भर्खरै :

गायक एवम् सङ्गीतकार योगेश वैद्य सम्मानित

भक्तपुर, २२ माघ । ओम ज्ञान मन्दिर माध्यमिक विद्यालय लोकन्थलीले यस वर्षको ‘ओम ज्ञान मन्दिर सम्मान’ गायक एवम् सङ्गीतकार योगेश वैद्यलाई प्रदान गरेको छ ।
विद्यालयको २२औँ वाषिकोत्सव तथा अभिभावक दिवसका अवसरमा आज उक्त विद्यालयका प्रधानाध्यापक रामप्रसाद सुवेदीले वैद्यलाई रु १० हजार एकसहित सम्मान गर्नुभयो ।
विद्यालयका शिक्षिका कुन्ती मोक्तानले गीत गाएर मनोरञ्जन प्रदान गरेको उक्त कार्यक्रममा विद्यार्थीले नाटकलगायत विभिन्न सांस्कृतिक प्रस्तुति प्रस्तुत गरेका थिए । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *