भर्खरै :

होण्डुरस, शरणार्थी र ट्रम्प

क्रिश्चिना
यता केही दिनदेखि सं.रा. अमेरिका पस्न ग्वाटेमाला भई मेक्सिको जान चाहने होण्डुरसका शरणार्थीहरू सात हजार थिए । त्यो सङ्ख्या बढ्दै जानेबारे कुनै शड्ढा छैन । बिनाकारण होण्डुरस वा अन्य मध्य अमेरिकी शरणार्थी अमेरिका पस्न सङ्घर्ष गरिरहेका होइनन् । त्यसमा निम्न कारणहरू छन् ः
१. होण्डुरस अमेरिकी साम्राज्यवादको नवउपनिवेश देश हो । अमेरिकी बहुराष्ट्रिय कम्पनीहरूको निम्ति सस्तो ज्यामी र प्राकृतिक स्रोत प्राप्त गर्ने एउटा देश हो त्यो । यसकारण सन् १९५४ देखि नै त्यहाँका कामदार जनताले ज्याला वृद्धि, श्रम ऐन र अन्य सहुलियतको निम्ति सङ्घर्ष गरिरहेका थिए । बहुराष्ट्रिय कम्पनीहरूका परियोजनाहरूले जनताको खानेपानी, सडक र वातावरणलाई समेत दूषित पारेका थिए । अमेरिकी साम्राज्यवादले एक–एक पाइला गरेर सन् २००९ मा सशस्त्र विरोधद्वारा आफ्ना कठपुतली तानाशाहहरूलाई सत्तामा ल्यायो ।
अमेरिकी साम्राज्यवादी योजनाअनुसार नै जनतालाई दबाउने भूमिपतिहरू, लागूपदार्थका व्यापारी र सबै प्रकारका माफिया वा अपराधीहरू तथा उच्चपदस्थ प्रहरी अधिकारीहरूको एक गुट वा संयन्त्र बनाइयो ।
विश्वव्यापी वातावरणलाई जोगाउन तथा आफ्नै देशको जङ्गल, जमिन र जललाई जोगाउन संरक्षणवादीहरू बाध्य भएर सङ्घर्षमा लागे । सन् २०१० को त्यस सङ्घर्षमा अमेरिकी कठपुतली तानाशाहीहरूले होण्डुरसका १२० भन्दा बढी संरक्षणवादीहरूको हत्या गरे ।
शिक्षा र स्वास्थ्यबारे सा¥है कम बजेट राखिएको हुँदा अत्यन्त बहुमत जनता ती सहुलियतहरूबाट वञ्चित छन् । ४० प्रतिशत जनता गरिबीको रेखामुनि बाँच्दैछन् भने ६५ प्रतिशत जनता जिउँदै मर्दैछन् । सन् २०१७ को निर्वाचनमा अमेरिकी गुप्तचर विभाग सीआईएले दमनचक्र चलाएर आफ्ना दलालहरूलाई सत्तासीन बनाएपछि त्यहाँका जनता ज्यान जोगाउनको निम्ति पनि ‘सपनाको देश’ अमेरिकामै जान चाहन्छन् । ती शरणार्थीहरू श्रमिकहरूभन्दा निम्न मध्यम वर्गका जनता हुन् । अमेरिकी सरकारकै कारण जनताले दुःख पाएको हुँदा अमेरिकाले नै यसको भार बोक्नुपर्छ भन्ने भावना होण्डुरसका शरणार्थी जनताको हो भनी अनुमान गर्न सकिन्छ ।
२. सिरियाको गृहयुद्धमा युरोपेली सङ्घका साम्राज्यवादी देशहरू नै संलग्न छन् । यसकारण सिरियाली जनताका बुद्धिजीवी समुदाय र युरोपेली देशहरूप्रति सुझाव राख्नेहरू नै युरोपको शरणमा गएका हुन् । किनभने देशको त्यस परिस्थितिमा युरोपेली देशहरू पनि अमेरिकाजस्तै जिम्मेवार छन् । ती सिरियाली शरणार्थीहरू अमेरिका पुग्न सक्दैनन् तर युरोपेली साम्राज्यवादी देशहरूमा त पुग्नसक्छन् ! ती देशमा भएको बम विस्फोट र हिंसाका घटनाहरू पनि असह्य भएर युरोपमा ती घटनाहरू घटेको अनुमान गर्न सक्दछन् । साथै उपनिवेशका जनता उपनिदेशवादी देशहरू ‘मदर कन्ट्री’ मा जाने, पढ्ने र काम गर्ने गर्दै आएका हुन्् ।
३. आजको क्यालिफोर्नियादेखि फ्लोरिडासम्म स.रा. अमेरिकाले आक्रमण गरी लिएको हो भन्ने भावना मेक्सिकाली जनतामा खचाखच भरिएको छ । यसकारण अमेरिकामा जाने, काम गर्ने हरप्रकारको सङ्घर्ष गर्ने नैतिक अधिकार मेक्सिकाली जनतामा छ भन्ने मनसाय तिनीहरूको छ । यसकारण ती शरणार्थीहरू लुकेरमात्रै होइन खुलेरै अमेरिका पस्न सङ्घर्षरत् छन् ।
४. आजको पनामा कोलम्बियाको भूभाग हो । अमेरिकी साम्राज्यवादले त्यो क्षेत्र पनि लडेरै लिएको हो । यसरी कोलम्बिया (पानामा), कोष्टारिका, निकारागुवा, होण्डुरस, ग्वान्टानामो, सान साल्भाडोर, ब्राजिल र मेक्सिकोका शरणार्थीहरू अमेरिका जाने आफ्नै नैसर्गिक अधिकार मान्छन् किनभने मध्य अमेरिकाका ती सबै देशलाई अमेरिकाले शोषण, दमन र अत्याचार गर्दै आएको छ र अर्धउपनिवेश बनाई गरिबीमा बाँच्न बाध्य पारेको हो भन्ने आक्रोश, निन्दा र विरोधको छनक प्रस्ट देखिन्छन् ।
५. हाइटी भनिने सानो क्यारेबियाली देशमा समेत अमेरिकी साम्राज्यवादले भूकम्पको पीडामा छटपटिरहँदा राहतका कामहरू गरेन बरू सेना पठाएको थियो । छिमेकी क्यारेबियाली समाजवादी देश क्युवाले भूकम्प पीडित जनतालाई सेवा गर्न एक राम्रो चिकित्सक टोली पठाएको थियो ।
भूकम्पपछिका निर्वाचनमा संयुक्त राष्ट्र सङ्घका शान्ति सेनाका जवानहरू मतदानको लागि जनतालाई आह्वान गर्न घर–घरमा गएका थिए ।
त्यसको जवाफमा हाइटीका मतदाताहरू भन्थे, “हामीले मत खसाले पनि हाम्रो मानिसलाई विजय बनाउँदैनन्, यसकारण अमेरिकालाई भनेर अमेरिकी सरकारी मानिसहरूलाई नै मतदान गर्न बोलाउनू ।” के यो आफ्नो देशको आन्तरिक मामिलामा हस्तक्षेप गरेकोप्रति हाइटीका जनताको अमेरिकी साम्राज्यवादविरुद्धको आक्रोश होइन ? हाइटीका जनता पनि अमेरिकामा शरणाथी भई पस्न पाए अमेरिकी साम्राज्यवादको विरोध गर्नेछन् – मेक्सिको, मध्य अमेरिकाका देशहरू र ल्याटिन अमेरिकी जनताको मनमा बदलाको भावना भएजस्तै ‘याङ्की’ साम्राज्य अर्थात् उत्तरी अमेरिकी साम्राज्यवादको विरोध गर्न मनदेखि लाग्नेछन् ।
६. बीसौं शताब्दीकै सुरूमा भियतनामी जनताका राष्ट्रपति हो चि मिन्ह र अरू भियतनामी क्रान्तिकारीहरू लुकिछिपी फ्रान्स र फ्रान्सका उपनिवेशहरूमा गई अफ्रिकाका फ्रान्सेली उपनिवेशवादको विरोधमा सङ्गठन गर्थे र सङ्घर्ष गर्थे त्यस्तै भारतका क्रान्तिकारीहरू पनि बेलायती उपनिवेशवादीहरूले भारतमा गरेको हत्याकाण्डको विरोधमा बदला लिन लण्डन र अन्य देशहरूमा गएर बेलायती उपनिवेशवादको विरोध गर्थे ।
७. पूर्वी पाकिस्तानमा भारतीय विस्तारवादले आक्रमण गरी बङ्गलादेश घोषणा गर्दा लाखौँ ‘बङ्गलादेशी’ शरणार्थीहरू भारतमा पुगेका थिए । त्यस्तै नेपाल र बर्मामा समेत ती शरणार्थीहरू पुगेका थिए । झण्डै ४० वर्षपछि पनि बङ्गलादेशका शरणार्थी समस्याबारे चर्चा भइरहेकै छ र तिनीहरू भारतमै जान चाहन्छन् किनभने भारतले नै पूर्वी पाकिस्तान वा बङ्गलादेशमा हस्तक्षेप र आक्रमण गरेको थियो ।
८. भारतको इसारामा भुटानका एक लाखभन्दा बढी नेपाली नागरिकहरूलाई समात्दै भारतीय प्रहरीले ट्रकका ट्रक नेपाल पु¥याएका थिए र ती भुटानी शरणार्थी आजसम्म नेपालमै छन् । कतिलाई अमेरिका लगे र कति भारतलगायत अन्य देशमा पुगे । भुटानी शरणार्थीहरू भारतीय एकाधिकार पुँजीवादबाट सा¥है आक्रोशित छन् । भारतकै कारण एक लाखभन्दा बढी नेपाली शरणार्थीहरू आफ्नो सम्पत्ति र रोजगारबाट वञ्चित भए ।
९. चिनियाँ क्रान्तिपछि कति चिनियाँ शरणार्थीहरू अमेरिका र बेलायत पुगेका थिए । किनभने चीनको क्रान्तिको विरोधमा अमेरिकी र बेलायती साम्राज्यवादले चीनमाथि हमला र हस्तक्षेप गरेका थिए ।
१०. यसरी नै नेपालमा पञ्चायतको विघटनपछि नेपालीहरू अमेरिका, क्यानाडा र युरोपमा शरणार्थी बने । त्यस्तै फिलिपिन्स, अफगानिस्तान र अन्य देशका गृहयुद्धहरूमा पनि युरोपेली र छिमेकी देशहरूमा शरणार्थी भई शरण लिनु स्वाभाविक छ । तर राष्ट्रपति ट्रम्पले शरणार्थी रोक्न सेना पठाए !

Leave a Reply

Your email address will not be published. Required fields are marked *