भर्खरै :

जाँचबुझ आयोगमा सरोकारवालाहरूको बयानको सार सङ्क्षेप – २३

जाँचबुझ आयोगमा सरोकारवालाहरूको बयानको सार सङ्क्षेप – २३

सङ्घीय संसद् भवन सुरक्षावेश बानेश्वरमा कार्यरत प्रहरी सहायक निरीक्षक प्रमोद कुमार यादव :
सङ्घीय संसद् भवन सुरक्षावेश प्र.नि. को कमान्डमा रहेको छ । संसद् भवनको चारैतिर हाइप्वाइन्ट पोस्ट छन् । उल्लिखित पोस्टहरूमा चौबीसै घण्टा इन्सास राइफलसहित ड्युटी खटाइएको हुन्छ । उक्त क्षेत्र धर्ना, प्रदर्शन गर्न नपाइने निषेधित क्षेत्र हो । २०८२ भदौ २३ गते राष्ट्रियसभाको बैठक पनि थियो । सोहीअनुसार नेपाल प्रहरी र सशस्त्र प्रहरी बलबाटसमेत थप सुरक्षाकर्मी खटाइएको थियो ।
लगभग ११.०० बजे हजारौँको सङ्ख्यामा रहेका उत्तेजित प्रदर्शनकारीहरूले निषेधित क्षेत्र तोडे । चारैतर्फबाट संसद् भवनलाई घेरेर भवनको वाल तथा ढोकाहरू तोडफोड गर्दै भवनभित्र प्रवेश गर्न खोजे । संसद् भवनका सुरक्षाकर्मी ड्युटी बस्ने High Post हरूमा ढुङ्गामुढा तथा प्रवेश गेट, प्रहरी पोस्टहरूमा आगजनीसमेत गरे । सशस्त्र प्रहरी र नेपाल प्रहरीसँग लाठी, ग्यासगन, इन्सास, एसएलआरसमेतका हतियार थिए । भिड हुलदङ्गामा परिणत भएपछि सशस्त्र प्रहरीले ग्यासगन प्रहार गरे । ग्यासगनले नियन्त्रणमा नआएपछि हवाईफायर गरे । यो प्रक्रिया दिनभरी चलि रह्यो । धेरै प्रहरी घाइते भए । बेलुका विभिन्न सामाजिक सञ्जालहरूबाट प्रदर्शनकारीहरू घाइते तथा मृत्यु भएको जानकारी भयो ।
सङ्घीय संसद् भवन सुरक्षाको लागि सेनाको टोली पनि आयो । २४ गते बिहानदेखि नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीसमेतले सङ्घीय संसद् भवनको सुरक्षा दिइरहेका थियौँ । प्रदर्शनकारीहरूको ठुलो समूहले संसद् भवनलाई चारैतिरबाट घेरा हालेर प्रदर्शन गरिरहेका थिए । लगभग १३.०० बजेतिर ठुलो सङ्ख्यामा प्रदर्शनकारीहरू जम्मा भई संसद् भवनतर्फ ढुङ्गामुढा, गुलेली, पेट्रोल बम प्रहार गरे । गैँतीलगायतका औजारहरूले पर्खाल फोडेर खुकुरी, भालासहित भित्र प्रवेश गरी संसद् भवन जलाए । २४ गते प्रदर्शनकारीहरूले सङ्घीय संसद् भवनमा आगजनी गर्दा नेपाली सेनाबाट कुनै सुरक्षात्मक भूमिका निर्वाह भएन ।
उपत्यका प्रहरी कार्यालय रानीपोखरी काठमाडौँमा कार्यरत प्रहरी सहायक निरीक्षक प्रदिप सिंह धामी :
म काठमाडौँ उपत्यका कार्यालय रानिपोखरीको प्रबन्ध तथा जिन्सी शाखाको जिम्मेवारीमा छु । २०८२ भदौ २३ गतेसम्म काठमाडौँ उपत्यका प्रहरी कार्यालयमा निमित्त कार्यालय प्रमुख प्रहरी नायव महानिरीक्षक ओमबहादुर राना हुनुहुन्थ्यो । २४ गतेदेखि तत्कालीन प्रहरी अतिरिक्त महानिरीक्षक दानबहादुर कार्की खटिने भन्ने थाहा पाएको थिएँ । सो कार्यालयका प्रहरी कर्मचारीहरू प्रायः फिल्डमा खटिँदैनन्, कार्यालयको कामकाजमा व्यस्त हुन्छन् ।
आन्दोलनकारीहरूले २४ गते बिहानैदेखि चारैतर्फ तोडफोड र आगजनीका साथ उग्र प्रदर्शन गरिरहेका थिए । अन्दाजी दिनको २÷३ बजे लाठी, भाला, गैँती, साबेल, गुलेली, खुकुरीजस्ता हतियार तथा औजार लिई ठुलो समूहका प्रदर्शनकारीहरूले काठमाडौँ उपत्यका प्रहरी कार्यालयमा ढुङ्गामुढा तथा तोडफोड गर्न थाले । हामीले प्रदर्शनकारीहरूलाई सम्झाउने बुझाउने प्रयास ग¥यौँ । प्रदर्शनकारीहरू कसैको कुरा नसुनी होहल्ला, ढुङ्गामुढा गर्दै कार्यालयभित्र प्रवेश गरे । उनीहरूले सवारी साधनमा तोडफोड, आगजनी गर्दै कार्यालयमा रहेका हातहतियार ३०३ राइफल २ थान, ७.६२ एमएमको एसएलआर राइफल ८ थान, फोल्डिङ/ननफोल्डिङ सर्टगन २ थान, मल्टीग्यास गन १ थान, ग्यास गन (सर्ट रेन्ज) १ थान, ग्यास हेन्ड ग्रिनेड २३ थान, ३८ स्पेसल रिभल्वर ७ थान, ४.४२ (३८) मिनि रिभल्वर १ थान, ९ एमएम (माउजर) जर्मनी पेस्तोल १ थान, ९ एमएम (CF ९८) चाइनिज पेस्तोल २७ थान, ९ एमएमपी ७ एम ८ जर्मनी पेस्तोल १ थान, ७.६२ त्थउभ ५४ चाइनिज पेस्तोल ९५ थान, ७.६२ Type ७७ चाइनिज पेस्तोल ४ थान, बेरेटा पेस्तोल ३ थान, 9 mm Auto Indian पेस्तोल ३ थान, NoN Lethal Multi Weapon !% १५ थान, स्टिल हतकडी ८ थान, इन्सास राइफल २ थान, SMG २ थान समेत लगे ।
प्रहरी प्रभाग कोटेश्वरमा कार्यरत प्रहरी सहायक निरीक्षक हरेराम कुमाल :
२०८२ भदौ २३ गते म कार्यालयमा स्टेन्डबाई ड्युटीमा थिएँ । २४ गते बिहान अन्दाजी १०ः३० बजे ४००÷५०० जनाको समूहले कार्यालयमा आक्रमण गर्न खोज्दा कोटेश्वर चोकबाट नै स्थानीयहरूले हातेमालो गरी “प्रहरी कार्यालायमा आगजनी र प्रहरीलाई कुटपिट गर्नु हुँदैन” भनेर सम्झाइबुझाइ गरी फर्काए । फेरि अं. ११ः०० बजे कोटेश्वर आकाशे पुलतर्फबाट आउँदै गरेको प्रदर्शनकारीहरूको हुलले कोटेश्वर ट्राफिक कार्यालयमा तोडफोड र आगजनी गरे । उनीहरूले गेटमा ढुङ्गामुढा गर्दै भित्र पेट्रोल बमसमेत फाले ।
करिब १२ः३० बजे अन्दाजी ३–४ हजारको हुलले ढुङ्गामुढा गर्दै “तिमीहरू अफिसबाट निस्क, होइन भने भित्रै जलाएर मारिदिन्छौँ” भन्दै धम्काएर हामीमाथि आक्रमण गर्न थाले । प्रहरीहरू प्रतिकार र आत्मरक्षा गर्न नसक्ने अवस्था आएपछि विवस भई ज्यान जोगाउन दायाँबायाँ भागे । म पनि प्रहरी प्रभाग कोटेश्वरको उत्तरतर्फ भाग्दै गल्लीभित्र एक स्थानीयको घरमा स्टोर रुमजस्तो सानो कोठामा लुकेर बसेँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *