भर्खरै :

राष्ट्रिय खेलकुद ः नेपाली सेना १२१ पदकसहित अग्रस्थानमा

सुनसरी, १२ पुस । पूर्वाञ्चलमा जारी सातौंँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत सोमबारसम्म सम्पन्न खेलमा एक सय ३४ स्वर्ण, एक सय ३४ रजत तथा एक सय ९७ कास्यसहित कुल चार सय ६४५ पदकको छिनोफानो भइसकेको छ ।
हालसम्म नेपाली सेनाले ६५ स्वर्ण, ३५ रजत तथा २१ कास्य पदकसहित एक सय २१ पदक प्राप्त गर्दै अग्रस्थानमा रहेको छ । यस्तै नेपाल प्रहरी २४ स्वर्ण, २२ रजत र २५ कास्यसहित ७१ पदकका साथ दोस्रो तथा सशस्त्र प्रहरी १८–८ स्वर्ण र रजत तथा २९ कास्यसहित ६५ पदकले तेस्रो स्थानमा छ ।
बास्केटबल
बास्केट बल महिलातर्फका प्रतिस्पर्धामा मध्यमाञ्चल विजेता बनेको छ । धरानमा सोमबार सम्पन्न फाइनलमा मध्यमाञ्चलले विभागीय टोल नेपाली सेनालाई ४०–२७ अङ्कले पराजित ग¥यो । मध्यमाञ्चलका लागि एलिना गुरुङले १३ अङ्क जोडिन् ।
यस्तै मध्यपिश्चमाञ्चलले पूर्वाञ्चललाई ३४–७ अङ्कले हराउँदै कास्य पदक पायो । पुरुषतर्फ मध्यमाञ्चल पूर्वाञ्चललाई ६२–५८ तथा पश्चिमाञ्चल मध्यपश्चिमाञ्चललाई १०६–५४ अङ्कले हराउँदै सेमिफाइनलमा प्रवेश गरेका छन् ।
कराँतेमा मुकुन्द्रद्वारा ह्याट्रिक
सशस्त्र प्रहरीका मुकुन्द्र महर्जनले राष्ट्रिय खेलकुद प्रतियोगितामा लगातार तीन स्वर्ण जित्दै सोमबार ह्याट्रिक गर्नुभएको छ । उहाँले सोमबार कराँतेको ६७ किलो तौलमा स्वर्ण पदक जित्नुभएको हो । मुकुन्द्रले यसअघि पाँचौँ र छैटाँैं राष्ट्रिय प्रतियोगितामा स्वर्ण पदक जित्नुभएको थियो । सो प्रतिस्पर्धामा सुदूरपश्चिमका मोहमद शेखु आलमले रजत तथा नेपाल प्रहरीका भूपेन्द्र खड्का र मध्यमाञ्चलका विशाल पौडेलले कास्य पदक जित्नुभयो ।
कराँतेकै पुरुष ६० किलो तौलमा नेपाल प्रहरीका रवीन्द्र कार्कीले स्वर्ण, एपिएफका मोहन कार्कीले रजत तथा मध्यमाञ्चलका राजकुमार रसैली र मध्यपश्चिमका प्रकाश घर्ती मगरले कास्य पदक पाउनुभयो ।
पचहत्तर किलोमा सेनाका सुभाष घतानेले स्वर्ण, प्रहरीका गङ्गाराम कसुवारले रजत तथा एपिएफका वीरबहादुर रनेली र पूर्वाञ्चलका सन्त राईले कास्य पदक जित्नुभयो ।
यस्तै पुरुष ८४ किलोमुनिको तौलमा प्रहरीका दिवस श्रेष्ठले स्वर्ण, पश्चिमाञ्चलका सुनित घर्ती मगरले रजत तथा पूर्वाञ्चलका ईश्वर माझी र सशस्त्रका भीमबहादुर तामाङले कास्य पदक पाएका छन् ।
यसैगरी महिलातर्फ ५० किलो तौलमा सशस्त्रका अनु अधिकारीले स्वर्ण, सेनाका मिस्ली श्रेष्ठले रजत तथा पूर्वाञ्चलका जीना सुब्बा र मध्यपश्चिमका मुस्कान शाहीले कास्य पदक जित्नुभयो । पचपन्न किलो तौलमा सशस्त्रका मनिषा चौधरीले स्वर्ण, पूर्वाञ्चलका रमिता थापाले रजत तथा पश्चिमाञ्चलका पूजा दर्नाल र प्रहरीका मलिका थापाले कास्य पदकमा चित्त बुझाउनुभयो ।
यस्तै ६१ किलोमा सशस्त्रका सपना लामालाई स्वर्ण, प्रहरीका सुनिता महर्जनलाई रजत तथा पश्चिमाञ्चलका अनु गुरुङ र मध्यपश्चिमका प्रतीक्षा बिसीलाई कास्य पदक प्राप्त भयो । अठ्सठ्ठी किलोमुनिको तौलमा प्रहरीका विभूषा थापाले स्वर्ण, प्रहरीकै अनुपमा थापाले रजत तथा पूर्वाञ्चलका मिसदोना राई र मध्यमाञ्चलका पूजा खनालले कास्य जित्नुभयो ।
अठसठ्ठी किलोमा सशस्त्र प्रहरीका कल्पना बस्नेतले स्वर्ण, सेनाका रीता कार्कीले रजत तथा मध्यमाञ्चलका रोजिता रञ्जित र प्रहरीका मनिता मोक्तानले कास्य पदक जित्नुभयो । कराँतेतर्फ १७ स्वर्ण पदकका लागि भएको खेलमा सशस्त्र प्रहरीले आठ, नेपाली सेनाले पाँच तथा नेपाल प्रहरीले चारस्वर्ण पदक प्राप्त गरेका छन् ।
सेपाकताक्रोे
सेपाकताक्रो खेलमा सोमबार महिला डबल्सतर्फ पश्चिमाञ्चले स्वर्ण जितेको छ । धरानमा सम्पन्न फाइनलमा उसले सेनालाई २१– १२ र २१–१२ ले लगातार पराजित गरेको हो । मध्यमाञ्चलले कास्य पदक लियो । पुरुष टिम इभेन्टस्मा मध्यमाञ्चलले मध्यपश्चिमाञ्चलसँग तथा सेनाले सुदूरपश्चिमाञ्चलसंँग फाइनल प्रवेशका लागि आज प्रतिस्पर्धा गर्नेछन् ।
फुटबल
पुरुष फुटबलमा नेपाल प्रहरी र मध्यमाञ्चल सेमिफाइनलमा प्रवेश गरेका छन् । समूह ‘ख’ बाट प्रहरी विजेता तथा मध्यमाञ्चल उपविजेता बन्दै सेमिफाइनल पुगेका हुन् ।
धरानमा सोमबार पूर्वाञ्चलले पश्चिमाञ्चललाई ३– १ गोलले हराएपछि प्रहरी हेड ‘टु’ हेडका आधारमा समूह विजेता हुँदै सेमिफाइनल पुग्न सफल भएको हो । आज सशस्त्र प्रहरी र नेपाली सेनाबीच तथा सुदूरपश्चिमाञ्चल र मध्यपश्चिमाञ्चलकाबीच खेल हुनेछ ।
बुद्धिचाल
धनकुटामा जारी बुद्धिचाल प्रतियोगितामा नेपाली सेनाका भूपेन्द्र निरौला र मध्यमाञ्चलका मदनकृष्ण कायस्थले अग्रता बनाएका छन् । प्रतियोगिताअन्तर्गत सोमबार चौथो तथा पाँचौँ चरणका खेल सम्पन्न भएका छन् ।
भूपेन्द्रले चौथो चरणमा मध्यमाञ्चलका आशिष फुयाँललाई तथा पाँचौँंमा पूर्वाञ्चलका परशुराम राईलाई पराजित गर्नुभयो । यस्तै चौथो चरणमा मध्माञ्चलका रिजेन्द्र राजभण्डारीलाई पराजित गर्नुभएका मदनले पाँचौँं चरणमा सेनाका केशव श्रेष्ठमाथि जित हासिल गर्नुभयो । पाँचौँ चरणको खेल सकिँदासम्म भूपेन्द्र र मदनको समान ४ दशमलब ५ अङ्क छ । यस्तै सेनाका हिमाल लामाको चार अङ्क भएको छ । हिमालले चौथो चरणमा पूर्वाञ्चलका प्रकाश नेपाल तथा पाँचाँैं चरणमा पूर्वाञ्चलकै सिङ्गेश्वर दासलाई पराजित गर्नुभयो । सेनाका केशव श्रेष्ठ तथा सजिन महर्जन, मध्यमाञ्चलका क्षितिज भण्डारी, रिजेन्द्र राजभण्डारी र नवीन तण्डुकार तथा पूर्वाञ्चलका परशुराम राईको समान ३ दशमलब ५ अङ्क छ ।
यस्तै सशस्त्रका सुमित पन्त, मध्यमाञ्चलका आशिष फुयाँल, सुरज पण्डित र राजीव कार्की, पूर्वाञ्चलका प्रकाश नेपाल, सिङ्गेश्वर दास र सुमन श्रेष्ठ तथा सुदूरपश्चिमाञ्चलका प्रकाश ओझा र मोहनप्रसाद भट्टको समान तीन तीन अङ्क रहेको छ ।
महिलातर्फ सेनाका सिन्दिरा जोशी र मोनालिसा खम्बुको समान ४ दशमलव ५ अङ्क छ । सिन्दिरा र मोनालिसाबीच पाचौँं चरणको खेल बराबरीमा टुङ्गिएको छ । सशस्त्र प्रहरीका शान्ता थापा, मध्यमाञ्चलका पूर्णिमा जयसवाल र पूर्वाञ्चलका खुस्बु थापाका समान चार अङ्क छ ।
सेनाका सुजना लोहनी र सुरुचि थिङ, मध्यमाञ्चलका सविना श्रेष्ठ र बिना जयसवाल, पूर्वाञ्चलका कृपा अधिकारी र आश्मा थापा तथा पश्चिमाञ्चलका अञ्जु शर्माका समान तीन अङ्क रहेको छ ।
यस्तै पूर्वाञ्चलका सुशीला गुरुङ र पश्चिमाञ्चलका नमन सेढाईंको समान २ दशमलव ५ अङ्क छ । प्रतियोगिताअन्तर्गत आज छैटौँ र साताँैं चरणका खेल हुनेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *