हमासभन्दा इजरायलसँग बढी बन्धक छन्
- बैशाख २१, २०८१
दुईतिहाइ बहुमत बोकेर सत्तारोहण गरेको ओली सरकार एकपछि अर्को धरापमा पर्दै गएको छ । जुन उत्साह र उन्मादका साथ सरकार गठन भएको थियो, त्यसमा क्रमशः क्षयीकरण हुँदै गएको छ । चुनावी घोषणापत्रका कुरा त परै छाडौं, सरकार गठनपछि प्रधानमन्त्री र मन्त्रीहरूबाट व्यक्त प्रतिबद्धतासमेत पूरा हुन सकेका छैनन् । यातायात क्षेत्रमा सिन्डिकेट हटाउने गृहमन्त्रीको घोषणाले जुन आशा जगाएको थियो, कार्यान्वयनमा असफलतासँगै जनतामा वितृष्णा जागेको छ । नेपाली ध्वजाबाहक वाइडबडी विमानको अवतरणसँगै जनतामा जागेको उत्साह आम्दानीभन्दा खर्चको हिसाबले हतास भएका छन् । प्रधानमन्त्रीको घर–घरमा ग्यास र विद्युत्तीय उपकरणका कुरा धेरै मानिसलाई न त त्यत्तिबेला विश्वास लागेको थियो, न अहिले नै पत्याउने अवस्था बनेको छ । कञ्चनपुरमा बलात्कारपछि हत्या गरिएकी निर्मला पन्त प्रकरणका दोषीलाई अझसम्म पनि पत्ता लगाउन नसकेपछि सरकारलाई ठूलो नैतिक सङ्कट परेको छ ।
तीन महिनाभित्र पार्टी एकीकरणको प्रक्रिया सम्पन्न गर्ने दङ्का पिटे पनि अझसम्म एकीकरणको प्रक्रियाले गति नलिएको मात्र होइन, पार्टीभित्र गुटउपगुट हावी हुँदा पार्टी एकताको भविष्य के हुने भन्ने कुरामा समेत आशङ्का उठ्न थालेका छन् । पार्टीका नेताहरू आफै पार्टी नेतृत्व र सरकारप्रति प्रश्न उठाउन थालेका छन् । विकास र समृद्धिको सस्तो नाराबाजीमा आधारित भएर सरकारले आफ्नो पार्टीनिकट ठेकेदारलाई पोस्ने काम भयो । कतिपय स्थानीय तहमा सत्तासीन दलसम्बद्ध जनप्रतिनिधि स्वयम्ले योजना आफ्नो ठेक्कामा पारेर विकास र समृद्धिलाई लुटी खाने भाँडो बनाए ।
सङ्घीय बन्दोबस्त नाम कागजमा मात्र सीमित देखियो । सङ्घीय सरकारले आफूले खाइपाई आएका अधिकार प्रदेश सरकारलाई प्रत्यायोजन गर्न तयार भएको देखिएन । बरू सङ्घीय सरकारका प्रधानमन्त्री स्वयम् प्रदेशका सभामा पुगेर सपनाको बिस्कुन सुकाउँदा सङ्घीय अभ्यासको भविष्य के हुने हो, प्रश्न उठ्न थालेका छन् । सत्तासीन दलका एक जना अध्यक्षले सरकारको विफलताको प्रतिरक्षा गर्दै ‘अब सरकारले तीब्र गतिमा उडान भर्ने’ भनी बोल्नुप¥यो । चोरको खुट्टा काट भनेझैं आज सत्तासीन नेताहरू आजसम्म सरकारले गति लिन नसकेको स्वीकार्दै अनेकन बहानाबाजी गर्न थालेका छन् ।
सरकारको विफलताको प्रमुख दोष भनेको सरकारको वर्गीय आधार नै हो । जुन वर्गमा जरा गाडेर सरकार उभिएको छ, त्यो वर्गको चरित्रले सरकारलाई कहिल्यै व्यापक जनताको हितको दिशामा लान सक्दैन । नाफा र फाइदाबाहेक अरू केही नहेर्ने भ्रष्ट वर्गले सरकारको मुखमा कालो मोसो दल्नेबाहेक केही गर्न सक्दैन । दुईतिहाइको सरकार देखाएर आफ्नो दुनो सोझ्याउने वर्गले हिजोका सरकारलाई जसरी बदनाम गरेको थियो, यो सरकारलाई पनि बदनाम गर्न केही कसूर बाँकी राख्नेछैन । सत्तासीन नेताहरूका पल्ला जसले आफूलाई पैसा दिन सक्यो, उसैमा भारी हुने भएकाले तिनका पार्टीभित्रका इमानदार कार्यकर्ताभन्दा पनि भ्रष्ट नाफाखोरहरूको बिगबिगी भइरहेको छ । यसको परिणाम भनेको तिनकै आडमा केही पुँजीपति वर्ग वा उदयीमान पुँजीपतिले अकुत सम्पत्ति थुपार्ने हुन् । जनताको जीवनमा कुनै वस्तुगत परिवर्तन आउनेछैन । शासक दलका सस्ता र मीठा आश्वासनमा जनताले दिएका मत फेरि पनि खेर जाने यो सरकारका गतिविधिले सङ्केत गरेका छन् ।
Leave a Reply