लिबियाका देशभक्त नेता मुअम्मर गद्दाफी
- कार्तिक ६, २०८३
कोजाग्रत पूर्णिमा दसैँको अन्तिम दिन मानिन्छ । आधिकारिक रूपमा यस वर्षको दसैँ पर्वले त विश्राम लिन्छ नै । तर, उज्यालो र मनमोहक मौसम त हामीसामु ज्यूँका त्यूँ नै रहन्छ । तर, जलवायु परिवर्तनको कारण मौसम प्रणालीमा आएको परिवर्तनले गत वर्षको र त्यसभन्दा केही वर्ष पहिलेदेखि हिले दसैँको रूपमा परिणत हुँदै आएको देखिन्छ । यद्यपि, तिहारको रौनक त अझै हाम्रो घर दैलोमा हामीलाई कुर्दै छ । बाँकी समयलाई साहित्य लेखन, पठन र अरु कुराहरूमा समेत अझै सृजनशील बनाउन सबै सफल होऔँ ।
ऋतु परिवर्तन र दसैँ तिहार पर्व
जेठ महिनाको सुरुआतसँगै बङ्गालको खाडी, हिन्द महासागर र अरेबियन समुद्रबाट सघन वाष्पयुक्त बोझिलो हावा माथि उठ्न थाल्छ । कालो भीमकाय बादलको रूप धारण गर्दै त्यो मध्य एसियाको विशालद्वीपतिर उन्मुख हुँदै दक्षिण पूर्वी र नेपाललगायत दक्षिण एसियाका देशहरूको आकाशलाई झ्याप्पै छोपी ती स्थानहरूमा मनसुनी वर्षा गराइदिन्छ । अन्दाजी जेठ महिनाको तेस्रो हप्ताबाट सुरु भई करिब आश्विनको आधाआधीसम्म नेपालमा यो सक्रिय भइरहन्छ । यो मनसुन वर्षा र ऋतुसँग मात्र सम्बन्धित छैन । सिँगो दक्षिणपूर्वी र दक्षिण एसिया क्षेत्रको अर्थतन्त्रमा समेत यसको प्रभाव महत्वपूर्ण हुन्छ । त्यसैले यहाँका करोडौँ किसानहरूको भाग्यमा खेलबाड गर्ने क्षमता यसले बोकेको हुन्छ । यो कहिले बरदान त कहिले बिनाससमेत हुँदै आएको छ । सम्पूर्ण नेपालीको वर्षभरिको आहार धान बालीको लागि बरदान हुने झरी वर्षाको मात्रामा बढोत्तरी हुँदा ठुलो बिपद् र त्रासदीको कारण बन्न पुग्छ । चार महिनाको लामो वर्षायामले मानिसको स्वतन्त्र घुमफिरलाई सीमित तुल्याउनुका साथै कच्ची बाटोलाई हिलाम्य बनाइदिन्छ र मानिसको आवागमन, बन्द व्यापार र अन्य कामकाजमा समेत अप्ठेरो पारिदिएको हुन्छ । यसरी मानिसको जीवनको धेरै पक्षलाई यसले प्रत्यक्ष र परोक्ष रूपमा असर गरिरहेको हुन्छ ।
तर, आश्विनको दोस्रो हप्तादेखि मनसुन निष्क्रिय हुँदै जान्छ । चार महिनासम्म एकछत्र राज गरेको त्यो कालो बादल आकाशलाई छाडेर बिस्तारै पात्लिँदै जान्छ र झुम्म परेको आकाश नीलो भएर उघ्रिन थाल्छ । चार महिनासम्म लाजले घुम्टो लगाइरहेको हिमाल पनि एकाएक चाँदीजस्तै टल्किएर मुस्कुराउन थाल्छ । मौसममा आएको यो उज्यालोपनले मानिसमा एकाएक नौलो उमङ्ग, जोश र ऊर्जा थप्छ । उनीहरूका आ–आफ्ना मनका भावहरू स्वस्फुर्त रूपमा अभिव्यक्त भएको प्रतीत हुन थाल्छ । मानौँ, उनीहरूले चार महिनासम्म केही अभिव्यक्त गर्न पाएकै थिएनन् । मनका भावनाहरू मनमै गुम्सिएर रहेका थिए । यही सिलसिलामा साहित्यको प्रस्फुटन हुनथाल्छ वर्षापछिको यो शरद् ऋतुमा । हो, मानव संस्कृतिमा उसको प्राकृतिक वातावरणको अहम् भूमिका रहेको हुन्छ ।
सांस्कृतिक पारिस्थितिकीको सिद्धान्त
हजाराँै र लाखौँ जीवहरूमा मानव मात्र यस्तो प्राणी हो जो संस्कृतिले सुसज्जित छ । त्यसैले मानवशास्त्रले अध्ययन गर्ने विविध विषयहरूमध्ये एउटा प्रमुख पक्ष भनेको मानव संस्कृति हो । यही मानव संस्कृति अध्ययनको एउटा हाँगाको प्रवल सिद्धान्त हो सांस्कृतिक पारिस्थितिकी (cultural Ecology) । संस्कृतिले संस्कृतिको जन्म दिन्छ भन्ने मान्यतालाई चुनौती दिँदै विकास भएको यो सिद्धान्त माक्र्सवादी भौतिकवादबाट प्रभावित छ । मानवशास्त्री जुलियन स्टिवार्ड, लेस्ली ए. व्हाइट, एन्ड्रयु बैध र आर. रापापोर्ट यस सिद्धान्तका प्रखर पक्षपातीहरू हुन् । आप्mनो वरिपरिको परिवर्तनशील प्राकृतिक वातावरणसँग अनुकूलन हुन नसक्ने कुनै पनि जीव अन्तत्वगोता लोप भएर जान्छ । आफ्नो लामो अध्ययन र अनुसन्धानपश्चात् जीव वैज्ञानिक चाल्र्स डार्विन यही निष्कर्षमा पुगेका थिए । तत्पश्चात् नै उनले आजभन्दा डेढ सय वर्षपहिले the survival of the fittest सिद्धान्तको प्रतिपादन गरेका थिए । आफ्नो अस्तित्वको लागि वातावरणसँग अनुकूलन हुनु कुनै जीवको बाध्यता हो भन्ने तथ्य पनि यही सिद्धान्तले प्रस्ट्यायो । यही वातावरणसँग अनुकूलन हुने क्रममै मानव संस्कृतिको विकास भएको हो भन्ने तथ्य अब नौलो रहेन । यहाँ त्यो मानव संस्कृति भौतिक (material), अभौतिक (nonmaterial) वा अन्य क्रियाकलाप (behaviors) हुन सक्छन् । सांस्कृतिक पारिस्थितिकीको सिद्धान्तले जोड दिएको तथ्य पनि यही हो, स्थान विशेषको मानव संस्कृतिको स्वरूप निर्धारणमा उसको वरिपरिको प्राकृतिक वातावरणको ठुलो भूमिका रहन्छ । त्यसैले कुनै स्थान विशेषको संस्कृतिको विश्लेषण गर्दा त्यहाँको प्राकृतिक अवस्थितिलाई ध्यानमा राख्नु जरुरी हुन्छ ।
दसैँ र तिहार साहित्यिक पर्व पनि
भक्तपुरको सन्दर्भमा चर्चा गर्दा यस शरद् ऋतु त पूरै साहित्यिक भएको प्रतीत हुन्छ । दशमीको लगत्तै जिल्लाका विभिन्न स्थानहरूमा साहित्यिक कार्यक्रमहरू आयोजना हुन्छन् । यो ठिमी, बोडे, नगदेशसम्म पुग्छ । पुराना साहित्यकारहरू तिखारिँदै जान्छन् र नवदितहरूले प्रेरणा पाउँदै जान्छन् । बाल बच्चा, युवा, वृद्ध, महिला सबै उमेरको घेरा नाघेर यसमा सहभागिता जनाउन पुग्छन् । भक्तपुरवासीहरू मात्र होइनन् देशका विभिन्न स्थानबाट धेरै साहित्यकारहरू पनि यसमा सहभागिता जनाउन आइपुग्छन् ।
राष्ट्रिय परिवेशमा हेर्ने हो भने मदन पुरस्कार गुठीले पनि आफ्नै हिसाबले वर्षकै उत्कृष्ट साहित्य सर्जकको सन्मान यही समयमा गर्छ । विभिन्न प्रकाशक तथा सङ्घ संस्थाले पुस्तक मेलाहरूको आयोजना पनि गर्छन् र साहित्यिक कृतिहरूको बिमोचन पनि गर्छन् ।
यही बेला प्रिन्ट मिडियाहरू पूर्ण रूपमा साहित्यिक रङ्गले रङ्गिएका हुन्छन्, केही समयलाई राजनीति र अन्य गन्थन मन्थनलाई त्यागेर । त्यसैले होला, ‘मजदुर’ दैनिक पनि साहित्यिक विशेषाङ्क लिएर पाठकसामु दसैँ अवधिभर निरन्तर आउँदै छन् ।
कोजाग्रत पूर्णिमा दसैँको अन्तिम दिन मानिन्छ । आधिकारिक रूपमा यस वर्षको दसैँ पर्वले त विश्राम लिन्छ नै । तर, उज्यालो र मनमोहक मौसम त हामीसामु ज्यूँका त्यूँ नै रहन्छ । तर, जलवायु परिवर्तनको कारण मौसम प्रणालीमा आएको परिवर्तनले गत वर्षको र त्यसभन्दा केही वर्ष पहिलेदेखि हिले दसैँको रूपमा परिणत हुँदै आएको देखिन्छ । यद्यपि, तिहारको रौनक त अझै हाम्रो घर दैलोमा हामीलाई कुर्दै छ । बाँकी समयलाई साहित्य लेखन, पठन र अरु कुराहरूमा समेत अझै सृजनशील बनाउन सबै सफल होऔँ । यही कामनासहित तिहारको पनि शुभकामना समस्त नेपालीमा !
हजाराँै र लाखौँ जीवहरूमा मानव मात्र यस्तो प्राणी हो जो संस्कृतिले सुसज्जित छ । त्यसैले मानवशास्त्रले अध्ययन गर्ने विविध विषयहरूमध्ये एउटा प्रमुख पक्ष भनेको मानव संस्कृति हो । यही मानव संस्कृति अध्ययनको एउटा हाँगाको प्रवल सिद्धान्त हो सांस्कृतिक पारिस्थितिकी (cultural Ecology) । संस्कृतिले संस्कृतिको जन्म दिन्छ भन्ने मान्यतालाई चुनौती दिँदै विकास भएको यो सिद्धान्त माक्र्सवादी भौतिकवादबाट प्रभावित छ ।
Leave a Reply