भर्खरै :

बाढी र डुबानः प्राकृतिक होइन, भारत सृजित

– अन्तरा
हरेक वर्ष वर्षा सुरु भएपछि देशका विभिन्न स्थानका जनताले पाउने सास्ती र भोग्ने समस्यामा कमी छैन, अझ बढ्दो छ । हरेक वर्ष आउने वा आउँछ भनेर पक्कापक्की हुने समस्याबारे आजसम्मका सरकारहरूले पूर्वतयारी नगर्दा जनधनको क्षति मुलुकले व्यहोरिरहेको छ । यसपालि त चुनावअघिको भाषणमा आफ्नो सरकार आएपछि ‘सुतेकै ठाउँमा भात ल्याइदिन्छु’ भन्ने केपी शर्मा ओलीको चुनावपछि बहुमतको सरकार बन्यो । यसअघि वर्षामा समस्या भोगिरहेका नेपालीले सरकारले भातै नखुवाए पनि दुःखजिलो गरी पकाएको भात त जोगाइदेला भन्ने अपेक्षा गर्नु अस्वाभाविक थिएन । चुनावमा पहाडमा कुर्ता–सुरुवाल, सारीचोली, खाममा २०–२५ हजार नगदलगायत अनेक उपहार र सामान बाँडी, भोजभतेर खुवाई तथा तराईका जिल्लामा मतदातालाई माछा–मासुका पोका, ग्याँसचुलो–सिलिण्डरसँगै अनेक झूटा आश्वासन बाँडी सजिलै मत लिएका कथित वाम गठबन्धनले अलि गाह«ो मान्ने वा सजिलै मत नदिनेलाई मदिरा पनि पिलाउन भ्याएको थियो । जे जसरी मत लियो त्यो सरकार गठनको लागि बाटो थियो । अहिले बहुमत नेपाली जनताको अपेक्षा क्रमशः डुब्दैछ, बग्दैछ, पुरिँदैछ ।
बाढी, डुबान र पहिरोकै कारण पछिल्लो ७ वर्षमा मात्रै झण्डै १७ सय जनाको मृत्यु, सयौं घाइते र बेपत्ता तथा करोडौंको भौतिक क्षति मुलुकले व्यहोरेको छ । त्यसरी नै बाढी–पहिरोपछि देखापर्ने महामारीमा ९५ जनाको मृत्यु र ७९ जना घाइते भइसकेका छन् । सरकार चलाउनेहरूले बाढी पहिरोलाई “दैवी प्रकोप” भनी सजिलै पन्छिने परिपाटीमा एक सिन्को भाँचेर रतीभर सुधार गर्न सकेका छैनन् । त्यसो त चालू आर्थिक वर्षको २ हप्ता बाँकी रहँदा ओली सरकारले विकासको नाममा ४० अरब रुपैयाँभन्दा बढी खर्च गरेको छ । खै त ¤ विकासका नाममा खर्च गरिएको ४० अरबको परिणाम ¤ कुन ठेकेदारलाई कति पोस्यो ? कि पार्टीजस्तै कार्यकर्तालाई ६०–४० प्रतिशतको भागबण्डा गरी सकाइयो ? न भूकम्प पीडितको पुनः स्थापना भएको छ, न त बाढी पीडित उद्धार भएका छन् । अबका दिनमा पनि यसअघिजस्तै बाढी पीडितका नाममा सरकारले कुहिएको चामल र म्याद गुज्रेका औषधि पठाई फेरि पनि राज्यकोषबाट अरबौं खर्च गरिएको प्रतिवेदन बनाउने निश्चित छ । देशका कतिपय सहरी क्षेत्रमा ढल–नाली निर्माणमा ढिलाइ वा लापरबाही, सडक विस्तारमा लापरबाही वा ठेकेदारको लापरबाही वा ठेकेदारले ठेक्काको आधा रकम सरकारकै मन्त्रीहरूको गोजीमा टक्र्याउनु पर्नाका कारण पनि ती क्षेत्र जलमग्न तथा डुबानमा परिरहेका छन् । कुन बेला के–कस्तो दुर्घटना हुन्छ भन्ने ठेगान नै छैन । अघिल्लो वर्ष त राजधानी काठमाडौंमै विद्यालय हिँडेकी वा विद्यालयबाट घर फर्कंदै गरेकी एक नानी जलमग्न सडकको ह्वा· परिरहेको ढलभित्र गर्लम्मै छिरेकी थिइन् । नालीमा बग्दै गरेकी उनको जीवितै उद्धार गरिएको थियो । त्यस्तै घटनामा अर्की एक बालिकाको मृत्यु भयो । पोखरामा एक युवक मोटरसाइकलसहित ढलभित्र खसेका थिए । यस्ता दुर्घटनाबाट कतिपयको मृत्यु भयो, कति घाइते भए । विदेशी समुद्रमा पानीजहाजै कुदाउँछु भनेर बुरुक्कै उफ्रने प्रम ओलीलाई सर्वसाधारण जनताले त अब वर्षामा पानी जमेपछि आफ्नो देशको राजधानीकै विभिन्न सहरी क्षेत्रमा टेम्पोजहाज, माइक्रोजहाज, बसजहाज, ट्रकजहाज, मोटरसाइकलजहाज चलाउन बाध्य हुनुपरेको ‘कास्टिङ’ नै देखाए । यी समस्याबाट मुक्ति पाउने आशामा बसेका जनता अझ बढ्ता सास्ती व्यहोरिरहेका छन् । यहाँसम्म कि विमान स्थलसमेत डुबानमा परेर हवाईजहाज उडाउने कि पानीजहाज नै चलाउने जस्तो दृश्य देखिंदै छ ¤ विकासको नाममा वा असार लागेपछि पानीमुनि पिच गर्ने परम्पराले यसपालि अझ फराकिलो फड्को मारेको छ । आफ्नो पहिलो प्रधानमन्त्रीकालमा २०७४ सालको असार मसान्तभित्र ‘तुइन हटाउँछु, कसैले देखे फोटो खिचेर सिंहदरबार ल्याउनू’ भन्ने प्रधानमन्त्री ओलीको दोस्रो कार्यकालमा तुइनमा जोखिमपूर्ण यात्रा गर्न विवश घाँस÷दाउराका भारी बोकेका महिला अनि स्कूले बालबालिका तथा ट्रक वा बसको थोत्रो टायरलाई तुइन बनाई नदी वारपार गर्न बाध्य देशका भविष्यका रुपमा रहेका बालबालिकाका तस्बीर तथा वृत्तचित्र (भिडियो) के उनका सिंहदरबारसम्म पुगेन होला ¤ यदि ती सबै हेरेर प्रम ओलीले अहिले पनि अनुहार रातोपिरो पार्दैनन् भने उनको स्वास्थ्य अवस्था सामान्य नभएको अनुमान जनताले लगाउनु आवश्यक छ । होइन भने उनी नेपाल र नेपाली जनताको निम्ति चुनावमा उठेका पनि थिएनन् र सरकारमा बसेका पनि होइनन् भन्ने जनताले अझ सजिलै अनुमान लाउनेछन् ।
सङ्घीय राजधानीको केही किलोमिटर परको नुवाकोटमा विगत ४७ वर्षदेखि (२०२८ सालदेखि) खस्दै आएको पहिरोबाट पीडित किम्ताङवासीलगायत अन्यलाई मुक्ति दिलाउन नसक्ने सरकारहरूबाट निराश जनता वामपन्थीको नयाँ जामा भिरेर आएपछि झुक्किएर तिनै सरकार चलाएर देश बर्बाद पार्नेहरूलाई नै जिताउन पुगे । नतिजा पुरानै हुनु त स्वाभाविक नै हो । हिजो राजा–महाराजाका पालामा पनि पहिरोमा पुरिनुपर्ने, बाढीमा बग्नुपर्ने, डुब्नुपर्ने अनि आज गणतन्त्रमा पनि त्यही भोग्नुपर्ने कस्तो नियति यो गरिबको ¤ सामन्तवाद र पुँजीवादमा ताŒिवक भिन्नता हुन्न भनेको यही नै हो । पुँजीवादी गणतन्त्रमा पनि शासक दलहरूको खराब नियतका कारण गरिबको नियति फेरिएन । आफ्नो नियति फेर्न जनता एकढिक्का भई जाग्नैपर्छ ।
भू–माफिया, वन तस्कर, भारतीय एकाधिकार पुँजीको सेवा गर्ने मानसिकता भएकाहरूलाई नै देशको ढुकुटी सुम्पन बाध्य जनताले पछुतो मानिरहेको बुझ्न सामाजिक सञ्जालले सहयोग पु¥याईरहेको छ । भारतीय स्वार्थ पूरा गर्न गरिएका प्राकृतिक दोहन, पहाडी क्षेत्रमा भौगर्भिक अध्ययनबिनाको बाटो निर्माणको बहानामा भएका डोजर, स्काभेटर प्रयोगलगायतले पहिरोको समस्या बढ्दो छ । २०७२ वैशाखमा गएको भूकम्पले थिलथिलो बनाएका केही पहाडी जिल्लाहरूमा पहिरोको समस्या विकराल बन्दैछ । नेपालभन्दा सानो क्षेत्रफल र जनसङ्ख्या भएको देश प्रजग कोरियाले एउटा सहर बनाउन ६ महिना पनि लगाउँदैन । नेपालमा बाढी–पहिरोको जोखिमयुक्त ठाउँको पहिचान गरी जोखिममुक्त ठाउँमा जनतालाई सार्न वर्षौं–वर्षसम्ममा पनि सोचिन्न, वास्ता गरिन्न । कम्युनिष्टले चलाएको देश र नक्कली कम्युनिष्टले चलाएको देशमा यही हो फरक भनेको ¤
केही लाख कमिसनको निम्ति सरकार चलाउनेहरूले नदी खोला नै अतिक्रमण गरी घर–बाटो निर्माण गर्न दिएपछि पनि डुबानको समस्या देखिएको छ । सारा क्षेत्र अस्तव्यस्त छ । शिक्षा, स्वास्थ्य, खानेपानीजस्ता जनताका आधारभूत आवश्यकतालाई व्यापारीकरण गराई नाफा कुम्ल्याउन सरकार र शासक दलहरू उद्यत छन् । प्रम ओली उल्टै फलाक्छन्– ‘देशमा समृद्धि ल्याउँछु, जनतालाई सुखी बनाउँछु ।’ प्रधानमन्त्रीज्यू, यहाँले कुन देशको कुरा गर्नुभएको ? नेपालकै हो भने त छेउटुप्पो मिल्दैन यहाँको भाषणसँग, भारतको हो भने केही पत्याउन सकिन्छ । किनकि नेपालमा जति पनि समस्या निम्तिन्छन् वा विकास हुन्नन्, त्यसको सीधा फाइदा भनेको भारतीय शासक वर्गलाई हुन्छ । नेपालको पानीदेखि जवानीसम्म भारतलाई आवश्यक छ । यो कुरा त मोदी महाराजले नेपालको संविधानसभामा (२०७१ साउन १८) बोलेकै हुन् । अनि यहाँले पनि ङिच्च दाँत देखाउँदै टेबुल ठोक्नुभएकै हो । यहाँको भारत भ्रमण र मोदी महाराजको नेपाल भ्रमणमा के यही सम्झौता या समझदारीलाई अझ गाढा पारिएको थियो ? कि वर्षामा भारतको समृद्धिमा बाधा नपु¥याउन भारतनिर्मित बाँध र तटबन्धको ढोका नखोल्ने, नेपाल जलमग्न बनाउने र भारतीयलाई सुख दिन नेपाली जनतालाई बाढीमा बगाइदिने, पहिरोमा पुरिदिने, सहर तथा बस्ती डुबाइदिने अनि हिउँदमा भारतकै समृद्धिको लागि भएभरको पानी निचोरेरै पठाउने ?¤
नेपाल र नेपाली जनताकै निम्ति यहाँले सोच्नुभएको, सपना देख्नुभएको हो भने यहाँले दिनुभएको वचन किन पूरा हुन्न ? हरेक वर्ष बगेको बग्यै गर्ने वास्तविकता र यहाँको सपनाबीच अन्तर नै भेट्टाउन नसके समृद्धि कसरी सम्भव अनि सुखी हुने को ?
जनताको विश्वासको लाज राख्ने हो भने प्रधानमन्त्री ओलीले भारतद्वारा एकतर्फीरुपमा नेपाल र नेपाली जनताको हितविपरीत बनाइएका बाँध र तटबन्ध तत्काल भत्काउने र भारतनिर्मित बाँध, तटबन्ध र नहरका कारण भएका क्षतिको उचित क्षतिपूर्ति भारतको मोदी सरकारसँग माग गर्नुपर्छ । तराईको बाढी र डुबान प्राकृतिक विपत्ति हुँदै होइन । भारतनिर्मित वा भारतसिर्जित विपत्ति हो । के ओली सरकारसँग भारत सरकारसँग क्षतिपूर्ति माग्ने आँट छ ? छैन भने केको नेपाल र नेपाली जनताको सरकार ¤

Leave a Reply

Your email address will not be published. Required fields are marked *