भर्खरै :

स्ववियुको तयारीमा पूर्वविद्यार्थी नेताहरु

आगामी फागुन १४ गते हुने स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनको तयारीलाई नेपाल क्रान्तिकारी विद्यार्थी संघले तीब्रता दिएको छ । सोही क्रममा शनिबार बिहान नेक्राविसंघका पूर्व केन्द्रीय पदाधिकारीहरु र कार्यकर्ताहरुको भेला संघको केन्द्रीय कार्यालयमा बस्यो ।
भेलाले देशैभरिका क्याम्पसहरुमा स्ववियु निर्वाचनको तयारीमा सल्लाह र सहयोगको लागि संघका पूर्वकेन्द्रीय अध्यक्ष सरोजराज गोसाई संयोजक र अर्का पूर्वकेन्द्रीय अध्यक्ष रवीन्द्र ज्याख्व सहसंयोजक रहेको सहयोग समिति गठन गरेको छ ।

सहयोग समितिले देशभरिका क्याम्पसहरुमा पूर्वकार्यकर्ताहरु समेत परिचालन भई देशको सार्वभौमिकता रक्षार्थ चालु आन्दोलनलाई अझ सशक्त बनाउन थप टेवा दिने र शिक्षामा नवउदारवादविरोधी संघर्षलाई व्यापक बनाउने तय गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *