भर्खरै :

नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिताको अन्तिम दिनका खेलहरु

नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिताको अन्तिम दिनका खेलहरु

फूटबलमा सैनिक प्रथम
भक्तपुर, ९ मङ्सिर । भक्तपुर नगरपालिकाले मङ्सिर ३ गतेदेखि ९ गतेसम्म सञ्चालन गरेको विद्यालयस्तरीय प्रतियोगिताअन्तर्गत फूटबलको फाइनल खेल अवलोकन गर्दै नगर प्रमुख सुनिल प्रजापतिले मेडल, प्रमाणपत्र तथा मायाको चिनो प्रदान गर्नुभयो ।
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले खेलाडीहरूको मेहनत र प्रयासको उत्कृष्ट प्रदर्शनीको प्रशंसा गर्दै जिल्लास्तरीय, राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरको खेलाडी हुन शुभकामना दिनुभयो ।
भक्तपुर नगरपालिका वडा नं ८ का कृष्णप्रसाद कोजुले खेलमा हारजीत हुनु स्वाभाविक भएको हुँदा हारबाट पछिल्ला खेलहरूको लागि आवश्यक अनुभव लिनुपर्ने उल्लेख गर्दै खेलाडीले उत्कृष्ट खेल प्रदर्शनीले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी उत्पादनमा सहयोग पुग्ने बताउनुभयो ।
भक्तपुर नगरपालिकाको आयोजनामा सञ्चालन भएको विद्यालयस्तरीय नगर खेलकुद प्रतियोगिताअन्तर्गत सम्पन्न भएको फूटबलको फाइनल खेलमा सैनिक आवासीय महाविद्यालयले साइनिङ स्टुडेन्ट एकेडेमीलाई ८–० को फराकिलो अन्तरले जीत हासिल गरेको छ । उक्त खेलमा सैनिक आवासीय महाविद्यालयका जर्सी नं १० का निरोज अधिकारी म्यान अफ द म्याच घोषित भए ।
सात दिन सञ्चालन भएको उक्त फूटबल प्रतियोगितामा पद्म माविका जर्सी नं १ का सहिल रोकाया उत्कृष्ट गोलकिपर, सैनिक आवासीय महाविद्यालयका जर्सी नं १६ का कुसल लामिछाने उत्कृष्ट डिफेन्डर, साइनिङ स्टुडेन्ट एकेडेमीका जर्सी नं ११ का विकास तामाङ उत्कृष्ट मिडफिल्डर, सैनिक आवासीय महाविद्यालयका जर्सी नं ९ का निक्लोस घले उत्कृष्ट फोर्वार्ड तथा सैनिक आवासीय महाविद्यालयका जर्सी नं ५ का प्रज्वल शाही ठकुरी उत्कृष्ट खेलाडी घोषित भए ।
फूटबल प्रतियोगिताको पहिलो स्थानमा सैनिक आवासीय मावि, दोस्रोमा साइनिङ स्कुडेन्ट एकेडेमी तथा तेस्रो स्थानमा सरस्वती विद्यागृह र पद्म मावि पुग्न सफल भए ।

भलिबल प्रतियोगितामा वागीश्वरी, श्री पद्म र आदर्शले स्वर्ण जिते
भक्तपुर नगरपालिकाको आयोजनामा भएको विद्यालयस्तरीय खेलकुद प्रतियोगिताअन्तर्गतको भलिबल प्रतियोगितामा वागीश्वरी माविले दुई स्वर्ण, आदर्श आजाद माविले एक स्वर्ण र श्री पद्म माविले एक स्वर्ण प्राप्त गरे ।
कक्षा ११/१२ छात्रा भलिबलमा वागीश्वरी मावि प्रथम, आदर्श आजाद मावि द्वितीय र भक्तपुर मोर्डन स्कूल तृतीय र ख्वप मावि संयुक्त रूपमा तृतीय भए । कक्षा ११÷१२ छात्र भलिबल वागीश्वरी मावि प्रथम, ख्वप मावि द्वितीय र विद्यार्थी निकेतन मावि र श्री पद्म मावि संयुक्त रूपमा तृतीय भए ।
कक्षा ५–१० छात्रा भलिबल प्रतियोगितामा श्री पद््म मावि प्रथम, शान्ति निकेतन मावि द्वितीय र हिमालयन ग्लोरी ई. स्कूल र आदर्श आजाद मावि संयुक्त रूपमा तृतीय भए । कक्षा ५–१० छात्र भलिबल प्रतियोगितामा भने आदर्श आजाद मावि प्रथम, वागीश्वरी मावि द्वितीय, गणेश मावि र सरस्वती विद्यागृह संयुक्त रुपमा तृतीय हुन सफल भए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *