इरानले ‘आक्रामक’ सिद्धान्त सार्वजनिक ग¥यो अमेरिकाद्वारा चेतावनी जारी : के युद्ध नजिकै छ ?
- कार्तिक ९, २०८३
एक प्रकाशकले ईसा र उनका वरिपरिका मानिसहरूका बारेमा लेखिएका ऐतिहासिक धार्मिक स्वप्नपुस्तकहरूमध्येका अनेकौँ पुस्तकको नयाँ संस्करणको विज्ञापन ‘न्युयोर्क टाइम्स’ मा यसरी दिएको छ :
क्यानडाका समीक्षकहरूले ‘उदात्त, प्रशान्त, गूढ ज्ञानपूर्ण’, ‘एक कलात्मक अनुभव’ र ठुलो माझीभन्दा उत्तम विशेषणहरूबाट विभूषित बारब्बासको यो उपन्यास र क्राइस्टका बारेमा उसको भावुक र दुःखद स्वीकृति अमेरिकी दर्शकहरूका माफ बाइबलसम्बन्धी इतिहासको महान् पुनर्रचनाका रूपमा आएका छन् ।
यो सबैले हामीलाई कहाँ पु¥याउने हो ? प्रश्न गर्न सकिन्छ । ठुलो माझी क्राइस्टको एक जना चेलाको अश्लील वा एकदमै अरुचिकर कथा हो† यसले कुनै पनि विचारशील वा साँच्चैको धार्मिक व्यक्तिको अपमान गर्दछ । अहिले यो पुस्तक सर्वाधिक बिक्री हुने पुस्तकहरूको सूचीमा दोस्रो स्थानमा छ† यसको प्रशंसाका पुलहरू बाँधिएको बाँधिएकै छ ।
यस उन्मादमा पनि एक सिलसिला छ । जुन आलोचकले ज्यादै जबरजस्त रूपमा प्रशंसा गर्ला, उसको उद्धरण पूरै पृष्ठको विज्ञापनमा छापिने सम्भावना प्रबल हुन्छ । यसरी उसको प्रसिद्धि बढ्नेछ । यसका साथै ठुलो विज्ञापन बजेटहरूसित सम्बद्ध सम्पादकहरू कुनै आलोचकको तीखो टिप्पणीबाट रिसाउने सम्भावना पनि रहन्छ । हो, कुनै प्रगतिशील वा कम्युनिस्ट रचनाको निन्दा भने अर्कै कुरो हो । महिनाको श्रेष्ठ किताब चयन गर्ने क्लब र ठुलो धनराशि भएका अन्य संस्थानहरूद्वारा यस्ता प्रशंसाधर्मी आलोचकहरूको सेना निर्माण गरिंदै छ । तिनको काम साहित्यलाई बुझ्ने होइन, साहित्यलाई बिक्री गर्ने हुन्छ । यो काम उनीहरू राम्ररी नै निर्वाह गर्दछन् ।
यो सबैको मूलमा मानदण्डहरू भ्रष्ट हुन्, ती यथार्थबाट काटिनु कारण रहेको संस्कृतिको पुनर्रचना आफ्नो धारणाअनुसार गर्दछ । यो धारणा कनै आकर्षक धारणा छ । आज जुन शासकवर्ग फासीवाद लाद्न लागिपरेको छ, त्यसले सम्पूर्ण अमेरिकी होइन । सामाजिक यथार्थको तार्किक परिणति समाजवादमा सङ्क्रमणलाई पहुँचभन्दा बाहिरको भनेर निषेध गरिएको छ । मानव समाजद्वारा ज्ञात अहिलेसम्मका सम्पूर्ण महान् असल कुराहरूलाई व्यापक प्रचार अभियान चलाएर खराब कुराहरूमा बदलिँदै छ । तर, यो महान् असल कुरो जीवनका हरेक पक्षसित गाँसिएको कारणले (अमेरिकामा पनि) जीवनको हरेक पक्ष अमेरिकी शासकवर्गको शत्रु बन्न पुग्दछ । जीवनमाथि नै निषेधाज्ञा लगाइन्छ र साहित्यलाई त्यसको मूल प्राणस्रोतबाट विच्छिन्न हुन बाध्य पारिन्छ ।
यस स्थितिमा कलाकारका लागि र साहित्यमा रचनात्मक यथार्थवादका लागि के सम्भावनाहरू बाँकी रहन्छन् त ? त्यो यथार्थवादको प्रकृति कस्तो हुनुपर्छ ? यो समस्याको समाधानका निम्ति हामीले जीवनसित ठोस सम्बन्ध भएका मानदण्डहरूको ढाँचा निर्माण गर्नुपर्ने हुन्छ । यसो गर्दा हामीले आजको अमेरिकामा प्रचलित सडेगलेका, विकृत र बेइमान साहित्यिक मानदण्डहरूलाई अस्वीकार गर्ने मात्र होइन, तिनलाई अनावरणसमेत गर्नुपर्छ ।
यथार्थवादअनुरूप काम गर्ने लेखक अमेरिकाका लागि अपरिचित छैनन् । तिनको एउटा लामो परम्परा नै छ । तीमध्ये हथर्न, ड्रेजर, म्याकभिले, मार्क ट्वेन, लन्डन, फ्राङ्क नोरिस, स्टीफेन फ्रेन मात्र केही नाम हुन् । हाम्रो पालाका कडवेल, स्टेनबेक र हेमिङ्वे र अरू पनि धेरै यही परम्पराका हुन् । यी सबै बुर्जुवा यथार्थवादी थिए । यी बुर्जुवा यथार्थवादीहरू आफ्नो पार्टी वा राजनीतिक प्रतिबद्धताका दृष्टिले होइन, विश्व दृष्टिकोणका दृष्टिले हुन्, यी भौतिकवादी होइनन्, प्रत्ययवादी हुन् । यद्यपि, यो उनीहरूको सीमा थियो तर उनीहरू यथार्थको केन्द्रीय र महत्वपूर्ण स्वरूपलाई पक्रन सक्षम भएका कारणले यो सीमा छँदाछँदै पनि उनीहरूले महान् साहित्यको सृजना गर्न सके । यी यथार्थका केन्द्रीय अभिव्यक्तिहरू विभिन्न कालखण्डमा पर्याप्त मात्रामा फरक थिए । त्यसैले, मैले उल्लेख गरेका र छुटेका अरू धेरैलाई कुनै एक सरल कसीले मूल्याङ्कन गर्न सकिन्न । तिनलाई कुनै एक नियमबाट मूल्याङ्कन गर्ने प्रलोभनले मात्र भ्रान्ति उत्पन्न गर्नेछ । त्यसैले, त्यसबाट बच्नु आवश्यक छ । तर, अमेरिकाका सर्वाधिक प्रतिभाशाली मार्क ट्वेनजस्ता लेखकहरूका रचनाहरूबाट हामी केही उपयुक्त निष्कर्ष निकाल्न सक्तछौँ ।
मार्क ट्वेनले परिपक्वता प्राप्त गरेको समयको यथार्थको केन्द्रीय तत्व थियो अर्धसामन्ती दासप्रथा भएको दक्षिण र जनतान्त्रिक पुँजीवादी उत्तरका बिचको अन्तर्विरोध । यो कुनै त्यस्तो विषय थिएन जसको विश्लेषण मार्क ट्वेनले गर्नुपरेको होस् वा सचेत रूपले आफ्ना सामु प्रस्तुत गर्नुपरेको होस् । यो उनको जीवन र परिवेशमा यसरी घुलमिल भएको थियो कि यसलाई अस्वीकार गर्नको अर्थ आफ्नै अस्तित्वलाई अस्वीकार गर्न हुन्थ्यो । राजनीतिक रूपले यो सत्यबाट पलायनको अर्थ हुन्थ्यो स्वयम्लाई सम्पूर्ण रूपले दक्षिणका दास–मालिकहरूसित गाँस्नु । यस चयनलाई उनले अस्वीकार गरे र यही अस्वीकारको आधारमा नै उनले महान् साहित्यिक रचनाहरूको सृजना गरे ।
के साँचो हो भने मार्क ट्वेनका सबै प्रकाशित पुस्तकहरू कालानुक्रमले गृहयुद्धपछिका हुन् । तर, उनका सर्वोत्तम कृतिहरूमा आफ्नो जीवनका आरम्भका तीस वर्षहरूमा उनले जानेको संसारको अन्तर्विरोधको प्रतिबिम्बन भएको छ । १८९० मा पनि उनले आफ्नो युवकत्व र पौरुष–संसारका बारेमा नै उत्कृष्ट रूपमा लेखेका छन्, समकालिक परिदृश्यका बारेमा उनले त्यति राम्रो लेख्न सकेनन् ।
यथार्थलाई समाउने क्षमताका कारणले नै उनले आफ्नो समयको तुच्छ पाखण्ड, क्रूरता र अन्यायलाई प्रस्ट रूपमा देख्न सके । हकलबेरी फिन दासप्रथा र निग्रो–दमनका विरुद्धको निर्मम अभियोग हो । तर, यसका साथै त्यसले दक्षिणको ‘सामन्ती मनोविज्ञान’ र दासहरूको परिधिमा मानिसहरूको अनुदार क्षुद्रता र नीचतामाथि पनि प्रहार गर्दछ । यो कार्य उपदेशहरू वा बिन्तीका रूपमा गरिएको छैन । यसका विपरीत यथार्थ एउटा विवेकपूर्ण र चाखलाग्दो कथाको माध्यमबाट प्रस्तुत हुन्छ । यथार्थको चित्रणको यो मानवीय तरिकाले जीवनका सकारात्मक गुणहरूलाई स्वीकृति प्रदान गर्दछ ।
अथवा अमेरिकाको एउटा ठुलो गाउँको जीवनका बारेमा लेखिएको अहिलेसम्मकै सर्वाधिक विवेकपूर्ण र राम्रो व्यङ्ग्य रहेको ‘हेडलीबर्गलाई भ्रष्ट पार्ने मान्छे’ लाई नै लिनुस् । हेडलीबर्गमा रहने मानिसहरूको स्वार्थी, सङ्कीर्ण, धर्मान्ध जीवनलाई उद्घाटन गर्दै मार्क ट्वेन ती मानिस हुन् र यस दृष्टिले तुच्छताहरूको अपेक्षा उनीहरूमा महानताको सम्भावनाहरू कता हो कता धेरै महत्वपूर्ण छन् भन्ने तथ्यलाई एकछिन पनि बिर्संदैनन् । उनले यसो किन गर्न सके भने उनले आफूलाई हेडलीबर्गका जनताबाट अलग्याएनन् । तिनका कमजोरीसित सहभागी भएर नै उनले तिनका अप्रकट आशा–आकाङ्क्षाहरूमा भाग लिन सके । अर्को शब्दमा, यी सबै मानिसहरूको सम्पूर्ण यथार्थवादलाई समातेर नै उनले यथार्थवादको रचना गरे । यो प्रक्रिया घृणाको होइन, खोजीको होइन, सम्भ्रान्त दम्भको होइन, बरु समझदारीको प्रक्रिया हो ।
अब यसको तुलना मार्था फेलेद्वारा छानेका १९४९ का श्रेष्ठ अमेरिकी कथाहरूमा सङ्कलित केही कथाहरूसित गर्नुस् । यी कथाहरूका सम्बन्धमा ‘न्युयोर्क टाइम्स’ को समीक्षक अति उत्साहका साथ भन्छिन् :
चरित्रको असामान्यताहरूप्रति लेखकको आकर्षण साहित्यमा फ्रायडको प्रभावभन्दा अघिदेखि नै चल्दै आएको हो । तर, यी कथाहरूका पात्रहरूलाई दुःख दिने किसिम–किसिमका स्नायुरोगहरू कल्पनाको अद्भूत काम हो । तीमध्ये केहीको उल्लेख गरौँ– ‘दक्षिणको क्लीन वर्गको एउटा बिग्रेको केटो राति मुर्दाघरमा बन्द गरिएको एउटा मुर्दाको शरीरमा भएको गहना चोर्न जान्छ । एक विशालकाय महिला राति आफ्नै आँगनको भित्तामा फलामको डन्डीले हिर्काएको हिर्कायै गरेर धार्मिक विधिविधान गर्दछे । एउटा ठुलो गाउँकी हेड्डा ग्याब्लर आफ्ना छिमेकीहरूका नाउँमा बेनामी चिठीहरू लेख्छे । पिकनिकमा गएका मातेका मानिसको एउटा डफ्फाले एउटा निर्दोष बच्चो कछुवामाथि आफ्नो दमित आक्रोश उतार्दछ ।’
अमेरिकाको यस अनुहार (जुन सर्वोत्तम छ) लाई यी समीक्षक मन पराउँदिनन् भन्ने कसैले नठाने हुन्छ, त्यसैले ‘टाइम्स’ समीक्षक तत्कालै थप्छिन् ः
“ध्यान दिन लायक कुरो के छ भने अस्वाभाविकताप्रतिको यो रुचि रोगसूचक होइन, बरु यो सामाजिक दबाउहरू, स्वाभाविकताद्वारा लगाएका प्रतिबन्धहरू र यथार्थसम्बन्धी साधारण मानिसको धारणाप्रतिको व्यापक संवेदनशीलताबाट उत्पन्न हुन्छ ।”
माथिको अनर्गल कुरोबाट धेरै चिन्तित हुनु आवश्यक छैन । किनभने, भर्खरै गतिलो कागतमा छापिएको छ सय पृष्ठहरूभन्दा केही बढीको जटिल पुस्तकको समीक्षा गर्ने समीक्षकबाट यस खालको छद्म–मनोविश्लेषणात्मक द्वैधताको सहजै आशा गर्न सकिन्छ । चिन्ताको विषय के हो भने मार्था फेलेजस्ती रुचिशील र इमानदार महिलाले यस किसिमको केटौले, धोखापूर्ण सङ्ग्रह तयार पारिन् र यसलाई ‘श्रेष्ठ’ अमेरिकी लेखन भनिन् । त्यति मात्र होइन, मार्क ट्वेनको ‘हेडलीबर्गलाई भ्रष्ट पार्ने मान्छे’ जस्तो कथा यसमा समावेश छैन, बरु सम्पादिकाले यसको आवश्यकता नै ठानिनन् ।
मार्क ट्वेनले द कनेक्टिकट यान्की लेखेको समयमा क्याथोलिक चर्चले विश्व राजनीतिमा पर्याप्त भाग लिन थालेको थियो । त्यतिखेर त्यस्तो श्रद्धापूर्ण र छुँदै नछोइएको विषयमा लेख्तै उनले चर्चको राजनीतिमाथिको हस्तक्षेपमाथि एकदमै कटुतम र सम्झौताहीन आक्रमण गरे । तर द कनेक्टिकट यान्कीमा क्याथोलिक–विरोधलाई मात्र देख्नु त्यसको महत्तालाई घटाउनु हुन्छ । यो विवेकपूर्ण र अद्भूत पुस्तकमा मार्क ट्वेनले मूर्खता र क्रूरतालाई आफ्नो आक्रमणको तारो बनाएका छन् । दोस्रो नम्बरमा उनले राजतन्त्रलाई हाँसोको पात्र बनाएका छन्† यसैको आधारमा शासकवर्गको धारणा टिकेको छ र यसमा एङ्ग्लो सेक्सन कानुनलाई बिदाइ पनि दिइएको छ । यस किताबमा एकदमै राम्ररी मूर्खता, शोषण र अन्यायप्रतिको मार्क ट्वेनको घृणा व्यक्त भएको छ । तर, रचनाहरूमा जस्तै यसमा पनि यी खराबीहरूको स्रोत अपरिभाषित रहेको छ । भौतिकवादी अर्थमा इतिहासको पूर्ण समझदारी भएको भए मार्क ट्वेनलाई अझ बढी महान् लेखक बनाउँथ्यो भन्ने कुरालाई केवल अत्यन्त रूढिवादी व्यक्तिले मात्र अस्वीकार गर्न सक्तछ ।
यो पुस्तक व्यङ्ग्यको एक कल्पनापरक उडान हुँदाहुँदै पनि गहन यथार्थको उपज हो । यो किन सम्भव भयो भने जतिखेर यो पुस्तक लेखिएको हो त्यतिखेरसम्म पुँजीवादसित चर्चको सम्झौता भएको थिएन । यसकारण, पुँजीवादी विचारधाराको प्रभावी परिधिका सीमाहरूमा काम गर्दै भए पनि मार्क ट्वेनले यथार्थको रूपलाई समात्न सके ।
द कनेक्टिकट यान्कीजस्ता विरोधी उपन्यासहरूलाई ध्यानमा राख्ता त्यतिखेरका शक्तिहरूको वर्गसन्तुलन तथा अमेरिकी पुँजीवादमा विकासको विशेष अवस्थालाई उपेक्षा गर्नु एउटा गल्ती हुनेछ ।
पछिका वर्षहरूमा वस्तुगत यथार्थको केन्द्रीय धुरी परिवर्तन भएपश्चात् मार्क ट्वेन त्यससँगै परिवर्तन असक्षम भए भन्ने तथ्य ज्यादै महत्वपूर्ण छ । यसले गर्दा उनको लेखनमा क्षति पुग्यो । गृहयुद्धमा सङ्घको विजयपछि नै एक पुँजीवादी राष्ट्रका रूपमा अमेरिकाको पूर्ण विकास भयो । गृहयुद्धको ताका जनताको लुटबाट प्राप्त गरिएको पुँजीबाट रेलमार्गको निर्माण भयो र जनताबाट मार्गाधिकारका लागि एकत्र गरिएको अनुदानहरूबाट ठुलठुला उद्योगहरूको निर्माण प्रारम्भ भयो । त्यसपछिका तीन दशकमा अमेरिका कृषिप्रधान देश बन्यो । अब अमेरिकाको यथार्थको केन्द्रीभूत विषय पुँजीवादी र जनतान्त्रिक उत्तर तथा दासप्रथा समर्थक दक्षिणका बिचको अन्तर्विरोध थिएन, बरु विकासमान मजदुरवर्ग र पहिलेदेखि विद्यमान साम्राज्यवादी एकाधिकारी पुँजीवादका बिचको अन्तर्विरोध थियो । यो नयाँ यथार्थलाई बुझ्ने र पक्रने असमर्थताले मार्क ट्वेनका अन्तिम वर्षहरू अनुर्वर रहे ।
यस किसिमले हामी के देख्तछौँ भने वस्तुगत यथार्थ पहाड, नदी र भन्ज्याङहरूजस्तो कुनै सहज र अपरिवर्तनीय को होइन (यद्यपि, यसमा पनि परिवर्तन हुन्छ) । यथार्थ शक्तिहरू र वर्गहरूको निरन्तरको परिवर्तनशील खेल हो । कहिलेकाहीँ यथार्थको पक्राइका लागि १९३० को जस्तो विरोध र विद्रोह आवश्यक हुन्छ । कहिलेकाहीँ प्रभुत्वशाली वर्गहरूले पनि आफ्नो अस्तित्वरक्षाका लागि यथार्थको सामना गर्नुपर्दछ ।
यी विचारहरूको यान्त्रिक प्रयोगबाट बच्नका लागि ज्याक लन्डन र युवा लेखक अप्टन सिन्क्लेयरको उदाहरण लिन सकिन्छ । यी दुवैले रोषपूर्ण विरोधी उपन्यास लेखे । अमेरिकी साहित्यमा अप्टन सिन्क्लेयरको जङ्गल उपन्यासभन्दा बढी सजीव सर्वहारा उपन्यास अर्को कुनै छैन । अर्कातिर ज्याक लन्डनको फलामे कुर्कुच्चा (क्ष्चयल जष्िि) एउटा प्रस्ट क्रान्तिकारी दस्तावेज हो । यी दुवै पुस्तकमध्ये कुनै पनि आजको आधुनिक शब्दावलीमा लेखिएको भए तिनका लेखक अमेरिकी शासकवर्गको बर्बर प्रतिबन्धहरू र दण्डबाट बच्न सक्तैनथे । तर, यी उपन्यास लेखिँदाको परिस्थिति अर्कै खालको थियो । म्याकमिलन कम्पनीजस्तो एक समृद्ध पुँजीवादी प्रतिष्ठानले फलामे कुर्कुच्चा प्रकाशनमा ल्यायो र प्रशंसापूर्ण र उत्साहवद्र्धक समीक्षाहरूका माझ त्यसका अनेकौँ संस्करणहरू बेच्यो । जङ्गल त चाँडै एक स्वीकृत अमेरिकी गौरव–ग्रन्थ नै बन्न पुग्यो ।
यसको कारण के हो भने दरिलो र ओजस्वी अमेरिकी पँुजीवाद संसारका त्यतिखेरसम्म कुनै पनि समाजवादी सत्ता अस्तित्वमा आइसकेको थिएन । अमेरिकी सर्वहारावर्गलाई अभूतपूर्व बल र हिंसाद्वारा नियन्त्रण गरिएको थियो† त्यसका नेताहरू किनिएका थिए र त्यसको सङ्घर्ष ‘शुद्ध र सरल’ ट्रेडयुनियनवादको दिशामा अघि बढेको थियो । अप्टन सिन्क्लेयर कस्तो ठान्दथे भने समाजवाद त्यसका विषयमा कुराकानी गर्नासाथ वा त्यसका बारेमा लेख्नासाथ आइहाल्नेछ ।
तर, समाजवाद कुराकानीबाट आउँदैन र त्यतिखेर अमेरिकामा कुनै वास्तविक कम्युनिस्ट पार्टी थिएन । सिन्क्लेयरको जङ्गलमा चित्रण गरिएको शिकागो मिट उद्योगको यथार्थले त्यसको नायकलाई सोसलिस्ट पार्टीमा पु¥याउँछ । उसले सोसलिस्ट पार्टीको बैठकमा आफ्नो शाकाहारी कार्यक्रम प्रस्तुत गरेपछि स्थितिको आदर्शवादी प्रकृक्ति अरू प्रस्ट हुन्छ । ज्याक लन्डनले पनि फलामे कुर्कुच्चामा अमेरिकी मजदुरवर्गका अनेकौँ विद्रोहको वर्णन गर्दा त्यस्तै आदर्शवादिताका प्रमाण प्रस्तुत गर्दछन् । फासीवादी यथार्थको जुन सुन्दर कल्पना उनले गरेका थिए, त्यो उनको रहस्यवादी, सङ्गठित मजदुरहरूको आदर्शवादी धारणा र क्रान्तिकारी प्रक्रियाहरूका सम्बन्धमा उनका काल्पनिक धारणाहरूका कारणले कमजोर बन्न पुग्यो । तर, हामीले ऐतिहासिक परिप्रेक्ष्यमा राखेर हेर्दा भने यी दुवै पुस्तकको महत्व कम हुँदैन, तर यसबाट यथार्थवादका सवालहरूका सम्बन्धमा हाम्रा आफ्ना चिन्तनलाई प्रस्ट पार्दछ ।
साभार : माक्र्सवादी साहित्यचिन्तन
Leave a Reply