भोलि अझ बलियो भएर उभिनेछौँ
- भाद्र १९, २०८३
धन घट्न पनि सक्छ
यहीँ बुझ्नुपर्छ
तर, शिक्षा जति गरे नि
कदापि घट्दै घट्दैन ।१।
त्यस्तै, हर देशैको विकास
त्यो भनेको यही
शिक्षा हो जो घट्दैन
बरु जान्छ बढ्दै ।२।
तैपनि, अझै हाम्रो देशमा
शिक्षाको महत्व त्यत्तिको
सा¥है नबुझिएको प्रस्टिन्छ
जुन धुव्र सत्यै ।३।
के गर्नु पढ्ने रहरै
कसलाई पो हुन्न र
तर, चाहेरै के गर्नु
पाएका छैनन् सर्वत्रै ।४।
यसोभन्दा पत्याउनै भएन
राम्ररी नियाली हेर्नाेस्
अवश्यै थाहा पाउनु हुनेछ
कहाँ छ त्यस्तो ।५।
त्यसैले बुझौँ शिक्षाबिना
मानव अधुरो अपुरै
अनि पानीबिना माछो
भाकोसरि हुन्छ ।६।
Leave a Reply