खेलकुद स्वास्थ्य, मित्रता, अनुशासन र देशको रक्षाको लागि हुनुपर्ने
- मंसिर ८, २०८३
बाघचाल प्रतियोगिताको प्रमाणपत्र वितरण
भक्तपुर, ७ मङ्सिर । भक्तपुर नगरपालिकाको आयोजनामा मङ्सिर ३ देखि ९ गतेसम्म सञ्चालन भइरहेको नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिताअन्तर्गत वडा नं. ६, भोलाछेँमा सम्पन्न बाघचाल प्रतियोगिताका विजयी विद्यार्थीहरूलाई प्रमाणपत्र वितरण गरिएको छ ।
प्रमाणपत्र वितरण कार्यक्रममा भक्तपुर नगरपालिका वडा नं. ६ का वडाध्यक्ष हरिराम सुवालले विजयी विद्यार्थीहरूलाई बधाई दिँदै खेलकुदले मित्रता, अनुशासन र जागरुकताको भावना विकास गर्ने बताउनुभयो । विद्यार्थीहरूले कुनै पनि विषयमा विशेषज्ञता हासिल गर्ने लक्ष्य राखी निरन्तर अध्ययन गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
बुद्धिचालका अन्तर्राष्ट्रिय आर्बिटर ज्ञानेन्द्र खाइजुले खेलकुद प्रतियोगितामा हारजित हुनु स्वाभाविक भएको बताउँदै हारबाट शिक्षा लिनुपर्ने र खेलमा निराश हुन नहुने धारणा राख्नुभयो । जीवनमा धैर्य र आत्मविश्वास आवश्यक हुने उहाँले बताउनुभयो ।
भक्तपुर नगरपालिका वडा नं. ६ खेलकुद समितिका अध्यक्ष राजु सिं बजिकोले भक्तपुर नगरपालिकाले हरेक वर्ष विद्यालयस्तरीय खेलकुद प्रतियोगिता आयोजना गरी विद्यार्थीलाई खेलकुदप्रति उत्साहित गर्नु प्रशंसनीय कार्य भएको बताउनुभयो ।
कक्षा १ देखि ५ छात्रा बाघचाल प्रतियोगितामा शारदा आविका मेन्डो तामाङ प्रथम, प्रभात इङलिस सेकेन्डरी स्कूलका क्रिष्टिणा खुसु द्वितीय तथा विज्डम इङलिस सेकेन्डरी स्कूलका चाँदनी राई तृतीय भए । त्यस्तै छात्रतर्फ नवीन आविका सहिल मिया प्रथम, गणेश माविका सुविन तामाङ द्वितीय तथा बालसेवक आविका युनिश दर्लामी मगर तृतीय भए ।
कक्षा ६ देखि ८ सम्म छात्रा बाघचाल प्रतियोगितामा द राइजिङ इङलिस सेकेन्डरी स्कूलका सृष्टि दुवाल प्रथम, ज्ञान विजय आविका युनिका तामाङ द्वितीय तथा गणेश माविका सजदा खातुन तृतीय भए । त्यस्तै छात्रतर्फ ख्वप्रिङ इङलिस एकेडेमीका जेनिस सुवाल प्रथम, नवीन आविका मनिक शाही द्वितीय तथा द राइजिङ इङलिस सेकेन्डरी स्कूलका सुयोग चित्रकार तृतीय भए ।
कक्षा ९÷१० छात्रा बाघचाल प्रतियोगितामा बाल विकास इङलिस सेकेन्डरी स्कूलका रीतिका लवजु प्रथम, हिमालयन इङलिस सेकेन्डरी स्कूलका कञ्चन त्वायना तथा शारदा माविका जस्मिन तामाङ तृतीय भए । त्यस्तै ख्वप्रिङ एकेडेमीका कुशल तामाङ प्रथम, समाज सुधार माविका स्लोगन श्रेष्ठ द्वितीय तथा होली गार्डेन इङलिस सेकेन्डरी स्कूलका सुशान्त मगर तृतीय भए ।
फूटबलको फाइनलमा सैनिक र साइनिङ
भक्तपुर नगरपालिकाको आयोजनामा भइरहेको विद्यालयस्तरीय खेलकुद प्रतियोगिताअन्तर्गत फूटबल खेलमा साइनिङ स्टुडेन्ट एकेडेमी र सैनिक आवासीय महाविद्यालय प्रवेश गर्न सफल भएका छन् ।
सोमबार सम्पन्न भएको सेमिफाइनलको पहिलो खेल साइनिङ स्टुडेन्ट एकेडेमी र सरस्वती माविबिच भएको थियो । उक्त खेलमा साइनिङ स्टुडेन्ट एकेडेमी ४–१ गोलले विजय भयो । साइनिङका लागि तीन गोल सन्देश जोशीले गरेका थिए भने एक गोल दिवस तामाङले गरेका थिए । सरस्वती माविको लागि सान्त्वना गोल भने विजय राईले गरेका थिए । यस खेलमा साइनिङ स्टुडेन्ट एकेडेमीका जर्सी नं ६ का सन्देश जोशी म्यान अफ म्याच घोषित भए ।
सेमिफाइनलको दोस्रो खेल सैनिक आवासीय महाविद्यालय र श्री पद्म माविबिच भएको थियो । सैनिक र पद्मबिच भएको रोमाञ्चक खेलमा सैनिक ४–० गोलले विजय भयो । सैनिकका लागि तीन गोल संविधान रानामगरले गरेका थिए भने एक गोल निक्लोस घलेले गरेका थिए । उक्त खेलमा सैनिकका जर्सी नं ७ का संविधान राणामगर म्यान अफ द म्याच घोषित भए ।
भक्तपुर नगरपालिका वडा नं. ८ का वडा सदस्य कृष्णलाल किसीका अनुसार सैनिक आवासीय महाविद्यालय र साइनिङ स्टुडेन्ट एकेडेमीबिचको फाइनल खेल मङ्सिर ९ गते, बुधबार बिहान १० बजे महेश्वरी खेल मैदानमा हुनेछ ।
एथलेटिक्सका सम्पूर्ण खेलहरू सम्पन्न
भक्तपुर नगरपालिका वडा नं. १ स्थित सैनिक आवासीय महाविद्यालयमा मङ्सिर ४ गतेदेखि भइरहेको एथलेटिक्स खेलका सम्पूर्ण विधाहरू सम्पन्न भयो ।
सोमबार भएको २०० मि. छात्रा दौडमा जेसीज माविका श्लेषा दथेपुथे प्रथम, जेसीजकै शिल्भी नागा द्वितीय र सैनिक आवासीय महाविद्यालयका प्रिसा थापा तृतीय हुन सफल भए । २०० मि. छात्र दौडमा भने श्री दत्तात्रय आविका खसुबुविन मनसुर प्रथम, जेसीज माविका त्रिजन सुवाल द्वितीय र प्रभात माविका अकृत अवाल तृतीय भए ।
८०० मि. छात्रा दौड प्रतियोगितामा जेसीज माविका प्रशंसा गोठे प्रथम, गणेश माविका साहाना खातुन द्वितीय र बासु माविका निशा खड्का तृतीय हुन सफल भए ।
८०० मि. छात्र दौडमा भने सैनिक महाविद्यालयका सन्देश सिंह धामी प्रथम, जागृति माविका राखेल सुनुवार द्वितीय र प्रभात मावि स्वर्गिम दुवाल तृतीय भएका थिए ।
एथलेटिक्सअन्तर्गतकै त्रिपल जम्प छात्रा जेसीज माविका सिल्भी नागा प्रथम, ज्ञान विजय आविका रोशनी चौधरी द्वितीय र बासु माविका अनुष्का सुवाल तृतीय हुन सफल भए । त्रिपल जम्प छात्रको खेलमा भने गणेश माविका सुवास गुरुङ प्रथम, बासु माविका ग्रीष्म नाययोगी द्वितीय र बासुकै प्रेम सिलवाल तृतीय भए ।
त्यसैगरी डिस्कस थ्रो छात्रामा जेसीज माविका एलिसा तजल्या प्रथम, जेसीजकै श्रेजा सुवाल द्वितीय र बासु माविका आस्मा राई तृतीय हुन सफल भए । छात्र डिस्कस थ्रोमा भने बासु माविका उपेन्द्र रोकाय प्रथम, बाल विकास स्कूलका कुशल भैल द्वितीय र गणेश माविका अभिषेक तामाङ तृतीय हुन सफल भए ।
४ह४०० को छात्रा रिलेमा बासु माविको निशा खड्का, सुजता शाही, रमिता शाही र सुस्मा श्रेष्ठको टीम प्रथम, जेसीज माविका श्लेषा दथेपुथे, परिना लाखे, शिल्भी नागा, प्रशंसा गोठेको टीम द्वितीय र शान्ति निकेतन माविका निरुता शेती शङ्कर, भारती मिजार, स्वस्तिका स्याङतान र निर्जला थिङको टीम तृतीय हुन सफल भए ।
४ह४००को छात्र रिलेमा भने प्रभात माविका जेनिस खड्का, कृष्णबहादुर खत्री, प्रवीण पुलामी मगर, रोहित चौधरीको टीम प्रथम, गणेश माविका सुवास गुरुङ, जीवन चौधरी, सुदिप बराल, अलिम सिन्ताकलाको टीम द्वितीय र बासु माविका राहुल सोडारी, सुजित यादव, उपेन्द्र रोकाया, गोविन्द रोकायाको टीम तृतीय हुन सफल भए ।
छात्रा पोर्टबलको फाइनल र छात्र पोर्टबलको सेमिफाइनल खेल मङ्गलबार हुने
भक्तपुर नगरपालिकाको आयोजनामा सञ्चालन भइरहेको नगरव्यापी विद्यालयस्तरीय छात्रा पोर्टबलको फाइनल मङ्गलबार हुने भएको छ ।
तारा मावि र पारागन एकेडेमीबिच भएको पहिलो सेमिफाइनल खेलमा १०–१४ अङ्क अन्तरले तारा मावि फाइनलमा पुग्न सफल भएको हो भने ब्राइटस्टार इङलिस सेकेन्डरी स्कूल र प्रोक्सिमा इन्टरनेसनल एकेडेमीबिच भएको दोस्रो सेमिफाइनल खेलमा १०–१४ अङ्क अन्तरले ब्राइटस्टार इङलिस सेकेन्डरी स्कुल फाइनलमा पुग्न सफल भएको हो ।
सोमबार नै छात्र पोर्टबलका चार क्वाटरफाइनल खेलहरू सम्पन्न भएका छन् ।
जसमा न्यातापोल इङलिस सेकेन्डरी स्कूल र प्रोक्सिमा इन्टरनेसनल एकेडेमीबिच भएको पहिलो क्वाटरफाइनल खेलमा ७–२५ अङ्क अन्तरले न्यातापोल इङलिस सेकेन्डरी स्कूल सेमिफाइनलमा प्रवेश गरेको हो ।
श्री पद्म मावि र वागीश्वरी माविबिच भएको दोस्रो क्वाटरफाइनल खेलमा १०–१४ अङ्क अन्तरले वागीश्वरी मावि सेमिफाइनलमा प्रवेश गरेको हो ।
त्यसैगरी बासु मावि र बाल विकास इङलिस सेकेन्डरी स्कूलबिचको तेस्रो क्वाटरफाइनल खेलमा बासु माविले सहभागिता नजनाउँदा बाल विकास इङलिस सेकेन्डरी स्कूल सेमिफाइनलमा प्रवेश गरेको हो ।
हिमालयन ग्लोरी इङलिस सेकेन्डरी स्कूल र ब्राइटस्टार इङलिस सेकेन्डरी स्कूल एकेडेमीबिच भएको चौथो क्वाटरफाइनल खेलमा ४–८ अङ्क अन्तरले हिमालयन ग्लोरी इङलिस सेकेन्डरी स्कूल सेमिफाइनलमा प्रवेश गरेको हो ।
त्यस्तै छात्र पोर्टबलको सेमिफाइनल मङ्गलबार नै हुने भएको छ । जसमा न्यातापोल इङलिस सेकेन्डरी स्कूल र वागीश्वरी माविबिच पहिलो तथा बाल विकास इङलिस सेकेन्डरी स्कूल र हिमालयन ग्लोरी इङलिस सेकेन्डरी स्कूलबिच दोस्रो सेमिफाइनल हुनेछ ।
छात्र पोर्टबलको फाइनल प्रतियोगिता सम्पन्नपछि उपप्रमुख रजनी जोशीद्वारा प्रमाणपत्र र मेडल वितरण हुने भनपा वडा नं २ का सदस्य श्यामसुन्दर मातांले जानकारी दिनुभयो ।
Leave a Reply