका लागि काम गर्ने एजेन्सी – यूएनआरडब्लुए (UNRWA) को बारेमा गलत जानकारी फैलाउँदै आएको छ ।
यी विज्ञापनहरूले यूएनआरडब्लुए (UNRWA) हमाससँग जोडिएको छ र यूएनआरडब्लुए (UNRWA) लाई बदनाम गर्न र गाजामा प्यालेस्टिनीहरूलाई समर्थन गर्ने कामलाई कमजोर पार्न ‘आतङ्कवादीहरू’ लाई रोजगारी दिन्छ भनी अप्रमाणित दाबी देखाइएको थियो ।
अमेजन वेब सर्भिसेज (एडब्लुएस)
‘972 म्यागजिन’ र स्थानीय सञ्चारमाध्यमद्वारा गरिएको भर्खरको अनुसन्धानले पत्ता लगायो कि इजरायली सेनाले गाजाका व्यक्तिहरूमा निगरानी डेटा भण्डारण गर्न अमेजन (Amazon) को क्लाउड सेवा प्रयोग गर्दछ जबकि सैन्य अपरेसनहरूको लागि एडब्लुएस र माइक्रोसफ्टबाट एआई उपकरणहरू प्राप्त गर्दछ ।
एडब्लुएस
एडब्लुएस (AWS) ले इजरायलको सैन्य खुफिया निर्देशनालयलाई व्यापक डेटा भण्डारण क्षमताहरू प्रदान गर्दछ, जसले गाजामा ‘लगभग सबैजना’ मा सामूहिक निगरानी जानकारी सङ्कलन गर्न अनुमति दिन्छ ।
अनुसन्धानका अनुसार, एडब्लुएस (AWS) सेवाहरूले कहिलेकाहीँ इजरायली सेनाको लागि हवाई आक्रमण लक्ष्यहरू पुष्टि गर्न भूमिका खेलेको छ ।
यसबाहेक, प्रोजेक्ट निम्बसमार्फत, अमेजनको सहायक एडब्लुएसले अगस्ट २०२३ मा इजरायली–कब्जा गरिएका क्षेत्रहरूमा क्लाउड क्षेत्र स्थापना ग¥यो, जसले शासनलाई महत्वपूर्ण कार्यभारहरू क्लाउडमा स्थानान्तरण गर्न सक्षम बनायो ।
यस क्लाउड सेवाको एक प्रमुख ग्राहक बैङ्क लिउमी हो, जुन एक प्रमुख इजरायली बैङ्क हो जसले कब्जा गरिएको वेस्ट बैङ्कमा युद्ध अपराध र अवैध बस्तीहरूलाई आर्थिक सहयोग गरेकोमा आलोचना गरिएको थियो ।
एडब्लुएसले अमेरिकी डेटा विश्लेषण फर्म पलान्टिर (Palantir) सँग पनि सहकार्य गरेको छ, जसले सेनाहरूलाई कृत्रिम बुद्धिमत्ता मोडेलहरू प्रदान गर्दछ, ग्राहकहरूलाई उनीहरूको युद्ध क्षमता बढाउन मद्दत गर्दछ ।
जनवरीमा पलान्टिरले इजरायली सैन्य मामिला मन्त्रालयसँग युद्ध प्रयासमा यहुदीवादी शासन–इजरायललाई मद्दत गर्न प्रविधि आपूर्ति गर्न रणनीतिक साझेदारी गर्न सहमति गरेको थियो ।
माइक्रोसफ्ट
माइक्रोसफ्टको इजरायलको सैन्य र जासुसी प्रतिष्ठानहरूसँग लामो समयदेखि व्यापारिक सम्बन्ध रहेको छ, जुन गतवर्ष अक्टोबर ७ पछि झन बलियो भएको छ ।
इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले एकपटक यो साझेदारीलाई ‘स्वर्गमा बनाइएको तर यहाँ पृथ्वीमा मान्यताप्राप्त विवाह’ भनेर वर्णन गरे ।
माइक्रोसफ्ट एजुर (Microsoft Azure) कम्पनीको प्राथमिक क्लाउड कम्प्युटिङ प्लेटफर्म, इजरायलको सेनाद्वारा व्यापकरूपमा प्रयोग गरिएको छ र तेलअभिव शासनको मुख्य क्लाउड प्रदायक मानिन्छ ।
गतवर्ष, गाजामा इजरायली नरसंहार युद्धमा लगभग एक महिना, माइक्रोसफ्टले इजरायलमा नयाँ क्लाउड क्षेत्र प्रस्तुत ग¥यो र सैन्य उद्देश्यका लागि एआई र क्लाउड सेवाहरू प्रदान गरेको छ ।
माइक्रोसफ्टले गैरकानुनी बसोबासी, सेना, प्रहरी र इजरायली जेल सेवा (IPS) को विस्तारको लागि प्रयोग गरिएका सेवाहरू प्रदान गरेर विभिन्न इजरायली पहलहरूलाई समर्थन गर्दछ ।
अक्टोबर २०२४ सम्म, इजरायली हिरासत केन्द्रहरूमा १०,००० भन्दा बढी प्यालेस्टिनीहरू गैरकानुनीरूपमा राखिएका छन्, ती सबैलाई कुनै आरोप वा अभियोजनबिना नै जेलमा राखिएका छन् ।
संयुक्त राष्ट्र मानव अधिकार कार्यालयका साथै अधिकार समूहहरूद्वारा उपलब्ध गराइएका प्रमाणित साक्षीहरूका अनुसार गाजाका प्यालेस्टिनी कैदीहरू, जसमा सयौँ चिकित्सा पेशेवरहरू, संयुक्त राष्ट्रका कर्मचारीहरू, महिला र बालबालिकाहरू लामो समयसम्म यातना, दुव्र्यवहार र यौन हिंसाको सामना गरिरहेका छन्, गोप्य र सञ्चार सुविधाविहिन नजरबन्दमा राखिएका छन् ।
गाजाविरुद्ध युद्ध सुरु भएदेखि, गाजा बाहिर बसोबास गर्ने धेरै प्यालेस्टिनीहरूले उनीहरूको माइक्रोसफ्ट इमेल खाता र स्काइप पहुँच नहुने गरी निलम्बित गरिदिएको पाएका छन् ।
यी निलम्बनहरूले बैङ्क खाताहरू पहुँच गर्न कठिनाइहरू, काममा अवरोधहरू र गाजामा उनीहरूका परिवारहरूबाट थप अलग्याउने छ, जुन गत एक वर्षको अवधिमा धेरै इन्टरनेट वञ्चितीकरणबाट प्रभावित भइसकेका छन् ।
नरसंहारको लागि कुनै प्रविधि प्रयोग नहोस्
इजरायलविरोधी प्रविधि कार्यकर्ताहरू र अभियानकर्ताहरूका अनुसार प्रविधि कम्पनीहरूले इजरायलमा सेवाहरूको प्रावधानले उनीहरूलाई गम्भीर मानव अधिकार उल्लङ्घनको अपराधमा संलग्न बनाएको छ, किनकि उनीहरूले इजरायलको नरसंहार, मानवताविरुद्धको अपराध र युद्ध अपराधमा योगदान पु¥याइरहेका छन् ।
यी गम्भीर उल्लङ्घनहरू हाल इन्टरनेसनल कोर्ट अफ जस्टिस (सीजेआई) र इन्टरनेसनल क्रिमिनल कोर्ट (आईसीजे) दुवैद्वारा अनुसन्धानमा छन् । आफ्नो जागिरबाट बर्खास्तीलगायतका परिणामहरूको सामना गर्नुपर्दा पनि, प्राविधिक कर्मचारीहरू रङ्गभेदी इजरायली शासनलाई सेवा प्रदान गर्ने आफ्नो विरोधमा अडिग छन् ।
यी व्यक्तिहरूले व्यक्तिगत र व्यावसायिक परिणामहरूको जोखिममा पनि नैतिक सिद्धान्तहरू र मानवअधिकारको सम्मान गर्न आफ्नो प्रतिबद्धतालाई जोड दिँदै आफ्ना आपत्तिहरू व्यक्त गर्न जारी राखेका छन् ।
नासरले आफ्नो पोस्टको थ्रेडमा गाजा नरसंहारमा माइक्रोसफ्टको संलग्नताविरूद्ध बोल्ने परिणामहरूको डरको बारेमा सोध्नेहरूलाई उनीहरूमाथि प्रश्न फर्काएर चुनौती दिएका छन् ।
“मलाई प्रायः सोधिन्छ : के तपाईँ बर्खास्त हुन डराउनु हुन्न ? देश निकाला हुने डर लाग्दैन ? मेरो जवाफ सधैँ हो, के तपाईँ डराउनुभएको छैन ? के तपाईँ हाम्रो समयको नरसंहारमा संलग्न हुन डराउनु हुन्न ?” उनले लेखे ।
के तपाईँ हाम्रो समयको सबैभन्दा ठुलो नैतिक त्रासदीको सामना गर्दा चुप लागेर डराउनु हुन्न ? गाजा नरसंहार हुँदा तपाईँ कहाँ हुनुहुन्थ्यो भनी सोध्दा आफ्ना छोराछोरी र नातिनातिनाहरूलाई के भन्नुहुन्छ भनेर के तपाईँ डराउनु हुन्न ?
– प्रेस टिभी अनलाइनबाट
अनुवाद : आरोही
Leave a Reply