क्रान्तिकारी चेतना र उत्पादनको मोर्चा : क्युवाली अनुभवको सन्दर्भ
- जेष्ठ २८, २०८३
रवीन्द्र खर्बुजा
स्थानीय निकायको निर्वाचन २०५४ मा नेमकिपाद्वारा प्रस्तुत निर्वाचन घोषणापत्रमा उल्लेखित प्रतिबद्धताहरूमध्ये भक्तपुरमा नमुना विद्यालय तथा कलेजहरूको स्थापना गर्दै जाने उल्लेख थियो । प्रतिबद्धता अनुसार २०५६÷०३÷३२ गते बसेको भक्तपुर नगरपालिकाको नगरपरिषद्ले एउटा ऐतिहासिक निर्णय ग¥यो । उक्त निर्णयमा भनिएको थियो –
१) भक्तपुर नगरको विद्यार्थीहरूलाई उच्च शिक्षा अध्ययन गर्ने अवसर प्रदान गर्न भक्तपुर नगरपालिकाले विद्यालय सहायता कार्यक्रम अन्तर्गत उच्च माविको निम्ति छुट्टै रकमको व्यवस्था गरी राखेकोमा नगर प्रमुख प्रेम सुवालको अध्यक्षतामा भएको भक्तपुरका बुद्धिजीवी एवम् स्नातकोत्तर उतीर्ण महानुभावहरूको बैठकबाट प्राप्त सुझावअनुसार शैक्षिक सत्र २०५६÷०५७ देखि आर्थिक तथा भौतिक व्यवस्था भनपाले गर्ने गरी व्यवस्थापन र विज्ञान विषयको उच्च मावि कक्ष भक्तपुर नगरपालिका आफैले सञ्चालन गर्ने र उक्त कक्षा सञ्चालन गर्नको लागि प्रमुख प्रेम सुवालको अध्यक्षतामा सञ्चालक समिति गठन गर्ने ।
२) उपरोक्त निर्णयअनुसार सञ्चालन हुने उच्च माविको ११ कक्षाको लागि निम्न अनुसारको शुल्क निर्धारण गर्ने
क) विज्ञान सङ्काय
१) फाराम शुल्क – रु. १०० ।–
२) भर्ना शुल्क – रु. ४,००० ।– ३) धरौटी – रु. १,००० ।–
४) मासिक – रु. ५०० ।–
ख) व्यवस्थापन सङ्काय
१) फाराम शुल्क – रु. १०० ।–
२) भर्ना शुल्क – रु. १,८०० ।–
३) धरौटी – रु. ५०० ।–
४) मासिक – रु. ५०० ।–
३) विद्यालयको नाम भक्तपुर नगरको ऐतिहासिकता झल्किने गरी ख्व्प उच्च माध्यमिक विद्यालय र अङ्ग्रेजीमाKHWOPA HIGHER SECONDARY SCHOOL रहने छ ।
४) शैक्षिक वर्ष २०५६÷०५७ मा विज्ञान र व्यवस्थापन दुई समूहका कक्षाहरू सञ्चालन गरिने छन् ।
५) च्याम्हसिंहस्थित भनपाको भवनमा मात्र कक्षा कोठा नपुग हुने भएकोले अर्को व्यवस्था नभएसम्मको लागि वडा नं. १ मा अवस्थित वागिश्वरी मावि सञ्चालक समितिलाई अनुरोध–पत्र प्रेषित गर्ने ।
सो निर्णयबमोजिम उच्च मावि सञ्चालन गर्न उच्च शिक्षा परिषद्मा सम्बन्धनको निवेदन दिएदेखि नै उच्च माध्यामिक शिक्षा परिषद्का पदाधिकारीहरू आश्चर्यचकित थिए । नगरपालिकाले पनि कलेज सञ्चालन गर्ने भन्ने हुन्छ र ? कहीँ नभएको जात्रा हाँडी गाउँमा भनी टिप्पणीसमेत गरेका थिए ।
सम्बन्धन प्राप्त गर्न भक्तपुर नगरपालिकाका निर्वाचित पदाधिकारीहरू धेरै धाउनु परेको थियो । उच्च माध्यामिक शिक्षा परिषद्ले धेरै दिन आनाकानी गरे । सुरुमा मासिक शुल्कको विवरण पेश गर्नुपर्ने कुरा उठायो । नगर परिषद्ले निर्धारण गरेको शुल्क विवरण पेश गर्ने कार्य भयो । शुल्क विवरण हेरिसकेपछि अर्को प्रश्न उठायो । काठमाडौंको केही नाम चलेका उच्च माविहरूको नाम लिँदै त्यहाँको शुल्क विवरणबारे यहाँहरूलाई जानकारी छ कि छैन भनी सोधे । त्यस अगाडि नै वा परीक्षद्बाट शुल्क निर्धारण गर्नु पूर्व उपत्यकास्थित प्रायःसबै उमाविहरूको पहिलो कुरा, भक्तपुर नगरपालिकाले आर्थिक लाभ वा नाफा कमाउने उद्देश्यले उमावि सञ्चालन गर्न खोजेको होइन । दोस्रो कुरा, कम शुल्क लिएर हामीले अन्यत्रका विद्यार्थी तान्न खोजेको पनि होइन । भक्तपुरका विद्यार्थीहरूलाई भक्तपुरमै कम शुल्कमा उच्च शिक्षाको अधययन गर्ने अवसर प्रदान गर्ने हाम्रो चाहना हो ।
अर्को प्रश्न थपियो । कति विद्यार्थी भर्ना लिनुहुन्छ ? पहिलो वर्षमा विज्ञान सङ्कायमा एक र व्यवस्थापन सङ्कायमा एक गरी दुई समूहमात्र भर्ना लिने छौं । उनले क्यालकुलेटर चलाउँदै भन्न थाले, कम शुल्क भएपछि तपाईंहरूको कलेज नचल्ने अवस्था त आउने हैन ? ठीकै छ बरु अब भन्नुस् प्राध्यापकहरू को–को हुनुहुन्छ, नामावली दिनुस् । हामीले एकपृष्ठमा नाम लेखेर टेबुलमा राखिदियौं । फेरि अर्को प्रश्न गरे, PhD वालाहरू नै धेरै जना रहेछ, के सबैले भारतबाट PhD गरेका हुन कि ? संयम हुँदै जवाफ दियौं, जापान, रुस लगायतको नाम बताउँदै गएपछि चुप लागे ।
त्यसदिन हामीले कोठाभित्र पस्नेबित्तिकै टेबुलमा उच्च शिक्षा परिषद्् सम्बन्धन तथा अनुगमन निर्देशनालयका तत्कालीन निर्देशक डा. उमाकान्त सिलवालज्यूको दस्तखतसहितको सम्बन्धनको पत्र देखिसकेका थियौं । सम्बन्धन सङ्ख्या ४९८ को उक्त पत्रको बोधार्थमा शिक्षा मन्त्रालय मध्यमाञ्चल क्षेत्रीय शिक्षा निर्देशनालय, त्रि.वि.वि. योजना महाशाखा, परीक्षा नियन्त्रण कार्यालय र जि.शि.का. भक्तपुरसमेत उल्लेख थियो । तसर्थ अब सम्बन्धन प्राप्त हुने कुरामा हामी विश्वस्त थियौं । तर हाम्रो हातमा थम्याउन अनेक बहाना गर्दै थिए । अन्ततः २०५६÷०४÷१६ गते उमावि शिक्षा परिषद्को निर्णय अनुसारको उक्त सम्बन्धन पत्र १७ गते हाम्रो हातमा प¥यो । सँगसँगै भन्नुभयो, तपाईंहरूलाई शुभकामना छ, सफल होस्, हामीसँग अङ्ग्रेजीका धेरै राम्रा शिक्षकहरू हुनुहुन्छ । आवश्यक परे सम्पर्क राखौंला सहयोगको लागि धन्यवाद, यहाँहरूकै सहयोगबाट हामी अगाडि बढ्ने छौं । फेरि फेरि दुःख दिनेछौं । त्यसपछि एकजना उच्च शिक्षा परिषद्मा लेखासम्बन्धी काम गर्ने कर्मचारी होला, हातमा सहयोग रसिद लिएर ‘हामी चौतारामा एउटा मन्दिर बनाउँदैं छौं, त्यसको लागि भक्तपुर नगरपालिकाको तर्फबाट केही सहयोग गर्नुप¥यो ।’ भने हामीले भन्यौं भक्तपुर नगरपालिका कला, संस्कृति संरक्षणमा लागि रहेको संस्था हो अस्ति भर्खरै पाल्पामा एउटा मन्दिर पुनःनिर्माण गर्न भक्तपुरबाट डकर्मी र सिकर्मीहरूको टोली पठाएका थियौं । अहिले त्यहाँ पुनःनिर्माण कार्य हुँदैछ । तपाईंहरूलाई पनि आवश्यक भयोभने लेखि पठाउनुस् । आवश्यक सल्लाह र जनशक्ति दिन सकिन्छ । उहाँलाई त्यो कुरा चित्त बुझेन र थपे, होइन त्यति धेरै चाहिँदैन । तपाईंहरूबाट ५ हजार जति चन्दा दिए भइहाल्छ नि हामीले पुनः दोहो¥यायौं, ठिकै छ, संस्थागत रुपमा लेखि पठाउनुुस् ५ हजार होइन ५० हजार पनि सहयोग हुनसक्छ तर लिखित आउनैपर्छ । ए ल त भइहाल्यो भनेर गए । हामी सम्बन्धन पत्र लिएर बाहिरियौं ।
सम्बन्धन प्राप्त भयो । तयारी कक्षा पनि सञ्चालन भइसकेको थियो । अन्य आवश्यक तयारी पनि द्रुत गतिमा हुँदै थियो । तर कलेज सञ्चालनको लागि कुनै परिवेशमा पनि विचलित नहुने खालका आवश्यक जनशक्तिबिना उमावि सञ्चालन गर्दा बीचमा समस्या हुने हो कि भन्ने आशङ्का उब्जियो । तसर्थ सम्बन्धन लिईसके पनि केही वर्षपछि मात्र अगाडि बढ्ने हो कि ? भन्ने सल्लाहसमेत प्राप्त भएको थियो । तर, पछि सबै तयारी भइसकेको अवस्थामा सञ्चालन गर्नु नै उचित हुने देखिएकोले पछाडि नहट्ने निष्कर्षमा पुगेर ख्वप उच्च माध्यमिक विद्यालयको कक्षा सञ्चालन भयो ।
सर्वसाधारण जनतका छोराछोरीलाई गुणस्तरीय उच्च शिक्षाको अवसर प्रदान गर्ने, अनुशासित र प्राज्ञिक वातावरणलाई बढावा दिई समाज र देशप्रति सचेत नागरिक तयार गर्न मद्दत गर्ने, चौतर्फी विकासको लागि शैक्षिक स्रोतबाट योगदान पु¥याउने तथा भक्तपुरलाई ज्ञान विज्ञानको केन्द्र बनाउन सकृय रहने उद्देश्यबाट स्थापित यस ख्वप उच्च माध्यमिक विद्यालय क्रमशः अगाडि बढ्दै गयो । त्यसबीच शिक्षक, विद्यार्थी, अभिभावक वर्ग, बुद्धिजीवी एवं शिक्षाप्रेमी महानुभावहरूबाट थप विषयका साथ स्नातक र स्नातकोत्तर तहमा समेत कलेज स्थापना एवम् सञ्चालन गर्नुपर्ने माग आउन थाल्यो । भक्तपुर नगरपालिकाको बोर्ड र नगरपरिषद्को निर्णयअनुसार सम्बन्धित निकायहरूमा जाँदा सम्बन्धनको लागि जसरी उच्च माध्यमिक शिक्षा परिषद्ले आनाकानी गरे त्यसैगरी त्रिभुवन विश्वविद्यालय प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद्लगायत कुनै पनि सम्बन्धित निकायहरूबाट सहजरुपमा सम्बन्धन प्राप्त भएन । विश्वविद्यालयका उपकुलपतिहरू मात्र होइन सम्बन्धित मन्त्रालयसम्म पनि पटक पटक प्रतिनिधिमण्डल जानुप¥यो । घेराबन्दी गर्नुप¥यो । अन्ततःविभिन्न किसिमको बाधा, व्यवधान र चुनौतीहरूको समाना गर्दै ख्वप उच्च मा.वि.को जगमा ख्वप बहुप्राविधिक अध्ययन संस्थान, ख्वप कलेज अफ इन्जिनियरिङ्ग र हाल शारदा उमावि । कलेज पनि ख्वप कलेज व्यवस्थापन समितिअन्तर्गत नै सञ्चालन गर्न सफल भइरहेको छ ।
(खर्बुजा भक्तपुर नपाका पूर्ववडाध्यक्ष हुुनुहुन्छ ।)
स्रोत ः शैक्षिक अनुभव स्मारिका २०७५ अङ्क ४
Leave a Reply