भर्खरै :

नियमित अन्तरक्रिया सराहनीय

धीरेन्द्रमान बिजुक्छें, शिक्षक
‘श्रमिक’ साप्ताहिक २६ औँ, ‘मजदुर’ दैनिक २१ औँ र अनलाइन मजदुर तेस्रो वर्षमा प्रवेश भइसकेका छन् ।
‘श्रमिक’ साप्ताहिक र ‘मजदुर’ दैनिक ले नेपाल कम्युनिष्ट आन्दोलनमा नेमकिपाको गतिविधि, कानुनी र गैरकानुनी सङ्घर्ष, विचार र सिद्धान्त, देश विदेशमा घटित विभिन्न घटनाहरू सम्बन्धमा विश्लेषणात्मक समाचार, राष्ट्रिय – अन्तर्राष्ट्रिय लेख–रचना, अति महत्वपूर्ण अन्तर्राष्ट्रिय भावानुवादहरू, प्रगतिशील र कम्युनिष्ट पुस्तक परिचय, भारतीय थिचोमिचो र नाकाबन्दीविरुद्ध विभिन्न गविधिहरूका समाचार र लेखहरू, समाजवादी चीनको एक बाटो एक क्षेत्र अगुवाइ, चीन (संरा अमेरिका व्यापार युद्ध, संरा अमेरिकाको विरोधमा प्रजग कोरियाले गरेको आणविक हतियारका विकास, प्रजग कोरिया र संरा अमेरिका र प्रजग कोरिया र दक्षिण कोरियाबीच भएको शान्ति वार्ताहरू, फासिवाद, जातीय राजनीति र सङ्घर्ष, आधुनिक मोबाइल, आइफोनजस्ता सञ्चारका सेटहरूले ल्याएको विकृति के कसरी हटाउनेबारे विभिन्न लेख–रचना र अनुवादहरू आदि प्रकाशित गर्दै आएको कुरा सबैलाई थाहै छ ।
नेपाल कम्युनिष्ट आन्दोलन र पत्रकारिताको क्षेत्रमा ‘श्रमिक’ साप्ताहिक र ‘मजदुर’ दैनिकको छट्टै पहिचान छन् । पित्त–पत्रकारिताविरुद्ध स्वस्थ र रचानात्मक पत्रकारिता भएको, चुरोट, रक्सीजस्ता लागूपदार्थहरूको विज्ञापन नभएको, कम्युनिष्ट विचारधारा र नक्कली नेपाल कम्युनिष्ट पार्टीको संशोधनवादी र अवसरवादी सिद्धान्तहरूको प्रचारप्रसार गर्ने, ‘श्रमिक’ साप्ताहिक र ‘मजदुर’ दैनिकको नियमितता आदि ‘श्रमिक’ साप्ताहिक र ‘मजदुर’ दैनिकका विशेषताहरू हुन् भने कमलप्रकाश मल्ल, राम शेखरजस्ता प्रगतिशील साहित्यकारका रचना एवम् नेपाल भाषा उत्थानको लागि लेखिएका समालोचना र कृतिहरू, कृष्णदास श्रेष्ठ, माणिकलाल श्रेष्ठ, गोविन्दप्रसाद लोहनीजस्ता पुराना कम्युनिष्ट पाका नेता, बुद्धिजीवी, नेपाल कम्युनिष्ट आन्दोलनमा सही विचार दिनसक्नेहरूका लेख – रचनाहरू र अनुवादहरू प्रकाशित हुनु अर्को विशेषता हो ।
वर्ष वर्षमा वा केही वर्षको अन्तरालमा देशका विभिन्न जिल्लाहरूमा ‘श्रमिक’ साप्ताहिक र ‘मजदुर’ दैनिक व्यवस्थापनका साथीहरूले यसरी अन्तरक्रिया गराउँदै आउनु सराहनीय कुरो हो । यसबाट ती पत्रिकाहरूलाई समय सापेक्ष परिमार्जन र परिष्कृत गर्न सघाउ पुग्छ नै ।
यसै सिलसिलामा, मैले ‘श्रमिक साप्ताहिक र ‘मजदुर’ दैनिकका केही लेख –रचना र अनुवादहरूको विषयमा टीका टिप्पणी गर्न कोसिस गर्दछु ।
कुनै पत्रिकाको सम्पादकीय लेख कति महत्वपूर्ण हुन्छ भन्ने कुरो यहाँहरूलाई बताइरहनुपर्ने होइन । २०७५ पुस २८ गतेको ‘मजदुर’ दैनिकमा पृथ्वीनारायणलाई अतिवादबाट टाढा राखेर बुझौँ भन्ने सम्पादकीय लेखमा प्रकाशित भएको थियो ।
दुवै अतिवादबाट टाढा रहेर निष्पक्ष ढङ्गले कसैको मूल्याङ्कन गर्नु राम्रो कुरो हो । यद्यपि, पृथ्वीनारायण शाहको विपक्षमा लेखिएका लेखहरूमात्र मजदुर र श्रमिकमा छापिनाले आलोचनात्मक दृष्टिकोणको विकास गर्न गराउन अलि सघाउ नपुग्ने देखिन्छ । उदहारणको लागि २०७५ पुस २८ र पुस २९ गतेको मजदुरका अङ्कहरूमा डा. वालगोपाल श्रेष्ठले लेख्नुभएको के पृथ्वीनारायण शाहको सेनाले कीर्तिपुरेका नाक काटेका थिए ? भन्ने लेख छापिएको थियो । त्यसो भएर, उनका पक्ष, विपक्षका लेखहरू र दुवै अतिवादबाट टाढा रहेका निष्पक्ष लेखहरू पनि प्रकाशित गर्नुपर्ने देखिन्छ ।
लेखक चाङ पाइचियाद्वारा लिखित अङ्ग्रेजी पुस्तक, द पथ अफ द सीपीसी ः रिभोल्युसन कन्स्ट्रकशन, रिफर्म सन् २०१२ मा चीनको विदेशी भाषा प्रकाशन गृहले प्रकाशित ग¥यो । उक्त पुस्तकको नेपाली भाषामा उल्था राकस्थाले गर्नुभएको हो । चिनियाँ कम्युनिष्ट पार्टीको मार्ग ः क्रान्ति निर्माण सुधार, शीर्षकमा पुस्तकको अध्याय १ र २ मजदुर दैनिकमा २०७५ मंसिर २१ गतेदेखि २८ गतेसम्मको अङ्कमा र ३ अध्याय २०७५ पुस ९ गतेदेखि २८ सम्मको अङ्कमा र ४ अध्याय २०७५ पुस १६ देखि २८ सम्मको अङ्कमा प्रकाशित भयो । ती अनुवादहरूले सांस्कृतिक क्रान्तिको बेला माओ त्सेतुङ पक्ष र लि साउ चि, तेङ श्याउ पिङबीचको मतभेदलाई छोएन । लि साउ चि र तेङ श्याउ पिङहरूले खु्र्रश्चेभले जस्तै स्तालिनको अगाडि स्तालिनको सिद्धान्त र स्तालिनको खुब प्रशंसा गर्ने र भित्रभित्रै संशोधनवाद लागू गर्ने र स्तालिनको विरोध गर्नेजस्ता माओ त्सेतुङको विरोध गर्ने काम गर्नुभएन । उहाँहरूले खुलेरै आप्mना विचारहरू राख्नुभएको थियो । चिनियाँ कम्युनिष्ट पार्टीका राम्रा–राम्रा पक्षहरूलाई मात्र उल्लेख गरेर वास्तविक आधुनिक इतिहास सम्बन्धमा नयाँ पुस्तालाई जानकारी गराइयो ।
२०७५ कार्तिक ३० गते र मंसिर १ गते मजदुर दैनिक अङ्कहरूमा गोविन्द प्रसाद लोहनीद्वारा लिखित सामन्ती परम्परा, वैज्ञानिक चिन्तन र भावुकता, लेख छापियो । त्यस लेखले पाठकहरूलाई अध्यनशील र अनुसन्धानमा लाग्न प्रेरित गरेको छ । यस्तै उहाँका अरु अरु पनि लेखहरू छापिएका छन् ।
२०७५ मंसिर २ र ३ गते मजदुर दैनिक अङ्कहरूमा कृष्णदास श्रेष्ठद्वारा लिखित चीनमा भूमि समस्यालाई कसरी हल गरियो ? शीर्षकको लेख प्रकाशित भयो । त्यस लेखले नव स्वतन्त्र देश, उपनिवेश वा अर्ध –उपनिवेश देशको अवस्थामा रहेका देशहरूमा भूमि समस्या ज्यादै महत्व रहेको र त्यसलाई राम्ररी हल नगरिकन अरु समस्यालाई हल गर्नु असम्भव प्रायः भएको, केही समाजवादी र नव स्वतन्त्र देशहरूले भूमि समस्या समाधानका उपायहरूलाई गलत ढङ्गले अपनाउनाले अल्मलिरहेको अवस्थामा पुगेकोसँगै चीनले के कसरी क्रान्तिकारी भूमि सुधार लागू ग¥यो भने इतिहासलाई छर्लङ्ग पारेको छ । यहाँनेर के भन्न सकिन्छ भने आफूलाई कम्युनिष्ट दाबी गर्ने दुईतिहाइको नक्कली नेकपाको सरकारले भूमि समस्यालाई समाधान गर्ने भनी गलत उपायहरू लागू गर्नाले झन्–झन् पेचिलो पासोमा परिरहेको छ ।
उक्त लेखले चीनले के कसरी क्रान्तिकारी भूमि सुधार लागू गरियो भने इतिहासलाई प्रस्तुत गरेको छ । भोलि नेपाल कम्युनिष्ट आन्दोलनमा क्रान्तिकारी भूमि सुधारका विभिन्न नीतिहरू बनाउन सहयोग मिल्ने नै छ । उहाँका यस्तै अरु अरु लेखहरू पनि छापिएका छन् । वर्ग के हो ? वर्ग सङ्घर्ष के हो ? ऐतिहासिक भौतिकवाद भनेको हो ? आदि कुराहरू भर्खरै कम्युनिष्ट आन्दोलनमा लागेकाहरूलाई खुराक नै हो । त्यसो भएर, कम्युनिष्ट सिद्धान्तमा लागेका विशेषगरी नयाँ पुस्ताले उहाँका लेखहरू हेर्न र चिन्तनमनन गर्नुपर्ने देखिन्छ । हामी उहाँका लेखहरू यसैगरी पछिपछि पनि प्रकाशित हुने आशा गर्दछौँ ।
२०७५ पुस ६ गते मजदुर दैनिकमा स्तालिनको १३९ जन्म दिवसको अवसरमा स्तालिन परिशिष्टाङ्क निकाल्नु धेरै प्रशंसनीय कार्य हो । त्यस परिशिष्टाङ्कले आपूmलाई कम्युनिष्ट दाबी गर्ने नेपालका शासकहरू संशोधनवादी, अवसरवादी, विश्वासघाती, अराजकतावादी आदि भएको चरित्र उदाङ्गो पारेको छ । यसैगरी, त्यसले स्तालिनबारे भ्रमहरूलाई चिरेको छ ।
२०७५ पुस ११ गते मजदुर दैनिकमा माओको १२५ औँ जन्म दिवसको अवसरमा माओ त्सेतुङ परिशिष्टाङ प्रकाशित भएको थियो । यो समसायिक र अति नै सह्राहनीय कार्य हो । त्यस परिशिष्टाङमा माओ चिनियाँ भूमिमा माक्र्सवाद – लेनिनवादलाई प्रयोग गर्न सफल हुनुभयो भन्ने शीर्षकको अन्तर्वार्तामा नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छें (रोहित) ले प्रष्ट भन्नुभयो । “माक्र्सवादी – लेनिनवादी क्रान्तिकारी सिद्धान्तको झण्डालाई संसारमा अझ माथि उठाउन का. माओ त्सेतुङको यसरी ठूलो योगदान छ ।” त्यस अन्तरवार्ताले नेपाल र संसारका संशोधनवादी, अवसरवादी, विश्वासघातीहरूलाई चोटिलो जवाफ दिएको छ ।
त्यस्तै, त्यसमा माणिकलाल श्रेष्ठको चीनको सर्वहारा सांस्कृतिक क्रान्ति भन्ने लेखमा भनिएको थियो ।… विश्व सर्वहारा वर्गको अन्तर्राष्ट्रिय समाजवादी आन्दोलनमा चिनियाँ सांस्कृतिक क्रान्तिको अविस्मरणीय महत्वको साथै अमिट प्रभाव परेको छ र परि नै रहने छ ।
श्रमिक साप्ताहिकको पुस्तक परिचय स्तम्भमा जमिलाका पुस्तक परिचयहरू निकै घट्लाग्दा छन् । उहाँले नेमकिपाबाट प्रकाशित पुस्तकहरूको बारेमा क्रमशः पुस्तक परिचयहरू लेख्नुभएको छ र निरन्तर लेख्नु हुनेछ भनी हामी आशा गर्दछौँ । २०७५ माघ १ गते जनताको प्रजातन्त्र समाजवाद स्थापनाको लागि महत्वपूर्ण चरण भन्ने पुस्तक परिचयमा लेखिएको थियो । नेपाल मजदुर किसान पार्टीको छैटौं महाधिवेशन ( २०७० चैत २१ (२३) ले पार्टीको तत्कालिन कार्यक्रमको रुपमा पारित गरेको जनताको प्रजातन्त्रबारे आज चर्चा गर्नु सान्दर्भिक छ । नेमकिपाको सातौँ महाधिवेशन नजिकिंदै गर्दा थप विश्लेषण, अध्ययन, छलफल र अन्तरक्रिया आवश्यक छ । त्यसबाट नेमकिपाले प्रकाशन गरेका पुस्तकहरूको व्यहोरा र त्यसका महत्वबारे नयाँ पुस्तालाई थाहा हुने नै भयो ।
चीनको नयाँ जनवादको ठाउँमा जनताको प्रजातन्त्रमात्र राखेको हो ? भन्ने बुद्धिजीवीहरूको विभिन्न वृतमा चर्चा चलेको थियो । उक्त पुस्तक परिचयले चीन, नेपाल र विश्वका परिस्थिति फरक–फरक भएको हुनाले नेपालको वस्तुस्थिति अनुसार मिल्नेगरी जनताको प्रजातन्त्र समाजवादी क्रान्ति गर्ने क्रममा पँुजीवादलाई ढालिसकेपछि आउने सङ्क्रमणकालीन व्यवस्था भनी जवाफ दिएको हामी पाउँछौं ।
त्यस पुस्तक परिचयले जनताको प्रजातन्त्रबारे थप पृष्ठभूमि, कारण र विशेषताको व्याख्या गरेको छ ।
नेपाल वैकल्पिक अध्ययन समाजको आयोजनामा २०७५ पुस १ गते आइतबार नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजना भएको समाजवादउन्मुख राज्य व्यवस्थामा जनस्वास्थ्य नीति विषयक अन्तरक्रिया कार्यक्रममा चिकित्सक सरोज धितालले एउटा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । उक्त कार्यपत्र २०७५ पुस ४, ५ र ६ गतेका मजदुर दैनिक अङ्कहरूमा प्रकाशित भएको थियो । उक्त कार्यपत्रको सार नै स्वास्थ्य सेवा पूर्णरुपले निःशुल्क हुनुपर्ने हो र त्यो भएन भन्ने हो । त्यस कार्यपत्रमा कतिपय कुराहरू अस्पष्ट छन् र स्वास्थ्य क्षेत्रको विभिन्न क्षेत्रमा अहिले सुधार गर्नुपर्ने कुरा पनि लेखिएको छ ।
२०७५ माघ ५

Leave a Reply

Your email address will not be published. Required fields are marked *