भर्खरै :

सुनमा सुगन्ध थप्ने कि !

“पुर्खाले सिर्जेको सम्पत्ति, हाम्रो कला र संस्कृति” को नारा दिएर अगाडि बढेको ऐतिहासिक, सांस्कृतिक र पर्यटकीय भक्तपुर नगर हामी भक्तपुर नगरवासीहरूको लागि गौरवको कुरा हो । यहाँका मठमन्दिर, पोखरी, ढुङ्गेधारा, विहार, पाटी पौवाले नगरलाई शोभायमान बनाएका छन् । यहाँका दरबार स्क्वायर, पाँचतले मन्दिर र दत्तात्रय मन्दिर विश्व सम्पदा सूचीमा सूिचकृत छन् ।
भक्तपुर नगरपालिकाले २०७२ साल वैशाख १२ को भूकम्पले क्षति भएका सम्पदाहरूलाई जीवन्तता दिन मर्मत सम्भारदेखि लिएर पुनःनिर्माणको काम गरिरहेको छ । भक्तपुर नगरपालिकाले नगरका एक एक सांस्कृतिक सम्पदाहरूलाई सदैव स्वच्छ वातावरणमा ल्याउन एक विद्यालय, एक सम्पदाको नारा दिई सफाइ अभियान र सन्ततिहरूलाई यसको महŒव र जानकारी दिने उद्देश्यले यसपालिदेखि भइरहेको कक्षा १ र कक्षा ६ मा ख्वपको पहिचान पाठ्यक्रम निर्माण गरी पठनपाठन छ । यसलाई आधारभूत तह (कक्षा १ देखि ८) सम्म पु¥याउने नगरपालिकाको सोच रहेको छ ।
यसै सन्दर्भमा मैले भक्तपुर नगरभित्र देखेका पोखरी, ढुङ्गेधारा, मठमन्दिर, पीठ, पाटीपौवाको फोटो खिच्ने जमर्काे गरेँ । प्रत्येक वडामा जहाँ मन्दिर छ, त्यहाँ पाटीपौवा अनि कलात्मक ढुङ्गेधारा देखेँ । मैले सानो ठूलो गरी २५ वटा पोखरी, ३० वटा ढुङ्गेधारा, ५० वटा पाटीपौवाको फोटो सङ्कलन गरेँ । अझ आफूले थाहा नपाएको त कति छ कति ¤
यस नगरको क्षेत्रफल ६.८८ वर्ग कि.मि. छ । स्थानीय भाषामा ख्वपले परिचित यो नगर नेपालको रोम सहरको रुपमा परिचित छ भन्दा अत्युक्ति नहोला । भक्तपुर नगरपालिकालाई मेरो एउटा सुझाव छ । स्थानीय भक्तपुर नगरवासीहरूलाई यी परिचित सम्पदाहरूको सबैको नाम थाहा हुँदैन । यसकारण भक्तपुर नगरपालिकाले यी प्रत्येक सम्पदा (पोखरी, ढुङ्गेधारा, पाटीपौवा, विहार ) को नाम र ठाउँ आदि उल्लेख गरी एउटा सानो परिचय टाँसी दिएको खण्डमा आन्तरिक पर्यटकको लागि भक्तपुरको पहिचान गर्न सहज हुन्थ्यो र भक्तपुरको सम्पदा संरक्षणको कार्यमा सुनमाथि सुगन्ध थप्ने थियो ।
– लक्ष्मीहरि ताम्राकार

Leave a Reply

Your email address will not be published. Required fields are marked *