भक्तपुर नगरपालिकाको २० औँ नगरसभामा नगर प्रमुख सुनिल प्रजापतिद्वारा प्रस्तुत आ.व. २०८३/८४ को नीति तथा कार्यक्रम
- असार ७, २०८३
धीरेन्द्रमान बिजुक्छें
कम्युनिष्टहरूले सत्ता सम्हालेपछि विश्व साम्राज्यवादी र घरेलु प्रतिक्रियावादीहरूका नयाँ नयाँ कुटिल चाल र षड्यन्त्रहरूको कारण समाजवादी–साम्यवादी क्रान्ति र निर्माणमा एक पुस्तापछि अर्को पुस्तामा निरन्तर सत्ता हस्तान्तरण गर्ने कार्यमा विभिन्न जटिल समस्याहरू झेल्नुपरेको अनुभव नै नभएकोले पुँजीवादलाई फर्कन नदिई निरन्तर समाजवादी–साम्यवादी क्रान्ति र निर्माणलाई के कसरी अगाडि बढाउने सम्बन्धमा माक्र्सवाद–लेनिनवादले यथेष्ट व्याख्या गर्नै भ्याएन । यसबारे किम जोङ्ग इलद्वारा लिखित समाजवाद हाम्रो जनताको जीवन हो भन्ने रचनाबाट केही कुरा प्रस्तुत गर्नु सान्दर्भिक हुनेछ । माक्र्सवाद–लेनिनवाद एकाधिकार पुँजीवाद र साम्राज्यवाद प्रादुर्भाव हुनुभन्दा पहिलेका श्रमिक वर्गको क्रान्तिकारी प्रयोगका आवश्यक्ताहरू परिलक्षित गरी सृजित विचारधारा हो । इतिहास धेरै अगाडि बढिसकेको छ र त्यसबेलादेखिको समयमा धेरै परिवर्तन आइसकेको छ । व्यापक जनताले इतिहास र आफ्नै भाग्यका मालिकका हैसियतमा स्वतन्त्र एवं सृजनात्मक रुपले इतिहास र आफ्नो भाग्य आफैले निर्माण गर्ने स्वाधीनताको नयाँ युगमा हामी अहिले छौँ । माक्र्सवादका ग्रन्थकारहरूलाई समाजवाद निर्माणको कुनै ज्ञान वा अनुभव थिएन र लेनिन पनि उस्तै हुनुहुन्थ्यो । उहाँहरूको समयको अवस्था र उहाँहरूका व्यावहारिक अनुभवहरूको सीमितताको कारणले गर्दा माक्र्सवाद–लेनिनवादका ग्रन्थकारहरूद्वारा प्रस्तुत समाजवादी सिद्धान्तहरू, केही पक्षहरूमा भविष्यवाणी र सम्भावनाको सीमाभन्दा पर जान सकिएनन् ।
हामीले माक्र्स, एँगेल्स र लेनिनले मानवताको लागि सम्पादन गर्नुभएका महान कार्यहरूलाई स्वीकार्नुपर्छ र उहाँहरूलाई सम्मान गर्नुपर्छ । माक्र्सवाद–लेनिनवादको सृजनाले गर्दा समाजवादी सिद्धान्त कल्पनाबाट विज्ञानमा विकसित भयो, श्रमिक वर्गको इतिहासमा पहिलोपल्ट मार्गदर्शक विचारधारा प्राप्त गर्न सफल भयो र तिनीहरू पुँजीविरुद्ध र वर्गीय मुक्ति, राष्ट्रिय स्वाधीनता र समाजवादको लागि सशक्त रुपले सङ्घर्ष गर्नसक्ने भए । क्रान्तिमा पछिल्ला पुस्ताहरूले आफ्ना अग्रजहरूलाई सम्मान गर्ने सिद्धान्तको दृष्टिले उक्त सिद्धान्तका ती प्रवर्तकहरूलाई आदर गर्ने हाम्रो दायित्व बन्छ ।
माक्र्सवाद–लेनिनवादका सीमितताबारे लेखहरू लेख्दा त्यसका प्रवर्तकहरूले सम्पादन गर्नुभएका महान कार्यहरूमाथि प्रकाश पार्न हामीले बिर्सन्नुहुन्न । हामीले जनतालाई माक्र्सवाद–लेनिनवादबारे सही ज्ञान दिन र यो विचारधाराप्रति निरर्थक आपत्ति जनाउने साम्राज्यवादीहरू र पँुजीवादी पुनःरुत्थानवादीहरूलाई प्रहार गर्नसक्नेछौँ ।
माक्र्सवाद–लेनिनवादद्वारा प्रतिपादित सिद्धान्तका सीमितताबारे सही ढङ्गले लेख्न हाम्रो पार्टीको क्रान्तिकारी जुछे विचारधाराको मौलिकताबारे राम्रो ज्ञान हुनुपर्छ । जुछे विचारधारा महान नेताले इतिहासको नयाँ युग स्वाधीनताको युगका आवश्यक्ताहरूलाई परिलक्षित गरी प्रतिपादन गर्नुभएको मौलिक विचारधारा र उत्कृष्ट क्रान्तिकारी सिद्धान्त हो । हामीले जुछे विचारधाराको मौलिकताबारे प्रभावकारी ढङ्गले स्पष्ट गरेको खण्डमा माक्र्सवाद–लेनिनवादका सिद्धान्तको सीमितता आफै प्रकट हुनेछन् । सैद्धान्तिक सूचनाको क्षेत्रमा कार्यरत अधिकारीहरूले जुछे विचारधारालाई राम्ररी अध्ययन गर्नुपर्छ । माक्र्सवाद–लेनिनवादको राम्रो जानकारी राख्न पँुजीजस्ता उत्कृष्ट कृतिहरूको पनि अध्ययन गर्नुपर्छ ।
सोभियत सङ्घको पतन र पूर्वी युरोपमा पुँजीवाद फर्कनुका विभिन्न कारणहरूमध्ये निरन्तर क्रान्ति र निर्माणबारे माक्र्सवाद–लेनिनवादले पूर्ण व्याख्या गर्ने अवस्था नै नभएको र माक्र्स–लेनिनपछिका अगुवा कम्युनिष्ट नेताहरूले निरन्तर क्रान्ति र निर्माणको लागि नयाँ नयाँ सिद्धान्तहरू सिर्जना गर्नेबारे ध्यान नपु¥याउनु पनि मुख्य कारण हो । कोरिया र नयाँ विश्व परिवेशमा जुछे विचारधाराले कम्युनिष्टहरूले सत्ता सम्हालेपछि निरन्तर क्रान्ति र निर्माणबारे उत्तराधिकारीको नेतृत्व प्रणाली विकास गरी निरन्तर क्रान्ति र निर्माणबारे पूर्ण व्याख्या गर्ने अवस्था परिपक्व भयो । यी कोरियाली अनुभव, उत्तराधिकारीको नेतृत्व प्रणाली र सन्गुन राजनीतिको सिद्धान्त (सन्गुन अन्तर्राष्ट्रिय) विश्व कम्युनिष्ट आन्दोलनका उत्कृष्ट सम्पदा हुन् । यसबाट विश्व कम्युनिष्ट आन्दोलनले धेरै सिक्न सकिन्छ । कम्युनिष्ट आन्दोलनभित्रका सतही टीकाटिप्पणी गर्नेहरू र संशोधनवादीहरूले मात्र त्यस उत्तराधिकारी नेतृत्व प्रणालीको प्रजातान्त्रिक बन्दोबस्त र सिद्धान्तलाई ‘कम्युनिष्ट तानाशाही व्यवस्था, व्यक्ति पूजा, एउटै व्यक्ति आजीवन सर्वोच्च पदमा रहिरहने अप्रजातान्त्रिक बन्दोबस्त … किम इल सङ्गहरू र अन्य थुप्रैले इतिहासको नाममा अनैतिक व्याज खाइरहेका छन् । … आदि भनेर निन्दा गर्छन् ।
समयको अन्तरालमा आएर समाजवादी व्यवस्थालाई निरन्तर टिकाई राख्नको लागि पार्टी र स्थापित नेताको विचारधारा, नीति, कार्यनीति र इच्छालाई पूरा गर्ने उत्तराधिकारीको व्यवस्था स्थापित गर्नुपर्ने देखियो । उत्तराधिकारीको व्यवस्था स्थापनाको लागि सबैभन्दा पहिले नेता र उहाँको आजुप्रति बफादार, उच्चकोटीको नैतिक सच्चरित्रताले युक्त, नेताले निर्दिष्ट गर्नुभएको क्रान्तिकारी आजुलाई गन्तव्यसम्म पु¥याउनसक्ने उच्च योग्यता र क्षमता अनि सर्वगुण सम्पन्न पार्टीभित्रबाट खारिएको नेतालाई उत्तराधिकारी चयन गर्ने, दोस्रो, त्यस उत्तराधिकारीलाई सहयोग गर्ने एकभन्दा एक निपुण र दृढ सहयोद्धाहरूको व्यवस्था र तेस्रो, पार्टी र उत्तराधिकारीप्रति पूर्ण निष्ठावान, सैन्य सीपको साथसाथै वैचारिक, राजनैतिक र नैतिकरुपले सुशिक्षित शक्तिशाली सेनाका बन्दोबस्त गरिनु पर्ने पक्षहरूलाई स्पष्ट पारिए । यी तीन पक्षहरू एक अर्काका परिपुरक हुन् । उत्तराधिकारीको घोषणा र उत्तराधिकारीलाई मञ्चमा राख्दैमा सबै कुरा आफसेआफ ठीकठाक हुने होइन ।
सन् १९७४ फेब्रुअरीमा कोरियाली मजदुर पार्टीको पाँचौं केन्द्रीय समितिको आठौं पूर्ण बैठकको सर्वसम्मतिबाट का. किम जङ्ग इल कोरियाली मजदुर पार्टीको राजनीतिक समितिको सदस्यमा विर्वाचित हुनुको साथै का. किम इल सङ्गको उत्तराधिकारी घोषित हुनुभयो । यसरी, प्रजग कोरियामा सफलतापूर्वक उत्तराधिकारीको समस्या समाधान भयो ।
का. किम जङ्ग इलले कोरियाली मजदुर पार्टीलाई महान् नेता किम इल सङ्गका विचारधारा र नेतृत्वलाई सुनिश्चित पार्ने पार्टीमा फेर्न सशक्त भूमिका निभाउनुभयो । उहाँले पार्टीको अखण्डित विचारधारात्मक प्रणाली स्थापना गर्न धेरै परिश्रम गर्नुभयो । उहाँ पार्टी कार्यमा देखापरेको कर्मचारीतन्त्र र औपचारिकतावादलाई निर्मम प्रहार गर्नुहुन्थ्यो ।
उहाँ बेलाबेलामा भन्ने गर्नुहुन्थ्यो …. ऐतिहासिक भौतिकवाद भनेको सामाजिक इतिहासमा भौतिक संसारका सामान्य नियमहरूको प्रयोग हो । समाज पनि भौतिक संसारसित सम्बन्धित हुन्छ भन्नैपर्ने कुरो होइन । त्यसैले भौतिक संसारका सर्वव्यापक नियमहरू यसमा लागू हुन्छ । तर, समाजको प्रकृतिको गतिविपरीत सामाजिक–ऐतिहासिक गतिको आफ्नै विषयवस्तु हुन्छ । सामाजिक–ऐतिहासिक आन्दोलन आफ्नो विषयवस्तुको क्रिया एवं भूमिकाबेगर अकल्पनीय हुन्छ । जुछे विचारधाराले सामाजिक–ऐतिहासिक आन्दोलनमा निहित नियम–नियन्त्रित प्रकृतिलाई आफ्नै विषयवस्तुको आन्दोलनको रुपमा सही ढङ्गले छर्लंङ्ग पारेको छ । जुछे
कोरियाली…
विचारधाराद्वारा प्रस्ट्याइएको सामाजिक इतिहाससम्बन्धी आन्दोलनको नियम–नियन्त्रित प्रकृति नै यसको आफ्नै मुख्य अन्तर विषयको रुपमा रहेको छ । सामाजिक इतिहाससम्बन्धी यो जुछे धारणालाई इतिहासको भौतिकवादी दृष्टिकोणअनुसार व्याख्या गरिनु हँुदैन ।
यी माथिका कुराहरू पढेपछि सारमा के भन्न सकिन्छ भने सतही टीका–टिप्पणी गर्नेहरूले हीन मनोविज्ञानलाई त्यागेर प्रजग कोरियाको उत्तराधिकारी नेतृत्व प्रणालीको प्रजातान्त्रिक बन्दोबस्त र त्यसको सिद्धान्तबारे पनि गहिरो र विस्तृत अध्ययन गर्नुपर्ने हुन्छ । होइन भने, तिनीहरू समयभन्दा धेरै पछाडि पर्नेछन् अथवा संशोधनवादी, अवसरवादी र धोखेबाजहरूको प्रभावमा पर्नेछन् । समाजवाद र साम्यवादको आधार नै माक्र्सवाद–लेनिनवाद हो । त्यसमा कसैको दुईमत हुनसक्दैन । यद्यपि, माक्र्सवाद–लेनिनवादसँगै परिवर्तित युग र मागअनुसार अघि बढेका नयाँ नयाँ दर्शन, विचारधारा, सिद्धान्त र वादहरूको पनि गहिरो र विस्तृत अध्ययन गर्नुपर्ने देखिन्छ ।
९० कै दशकमा प्रकाशित उहाँका उच्चकोटीका रचनाहरूबाट विश्व कम्युनिष्ट आन्दोलनमा देखापरेको अन्योल र निराशाको बादललाई हटाउन ठूलो टेवा पुगेको थियो । यसैगरी, समाजवादको विरोधमा गएका विश्वासघाती र साम्राज्यवादीहरूले पैmलाएको होहल्ला र वैचारिक प्रहार पनि निष्फल भए ।
सन् १९९१ मा का. किम जङ्ग इलले सेनाध्यक्षको पद सम्हाल्नुभएपछि कोरियाली जनसेनालाई आधुनिकीकरण गर्न, उच्च नैतिक गुण र विचारधारात्मक रुपले सुसज्जित अनि अत्याधुनिक युद्धकलामा निपुण सेनाहरू तयार पार्ने कार्यमा उल्लेख्य योगदान दिनुभयो । उहाँले का. किम इल सङ्गको आधाभन्दा बढी काम सम्हाल्नुभयो । त्यसैगरी, उहाँले का. किम इल सङ्गलाई हरेक किसिमबाट सहयोग पु¥याउनुभयो ।
सन् १९९३ मा प्योङ्गयाङ्ग घोषणापत्र जारी हुँदा विश्वभरि नै तरङ्ग ल्याइदियो र त्यसबाट विश्वभरिका कम्युनिष्ट पार्टी, प्रगतिशील पार्टी र जनताबीच बलियो भाइचाराको विकासमा ठूलो योगदान पुग्यो । प्योङ्गयाङ्ग घोषणापत्र जारी गर्ने कार्यमा उहाँले का. किम इल सङ्गलाई ठूलो सहयोग पु¥याउनुभएको थियो ।
सन् १९९४ जुलाई ८ को दिन का. किम इल सङ्गको देहावसानबाट कोरिया शोकको सागरमा डुब्यो र विश्वका सम्पूर्ण कम्युनिष्ट र प्रगतिशील जनता स्तब्ध र मर्माहत भए । प्रजग कोरियालाई पूर्णरुपले शक्तिशाली नेतृत्व प्रदान गर्ने जिम्मा उहाँको काँधमा आइप¥यो । त्यसबेलादेखि १७ वर्षसम्म का. किम जोङ्ग इल कोरिया पुनःएकीकरण, प्रजग कोरियालाई शक्तिशाली समाजवादी देशमा फेर्ने, संरा अमेरिकी साम्राज्यवादको अनेकन जालझेल र युद्धको धम्कीलाई निष्फल पार्ने कार्यमा पूर्ण सफल नेतृत्व दिन सफल हुनुभयो ।
सन् २०११ डिसेम्वर १७ तारिखको (२०६८ पुस २) दिन का. किम जङ्ग इलको निधनपछि का. किम जोङ्ग उनले उत्तराधिकारीको पद सम्हाल्दै प्रजग कोरियालाई सफल नेतृत्व प्रदान गर्दै हुनुहुन्छ । उहाँले जुछे विचारधारालाई आत्मसात गर्नुभयो । त्यसैगरी, का. किम जोङ्ग इलले समाजवादी निर्माण र रक्षाका लागि पु¥याउनुभएको योगदान र सोन्गुन राजनीतिलाई निरन्तरता दिनुभई कोरियाली प्रायःद्वीपको पुनःएकीकरण अभियानमा उहाँले सफल नेतृत्व प्रदान गर्दै हुनुहुन्छ ।
Leave a Reply