शिक्षा क्षेत्रमा सामुदायिक विद्यालयको भूमिकाबारे अन्तरक्रिया
- असार ७, २०८३
अपत्यारिला, निरर्थक, हावादारी गफ र अभिव्यक्त विचारलाई इमानदारीपूर्वक समीक्षा गर्दा नेकपाका अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल साँच्चै बकम्फुसे नेता नभनी सुखै छैन । एकचोटि माओवादी अध्यक्ष दाहालले झण्डै दुई हजारको केन्द्रीय सदस्य रहेको केन्द्रीय समिति बनाएर संसारकै सबभन्दा ठूलो दल भनी अभिमानी गरेका थिए । पछि चीनपछिको दोस्रो ठूलो कम्युनिष्ट पार्टीको दल भनी उनले सच्याए । अहिले अर्का अध्यक्ष ओलीले एउटै पार्टीको दुई अध्यक्ष बनेर संसारकै लागि नमुना काम गरेको फुके । त्यतिले चित्त नबुझेर संविधानमा मिले दुई प्रधानमन्त्री भएर अर्को चमत्कारपूर्ण काम गर्ने बताए । एउटै पार्टीको दुई अध्यक्ष भएर या दुई अध्यक्ष भएको पार्टीको सरकार चलाएर संसारकै लागि अनुकरणीय काम गरेर देखाए पो नमुना हुन्छ । संविधानले दिए दुवै प्रधानमन्त्री भई देश चलाउँथ्यौँ भनेर प्रम ओलीले कसलाई सुनाएका हुन् ? कतै अर्का अध्यक्ष दाहाललाई यो ५ वर्ष प्रम बन्ने आशा गर्नु व्यर्थ भनेर व्यङ्ग्य गरिएको त होइन ?
पार्टीमा दुई अध्यक्ष बनाएर कहीं नभएको जात्रा थालनी गर्ने ओलीको संविधानमा दुई प्रमको व्यवस्था गर्ने मनसाय खोलेर संविधान संशोधन गर्न हतारिएको हो ? “प्रजातन्त्रको नमुना काम गर्ने, दुई अध्यक्ष भएर पार्टी राम्ररी चलाउने पार्टी नेकपा नै हो, यतिको राम्रो उदाहरण संसारमा कहीं छैन” भन्न पछि नपर्ने प्रम ओलीको यो अभिव्यक्ति बकम्फुसेबाहेक अरु केही होइन । नेपाल कानुन व्यवसायी सङ्गठनको घोषणा कार्यक्रममा प्रम ओलीले त देश र जनताको लागि गरिरहेको कामबारे पो जानकारी दिनुपर्ने हुन् । महत्वपूर्ण राजनीतिक सभा र भेलामा कहिले उखानटुक्का भिरेर त कहिले ठट्टा गरेर हँसाएर पनि कहिले देश समृद्ध हुन्छ ? “संविधानले दिंदैन नत्र दुई जना मिलेर प्रधानमन्त्री भई देश पनि चलाउँथ्यौँ ।” भनेर प्रम जस्तो जिम्मेवार व्यक्तिले ठट्टा गर्ने ? कहिले भावनामा बगेर धर्ती फाट्ने त कहिले जनतालाई जुरुक्क उचालेर भुइँमा बजार्ने ओली र दाहालको परिचय नै हो कि के हो ?
नेकपाका अध्यक्षद्वयले त माक्र्सवाद–लेनिनवादबारे नेता, कार्यकर्ता तथा पार्टी मातहतका पेशागत सङ्गठनका कार्यकर्तालाई सुसूचित पार्नुपर्छ । माक्र्सवाद र लेनिनवादलाई नेपालको हावापानी र माटो सुहाउँदो कसरी व्यवहारमा ल्याउने हो, त्यसबारे पो बताउनुपर्छ । माक्र्सवाद–लेनिनवादलाई मार्गनिर्देशक मान्ने अनि क्रान्तिको कुरा कहिल्यै नगर्ने नेकपाले देशमा कसरी समाजवाद स्थापना गर्न पहल गर्छ ? पार्टीको सिद्धान्त र विचारलाई व्यवहारमा ल्याएर बहुमत जनताको सेवा गर्न सरकार प्रमुख अघि सर्ने कि ख्याल ठट्टा जोडेर रमाइलो गर्ने ? दुई प्रमको भोका देख्ने अध्यक्ष ओलीले नेकपाले अर्को पार्टीको सम्मेलन या महाधिवेशनमा दुई अध्यक्षकै व्यवस्था गरेर जहिल्यै नमुनै नमुनाको काम गर्ने सफलता मिलिरहोस् । नक्कली कम्युनिष्टहरूसँग अरु के सफलताको कामना गर्ने !
Leave a Reply