भक्तपुर नगरपालिकाको २० औँ नगरसभामा नगर प्रमुख सुनिल प्रजापतिद्वारा प्रस्तुत आ.व. २०८३/८४ को नीति तथा कार्यक्रम
- असार ७, २०८३
एल्डो बर्नार्डिनी
सन् २००३ को जुलाई १७ का दिन इटालीको ‘कोर्रिएर डेल्ला सेरा’ नामको पत्रिकाले सिल्भियो पोन्सले लेखेको एउटा लेख छाप्यो । त्यस लेखमा अज्ञात चिठ्ठीको बारेमा उल्लेख थियो । स्तालिनलाई सम्बोधन गरिएको सो चिठ्ठी ग्राम्स्कीकी श्रीमती गिउलियाले आफ्नी बहिनी यूजेनिया शख्तसँग मिलेर सन् १९४० को डिसेम्बरमा लेखेकी थिइन् । सन् १९३७ मा फासीवादीहरूको जेलमा ग्राम्स्कीको निधन भएको थियो । चिठ्ठीमा ग्राम्स्कीका कृतिहरू (जेलका नोटबुकहरू) १ छाप्ने जिम्मेवारी लिन स्तालिनलाई अनुरोध गरिएको थियो । किनभने इटालीका कम्युनिष्टहरूले त्यसबेलासम्म सो कामलाई बेवास्ता गरेका थिए । चिठ्ठीमा इटालियालीहरूले नै छलकपटपूर्वक धोका दिएकाले ग्राम्स्कीमाथि मुद्दा दायर गरी धरपकड गरिएको शङ्कालाई थप जोड दिइएको थियो । वास्तवमा ग्राम्स्कीलाई जेलबाट रिहा हुनबाट रोक्न वा थुनामा राखिरहन यस्तो गरिएको थियो । चिठ्ठीमा उल्लेख गरिएका शङ्कास्पद व्यक्तिमा धेरैजसो इटालीका फासीवादी र त्रोत्स्कीवादीहरू थिए । साथै, चिठ्ठीले ग्रीक अक्षरको पुरानो काण्ड र टोगलियाटी २ को कथित अस्पष्टताबारे पनि प्रस्ट सङ्केत गरेको थियो ।
यो चिठ्ठीको प्रतिक्रियामा अखबारमा लेखहरूको ओइरो लाग्यो । चिठ्ठीमा कुनै नयाँ तर्क अघि नसारिएको वा विगतमा थाहा भएका र पुग्दो मात्रामा अस्वीकार गरिएका तथ्यहरूमा चिठ्ठीले कुनै नयाँ कुरा नथपेको जस्ता सुक्ष्म विषयमा ती प्रतिक्रिया केन्द्रित थिए । यूजेनिया दृढ स्तालिनपन्थी थिइन् । त्यसैले पनि ती लेखमा उक्त चिठ्ठीलाई ‘स्तालिनवादी आतङ्क’ र घुमाइफिरार्ई टोगलियाटीविरोधी षड्यन्त्र हुनसक्ने जिकिर गरिएको थियो ।
कसैले पनि चिठ्ठीको आधिकारिकता र ग्राम्स्कीको असली भावना सो चिठ्ठीले झल्काउँछ कि झल्काउँदैन भन्ने प्रश्न उठाएनन् । यो लेखमा हामी ग्राम्स्कीलाई थुनामा गरिएको अन्यायपूर्ण दुव्र्यवहार र त्यस्तो व्यवहारका लागि आरोपित पक्षहरूबारे वा किन र के कति कारणले उनीमाथि दुव्र्यवहार गरियो आदि विषयमा भन्दा पनि धोकाधडीको आरोपबारे छलफल गर्छौं । उनीसित गरिएको अचाक्ली दुव्र्यवहारबारे कसै–कसैलाई शङ्का र त्रास हुनसक्छ । हामी ती लेख शृङ्खला बेकामका र तल्लो दर्जाको पाउँछांै किनभने ए.सानटुस्सी र ए.बुर्गियोका अव्यक्त र क्षणिक अपवादहरूबाहेक सबै लेख मूल प्रश्न अर्थात् ग्राम्स्की र स्तालिनबीचको सम्बन्धलाई छोडेर अन्य पक्षमा केन्द्रित छन् । यी छाडा संशोधनवादीहरू (माक्र्सवादी–लेनिनवादी अर्थमा, ऐतिहासिक अर्थमा होइन) ले स्तालिन र ग्राम्स्की दुवैजना एकअर्कोसित बाउँठिएका वा एकअर्कालाई घृणा गर्थे भन्ने नीच र असत्य कथाहरू कथे । उनीहरूका त्यस्ता सबै गफको कुनै आधार छैन । किनभने स्तालिन, त्रोत्स्की वा सोभियत समाजवादसम्बन्धी ‘जेलका नोटबुकहरू’ का अनुच्छेदहरू सबैले स्तालिनको पक्षमा प्रकाश पारेका छन् । सन् १९३०–१९३२ मा छापिएको संस्करण (पृ.८०१, जेरान्टाना संस्करण, यो संस्करणलाई नै हामीले सबै ठाउँमा उद्धृत गरेका छौँ) को एउटा अनुच्छेदमा ब्रोन्स्टिन (त्रोत्स्की) ३ ले ‘हाकाहाकी आक्रमणले पराजयतिर धकेल्ने अवधिमा हाकाहाकी आक्रमणको राजनीतिक सिद्धान्तअघि सार्न खोजेको’ भनी गाम्स्कीले आलोचना गरे । उनले आन्दोलन वा प्रतिबद्ध र रणनीतिक युद्ध ४ को बीचमा आवश्यक भेद छुट्याए । जस्तै, एकातिर सोभियत सङ्घले आफ्नो अस्तित्व रक्षाका लागि लड्नुपर्ने भार थियो र यसका लागि (सुनौँ है, सुनौँ) “शासनसत्ताको अपूर्व केन्द्रीकरण आवश्यक हुन्छ र आफ्ना शत्रुविरुद्ध स्थायीरूपमा स·ठित हुनसक्ने झन् हस्तक्षेपकारी सरकार आवश्यक हुन्छ । राजनीतिक, सा·ठनिकजस्ता हावी हुने समूहको प्रभुत्वकारी स्थितिलाई दरिलो बनाउने हरेकखाले नियन्त्रण आवश्यक हुन्छ ।”
ती अनुच्छेदमा, दुईखाले ‘युद्ध’ (पृ. ८६५) का भेदबारे गहिरो विश्लेषण गरिएको छ । तिनमा, ग्राम्स्कीले पूर्व र पश्चिमको अवस्थाबीच भेद छुट्याएका थिए । ५ पूर्व, जहाँ राज्य नै सर्वेसर्वा थियो र नागरिक समाज आदिम र खुकुलो थियो । पश्चिम, जहाँ “राज्य र नागरिक समाजबीच उचित सम्बन्ध थियो । यहाँ, राज्य बटारिँदा नागरिक समाजको सुगठित संरचना एकाएक देख्न सकिन्थ्यो ।” यसले फेरि पनि त्रोत्स्कीका सिद्धान्तलाई अस्वीकार गर्छ । सबैभन्दा महत्वको अनुच्छेद (पृ. १७२८) स्तालिन (जोसेफ विस्सारियोविच) को बारेमा छ । यो अनुच्छेद स्तालिनसँग सन् १९२७ सेप्टेम्बरमा लिइएको अन्तर्वार्ताबाट प्रेरित छ । “व्यवहारको दर्शन ६ ले यसका प्रवर्तक (माक्र्स) को निक्र्योल वा खासगरी यसका जल्दाबल्दा महान् सिद्धान्तकार (स्तालिन) ले प्रस्टाएजस्तो अन्तर्राष्ट्रिय परिस्थितिलाई राष्ट्रको पक्षबाट कसरी हेर्नुपर्छ” भन्ने कुरा अनुच्छेदमा औँल्याइएको छ । यो अनुच्छेद विशेषतः राष्ट्रिय र अन्तर्राष्ट्रिय परिस्थितिबीचको द्वन्द्वात्मक सम्बन्धमा केन्द्रित छ जुन स्तालिनको दृष्टिकोण हो । अनुच्छेद अगाडि भन्छ, “यो कुरा लियोन डेविडोविच (त्रोत्स्की) र बहुसङ्ख्यक आन्दोलन (बोल्शेविक) का व्याख्याता विस्सारियोविच (स्तालिन) बीचबाट उदाएको मूलभूत मतभेदमा आधारित छ भन्ने मेरो विश्वास छ ।” कम्तीमा दुई ठाउँमा ग्राम्स्कीले ‘लियोन डेविडोविच(त्रोत्स्की)को सफाया’ (पृ.१७४४) लाई सही ठह¥याएका छन्, समर्थन जनाएका छन् । पहिले पनि यसरी नै उनले सोभियत सङ्घमा “‘वैध’ संसद् खारेज गरेपछि बाँचेको ‘कालो’ संसद्” बारे बहस हुँदा संसद विघटनप्रति समर्थन जनाएका थिए । ७ खासगरी त्रोत्कीका प्रवृत्तिको मसिनो र गहिरो विश्लेषणपछि उनले यस्तो विचार व्यक्त गरेका थिए । यसक्रममा त्रोत्स्कीले विरोध गरेको धार (स्तालिनको धार) अमूर्त थिएन । बरु कठोर सूत्रअनुरूप, ‘चल्तीको, ठोस, जीवन्त इतिहाससँग मेल खाने, वर्तमान समय र स्थान सुहाउँदो, रूपान्तरण गरिनुपर्ने समाजका सबै कुनाकाप्चाबाट निस्केको, सहरी समूहको प्रभुत्वसँगै दुई सामाजिक समूहबीचको एकताको रूपमा’ (अर्थात् स्तालिनले लागु गरेजस्तो) स्थापित थियो । र, निर्णायकरूपमा (पृ.२१६४) त्रोत्स्कीका प्रवृत्तिबारे ग्राम्स्कीले कति पनि नहिच्किचाइकन खुलस्त लेख्छन्, “कुल्चिनुपर्ने निष्ठुर आवश्यकता” (पृ.१९३४ को अनुच्छेद) । यो टिप्पणीमा बताइएजस्तै पछि सोभियत सङ्घमा वास्तवमै यस्तो भयो पनि ।८

स्तालिन
Leave a Reply