साहित्य र यथार्थ – २
- कार्तिक ९, २०८३
बुद्धिजीवी कसलाई भन्ने ? यो छलफल र बहसको विषय होला । यसमा आ–आफनै तर्क र विचार होला ¤ कसैले यस पृथ्वीमा भएका सबै मानिसलाई बुद्धिजीवी भन्छन् । उनीहरूसँग पनि थोरै धेरै बुद्धि हुन्छ । आ–आफ्नो बुद्धिको प्रयोग गरी मानिस जीवनमा अगाडि बढेका हुन्छन् । तिनीहरूको बुद्धिको मात्रा र परिणाम फरक होला । कसैले डाक्टर, इन्जिनियर, पाइलट, पत्रकार, वकिल, प्राध्यापक आदिलाई बद्धिजीवी भन्लान् । कसैले पीएचडी प्रमाणपत्रधारीलाई बुद्धिजीवी भन्लान् । कसैले विदेशमा पढ्न, सिक्न गए पनि त्यहाँ प्राप्त गरेको शिक्षा, ज्ञान, अनुभव, सीपलाई जतिसुकै दुःख, अभाव भए पनि पसिना बगाएर देश बनाउँछु भनेर आफ्नै देश फर्कने मानिसलाई बुद्धिजीवी भन्लान् । तर, शैक्षिक प्रमाणपत्रको आधारमा मात्र मानिसलाई बुद्धिजीवी ठान्नु गलत हुन्छ । जीवनमा परेर, भोगेर, सङ्घर्ष गरेर पनि मानिस बुद्धिजीवी भएका छन् । शैक्षिक प्रमाणपत्र भए पनि नभए पनि देशको पक्षमा, सत्यको पक्षमा आफ्नो बुद्धि प्रयोग गर्ने, बोल्ने, लेख्ने, लड्ने, अडान राख्ने मानिस बुद्धिजीवी हुन्छ । जागिर खाने, प्रमाणपत्रको ठेली भएको मानिस मात्र बुद्धिजीवी हुँदैनन् ।

लेनिन
शैक्षिक रूपमा पिछडिएको भक्तपुरलाई अगाडि बढाउन, त्यो अपहेलनाबाट मुक्त गर्न, भक्तपुरलाई ज्ञान विज्ञानको केन्द्र बनाउने अग्रजहरूको भावनाअनुसार २६/२७ वर्ष अगाडि भक्तपुर नगरपालिकाबाट ख्वप मा.वि. खोल्ने सम्बन्धमा छलफल भएको थियो । छलफलमा कति विशेषज्ञ भनिएका बुद्धिजीवीले यो सम्भव छैन, हुँदैन भनी सल्लाह दिएका थिए । शैक्षिक प्रमाणपत्रधारी होइन तर जीवनमा परेर, भोगेर, सङ्घर्ष गरेर ज्ञान, सीप, कला ग्रहण गरेका अनुभवी अग्रजहरूले यो सम्भव छ, आँट गर्नुपर्छ† यो चुनौतीलाई अवसरको रूपमा लिनुपर्छ† गरे नसक्ने केही छैन, इतिहासले हामीलाई यही पाठ सिकाएको छ, यसको लागि हामी तयार छौँ भनी विचार पोखे । शिक्षाको प्रमाणपत्रबिनाका सङ्घर्षशील, अनुभवी, बुद्धिजीवी अग्रजहरूको आँट, मेहनत, विचारमा जनताको साथ र सहयोगले आज ख्वप मावि हुँदै ख्वप कलेज, ख्वप इन्जिनिरिङ कलेज, नर्सिङ, कलेज कानुन कलेजसहित ८ वटा उच्च शिक्षालय देशकै नमुना शिक्षालयको रूपमा सञ्चालन हुँदै छन् । भक्तपुर ज्ञान विज्ञानको केन्द्र बन्दै छ ।
भक्तपुर नगरपालिकाले रु. १५ लाखमा डाक्टर पढाउँछु, ख्वप विश्वविद्यालयको स्वीकृति दिनु, देशको लागि इमानदारीपूर्वक सेवा गर्ने सक्षम, योग्य नागरिक तयार गर्ने कुरालाई सबैले मुखले हुन्छ भन्ने तर व्यवहारले हल्लो अडकाउने काम गरे । भक्तपुर नगरपालिकाले ख्वप विश्वविद्यालयको स्वीकृति मागिरहेको दशर्कौँ वर्ष भयो । तर, कुनै पनि सरकारले आजसम्म स्वीकृति दिएको छैन । यदि त्यति बेलै सरकारले स्वीकृति दिएको भए यहाँबाट कम शुल्कमा तयार भएका गुणस्तरीय डाक्टरलगायतले देशका विभिन्न स्थानमा सेवा गरिरहेका होलान् । यसलाई स्वीकृति दिन कम्युनिस्ट भनिएका दुईतिहाइको सरकारले पनि आँट गरेन भने प्रजातन्त्रवादी भनिएका सरकारहरूले पनि आँट गरेनन् । यसमा सरकारका कर्मचारी र शासक दलभित्र भएका वा दल सम्बद्ध बुद्धिजीवी भनिएका मान्छिेहरूले सरकारलाई, नेताहरूलाई सरकारात्मक सल्लाह दिएको परिणामले देखिएन । “यदि कसैले ख्वप विश्वविद्यालयको स्वीकृति दिन खोजियो भने प्रधानमन्त्री, मन्त्री, नेताहरूलाई भनेर म रोक्छु” भनेर थुतुनो चलाउने तथाकथित, सङ्कीर्ण, देशघाती बुद्धिजीवीहरू देखिए ।

ग्यालिलियो
देशमा २०७२ सालमा विनाशकारी भूकम्प आयो । त्यसले देशका सांस्कृतिक धरोहरहरू ध्वस्त भए । ती ध्वस्त भएका सम्पदालाई पुनः ठड्याउन सरकारले विदेशीसँग सहयोग माग्यो । त्यस क्रममा काठमाडौँ, ललितपुरलगायतका देशका विभिन्न भागका सम्पदाहरू विदेशीको सहयोगमा ठडिए । ती सम्पदामा फलाना देशको सहयोगमा बनेको भनेर सम्बन्धित देशको झण्डा राखे । त्यस्तै भूकम्पले भत्केको भक्तपुरका पचपन्नझयाले दरबारलगायतका सांस्कृतिक धरोहर पुनः निर्माण गर्न जर्मन सरकारले १ अर्ब २० करोड सहयोगको लोभ देखाएर एमसीसीजस्तो देशघाती सर्तहरू स्वीकार्नुपर्ने दबाब दियो । त्यसलाई भक्तपुर नगरपालिकाले अस्वीकार ग¥यो । त्यसलाई पुनः जस्ताको जस्तै ठड्याउनको लागि यहाँका जनतासँग सहयोगको आव्हान ग¥यो । देशको स्वाभिमान बेच्न नचाहने, त्यसलाई विदेशी बुटले कुल्चेको टुलुटुलु हेरेर बस्न नसक्ने यहाँका देशभक्त जनताले परेर, भोगेर, पुर्खा, अग्रजबाट सिकेर सम्पदासम्बन्धी ज्ञान, सीप, कलाको अनुभवी बुद्धिजीवीहरू र डकर्मी, सिकर्मी, लोहकर्मी, ज्यामी आदि आए । उनीहरूले छलफलमा भक्तपुर नगरपालिकालाई “आँटिनु पर्दैन हामी छौँ” भनेर ढाडस दिए । नभन्दै ती अनुभवी बुद्धिजीवी र जनताले सहयोग गरे । सांस्कृतिक धरोहरहरू जस्ताको तस्तै पुनःठड्याएर विश्वलाई देखाइदिए । यसले संसारलाई के पाठ सिकाएको छ भने शक्तिको अगाडि विचार, स्वाभिमान झुक्दैन र झुकाउन पनि सक्दैन ।

सोक्रेटस
त्यसो त देशमा राम्रा देशभक्त बुद्धिजीवीहरू नभएका होइनन् । गोविन्द्रप्रसाद लोहनी, विश्वनाथ उपाध्याय, मणिकलाल श्रेष्ठ आदि सबैले चिने जानेकै बुद्धिजीवीहरू हुन् । त्यस्तै नेपाल सरकार, विभिन्न शासक दलहरूमा पनि आ–आफ्ना बुद्धिजीवीहरू (थिङ्क टैङ्क) नभएका होइनन् । तर, उनीहरूले देशको लागि आफ्नो विचार दिन सकेनन् । यदि त्यस्ता दरो देशभक्त बुद्धिजीवीहरू त्यहाँ भएका भए भदौ २३ र २४ को उपद्रव हुने थिएन, देश जल्ने थिएन । नेताहरू हात उठाएर सेनाको ब्यारेकमा कैदी भएर बस्नुपर्ने थिएन । देश बनाउने युवाहरू बिदेसिनुपर्ने थिएनन् । देश आफ्नै खुट्टामा उभिन्थ्यो । विदेशीसँग भिक्षा माग्नुपर्ने र हस्तक्षेप, थिचोमिचो सहनुपर्ने थिएन ।

शुक्रराज जोशी
संसारमा नाम चलेका बुद्धिजीवीहरू पनि नभएका होइनन् । जसले त्यसबेलाका राजा, पादरी, धर्मशास्त्रको झूट विचारलाई असत्य साबित गर्न, समाज बदल्न अनेक दुःखकष्ट पीडा हण्डर खाए । उनीहरू त्यसको लागि जेलको काल कोठरीमा बसे । पोलैन्डका खगोलविद् वैज्ञानिक कोपर्निकसले सूर्यले पृथ्वीलाई होइन पृथ्वीलगायतका ग्रहहरूले सूर्यलाई केन्द्रमा राखेर परिक्रमा गरिरहेको तथ्य पत्ता लगाए । उनको यो दाबीलाई त्यसबेलाका धर्मगुरु, पादरी राजाले स्वीकारेनन् । तर, उनी मरेपछि त्यो विज्ञानसिद्ध तथ्यलाई संसारले स्वीका¥यो । उनले ज्यानको बाजी राखेर नझुकिकन त्यो विचार नराखेको भए, आज पनि विश्वले पृथ्वीलाई सूर्यले नै परिक्रमा गरिरहेको स्वीकारिरहनुपर्ने थियो ।
रोमका खगोलविद् वैज्ञानिक ग्यालिलियोले पनि त्यस्तै गलतलाई गलत सहीलाई सही भने । उनले पनि त्यसबेलाका शासक राजा, पादरीहरूको, धर्मशास्त्रअनुसार पृथ्वी चेप्टो छ भन्ने विचारलाई प्रमाणसहित गोलो छ भनी सिद्ध गरिदिए ।
यदि जीवनमा दुःख, अभाव, पीडा, लडाइँ, सङ्घर्ष, गर्नदेखि डराएको भए कार्ल माक्र्सले कम्युनिस्ट घोषणापत्र संसारलाई दिन सक्ने थिएनन् । लेनिनले त्यही कम्युनिस्ट घोषणापत्रको विचार भावनाअनुसार सशस्त्र क्रान्ति गरेर रुसमा सर्वहारा वर्गको हुकुम वा राज्य स्थापना गर्न सक्ने थिएनन् । राजा वा दास मालिकबाट मारिने डरले दास विद्रोहका नायक इटालीका स्पार्टाकसले ७० हजार

कोपर्निकस
लडाकु सहयोगीको सहयोगमा दास विद्रो नगरेको भए सायद आजसम्म संसार दास मालिककै बर्बर जङ्गली राज्य हुन्थे होला । गंगालाल श्रेष्ठ, शुक्रराज शात्रीलगायतका बुद्धिजीवी सहिदहरूले राणाहरूको लोभ, डर, धम्कीको बाबजुट बारम्बार माफी वा बाँच्ने अवसर दिँदा दिँदै कोही झुकेनन्, बरु लडे र सहिद भए । यदि उनीहरू आफ्नो स्वार्थ, छोराछोरी, परिवार, पद, प्रतिष्ठालाई काखी च्यापेर झुकेका भए आजसम्म देशमा राणा शासन हुन्थ्यो होला । त्यसैले संसारले ती बुद्धिजीवीहरूलाई सम्मान ग¥यो ।
Leave a Reply