संसारलाई अक्टोबर क्रान्ति चिनाउने पत्रकार जोन रिड
- कार्तिक ५, २०८३
साम्राज्यवादी देशहरूले विश्वका स्वतन्त्र र सार्वभौम देशलाई आफ्नो छत्रछायामा राख्ने उहिलेदेखिको प्रयास अहिले पनि जारी छ । अङ्ग्रेजको संरक्षण नीतिको जालमा फसेर भारतीय राज्यहरू एक एक गर्दै गुमेको अनुभव नेपालका देशभक्त नायक, नेता र स्वाभिमानी नेपाली जनतासँग नभएको होइन । संसारकै स्वाधीन देशलाई आफ्नो प्रभाव पार्न लागेका साम्राज्यवादी ब्रिटिश शक्तिको आक्रमणबाट नेपाललाई जोगाएर देशको स्वतन्त्रता र सार्वभौमिकताको रक्षा गर्न अघि बढ्नु प्रत्येक स्वाभिमानी र देशभक्त जनताको कर्तव्य हो । अङ्ग्रेजी साम्राज्यवादको उर्लँदो भेलमा नेपाललाई जोगाउन आफ्नो बुद्धि, विवेक, राजनीतिक कुशलता एवम् इमानदारीपूर्वक अघि बढ्ने एक प्रधानमन्त्री, सैनिक नायक हुन्– भीमसेन थापा । वास्तवमा उनी त्यसबेलाका नेपाली जनताका भावनाको प्रतिनिधित्व गर्ने स्वाभीमानी र देशभक्त शासक हुन् ।
देश जोगाउन र विकास गर्न स्वदेशी दृष्टि आवश्यक हुन्छ । अङ्ग्रेजका उपनिवेशवादी नीतिका कट्टर विरोधी भीमसेन थापा आफ्नो शक्ति एवम् पदको निम्ति कहिले पनि विदेशी शक्तिसामु नझुक्ने एक साहसी नेपाली थिए । अङ्ग्रेजले नेपाललाई उपनिवेश बनाउने साम्राज्यवादी सपना पूरा नभएरै भीमसेन थापाको विरोधमात्र होइन अनेक षड्यन्त्र गरेर बदनाम गर्न खोजेको हो । विडम्बना ¤ प्रजातन्त्र पुनः स्थापनापछिका शासक दलहरूले पद र पैसाको निम्ति गठबन्धन, सिद्धान्तहीन एकता र मर्यादाहीन निर्वाचनमा सरिक भएर आफ्नो भएको इज्जत, प्रतिष्ठा र अडान छोडेर स्वच्छ राजनीतिलाई घात गरे । तत्कालीन समयमा पनि एक देशभक्त, इमानदार शासक भीमसेन थापाको बदनाम गर्न, पदच्युत गर्न ब्रिटिश साम्राज्य, पाँडे र दरबारिया शक्तिहरू लागेका थिए । भीमसेन थापाको इमानदारी, देशभक्ति र योग्यताबाट प्रभावित भएरै रणबहादुर शाहले भनेका थिए, “म मरि मुलुक डुब्न्या छैन, भीमसेन म¥यो भन्या मुलुक डुब्न्या छ ।”
संसारको इतिहास पल्टाएर हेर्दा देशका देशभक्त, इमानदार, राष्ट्रप्रमुख, नायक र दलका नेताहरूमाथि अनेक षड्यन्त्र भएको हामी थाहा पाउँछौँ । त्यस्ता षड्यन्त्रकै कारण कति शासकहरूलाई जनताले सत्ताबाट लेखेटे, जनविरोधी र देशविरोधी शासकहरू सत्ताच्युत भए । साम्राज्यवादविरोधी भीमसेन थापामाथि पनि अनेक षड्यन्त्र भए । उनीमाथि जस्तोसुकै षड्यन्त्र रचेर थुनामा राखे पनि शत्रुसामु झुकेर देशको माटोमा असर पर्ने कुनै काम गरेनन्, बरु मर्न तयार भए । उनले नेपालको राजनीतिक आकासमा चम्केर देशलाई अङ्ग्रेज साम्राज्यबाट बचाउन अघि सरे ।
तर, प्रजातन्त्र र गणतन्त्रपछिका नेपाली शासकहरू देश जोगाउने र उपनिवेशबाट बचाउने अभियानमा कहिल्यै लागेनन् । नेपाली भूमि कालापानीबाट भारतीय सेना फर्काउनेतर्फ चासो राखेनन् । बरु, देशको असंलग्न परराष्ट्र नीतिविपरीत रुस–युक्रेनको युद्धमा युक्रेनको पक्ष लिएर नेपाली शासकले आफ्नै देशको परराष्ट्र नीति उल्लङ्घन गरे । शासकहरू विदेशी शक्ति राष्ट्रको कठपुतली भए । देश परनिर्भर हुँदै छ । भीमसेन थापाले अङ्ग्रेजसित मुकाबिला गरेर देशलाई बचाए । अङ्ग्रेज र नेपालको युद्धमा उनले कहिले पनि नैतिकतालाई बन्धनमा राखेनन्† नैतिकता गुमाएनन् । उनको एउटैमात्र उद्देश्य थियो, देशभित्र अङ्ग्रेज शक्तिलाई छिर्न नदिने । त्यो शिक्षा नेपाल सरकारले पनि लिनुपर्छ ।
नेपालको इतिहासबारे स्वदेशी, विदेशी इतिहासकार विद्वान्हरूले धेरै अनुसन्धानमूलक, खोजमूलक ग्रन्थहरू रचे । नेपाली इतिहासको भण्डारमा विदेशी इतिहासकारहरूको पुस्तकले नेपाल र नेपालीको कतिपय कुरा बोध पनि गरायो । तर, नेपाल र नेपाली शासकहरूको विषयमा रचेका कति पुस्तक विदेशी इतिहासहरूले सुनेको भरमा आफ्नै भूमिमा बसेर रचे । देशको वास्तविकता बोध नगरिकन या सतही ढङ्गले या एकतर्फी रूपमा पुस्तक लेखे । यसको कारण कति पुस्तकमा नेपाल र नेपाली जनताको भावना र दृष्टिकोण भएन । यसको प्रभाव नेपाली शासक, राजनीतिज्ञ, लेखक र विद्वान्मा पनि प¥यो । यसले नेपालीलाई अन्योल बनायो, भ्रम बढायो । यो भ्रम अद्यापि देखिन्छ । एक समय नेपाली पाठ्यपुस्तकमा समेत भीमसेन थापाले जेलभित्रै आत्महत्या गरेको पाठ समावेश गरिएको थियो । यसकारण, देशको विशेषता बुझ्न, देशभित्रको इतिहास थाहा पाउन स्वदेशकै विचार, स्वदेशकै विवेकको खाँचो हुन्छ ।
देश भित्र र बाहिरबाट ठुलो सम्मान पाएका, इज्जत र प्रतिष्ठा कमाएका, जनताको विश्वास जितेका भीमसेन थापाको ब्रिटिश कम्पनी सरकारको उक्साइमा पाँडेहरूबाट महारानी साम्राज्यलक्ष्मी देवीको आड भरोसामा हत्या भयो । विष प्रयोगको षड्यन्त्रपूर्वक मुद्दा लगाइयो, पक्राउ गरियो, थुनियो र पछि पदच्युत गरियो । एक देशभक्त नायकलाई षड्यन्त्रकारीहरू के कस्ता षड्यन्त्र गरेर फसाउन चाहन्छन् भन्ने कुरा भीमसेन थापामाथि गरिएको षड्यन्त्र र झूटो प्रचारबाजीबाट प्रस्ट हुन्छ । यी कुरा चित्तरञ्जन नेपालीको ‘जनरल भीमसेन थापा र तत्कालीन नेपाल’ पुस्तकमा उल्लेख छ । नेमकिपालाई समूल नष्ट गराउन पनि नेमकिपामाथि राज्यस्तरबाट षड्यन्त्र रचिएको थियो । त्यो असफल षड्यन्त्रको कारण पञ्चायती व्यवस्था बदनाम भयो र अन्ततः पञ्चायती व्यवस्था अन्त्य भयो । अतः देशका शासकहरू साम्राज्यवादी र विस्तारवादी देशको पछि लाग्ने होइन । नेपाल र नेपालीको हितमा शासकहरू अघि बढ्नुपर्छ । यसैमा नेपाल र नेपालीको कल्याण हुन्छ । नत्र, वर्तमान सरकार पनि धरापमा पर्नेछ ।
संसारकै स्वाधीन देशलाई आफ्नो प्रभाव पार्न लागेका साम्राज्यवादी ब्रिटिश शक्तिको आक्रमणबाट नेपाललाई जोगाएर देशको स्वतन्त्रता र सार्वभौमिकताको रक्षा गर्न अघि बढ्नु प्रत्येक स्वाभिमानी र देशभक्त जनताको कर्तव्य हो । अङ्ग्रेजी साम्राज्यवादको उर्लँदो भेलमा नेपाललाई जोगाउन आफ्नो बुद्धि, विवेक, राजनीतिक कुशलता एवम् इमानदारीपूर्वक अघि बढ्ने एक प्रधानमन्त्री, सैनिक नायक हुन्– भीमसेन थापा । वास्तवमा उनी त्यसबेलाका नेपाली जनताका भावनाको प्रतिनिधित्व गर्ने स्वाभीमानी र देशभक्त शासक हुन् ।
Leave a Reply