भर्खरै :

नेमकिपा स्थापना दिवसको शुभकामना

विसं २००६ मा नेपाल कम्युनिष्ट पार्टीको स्थापना भयो । त्यत्तिबेला नेपालमा जहाँनिया निरङ्कुश राणाशासन थियो । छिमेकी देश भारत भर्खरै बेलायती उपनिवेशबाट मुक्त भएको थियो । अर्को छिमेकी देश चीनमा नौलो जनवादी क्रान्ति सम्पन्न भइसकेको थियो । उपनिवेशवादी शक्तिबाट उपनिवेश बनाइएका संसारका देशहरूको स्वतन्त्र आन्दोलनहरूमा सोभियत सङ्घ खुलेरै लागिरहेको थियो । उपनिवेशवादी शासनबाट मुक्त बनेका देशहरूको निम्ति सोभियत सङ्घको न्यायपूर्ण समाजवादी व्यवस्था आकर्षणको विषय थियो । शोषणमा आधारित पश्चिमा ‘प्रजातन्त्र’ को विकल्प सोभियत सङ्घको जस्तो समाजवादी व्यवस्था पनि हुनसक्नेबारेमा संसारका श्रमजीवी र प्रगतिशील जनता छलफल गर्दै थिए । नेपालको सन्दर्भमा छिमेकी देश चीनले समेत त्यही बाटो अँगालिसकेको अवस्थामा केही युवाहरूले कम्युनिष्ट पार्टीको जग राखे ।
वर्गसङ्घर्ष र वर्गीय चिन्तनको विकास भइनसकेको तत्कालीन नेपाली समाजमा स्थापना भएको कम्युनिष्ट पार्टीमा वस्तुगतभन्दा पनि भावनात्मक आकर्षण बढी थियो । त्यसैकारण त्यत्तिबेला कम्युनिष्ट पार्टीको नेतृत्व नै शोषक र सामन्ती परिवारकै भावुक युवाहरूको हातमा पुगेको देखियो । शताब्दी लामो बन्द समाजबाट भर्खरै बाहिरी विश्वसँग गाँसिन पुगेको नेपाली समाजमा कम्युनिष्ट पार्टीका गतिविधिलाई छिमेकी देश र आफ्नै देशका शासक वर्गले निको नमान्नु स्वाभाविकै थियो । फलतः कम्युनिष्ट पार्टीलाई त्यसको मूल सिद्धान्तबाट च्युत बनाउने प्रयास सुरूबाटै भएको देखिन्छ । त्यसमाथि समाजवादी देशको नेतृत्व मानिएको सोभियत सङ्घले संशोधनवादी नीति बोक्दा शैशवकालीन नेपालको कम्युनिष्ट आन्दोलन प्रभावित हुनु अस्वाभाविक थिएन ।
२०१७ पुस १ गते राजा महेन्द्रले देशमा पञ्चायती व्यवस्था लागू गरे । कम्युनिष्ट पार्टीको संशोधनवादी नेतृत्व, काङ्ग्रेसविरोधी भावना र राजाको चालबाजीका कारण धेरै कम्युनिष्ट पार्टीका नेता र बुद्धिजीवी पञ्चायतका ज्यावल बने । कम्युनिष्ट आन्दोलन छिन्नभिन्न र अन्योलको समयमा फस्यो । तर कम्युनिष्ट आन्दोलनमा क्रान्तिकारी विचार मरेर गएन । संशोधनवाद र पञ्चायतको पिछलग्गुवादको विरोधमा लड्ने कम्युनिष्टहरूले तुहिने अवस्थाको कम्युनिष्ट आन्दोलनलाई अघि बढाए । त्यही धारभित्र पनि खोटो र लुप्त प्रतिक्रियावादी विचारविरुद्धको सङ्घर्षले जन्माएको पार्टी हो–नेपाल मजदुर किसान पार्टी । विसं २०३१ को माघ १० गते नेपालको कम्युनिष्ट आन्दोलनभित्रका गलत विचारविरुद्धको सैद्धान्तिक सङ्घर्ष, अन्तर्राष्ट्रिय परिस्थितिको मूल्याड्ढनमा आएको मतभिन्नताले नेमकिपा (तत्कालीन सङ्गठन) स्थापनाको वस्तुगत आधार तयार ग¥यो ।
संशोधनवाद कम्युनिष्ट आन्दोलनभित्र फैलिएको पुँजीवादी विचारधारा हो । हिटलरको नाजी सेनाले सिध्याउन नसकेको कम्युनिष्ट आन्दोलनलाई संशोधनवादीले सिध्याएको इतिहास नै सोभियत सङ्घको अस्थायी हारको इतिहास हो । त्यसकारण संशोधनवाद कम्युनिष्ट आन्दोलनभित्रको प्राणघातक रोग हो । तत्कालीन परिस्थितिमा नेमकिपाको स्थापना नभएको भए आज नेपालको कम्युनिष्ट आन्दोलनमा घातक रोग बनेको संशोधनवादी लाइनविरुद्ध लड्ने कुनै पनि कम्युनिष्ट पार्टी बाँकी रहने थिएन ।
२०५२ सालबाट तत्कालीन माओवादी पार्टीले देशमा सशस्त्र विद्रोह थालनी ग¥यो । माओवादी विद्रोहबारे अन्य राजनीतिक शक्तिहरू अन्योल र अस्पष्टतामा अल्मलिरहेको अवस्थामा नेमकिपाले प्रष्टतः माओवादी विद्रोहलाई अराजकतावादी आन्दोलन किटान गरी सैद्धान्तिक सङ्घर्ष अघि बढायो । अत्यन्त प्रतिकूल परिस्थितिमा पनि नेमकिपाले सैद्धान्तिक सङ्घर्षको नीति त्यागेन । अराजकतावाद माक्र्सवादबाट भड्किएको लाइन भएको प्रष्ट विश्लेषण सहित अराजकतावादको अवसान दक्षिणपन्थमा हुने नेमकिपाको ठहर थियो । तर, समयान्तरमा नेमकिपाको यो सैद्धान्तिक विश्लेषण सही प्रमाणित भयो ।
कम्युनिष्ट आन्दोलनभित्र सुरुदेखि नै शासक वर्ग र भारतीय एकाधिकार पुँजीले घूसपैठ गरी आफ्नो स्वार्थअनुकूल हिंडाउन खोजिरहेको नेमकिपाको विश्लेषण आजको होइन, चालिसको दसकमा प्रकाशित दस्तावेजहरूमै नेमकिपाले यो विचार अघि सारेको थियो । (हेर्नोस्, पृष्ठ ५) आज समयक्रमले यही कुरा पुष्टि भइरहेको छ । कम्युनिष्ट आन्दोलनमा हमला गर्न बनाइएका ट्रोजन हर्सले नेपालको कम्युनिष्ट आन्दोलनलाई संशोधनवादी भासमा मात्र जाँकेको छैन, बरु नेपालको सार्वभौम अस्तित्व समेतलाई खतरामा परेको थियो ।
निः सन्देह आजको अन्तर्राष्ट्रिय परिस्थितिमा कम्युनिष्ट आन्दोलन प्रतिरक्षात्मक अवस्थामा छ । तर, साम्राज्यवादी खेमाभित्रको गहिरिंदो विभाजन र पुँजीवादी सङ्कटले संसारको कम्युनिष्ट आन्दोलनको महत्व अझ उँचो बनाइरहेको छ । पुँजीवादी संरचनागत सङ्कटको दोषबाट पन्छिन पुँजीपति वर्ग स्वयम् कम्युनिष्ट पार्टीभित्र ओट लागेका छन् । तर परिस्थितिले त्यस्ता औतारीहरूको खोल उदाङ्गो पार्नेछ ।
नेपालको सन्दर्भमा नेमकिपाले आज उठाइरहेका विषय र संशोधनवादी खेमाविरुद्ध गरिरहेको सङ्घर्षले अन्ततः देशमा समाजवादी क्रान्तिलाई योगदान गर्नेछ । समाजवादी व्यवस्था स्थापनाको निम्ति नेमकिपाले गरिरहेको सङ्घर्षको जित हुनेछ । निःसन्देह यसको निम्ति व्यापक कामदार जनता र क्रान्तिकारी कार्यकर्ता पङ्क्तिको ठूलो बलिदानको खाँचो पर्नेछ । नेमकिपाको ४५ वर्ष लामो यात्रा त्यत्ति सरल र सजिलो पक्कै थिएन । प्रतिकूलका अनेकन पहाड छिचोलेर नेमकिपाले यहाँसम्मको यात्रा तय गरेको हो । हजारौँ माइलको यात्रा एकै पाइलाबाट सुरु हुन्छ भनेजस्तै आजभन्दा ४५ वर्षअघि चालिएको यो यात्राले जनताको प्रजातन्त्र हुँदै समाजवाद र साम्यवादी समाजसम्म पुग्नु नै नेमकिपाको सही हुनुको दसी हुनेछ । ४५ औँ स्थापना दिवसको हार्दिक शुभकामना ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *