भर्खरै :

‘श्रमिक’ र ‘मजदुर’ मा नेपाली भाषाकै शब्द हुनु राम्रो

‘श्रमिक’ र ‘मजदुर’ मा नेपाली भाषाकै शब्द हुनु राम्रो

प्रिय सम्पादकज्यू,
झन्डै देशका सबैजसो दैनिक, साप्ताहिक, पाक्षिक र अन्य पत्रपत्रिकासमेत बन्द भएको बेला ‘श्रमिक’ साप्ताहिक, ‘मजदुर’ दैनिक र केही पाक्षिकसमेत भक्तपुरमा पढ्न पाउँदा खुसी लाग्यो । त्यसको निम्ति सम्बन्धित प्रेसका सबै सक्रिय कलमजीवी र प्राविधिक साथीहरूलाई धन्यवाद छ साथै साइकलमा चढ्दै फटाफट आफ्ना ग्राहकहरू साथीहरूको हात हात र आँगन–आँगनसम्म ‘श्रमिक’ र ‘मजदुर’ पढ्न पाउँदा ग्राहक गद्गद् हुने नै भए । ती वितरक भाइबहिनीहरूप्रति पनि पाठकहरू निश्चय पनि अनुग्रहित हुनेछन् ।
खुसीको कुरा सुन्दा सुन्दै पनि कहिलेकाहीँ हाम्रा पत्रिकाहरूले ‘धज्जी उडाउने’ ‘तोडमोड गर्ने’ शब्द र वाक्यांशहरू पढ्दा भने आफ्नै नेपाली भाषामा सही शब्द पढ्न पाउनु उचित हो कि भन्ने प्रश्न उठ्नु वा जिज्ञासा राख्नु स्वाभाविक हो । आफ्नो भाषामा निश्चित विषयको शब्दै नभए विदेशी भाषाको ‘शब्द’ पैँचो लिनु आश्चर्य मान्नुपर्ने थिएन । आफूले नबुझेर हो वा लेख्ने साथीहरूको आशय नबुझेर हो कि विदेशी भाषाको शब्द राखेर लेख रचना गर्दा आफ्नो इज्जत बढ्ने वा जान्ने सुन्ने भइन्छ भन्ने भ्रम पो छ कि हामीमा भनी स्तब्ध हुनुपर्ने स्थिति पनि छ ।
केही दिनदेखि हाम्रा प्रवचनकर्ताहरूले पनि ‘भक्तपुर’ बारे अरु जिल्लाका साथीहरू ‘चासो राख्छन् भनी ‘श्रमिक’ र ‘मजदुर’ ले लेखे वा सम्पादन गरे ।
तर, भक्तपुरको ‘मोडल’ वा प्रगति वा विकास शैलीबारे ‘सही कुरा थाहा पाउने जिज्ञासा राख्नु’ वा उत्सुकता देखाउनु ‘प्रवल इच्छा राख्नु’, ‘अति इच्छुक हुनु’ भन्ने वाक्यांश के ‘चासो’ भन्दा हाम्रो होइन ?
हामी नेपाली पाठकहरूमा भाषाबारे छलफल हुनु पनि के उत्तम होइन र !
‘श्रमिक’ र मजदुर’ का एक जिज्ञासु

Leave a Reply

Your email address will not be published. Required fields are marked *