भर्खरै :

मुक्तक

  • भाद्र १९, २०८३
  • कृष्णकुमार वैद्य
  • साहित्य
मुक्तक

प्रकृतिले ल्यायो विपत्ति बिलाए कति सहचर
गाउँ बस्ती सारा बगायो क्षणभरमै भयो बगर ।
जीविकाको संशाधन नामोनिशान रहेन टुक्रो
बचेखुचेको संरचना पनि भए सारा खण्डहर ।

अकल्पनीय विपत्ति आइलाग्यो देशमा अनायास
यथाशीघ्र पुगोस् पीडितलाई गाँस, बास, कपास ।
सकेको सहयोग गर्न जुट्नुपर्छ देश रोएको बेला
धैर्य गरी सङ्कटको सामना गरौँ नगरी बकबास ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *