भर्खरै :

कोरियाली समाजवादका प्रवर्तक–१

सन् २०११ डिसेम्बर १७ को दिन तद्नुसार २०६८ साल पुस २ गते ६९ वर्षको उमेरमा कोरियाली जनताका प्रिय नेता, कोरियाली मजदुर पार्टीका महासचिव, केन्द्रीय सुरक्षा समितिका अध्यक्ष तथा कोरियाली सेनाका सर्वोच्च कमाण्डर किम जोङ्ग इलको अचानक अवसान भएको शोक समाचार डिसेम्वर १९ को दिन सार्वजनिक भएपछि विश्व नै स्तब्ध भयो । हुन त सन् २००८ र २०१० मा उहाँको मुटुको शल्यक्रिया भएको थियो । डाक्टरहरूले आराम लिनुपर्ने सल्लाह दिँदादिँदै पनि उहाँ देश विकास र रक्षा अनि जनताको सेवामा रातदिन लाग्नुभयो र आराम गर्नुभएन । जनताको सेवा गर्ने सिलसिलामा प्रिय नेता किम जोङ्ग इलको निधन भयो ।
२०७५ पुस २ गते अर्थात् सन् २०१८ डिसेम्वर १७ को दिन सातौं स्मृति दिवस पर्छ ।
१९६० को दसकमा किम जोङ्ग इलले आधुनिक साम्राज्यवाद र आधुनिक संशोधनवादबारे निकै गम्भीर अध्ययन र अनुसन्धान गर्नुभयो । उहाँले यस विषयमा शिक्षक र विद्यार्थीहरूसँग विचारविमर्श गर्नुभयो । उहाँले संरा अमेरिकी आणविक सौदाबाजी र आधुनिक संशोधनवादविरुद्ध दृढ अडान राख्ने प्रस्ताव गर्नुभयो । सबैले उहाँको प्रस्तावमा सहमति जनाए ।
किम जोङ्ग इलले आधुनिक साम्राज्यवादलाई दुई ओटा महत्वपूर्ण बुँदाबाट विश्लेषण गर्नुभयो । पहिलो बुँदामा स्वतन्त्र प्रतिस्पर्धा हुने औद्योगिक पुँजीवादसँग साम्राज्यवादको तुलना गर्दा लेनिनले यसको आर्थिक आधारमा एकाधिकार भएको अवलोकन गर्नुभएको थियो र यसैलाई साम्राज्यवाद एकाधिकार पुँजीवाद भन्नुभयो । उहाँले वर्तमान साम्राज्यवाद सामान्य एकाधिकारमा मात्र आधारित नभएको बरु एकाधिकार र राज्य शक्ति अन्तर सम्बन्धित भएको र एकाधिकार राज्य पँुजीवादमा आधारित भएको यथार्थलाई ध्यान दिनुभयो ।
साम्राज्यवादी मुलुकहरूबीचको सम्बन्ध परिवर्तन नै दोस्रो महत्वपूर्ण बुँदा थियो । जर्मनी र पश्चिम युरोपका अन्य साम्राज्यवादी मुलुकका आधारभूत सम्बन्धहरूमा केन्द्रित हुनुभई लेनिनले विश्लेषण गर्नुहुँदा चर्को अन्तरविरोध र द्वन्द्वले गर्दा ती साम्राज्यवादी मुलुकहरूबीचमा समानार्थी सम्बन्ध विकास भएको यथार्थलाई उहाँले प्रस्ट पार्नुभएको थियो ।
आधुनिक साम्राज्यवादको अध्ययनको सिलसिलामा दोस्रो विश्वयुद्धपछि संरा अमेरिकी साम्राज्यवादको नेतृत्वमा अन्य साम्राज्यवादी मुलुकहरू पुनःसंलग्न भएको र विश्व क्रान्तिकारी शक्तिको विरोधमा आधुनिक साम्राज्यवादले संरा अमेरिकी साम्राज्यवादलाई केन्द्रमा राखेको र सामान्यतया आधुनिक साम्राज्यवाद पिरापिडको रुपमा पुनःसङ्गठित भएको वास्तविकता किम जोङ्ग इलले औंल्याउनुभयो ।
किम जोङ्ग इलले राजनैतिक, आर्थिक र सैन्य पक्षमा साम्राज्यवादको चरित्रको विश्लेषण गर्नुहुँदै आधुनिक साम्राज्यवाद सामान्य एकाधिकार पँुजीवादमा आधारित नभइकन राज्य एकाधिकार पँुजीवादमा आधारित साम्राज्यवाद भएको निष्कर्ष निकाल्नुभयो । उहाँले आधुनिक साम्राज्यवाद पुरानो उपनिवेशमा निर्भर नरही नयाँ उपनिवेशहरूमा निर्भर रहने र समानार्थी सम्बन्ध अस्तित्वमा नरहेको प्रस्ट पार्नुभयो । आप्mनो शक्तिलाई बढाउन नसकी अन्तिम उन्मत्त प्रयत्नहरू गरे आधुनिक साम्राज्यवाद छिट्टै नै कमजोर र टुक्राटुक्रा हुने भविष्यवाणी गर्नुभयो ।
प्रारम्भ बिन्दुमै साम्राज्यवादले आप्mनो आक्रमण र लुटलाई नवीकरण गरेको थियो भने वर्तमान समयमा आधुनिक साम्राज्यवादी आक्रमणको तरिका हिजोको भन्दा निश्चितरुपमा फरक भएको र द्वैधचरित्र (doubling- dealing tactics) अपनाएको किम जोङ्ग इलले प्रस्ट पार्नुभयो । उहाँले समाजवादी नेताहरूको अधिकारमाथि हिलोछ्याप्नु आधुनिक साम्राज्यवादीहरूको प्रतिक्रियावादी स्वभाव थियो भन्नुभयो । उहाँले समाजवादी नेताहरूको क्रान्तिकारी सङ्घर्ष र निर्माण कार्य नेतृत्वको निषेध नै आधुनिक साम्राज्यवादको धर्म थियो भनी स्पष्ट पार्नुभयो । राजनीति, अर्थतन्त्र, संस्कृति र अन्य क्षेत्रहरूमा समाजवादी नेताहरूको नेतृत्वलाई अस्वीकार गर्ने साम्राज्यवादीहरूको खुलेआम षड्यन्त्र थियो भनी उहाँले प्रतिक्रिया दिनुभयो । उहाँले संरा अमेरिका नै जातिवाद र उपनिवेशवादको अन्तिम किल्ला भएको भविष्यवाणी गर्नुभयो । विभिन्न विचार गोष्ठीमा ठोस तथ्य र सत्यहरूको आधारमा उहाँले आक्रमण र लुट साम्राज्यवादको अपरिवर्तनीय स्वभाव भनी व्याख्या गर्नुभयो । उहाँले साम्राज्यवादको औपनिवेशिक शासन व्यवस्था अनिवार्य पतन हुने प्रतिक्रिया दिनुभयो । उहाँले साम्यवादविरोधी वैचारिक हतियार भन्नु नै साम्राज्यवादीहरूको आक्रमण हो भन्नुभयो । उहाँले आक्रमण र युद्धको अपराधी नै संरा अमेरिका भएको कुरो पुष्टि गर्नुभयो ।
आधुनिक संशोधनबारे किम जोङ्ग इलको व्याख्या र विश्लेषण सङ्क्षिप्तमा यस्तो छ स् आधुनिक संशोधनवादीहरूले साम्राज्यवादविरुद्ध सङ्घर्ष र क्रान्तिलाई बीचैमा छोडे । तिनीहरूले साम्राज्यवाद पहिलेजस्तो आक्रमक नभई, विवेकयुक्त साम्राज्यवादमा फेरिसकेको दाबी गरे । तिनीहरूको प्रयत्न नै साम्राज्यवादलाई सिङ्गार्नु र साम्राज्यवादको विशेषताबारे भ्रम उत्पन्न गर्नु थियो । समाजवादी–साम्यवादी व्यवस्थाको स्थापनापछि पनि फँ्याकिएका शोषक वर्ग र जनताको दिमागमा टाँसिरहेका पुराना विचारहरूको अवशेष बाँकी नै रहन्छ । यसबाट शोषक प्रतिक्रियावादीहरूले फाइदा लिन्छन् नै । यसो हुनु निराशाजनक थियो । आधुनिक संशोधनवाद र अरु यस्तै विषयविरुद्धको सङ्घर्षलाई कोमपाले कायमै राख्यो ।
विशाल देश–पूर्व सोभियत सङ्घ (लेखक) को नेतृत्व तहमा आधुनिक संशोधनवाद देखापरेको थियो । उक्त विशाल देशमा पहिल्यै समाजवादी–साम्यवादी व्यवस्था स्थापना भइसकेको थियो । त्यस केन्द्रीय नेतृत्वले एकातिर सङ्गठनात्मक माध्यमहरूबाट पार्टी सदस्य र देशका श्रमिकहरूलाई संशोधनवादी सिद्धान्तमा लाग्ने दबाब दिएको थियो । यसबाट अन्तर्राष्ट्रिय सम्बन्धको विकासमा ठूलो बाधा–व्यवधान खडा भएको थियो । कुहेको एउटा आलुले अरु सदे आलुलाई पनि कुहाउने भनेको यही हो ।
(किम जोङ्ग इल सङ्क्षिप्त जीवनी Kim Jong Il Short Biography, पेज ३३ र ३४)
गीत, सङ्गीत, नृत्य, नाटक, चलचित्र, कथा कहानी अर्थात् कला र साहित्यले पनि क्रान्ति र निर्माण कार्यलाई अत्यन्त प्रभावकारी ढङ्गले अघि बढाउनसक्छ भन्ने ऐतिहासिक अनुभवको सारलाई आत्मसात गर्दै उहाँले १९६० र ७० को दशकमा चलचित्र, नाटक, गीत, सङ्गीत र साहित्य सृजनामा निकै ध्यान पु¥याउनुभयो, त्यसबारे अनेकन सारगर्भित लेख–रचनाहरू लेख्नुभयो र जुछे दर्शनमा आधारित कला र साहित्यको नयाँ युगको सूत्रपात गर्नुभयो । संसारमा उहाँजस्तै कला र साहित्यमा कलम चलाउने र ध्यान पु¥याउने कम्युनिष्ट नेताहरू बिरलै पाइन्छन् । विश्व कम्युनिष्ट आन्दोलनका महान् नेता का. स्तालिनको मृत्यु वा हत्यापछि ख्रुश्चेभको नेतृत्वमा तत्कालीन सोभियत सङ्घमा संशोधनवाद लागू भएपछि र अन्य पूर्वी युरोपेली समाजवादी देशहरूमा पार्टी र नेतृत्वमा देखिएका समस्याहरूबाट विश्व कम्युनिष्ट आन्दोलनमा उत्तराधिकारीको प्रश्न नै प्रमुख विषय हुन गयो । यसबारे का. किम इल सङ्ग र उहाँका निकटतम सहयोद्धाहरू धेरै नै चिन्तित, संवेदनशील र गम्भीर देखिनुभयो । विशेषगरी का. रिम चुन चु, का. ओजिन ऊ, का. चोय् ह्योन र का. रि जोङ्ग सानजस्ता का. किम इल सङ्गका सहयोद्धाहरूले यस विषयमा धेरै छलफल र सोचविचार गर्नुभयो । उहाँहरूले किम इल सङ्गसँग पनि गहिरो र विस्तृत विचार–विमर्श गरी उहाँलाई यस विषयमा निकै सहयोग पु¥याउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *