नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिताको पाँचौँ दिनका खेलहरु
- मंसिर ८, २०८३
टेबुलटेनिसमा प्रभात इङलिस स्कूल प्रथम
भक्तपुर नगरपालिकाको आयोजनामा भइरहेको भक्तपुर नगरव्यापी अन्तर विद्यालयस्तरीय खेलकुद प्रतियोगिताअन्तर्गत बेखालस्थित टेबुलटेनिस कभर्ड हलमा भक्तपुर नगरपालिका वडा नं. २ कार्यालयको समन्वयमा २ वडा युवा तथा खेलकुद समितिबाट टेबुलटेनिस प्रतियोगिताको समापन तथा मेडल प्रमाण–प्रत्रसहित पुरस्कार वितरण कार्यक्रम भक्तपुर नगरपालिकाका उप–प्रमुख रजनी जोशीको प्रमुख आतिथ्यमा मङ्गलबार सम्पन्न भयो ।
कार्यक्रममा अतिथि जोशीले बालबालिका भविष्यका कर्णधार भएकोले नगरपालिकाले उनीहरूको मानसिक एवं शारीरिक विकासको लागि वार्षिक रूपमा खेल महोत्सव गर्दै आएको बताउनुभयो । उहाँले विद्यार्थी देश निर्माणको लागि बीउ भएकोले उन्नत बीउ बनाउन र अनुशासित पुस्ता तयार गर्न खेलकुद गतिविधिले सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । नगरवासीको सांस्कृतिक, आर्थिक, सामाजिक सँगसँगै शिक्षा, स्वास्थ्यको चेतनास्तर उकास्न भक्तपुर नगरपालिकाले आवश्यकताअनुसार विभिन्न गतिविधि एवं क्रियाकलाप गर्दै आएको उहाँले बताउनुभयो ।
भक्तपुर नगरपालिका वडा नं. २ का वडाध्यक्ष हरिप्रसाद बासुकलाले खेलकुद गतिविधिले विद्यालय मात्र नभई वडा गतिविधि पनि सक्रिय भएको बताउनुभयो । सानो सानो प्रयासले नै सफल हुने भएकोले निरन्तर समर्पित भई लागेमा सफलताको शिखर चुम्ने भएकोले आपसी भाइचारा, अनुशासन र प्रतिस्पर्धी भावनाले विद्यार्थीलाई परिपक्व बनाउदै लाने विश्वास पनि उहाँले व्यक्त गर्नुभयो । भक्तपुर जिल्ला टेबुलटेनिस सङ्घका अध्यक्ष प्रेमकृष्ण खर्बुजाले भक्तपुर नगरपालिकालाई धन्यवाद दिँदै वार्षिक खेलकुद गतिविधिले विभिन्न खेलमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी उत्पादनमा टेवा पुगेको बताउनुभयो । नगरपालिकाले खेलाडीको मनोबल बढाउन विद्यालय सँगसँगै खुला प्रतियोगिता निरन्तर सञ्चालन गर्नुपर्ने उहाँले औँल्याउनुभयो ।
भक्तपुर नगर टेबुलटेनिस सङ्घका अध्यक्ष एवं प्रशिक्षक इन्द्रभक्त पञ्चले समग्र प्रतियोगिताको मूल्याङ्कन गर्दै नतिजा घोषणा ग¥यो । जसमा प्रभात इङलिस सेकेन्डरी स्कूल ७ वटा गोल्ड, ३ वटा सिल्भर र ४ वटा ब्रोन्जसहित टीम प्रथम भयो भने प्रोक्सिमा इन्टरनेसनल एकेडेमी १ गोल्ड, ५ सिल्भर र ५ ब्रोन्जसहित टीम दोस्रो र लनर्स एकेडेमी १ गोल्ड, १ सिल्भर र ५ ब्रोन्जसहित टीम तेस्रो भए । उदयीमान खेलाडीको रूपमा छात्रतर्फ एभरेस्ट इङलिस स्कूलका राजल खुसु र बागीश्वरी मा.वि.का शिव यादव तथा छात्रातर्फ बाल विकास इङलिस स्कूलकी सुकृति शाक्य र ख्वप्रिङ इङलिस स्कूलकी श्रीषा प्रजापति भएको जानकारी दिनुभयो ।
२ वडा युवा तथा खेलकुद समितिका अध्यक्ष पुण्यराम स्वंगमिखाले पनि बोल्नुभएको उक्त प्रतियोगितामा छात्र/छात्रा टीम त्ेन्ट, छात्र/छात्रा डबल, छात्र/छात्रा १६ वर्षमुनि, छात्र/छात्रा १२ वर्षमुनि र मिक्स डबल गरी कुल नौ वटा विधामा प्रतिस्पर्धा भएको थियो ।
विद्यालयस्तरीय कसिमला पाँय् प्रतियोगिताका विजयीलाई प्रमाण–पत्र वितरण
भक्तपुर नगरपालिकाद्वारा आयोजित मङ्सिर ३ देखि ९ गतेसम्म भइरहेको भक्तपुर नगरपालिका विद्यालयस्तरीय खेलकुद प्रतियोगिताअन्तर्गत यस भ.न.पा. ६ नं. वडा कार्यालय, भोलाछेँमा भएको कसिमला पाँय् प्रतियोगिताको प्रमाण–पत्र वितरण कार्यक्रम सम्पन्न भयो ।
उक्त कार्यक्रममा भ.न.पा. ६ का वडाध्यक्ष हरिराम सुवालले विजेता विद्यार्थीलाई हार्दिक बधाई ज्ञापन गर्दै खेलकुद प्रतियोगिता अनुशासित भई मौलिक कसिमला पाँय् खेल्दै आफ्नो संस्कृति जोगाउँदै जानुपर्ने बताउनुभयो । अनुशासन र खेल परिपूरक भएको बताउँदै नयाँ पुस्तालाई मौलिक खेलहरू पुस्तान्तरण गर्दै अध्ययनलाई पनि अगाडि लानुपर्ने बताउनुभयो ।
भक्तपुर नगरपालिका कार्यपालिका सदस्य रोशनमैयाँ सुवालले नगरपालिकामार्फत गर्दै आएको विभिन्न खेलकुदले विद्यार्थी शारीरिक तथा मानसिक तन्दुरुस्त हुने बताउनुभयो ।
भ.न.पा. नं. ६ का वडा सदस्य सिद्धिराम अवाल, भ.न.पा. ६ वडा खेलकुद समितिका अध्यक्ष राजु सिं बजिको, शिक्षक धनेश्वर राजोपाध्यायले आ–आफ्नो धारणा राख्नुभयो ।
नगरव्यापी कसिमला पाँय् प्रतियोगितामा लनर्स एकेडेमीले १ स्वर्ण र १ रजत, ब्राइट स्टार ई. स्कूल, ब्रह्माचारिणी आवि, बाल सेवक आवि, शारदा मावि र वागीश्वरी माविले १–१ स्वर्ण, ख्वप्रिङ ई. स्कूल र प्रभात माविले १ कास्य र १ रजत, त्यस्तै पारागन ई. स्कूल, शान्ति निकेतन मावि र सेकरेड हार्ट एकेडेमीले १–१ रजत र नवीन आवि, गणेश मावि, बाल विकास ई. स्कूल र सरस्वती विद्यागृहले १–१ कास्य हासिल गर्न सफल भयो । साथै टीम प्रथम लनर्स एकेडेमी, टीम दोस्रो बाल सेवक र टीम तेस्रो स्थान ब्राइट स्टार ई. स्कूल हुन सफल भयो ।
प्रतियोगितामा कक्षा १–५ छात्रा खेलमा ब्राइटस्टार स्कूलका रियुस्मा याकामी प्रथम, पारागन एकेडेमीका कृतिशा प्रजापति द्वितीय र ख्वप्रिङ एकेडेमीका बिनुशा तामाङ तृतीय हुन सफल भए । कसिमला पाँय् कक्षा १–५ समुहमा भने ब्रह्माचारिणी आविका सुरज तामाङ प्रथम, लनर्स एकेडेमीका सुरज लोहला द्वितीय र नविन आविका आशुसेन वाइवा तृतीय हुन सफल भए ।
कक्षा ६–८ छात्रा कसिमला पाँय् प्रतियोगितामा बाल सेवक आविका सविना खातुन प्रथम, शान्ति निकेतन माविका सन्ध्या डोङ द्वितीय र गणेश माविका सकिला स्याङताङ तृतीय हुन सफल भए । कक्षा ६–८ कसिमला पाँय् छात्रमा भने शारदा माविका रुजम राजचल प्रथम, सेक्रेट हर्ट स्कूलका आयुष तामाङ द्वितीय र प्रभात माविका जयसन राजचल तृतीय हुन सफल भए ।
कक्षा ९–१० को छात्रा कसिमला पाँय् प्रतियोगितामा वागीश्वरी माविका रीजा ज्याख्व प्रथम, ख्वप्रिङ एकेडेमीका राजश्री कुसी द्वितीय र बाल विकास स्कूलका कृतिका श्रेष्ठ तृतीय हुन सफल भए । कक्षा ९–१० को छात्र कसिमला पाँय् प्रतियोगितामा भने लनर्स एकेडेमीका अङ्कित बाटी प्रथम, प्रभात माविका स्वर्णिम स्वंगमिखा द्वितीय र सरस्वती माविका प्रतीक बाटी तृतीय हुन सफल भए ।
ब्याडमिन्टन सम्पन्न
ब्याडमिन्टन प्रतियोगिता कक्षा ६ देखि ८ छात्र त्ेन्टमा नवीन आविका प्रिन्स कापर प्रथम, प्रभात इङलिश सेकेन्डरी स्कूलका विशाल शङ्कर द्वितीय, लिशा इङलिश सेकेन्डरी स्कूलका समर ठिमी र हिमालयन ग्लोरीका रिसब बाटी संयुक्तरूपमा तृतीय भए । छात्रातर्फ नवीन आविका कृष्मा शाही र एलिशा भुजेल क्रमशः प्रथम र द्वितीय तथा ख्वप्रिङ इङलिश एकेडेमीका कृषा श्रेष्ठ र हिमालयन ग्लोरीका आकृति सुवास संयुक्तरूपमा तृतीय भए ।
ब्याडमिन्टन प्रतियोगिता कक्षा ९÷१० छात्र त्ेन्टमा विद्या आर्जन इङलिश सेकेन्डरी स्कूलका सनिल ख्याजु प्रथम, जेसिस इङलिश सेकेन्डरी स्कूलका विशाल शङ्कर द्वितीय क्रियटिभ इङलिश सेकेन्डरी स्कूलका एयन श्रेष्ठ र सैनिक आवासीय माविका प्रभाकर थापा संयुक्तरूपमा तृतीय भए । छात्रातर्फ सेकरिड हार्ट एकेडेमीका मन्दिला कोजू प्रथम, सैनिक आवासीय माविका श्रेयसी श्रेष्ठ द्वितीय तथा क्रियटिभ इङलिश सेकेन्डरी स्कूलका जिया सुवाल र आदर्श आजाद माविका मनिषा विश्वकर्मा संयुक्तरूपमा तृतीय भए ।
ब्याडमिन्टन प्रतियोगिता कक्षा ११÷१२ छात्र त्ेन्टमा ख्वप माविका सरिन ख्याजु र तेजेन्द्र ख्याजु क्रमशः प्रथम र द्वितीय तथा वागीश्वरी माविका रिजन लवजु र क्रिजल बासी संयुक्तरूपमा तृतीय भए । छात्रातर्फ वागीश्वरी माविका प्रतिमा दुलाल प्रथम, ख्वप माविका निरु खत्री द्वितीय तथा बासु माविका सविना ध्वजू र ख्वप माविका रिजु बाला संयुक्तरूपमा तृतीय भए ।
मेडल ट्रलीअन्तर्गत टीम त्ेन्टमा नवीन आविले २ स्वर्ण १ रजत, ख्वप माविले १ स्वर्ण २ रजत र १ कास्य तथा वागीश्वरी माविले १ स्वर्ण २ रजत प्राप्त गरे ।
ब्याडमिन्टनको छात्रतर्फ उदयमान खेलाडीको रूपमा भीम आदर्श आविका मनिक तामाङ तथा छात्रातर्फ हिमालयन ग्लोरी इङलिश सेकेन्डरी स्कूलका काव्या पञ्च रहेका छन् ।

छात्रा पोर्टबल विजयी खेलाडीलाई पुरस्कार वितरण गर्नुहुँदै
पोर्टबलको फाइनल सम्पन्न
भक्तपुर नगरपालिकाको आयोजनामा भइरहेको विद्यालयस्तरीय खेलकुद प्रतियोगिताअन्तर्गत पोर्टबलको छात्रा÷छात्राको फाइनल खेल सम्पन्न भयो । भक्तपुर नगरपालिका वडा नं. ३ का वडाध्यक्ष राजकृष्ण गोराले विजयी खेलाडीहरूलाई मेडल तथा प्रमाण–पत्र वितरण गर्नुभयो ।
छात्रा पोर्टबलको फाइनल खेल तारा मावि र ब्राइटस्टार स्कूलबिच भएको थियो । उक्त खेलमा तारामा मावि १४–१० अङ्कले विजय भई प्रथम स्थान हासिल गर्न सफल भयो । छात्रा पोर्टबलमा ब्राइटस्टार स्कूल द्वितीय र पारागन एकेडेमी र प्रोक्सिमा स्कूल संयुक्त रुपमा तृतीय भए ।
त्यसैगरी छात्र पोर्टबलको फाइनल खेल न्यातापोल से. स्कूल र हिमालयन ग्लोरी स्कूलबिच भएको थियो । उक्त खेलमा २५–६ अङ्कले न्यातापोल से. स्कूल प्रथम हुन सफल भयो । छात्र पोर्टबलमा हिमालयन ग्लोरी द्वितीय र बाल विकास स्कूल र वागीश्वरी मावि संयुक्तरूपमा तृतीय भए ।
खो खो मा वागीश्वरी र ब्राइटस्टार प्रथम
भक्तपुर नगरपालिका वडा नं. १० लामगालमा भएको विद्यालयस्तरीय खेलकुद प्रतियोगितामा छात्रतर्फ वागीश्वरी मावि प्रथम र छात्रातर्फ ब्राइटस्टार मावि प्रथम हुन सफल भए । छात्रतर्फ सरस्वती मावि द्वितीय र पारागन एकेडेमी र विद्याआर्जन स्कूल संयुक्त रूपमा तृतीय हुन सफल भए । छात्रातर्फ भने वागीश्वरी मावि द्वितीय र मिनर्वा स्कूल र आदर्श आजाद मावि संयुक्त रूपमा तृतीय हुन सफल भए ।
प्रतियोगितामा विजयी खेलाडीहरूलाई भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशीले प्रमाण–पत्र तथा मेडल वितरण गर्नुभएको थियो ।
Leave a Reply