भर्खरै :

स्तालिन र ग्राम्स्कीबीचको शत्रुता- एक हल्ला

एल्डो बर्नार्डिनी
सन् २००३ को जुलाई १७ का दिन इटालीको ‘कोर्रिएर डेल्ला सेरा’ नामको पत्रिकाले सिल्भियो पोन्सले लेखेको एउटा लेख छाप्यो । त्यस लेखमा अज्ञात चिठ्ठीको बारेमा उल्लेख थियो । स्तालिनलाई सम्बोधन गरिएको सो चिठ्ठी ग्राम्स्कीकी श्रीमती गिउलियाले आफ्नी बहिनी यूजेनिया शख्तसँग मिलेर सन् १९४० को डिसेम्बरमा लेखेकी थिइन् । सन् १९३७ मा फासीवादीहरूको जेलमा ग्राम्स्कीको निधन भएको थियो । चिठ्ठीमा ग्राम्स्कीका कृतिहरू (जेलका नोटबुकहरू) १ छाप्ने जिम्मेवारी लिन स्तालिनलाई अनुरोध गरिएको थियो । किनभने इटालीका कम्युनिष्टहरूले त्यसबेलासम्म सो कामलाई बेवास्ता गरेका थिए । चिठ्ठीमा इटालियालीहरूले नै छलकपटपूर्वक धोका दिएकाले ग्राम्स्कीमाथि मुद्दा दायर गरी धरपकड गरिएको शङ्कालाई थप जोड दिइएको थियो । वास्तवमा ग्राम्स्कीलाई जेलबाट रिहा हुनबाट रोक्न वा थुनामा राखिरहन यस्तो गरिएको थियो । चिठ्ठीमा उल्लेख गरिएका शङ्कास्पद व्यक्तिमा धेरैजसो इटालीका फासीवादी र त्रोत्स्कीवादीहरू थिए । साथै, चिठ्ठीले ग्रीक अक्षरको पुरानो काण्ड र टोगलियाटी २ को कथित अस्पष्टताबारे पनि प्रस्ट सङ्केत गरेको थियो ।
यो चिठ्ठीको प्रतिक्रियामा अखबारमा लेखहरूको ओइरो लाग्यो । चिठ्ठीमा कुनै नयाँ तर्क अघि नसारिएको वा विगतमा थाहा भएका र पुग्दो मात्रामा अस्वीकार गरिएका तथ्यहरूमा चिठ्ठीले कुनै नयाँ कुरा नथपेको जस्ता सुक्ष्म विषयमा ती प्रतिक्रिया केन्द्रित थिए । यूजेनिया दृढ स्तालिनपन्थी थिइन् । त्यसैले पनि ती लेखमा उक्त चिठ्ठीलाई ‘स्तालिनवादी आतङ्क’ र घुमाइफिरार्ई टोगलियाटीविरोधी षड्यन्त्र हुनसक्ने जिकिर गरिएको थियो ।
कसैले पनि चिठ्ठीको आधिकारिकता र ग्राम्स्कीको असली भावना सो चिठ्ठीले झल्काउँछ कि झल्काउँदैन भन्ने प्रश्न उठाएनन् । यो लेखमा हामी ग्राम्स्कीलाई थुनामा गरिएको अन्यायपूर्ण दुव्र्यवहार र त्यस्तो व्यवहारका लागि आरोपित पक्षहरूबारे वा किन र के कति कारणले उनीमाथि दुव्र्यवहार गरियो आदि विषयमा भन्दा पनि धोकाधडीको आरोपबारे छलफल गर्छौं । उनीसित गरिएको अचाक्ली दुव्र्यवहारबारे कसै–कसैलाई शङ्का र त्रास हुनसक्छ । हामी ती लेख शृङ्खला बेकामका र तल्लो दर्जाको पाउँछांै किनभने ए.सानटुस्सी र ए.बुर्गियोका अव्यक्त र क्षणिक अपवादहरूबाहेक सबै लेख मूल प्रश्न अर्थात् ग्राम्स्की र स्तालिनबीचको सम्बन्धलाई छोडेर अन्य पक्षमा केन्द्रित छन् । यी छाडा संशोधनवादीहरू (माक्र्सवादी–लेनिनवादी अर्थमा, ऐतिहासिक अर्थमा होइन) ले स्तालिन र ग्राम्स्की दुवैजना एकअर्कोसित बाउँठिएका वा एकअर्कालाई घृणा गर्थे भन्ने नीच र असत्य कथाहरू कथे । उनीहरूका त्यस्ता सबै गफको कुनै आधार छैन । किनभने स्तालिन, त्रोत्स्की वा सोभियत समाजवादसम्बन्धी ‘जेलका नोटबुकहरू’ का अनुच्छेदहरू सबैले स्तालिनको पक्षमा प्रकाश पारेका छन् । सन् १९३०–१९३२ मा छापिएको संस्करण (पृ.८०१, जेरान्टाना संस्करण, यो संस्करणलाई नै हामीले सबै ठाउँमा उद्धृत गरेका छौँ) को एउटा अनुच्छेदमा ब्रोन्स्टिन (त्रोत्स्की) ३ ले ‘हाकाहाकी आक्रमणले पराजयतिर धकेल्ने अवधिमा हाकाहाकी आक्रमणको राजनीतिक सिद्धान्तअघि सार्न खोजेको’ भनी गाम्स्कीले आलोचना गरे । उनले आन्दोलन वा प्रतिबद्ध र रणनीतिक युद्ध ४ को बीचमा आवश्यक भेद छुट्याए । जस्तै, एकातिर सोभियत सङ्घले आफ्नो अस्तित्व रक्षाका लागि लड्नुपर्ने भार थियो र यसका लागि (सुनौँ है, सुनौँ) “शासनसत्ताको अपूर्व केन्द्रीकरण आवश्यक हुन्छ र आफ्ना शत्रुविरुद्ध स्थायीरूपमा स·ठित हुनसक्ने झन् हस्तक्षेपकारी सरकार आवश्यक हुन्छ । राजनीतिक, सा·ठनिकजस्ता हावी हुने समूहको प्रभुत्वकारी स्थितिलाई दरिलो बनाउने हरेकखाले नियन्त्रण आवश्यक हुन्छ ।”
ती अनुच्छेदमा, दुईखाले ‘युद्ध’ (पृ. ८६५) का भेदबारे गहिरो विश्लेषण गरिएको छ । तिनमा, ग्राम्स्कीले पूर्व र पश्चिमको अवस्थाबीच भेद छुट्याएका थिए । ५ पूर्व, जहाँ राज्य नै सर्वेसर्वा थियो र नागरिक समाज आदिम र खुकुलो थियो । पश्चिम, जहाँ “राज्य र नागरिक समाजबीच उचित सम्बन्ध थियो । यहाँ, राज्य बटारिँदा नागरिक समाजको सुगठित संरचना एकाएक देख्न सकिन्थ्यो ।” यसले फेरि पनि त्रोत्स्कीका सिद्धान्तलाई अस्वीकार गर्छ । सबैभन्दा महत्वको अनुच्छेद (पृ. १७२८) स्तालिन (जोसेफ विस्सारियोविच) को बारेमा छ । यो अनुच्छेद स्तालिनसँग सन् १९२७ सेप्टेम्बरमा लिइएको अन्तर्वार्ताबाट प्रेरित छ । “व्यवहारको दर्शन ६ ले यसका प्रवर्तक (माक्र्स) को निक्र्योल वा खासगरी यसका जल्दाबल्दा महान् सिद्धान्तकार (स्तालिन) ले प्रस्टाएजस्तो अन्तर्राष्ट्रिय परिस्थितिलाई राष्ट्रको पक्षबाट कसरी हेर्नुपर्छ” भन्ने कुरा अनुच्छेदमा औँल्याइएको छ । यो अनुच्छेद विशेषतः राष्ट्रिय र अन्तर्राष्ट्रिय परिस्थितिबीचको द्वन्द्वात्मक सम्बन्धमा केन्द्रित छ जुन स्तालिनको दृष्टिकोण हो । अनुच्छेद अगाडि भन्छ, “यो कुरा लियोन डेविडोविच (त्रोत्स्की) र बहुसङ्ख्यक आन्दोलन (बोल्शेविक) का व्याख्याता विस्सारियोविच (स्तालिन) बीचबाट उदाएको मूलभूत मतभेदमा आधारित छ भन्ने मेरो विश्वास छ ।” कम्तीमा दुई ठाउँमा ग्राम्स्कीले ‘लियोन डेविडोविच(त्रोत्स्की)को सफाया’ (पृ.१७४४) लाई सही ठह¥याएका छन्, समर्थन जनाएका छन् । पहिले पनि यसरी नै उनले सोभियत सङ्घमा “‘वैध’ संसद् खारेज गरेपछि बाँचेको ‘कालो’ संसद्” बारे बहस हुँदा संसद विघटनप्रति समर्थन जनाएका थिए । ७ खासगरी त्रोत्कीका प्रवृत्तिको मसिनो र गहिरो विश्लेषणपछि उनले यस्तो विचार व्यक्त गरेका थिए । यसक्रममा त्रोत्स्कीले विरोध गरेको धार (स्तालिनको धार) अमूर्त थिएन । बरु कठोर सूत्रअनुरूप, ‘चल्तीको, ठोस, जीवन्त इतिहाससँग मेल खाने, वर्तमान समय र स्थान सुहाउँदो, रूपान्तरण गरिनुपर्ने समाजका सबै कुनाकाप्चाबाट निस्केको, सहरी समूहको प्रभुत्वसँगै दुई सामाजिक समूहबीचको एकताको रूपमा’ (अर्थात् स्तालिनले लागु गरेजस्तो) स्थापित थियो । र, निर्णायकरूपमा (पृ.२१६४) त्रोत्स्कीका प्रवृत्तिबारे ग्राम्स्कीले कति पनि नहिच्किचाइकन खुलस्त लेख्छन्, “कुल्चिनुपर्ने निष्ठुर आवश्यकता” (पृ.१९३४ को अनुच्छेद) । यो टिप्पणीमा बताइएजस्तै पछि सोभियत सङ्घमा वास्तवमै यस्तो भयो पनि ।८

स्तालिन


त्यस्तै ग्राम्स्कीका परिपक्व विचारले स्तालिनभन्दा पर पु¥याउँछन् भन्ने निष्कर्ष झूटो हो । ग्राम्स्कीले आज ‘तानाशाही’, ‘हुकुमी’ वा अन्य खराब भनिने निर्णयको समेत समर्थन गरे । कसैले पनि छाडा संशोधनवादीहरूको अन्तिम शरण बन्न पुगेको ग्राम्स्केली तौरतरिका भड्किलो थियो भनी ‘वस्तुगतरूपमा’ भन्न सक्दैन । अलग परिवेश (पूर्व र पश्चिम) बाट अलगअलग निचोड निस्कन सक्छ । सोभियत सङ्घमा चलाइएका सङ्घर्षका भिन्नभिन्न तह र चरणबाट, खासगरी फासीवादी इटालीबाट बेग्लै दृश्य देखिन सक्छ । इटालीको बारेमा ग्राम्स्की नसोचिरहन सक्दैनथे । तर, उनले खासगरी तत्कालीन इटालीका निम्ति सुझाएका विचारलाई स्तालिनकालीन सोभियत सङ्घमा लागु गर्न कसैले प्रस्ताव गरेको भए सबैभन्दा पहिले ग्राम्स्की नै हाँस्थे होलान् । ९
अब चिठ्ठीतिर फर्कौँ । यो उचित थियो वा अनुचित केही फरक पर्दैन । जसरी भए पनि, ग्राम्स्कीको परिवार इटालियालीहरूबाट सुरक्षाको अनुरोध गर्दै स्तालिनतिर फर्केको देखिन्छ । ग्राम्स्कीले सोभियत पक्षलाई आफ्नो रिहाईको निम्ति कुराकानी चलाइदिन सिफारिस गरेको दुवै लेखिका सम्झन्छन् र उनीहरूले कुनै पनि इटालीबासीमा सो सूचना नचुहिने तारतम्य मिलाएका थिए । यसको अर्थ हो, ती महान् सार्डिनियाबासी १० (ग्राम्स्की) लाई विश्व साम्यवादको साँचो अभिव्यक्तिका रूपमा स्तालिन र उनको पार्टीमा पूर्ण विश्वास थियो । यो निष्कर्ष धेरै वर्षसम्म विषजस्तै फैलाइएका हौवा(स्तालिन र ग्राम्स्की एकआपसमा मिल्दैनथे भन्ने हौवा) भन्दा ठीक उल्टो छ । यस चिठ्ठीको प्रकाशनसँगै आधुनिक संशोधनवादी झूट बोलुवाहरूले बल्ल चोटिलो जवाफ पाए । उनीहरूका झूटा कुराले निम्त्याउने पूर्ण निराशाजनक प्रतिक्रियाहरूको जाँचबुझपछि यो कुरा प्रस्ट भएको छ । उनीहरू यसैका लायक छन् ।
सिल्भियो पोन्सको लेखको उद्देश्य के थियो ? सायद इटालीको कम्युनिष्ट आन्दोलनको इतिहासलाई पूर्णतः नष्ट गर्ने । टोगलियाटीलाई भर पर्न नसकिने धोकेबाज र ग्राम्स्कीलाई ‘दुष्ट’ स्तालिनलाई दुत्कार्ने ‘देवदूत’ होइनन् भनी देखाउनु लेखको उद्देश्य थियो । यसरी खेल खेलियो । तर, यत्तिले पनि हाम्रो अडानलाई सही प्रमाणित गर्छ । स्तालिन र ग्राम्स्की दुवै नेताहरू अन्तसम्म पनि हाम्रो महान् आदर्श र त्यसको दृढ प्रतिरक्षामा डटिरहनुभयो ।
टिप्पणीहरू
१. ग्राम्स्कीले जेलमा लेखेका नोटबुकहरू पछि ‘जेलका नोटबुकहरू’ नामले छापिएको थियो ।
२. पाल्मिरो टोगलियाटी (सन् १८९३–१९६४) इटालीको कम्युनिष्ट पार्टीका संस्थापक नेता थिए । ग्राम्स्कीलाई सन् १९२७ मा फासीवादी सरकारले पक्राउ गरेपछि उनी पार्टी महासचिव बने । पछि उनले युरोकम्युनिजमको संशोधनवादी विचारको पक्ष लिए ।
३. जेलमा ग्राम्स्कीले अलि घुमाउरो भाषामा लेख्नुपर्ने बाध्यताले गर्दा उनले रूसी नेताहरूलाई साङ्केतिक नामले जनाएका छन् ।
४. समाजवादी क्रान्तिको क्रममा गरिने सशस्त्र विद्रोहको तरिकालाई ग्राम्स्कीले रणनीतिक युद्ध (धबच या mबलभगखभच) भनेका छन् भने पँुजीवादी व्यवस्थाविरुद्ध चलाइने लामो र कठीन सांस्कृतिक सङ्घर्षलाई प्रतिबद्ध युद्ध (धबच या उयकष्तष्यल) भनेका छन् । पँुजीवादी सत्ताको प्रभुत्व (जभनझयलथ) कायम राख्न सघाउने नागरिक समाजजस्ता विचौलियाविरुद्ध नयाँ समाजवादी संस्कृतिको स्थापना गर्ने श्रमजीवी जनताका बुद्धिजीवी (यचनबलष्अ ष्लतभििभअतगबकि) ले नै प्रतिबद्ध युद्ध सञ्चालन गर्ने ग्राम्स्कीको मत छ । ग्राम्स्कीको विचारमा कम्युनिष्ट पार्टी नै यस्ता बौद्धिकहरूले स·ठन हुनुपर्छ ।
५. ग्राम्स्कीले रूसलाई पूर्व र युरोपलाई पश्चिम भनी इ·ित गरेका छन् । पश्चिम अर्थात् युरोपमा राज्यलाई नागरिक समाजले ढालको रूपमा जोगाउने गरेको ग्राम्स्कीको ठहर छ । त्यहाँ रूसमा जस्तै मुठभेडमा जानुपर्ने त्रोत्स्कीको विचार आत्मघाती हुने उनी बताउँछन् । अक्टोबर क्रान्तिपछि संसारभर एकैचोटि क्रान्ति गर्नुपर्ने त्रोत्स्कीको ‘स्थायी क्रान्ति’को सिद्धान्त यसकारण खोटो छ भन्ने ग्राम्स्कीको निष्कर्ष थियो ।
६. माक्र्सको फायरबाखसम्बन्धी थेसिसबाट प्रभावित भएर ग्राम्स्कीले व्यवहारको दर्शन (उजष्यिकयउजथ या उचबहष्क) शब्दावली प्रयोग गरेको देखिन्छ । केही टिप्पणीकारले यसलाई जेलको जाँचकीको आँखा छल्न माक्र्सवाद शब्दको सट्टा प्रयोग गरेको बताएका छन् । खासगरी सिद्धान्तका गफ छाँटेर नअघाउने र व्यवहारमा सिन्को नभाँच्ने तत्कालीन युरोपेली कम्युनिष्ट पार्टीका नेताहरूको खण्डन गर्दै माक्र्सवादलाई समाज परिवर्तनको दर्शन भनी दर्शाउन यो शब्दावलीको प्रयोग गरिएको विश्लेषकहरू बताउँछन् ।
७. यहाँ ‘वैध’ संसद् भनेर क्रान्ति पहिलेको रूसी संसद् ड्यूमालाई जनाइएको छ । ‘कालो संसद्’ ग्राम्स्कीले प्रयोग गरेको विशेष शब्द हो । यस शब्दलाई कालो बजारीजस्तै भित्रभित्रै चलखेल गर्ने खतरनाक गुट जनाउन प्रयोग गरिएको छ । अक्टोबर क्रान्तिपछि त्रोत्स्की र बुखारिनजस्ता नेताहरूले यस्ता गुट बनाएका थिए । बुखारिन गुटका एक सदस्य ख्रुश्चेभ कालान्तरमा सोभियत समाजवाद नष्ट गर्ने सूत्रधार बनेको देखिन्छ ।
८. यहाँ लेखकले दोस्रो विश्वयुद्धको सङ्घारमा (सन् १९३६ देखि १९३९ सम्म) सोभियत सङ्घमा देशद्रोही गतिविधिमा संलग्न विभिन्न विश्वासघाती गुटका नेता कार्यकर्तामाथि चलाइएको सैन्य मुद्दातिर सङ्केत गरेका छन् ।
९. स्तालिनकालीन रूसमा फरक विचारका नेताहरूलाई पाखा लगाइयो, ग्राम्स्कीले भनेजस्तो वैकल्पिक नागरिक समाजजस्ता दबाब समूह वा प्रतिपक्षीलाई छुट दिइएन भनी आरोप बेलाबखत आउने गर्छ । ग्राम्स्कीले युरोपमा वा फासीवादी इटालीमा यसको आवश्यकता महसुस गरेको यहाँ लेखकको ठम्याइ छ । देशी–विदेशी षड्यन्त्र र जालझेल भोगिरहेको तत्कालीन सोभियत सङ्घमा यस्तो छुट दिनुु आत्मघाती हुने ग्राम्स्कीको विचार थियो ।
१०. ग्राम्स्कीको जन्म इटालीको सार्डिनिया टापुमा सन् १८९१ मा भएको थियो ।
अनुवाद ः सुरेश

Leave a Reply

Your email address will not be published. Required fields are marked *