भोलि अझ बलियो भएर उभिनेछौँ
- भाद्र १९, २०८३
प्रकृतिले ल्यायो विपत्ति बिलाए कति सहचर
गाउँ बस्ती सारा बगायो क्षणभरमै भयो बगर ।
जीविकाको संशाधन नामोनिशान रहेन टुक्रो
बचेखुचेको संरचना पनि भए सारा खण्डहर ।
अकल्पनीय विपत्ति आइलाग्यो देशमा अनायास
यथाशीघ्र पुगोस् पीडितलाई गाँस, बास, कपास ।
सकेको सहयोग गर्न जुट्नुपर्छ देश रोएको बेला
धैर्य गरी सङ्कटको सामना गरौँ नगरी बकबास ।
Leave a Reply