शिक्षा क्षेत्रमा सामुदायिक विद्यालयको भूमिकाबारे अन्तरक्रिया
- असार ७, २०८३
भक्तपुर, २२ माघ । सुर्यविनायक नगरपालिकाले विना स्वीकृति सार्वजनिक जग्गा अतिक्रम गरी गरिएको जग्गा प्लटिङ गर्नेलाई कार्वाही गर्ने भएको छ ।
नपाका कार्यकारी अधिकृत, राजनीतिक पार्टीका प्रतिनिधि, प्राविधिक र वडा सचिवहरुसहितको टोलीले बिहीबार गरेको अनुगमनमा राजकुलो म्हास्ने, सडक मिच्ने, खोलाको मापदण्डसमेत मिच्नेविरुद्ध कार्वाही चाल्ने भएको हो ।
विनास्वीकृति प्लटिङ गर्नेको जग्गा किनबेच गर्दा घरबाटो सिफारिस रोक्का गर्ने सुनपाका कार्यकारी अधिकृति यामलाल अधिकारीले बताउनुभयो ।
अनुगमन टोलीले सुनपा वडा नं १ वलेबाली टोल, कटुञ्जेमा राजकुलो म्हासेर विना स्वीकृति प्लटिङ गरिएको भेटिएको छ । त्यस्तै सुनपा वडा नं २ को थापाटोलमा गरिएको विना स्वीकृतिको प्लटिङ सडकसमेत मिचेको छ । नगरकै वडा नं ३ मा घटेखोलासमेत सारेर पर्खाल निर्माण गरिएको अनुगमनमा भेटिएको छ ।
सुनपा वडा नं ८ को टौडोल सिपाडोलको डाँडामा विना स्वीकृति डोजर लगाई प्लटिङ गरिनु लज्जास्पद भएको अनुगमनमा सहभागी एकको भनाइ थियो । त्यस्तै वडा नं १२ को बाँसघारीमा राजकुलो दुइटा अतिक्रमण गरिएको छ । सोही वडाको भकारीमूलमा सर्वाजनिक जग्गा अतिक्रमण गरिएको, वडा नं १३ को सानीचौरमा साविक खोलाको मापदण्डविपरीत पर्खाल निर्माण गरिएको र कार्की गाउँको संगम मार्गसमेत सारेर प्लटिङ गरिएको निरिक्षणको क्रममा पाइएको थियो ।
Leave a Reply