भर्खरै :

दरबार स्कूल र त्रिचन्द्र कलेज

भुवनलाल प्रधान
दार्शनिकहरूले संसारलाई केवल विभिन्न प्रकारले अथ्र्याएका छन्, तर कुरो चाहिं यसलाई परिवर्तन गर्नु हो ।
क्रान्ति प्रारम्भ हुन्छ दार्शनिकको मस्तिष्कमा– परिपक्व हुँदै आइरहेका अन्तरविरोधहरूबारे चिन्तन गर्दै रहेको मस्तिष्कमा ।
कार्ल माक्र्स
गंगालाल श्रेष्ठले दरबार स्कूलमा आफ्नो अध्ययनको क्रममा अध्ययनेत्तर पक्षहरूमा पनि उत्तरोत्तर प्रगति गर्दै लगेका थिए । तीमध्ये एउटा
पक्ष नाटकीय अभिनय पनि थियो– विशेष गरेर अङ्ग्रेजी भाषा बोली गर्ने अभिनयमा । यसैको कारण उनी स्कूल कलेजका विद्यार्थीहरूको बीचमा त बहुचर्चित भए । साथै, तत्कालीन शिक्षा अधिकारीहरूको दृष्टि पनि उनीमाथि पर्नथाल्यो जसबारेको एकदुई घटना निम्नलिखित अनुसार छन् ।
सं. १९९४ मा दरबार स्कूलको पुरस्कार वितरणोत्सव समारोह गरिएको थियो । यसको आयोजना दरबार स्कूलको क्याम्पभित्र रहेको तत्कालीन मजलिस घर (मजलिस घरको रुपमा प्रयोग गर्नु नपर्ने बेलामा यो भवन दरबार स्कूलकै शैक्षिक काममा प्रयुक्त हुन्थ्यो । जुद्ध सडकमा सं। १९९५ मा नयाँ सभागृह तयार भएपछि उक्त मजलिस घर दरबार स्कूलकै भवनको अङ्ग भइसकेको छ ।) मा भएको थियो ।
पुरस्कार वितरण समारोहसम्बन्धी कार्यक्रमअन्तर्गत अग्रगण्य नाविक कोलम्बसलाई उनकै जहाज ‘सान्टा मारी’ मा घटेको एउटा हृदयस्पर्शी घटनाको एक दृश्यमञ्चन गरिएको थियो । त्यस ड्रामाको प्रमुख पात्र कोलम्बसको पाठ गंगालालले खेलेका थिए । त्यसबेला उनी कक्षा १० मा पढ्दथे ।
घटना ई। १४९२ अक्टोबरको थियो जब कोलम्बस र उनका सहयोगीहरू तीनओटा जहाज– सान्टा मारी, पिन्टा र निना एटलान्टिक महासागरको अथाह, अनकन्टार जलराशीमा दुई महिनासम्म रात–दिन तर्दै अगाडि बढिरहेका थिए । त्यसबेला यसरी समुद्रमा धमाधम गइरहेमा समुद्रहको अन्त्यमा पुगिन्छ र जहाजहरू पृथ्वीको पानीबाट उछिट्टिएर आकाशमा खस्नेछन् भन्ने जनधारणाले घर जमाएको थियो । ड्रामामा दुईमहिने यात्रापछि पनि कुनै निश्चित मञ्जिलमा नपुगी आजित भएका सहयोगी नाविकहरू अक्टोबर १२ तारिखको साँझ विद्रोह गर्ने हदमा पुगेका थिए । उनीहरूले कोलम्बसको कठालो समात्दै भने, “हेर, कोलम्बस, तेरो बौलठ्ठीका लागि हामी ज्यान
गुमाउन चाहँदैनौं । यसभन्दा अगाडि हामीले धेरैपल्ट विरोध गरिसकेका छौं तापनि तिमीले भनेको कुरा मानेर यहाँसम्म आयौँ । अब त तेरो कुनै कुरा सुन्न हामी तयार छैनौँ । हामी यहींबाट फर्कन चाहन्छौँ । तिमी पनि हामीसित खुरुक्क फर्किहाल । नत्र तँलाई यहीँ सिध्याउँछौँ ।।। ल भन, ।।। के भन्छौ रु ।।।”
यति भनी उनीहरूले समुद्रै समुद्रबाट पृथ्वीको परिक्रमा गर्ने महत्वाकाङ्क्षा लिएका ती साहसिला कोलम्बसलाई लछारपछार गर्न लागे । त्यस्तो अप्ठेरो सङ्कटापन्न क्षणमा पनि धीर, गम्भीर, साहसी कोलम्बसले आफूमाथि हातपात गर्न लागिरहेका अनुयायीहरूलाई साम्य पारिरहेको अभिनय गङ्गालालले गर्नुपरेको थियो ।
गोरो बाटुलो अनुहार, घुँडामुनिसम्म छोपेको कालो शेरमानी लगाएका, अङ्ग्रेजी ठीकसँग बोलिरहेका गंगालाल हुबहु कोलम्बसजस्तै देखिएका थिए ।
आवेशमा आइरहेका सहयोगीहरूलाई शान्त पार्न, उनीहरूको उत्साहलाई दब्न नदिन, उनीहरूको विरोधी भावनालाई हटाई आफूप्रति उनीहरूको विश्वास पुनःप्राप्त गर्न कोलम्बसको पाठ खेलेका गंगालालले जसरी प्रभावकारी अभिनय गरे त्यसबाट सम्पूर्ण दर्शकवृन्द स्तब्ध भयो । उनको बोलाइ, अङ्गेजी बोलाइ पनि उत्तिकै अभिनयअनुरुप थियो । सार्वजनिक शिक्षाका निर्देशक राणा जनरललगायत अतिथिहरू एवं शिक्षक, विद्यार्थी वर्गको त्यहाँ उपस्थित विशाल समूहले उनको ‘डाइलग’ बिलकुल निस्तब्धताका साथ सुनिरहे । सयौं दर्शकहरूले भरिभराउ भएको उक्त ठूलो हल एकदम चकमन्न थियो ।
पुरस्कार वितरणसम्बन्धी सम्पूर्ण कार्यक्रम सम्पन्न भएपछि दर्शकहरूको बीच ड्रामाका पात्रहरूको, विशेष गरेर नायक भएका गंगालालको व्यापक चर्चा चल्यो ।
राणा जनरल मृगेन्द्रशमशेर, बालकृष्ण शमशेर, प्रधानाध्यापक रुद्रराज पाण्डे आदि उनको अभिनयबाट विशेषरुपले प्रभावित भए हुनन् । किनभने डेढ वर्ष जतिपछि सं। १९९५ मा श्री ३ महाराज जुद्धशमशेरकै उपस्थितिमा हुने अर्को पुरस्कार वितरणोत्सवको कार्यक्रमअन्तर्गत खेलिने अङ्ग्रेजी नाटकका लागि रोजिएका पात्रहरूमा गंगालाललाई पनि समावेश गरियो ।
उक्त अर्को पुरस्कार वितरणोत्सव दरबार स्कूल र त्रिचन्द्र कलेज दुवैको संयुक्त रुपमा गरिने भयो र समारोहको आयोजना सं। १९९५ सावन २४ गते जुद्धसडकस्थित नयाँ बनेको सभागृहमा (काठमाडौँ सहरको टाउन हलको रुपमा यो सभागृह वर्तमान शुक्रपथको दक्षिण– पूर्वी छोर नयाँ (जुद्ध) सडकमा जोरिएको कुनामा सं। १९९५ मा बनेको थियो । त्यही सभागृह सं। २००६ मार्गदेखि सिनेमा हलको रुपमा रह्यो । त्यसलाई जनसेवा सिनेमा हल पनि भनियो । सं। २०१८–१९ ताका त्यो भवन हूलदङ्गाको फलस्वरुप पूर्णतः जलाइयो । अब त त्यस भवनको नामोनिशान बाँकी छैन । त्यसको जग र जगमुनिको जग्गासम्म विशाल बजारका भवनहरूमा सम्मिलित भइसकेको छ ।) गरियो । त्यस समारोह श्री ३ म।जुद्धशमशेरकै प्रमुख आतिथ्यमा भयो । विद्यार्थीहरूको तर्फबाट तयार पारिएको “अहो भाग्य हाम्रो यही पुण्त्ूमि” शीर्षक स्वागत गानबाट प्र
ारम्भ भएको उक्त समारोहका कार्यक्रम दरबार स्कूलका प्रधानअध्यापक, त्रिचन्द्र कलेजका प्रिन्सिपल, सार्वजनिक शिक्षाका निर्देशक जनरलबाट आ–आफ्ना शैक्षिक प्रतिवेदन
प्रस्तुत गर्नु, श्री ३ जुद्धशमशेरबाट सम्बोधन ९सम्बोधनः– त्यस अवसरमा श्री ३ जुद्धबाट दिइएको सम्बोधनबाट तत्कालीन शैक्षिक स्थिति, सरकारको शिक्षा नीति, दरबार स्कूलको पूर्व इतिहास आदिमा प्रकाश पार्नुको साथै त्यसमा उल्लिखित कतिपय कुराहरू अहिले ऐतिहासिक रुपले घतलाग्दा हुने हुनाले त्यसको केही अंश यहाँ उद्धृत गरिएको छ ः
“।।। विद्यालयमा म पनि कुनै बेला विद्यार्थी भइरहेको थिएँ ।।। हामीले पढ्न थाल्दा ।।। स्कूलको जन्म भरखर भएको थियो । यसको जन्मदाता बुबाज्यू होइबक्सिन्थ्यो । त्यसबेला पढाउने मास्टरहरू पाउनु सजिलो थिएन ।।। यसरी पहिले आफ्नै घरमा ऐनकेन प्रकारले ठाउँ तुल्याई स्थापना गरी त्यसपछि आफ्नो घरको पटाङ्गिनीको पूर्वपट्टि छेउमा दस्तुर माफिकको क्लास रुमहरू भएको घर बनाई सारो बढाउँदै त्यो विद्यालय क्रमशः बढ्दै गई अहिले नौजवानीको अवस्थामा पुग्न गएको देख्न पाएका छौँ । आशा छ कि यसबाट मिलेको तालिमबाट मुलुकको उन्नति र दुनियाँलाई सुमार्गको बाटो देखाउने भइरहेछ ।।। हाम्रो शिक्षा विभागले साधारण उच्च शिक्षाबाट मात्र निर्वाह चल्ने होइन, औद्योगिक शिक्षातिर जोड दिनुपर्दछ भन्ने विचारतिर लागिरहेको बहुत बेस कुरा हो ।।। मातृ भाषाको महत्व ठूलो छ ।।। हाम्रो भाषामा बढिया पुस्तक तयार गर्नेहरूलाई बक्स दिनालाई परारै तीन हजार रुपियाँ दिएबाट बेस काम दिएको देखियो । ।।। अब पनि ।।। नेपाली भाषा प्रकाशिनी समितिलाई अहिले दस हजार रुपैयाँ डाइरेक्टर जनरलको तजबीजले खर्च गर्ने गरिदिएको छु । अङ्ग्रेजी विभागतर्फको लाइब्रेरीका निमित्त किताब किन्न अघि दस हजार रुपैयाँ एकैचोटि दिई त्यसमा थप सालियाना ५०० दिंदै गरेबाट पुगेकै देखियो ।।। लडकाहरूको स्वास्थ्य परीक्षाको बन्दोबस्त गरिदिएकोले पनि बेसै नतिजा देखिन गएको छ । आफ्नो घरको सावगाँसले नपुग्ने लडकाहरूलाई दिउँसो खानेकुराको प्रबन्ध गरिदिनालाई ।।। किताब किनी डाइरेक्टर जनरलका तजबीजले दिनालाई मुनासिब चाहिने खर्चको पनि प्रबन्ध गरिदिनेछु । ।।। लायक लडकाहरूलाई तकमा दिन र पुरस्कार दिनालाई सालिन्दा रु। ६०० दिने प्रबन्ध गरेकोबाट पनि असल नतिजा देखाइरहेको रहेछ ।।। ललितपुर, भक्तपुरमा अलग अलगै स्कूल खोलियो ।।। प्रात्ेट स्कूल खोल्न बक्सेको छ ।।। विद्यार्थीहरू, तिमीहरूलाई पनि म यहाँ केही भन्न चाहन्छु । ।।। तिमीहरू भोलिपर्सि ‘सिटिजन’ हुनेछौ । सिकेको इलमद्वारा विद्याको घमण्डले आफ्नु मुलुकको सेवा–टहल गर्नु बिर्सनहुँदैन । इलम भनेको कुरा आफ्नै निमित्तमात्र हासिल गरेको होइन, मातृभूमिको बेहत्तरीको निमित्त पनि हो भन्ने सम्झिलेऊ । विराना बोली जान्ने भएपछि र विराना बोलीबाट इलम सिकेपछि विराना देशको ढाँचा गर्नुपर्छ भन्ने समझ तिमीहरूको दिलमा कहिल्यै बास नदेऊ । सच्चा विद्यावान्, इलमदार त्यही हो जो आफ्नू मुलुकको आमद, अवस्था र रीतिथिति बुझी चल्दछ । ।।।”
– स्व। ड्रा। मरीचमान नकर्मीको सङ्कलनबाट साभार– लेखक) गर्नु, विशिष्ट विद्यार्थीहरूलाई उनकै हातबाट पुरस्कार दिइनु आदि थिए ।
समारोह सकिएपछि उक्त नवनिर्मित सभागृहकै हलमा त्रिचन्द्र कलेजका विद्यार्थीहरूबाट तयार पारिएको शेक्स्पियरको नाटक “द मर्चेन्ट अफ भेनिस” को ‘ट्रायल’ द ृश्य प्रदर्शित गरिएको थियो । त्यस नाटकमा शाइलककी छोरी जेसिका हुने गंगालाल नै थिए । गोरो बाटुलो मुख– स्त्री अनुहारसित मिल्दोजुल्दो, फ्रक र स्कर्ट लगाएको, जुत्ता–मोजामाथि पिडौंला केही देखिने, त्यसमा पनि अङ्ग्रेजीमा कुरा गरिरहँदा उनी कुनै अङ्ग्रेजी केटी नै हुन् कि जस्तो भान पर्दथ्यो ।
गंगालालको उक्त अभिनयको चर्चाको साथै राम्रो अङ्ग्रेजी बोल्ने उनको अभिरुचिबारे दमनराज तुलाधर यसो लेख्छन् ः–
“हिजो आज पनि विचारशून्य मस्तिष्क लिएर ओछ्यानमा असरल्ल भई पल्टँदा एक नवयुवकको छाया सहस्रा मानसपटलमा झलक्क प्रतिबिम्बित हुन्छ । गोरो नाक,अलि थेप्चिएको, मुख अलि च्यात्तिएको, पोटिला पोटिला गाला, ओंठमा भर्खर भर्खर जुँगाको रेखा बस्न लागेको, कपाल कालो– घुङ्ग्रिएको, होचो कदको त्यो युवकको नाउँ थियो–गंगालाल श्रेष्ठ ।”
“उनी मेरा माइला भाइका एकमात्र मित्र थिए । त्यसैले हाम्रो घरमा उनको धेरै आवतजावत थियो । मसँग उनको त्यत्तिको घनिष्ठता थिएन ।
“संवत् १९९४ को जेठ–असारको महिना (स .१९९५ साउन २४ गते हुनुपर्ने –लेखक) हुँदो हो म त्यसबेला त्रिचन्द्र कलेजको बी।ए।को तेस्रो वर्षमा पढ्दै थिएँ । त्यस साल स्कूल कलेजको वार्षिक पुरस्कार वितरण तत्कालीन राणा प्रधानमन्त्रीको हातबाट भव्य रुपले सम्पन्न हुने थियो । त्यस समारोहको लागि सेक्सपियरको ‘मर्चेन्ट अफ भेनिस’ भन्ने नाटकको अदालतको दृश्य अभिनय गर्ने निधो भयो । त्यसमा मैले पोर्सियाको पाठ खेल्ने भएँ र गङ्गालाललाई जेसिकाको पाठ दिइयो । यसरी सँगसँगै नाटक खेल्ने हुँदा उनीसँग मेरो घनिष्ठता बढ्दै गयो ।”
“उनीलाई अङ्ग्रेजी भाषा सिकी अङ्ग्रेजीमा नै भाषणसमेत गर्नसक्ने योग्यता हासिल गर्ने ठूलो अभिरुचि बढ्दै आयो र यस प्रयोजनका लागि उनी मेरो कोठामा पनि आउन थाले । मैले उनलाई म्याकलेको निबन्धबाट विश्वविख्यात प्यासेज (Passage) हरू मुखाग्र गर्न सल्लाह दिएँ । मेरो सल्लाहबमोजिम थोरै समयमा नै प्यासेजहरू कण्ठस्थ भन्न सकी मलाई उनको तीक्ष्ण बुद्धिको छाप मेरो मनमा अमीटरुपले अङ्कित गरे ।”
“यसैबीचमा मेरो भाइ बम्बईमा पढ्न गएकोले तिनीसँग मेरो सम्पर्क सहसा छुट्न गयो ।” (दमनराज तुलाधरकै स्वहस्ताक्षरको एउटा लेखबाट जुन मेरो सङ्कलनमा छ–लेखक)
यसरी खूब राम्रो अङ्ग्रेजी बोल्ने भएका गङ्गालालले स्त्री भेषमा गरेको अभिनयबाट जुद्धशमशेर निकै प्रभावित भए । उनले थलोमै शिक्षा डाइरेक्टर, प्रिन्सिपल र हेडमास्टरसँग उनीबारे सोधपुछ गरे । उनले ई। १९३८ मा एस।एल।सी। परीक्षा प्रथम श्रेणीमा दोस्रो स्थान पाएको एवम् कक्षाहरूमा पहिलो दोस्रो भइरहने कुराको जानकारी जुद्धशमशेरलाई दिए । जुद्धशमशेरले झन् खुसी भएर गङ्गलालको राम्रो हेरचाह गर्न उनीहरूलाई आवश्यक निर्देशन दिए ।
गङ्गालालप्रति उनीहरूले कस्तो र कसरी हेरचाह वा केकस्तो रेखदेख पु¥याए उनीहरूलाई नै थाहा होला । तर, गङ्गालाल चाहिं आफ्नै सुरले अगाडि बढ्दै थिए–त्रिचन्द्र कलेजभित्र होस् या बाहिर ।
अङ्ग्रेजी भाषाका होऊ वा नेपाली भाषाका राम्रा–राम्रा भावपूर्ण कविता वा अनुच्छेदहरू उनी कण्ठ गर्दथे । “ब्रिद्स् देअर द माय्न विद् सौल सो डेड्”, (सर वाल्टर स्कटको ‘Patriotism’ शीर्षक सुप्रसिद्ध कविता) ‘चम्क युवक अब चम्क न चम्क’ आदि कैयन् जोशिला देशभक्तिपूर्ण कविताहरू उनलाई कण्ठै थिए । आफँै पनि त्यस्तै खालका कविता रच्दथे । कोठाभित्रै साथी–साथीहरूको बीचमा हुने साहित्यिक गोष्ठीहरूमा उनी खूब जोशिला लेख, कविताहरू पाठ गर्दथे । यस्ता कविताहरूमध्येकै एउटा निम्नलिखित श्लोकले यत्रतत्र उद्धृत गरिने भई अत्यधिक प्रसिद्धि प्राप्त गरेको छ ।
“जेता–नेतादि सबले मर्नु साजा सबैको,
सबसब गई बस्तछन् एकदिन काखमा चित्ताको ।
किन डरुँ मृत्युदेखि मर्न कम्मर कसेको,
हुँ एक वीर पुत्र वीर माँ नेपालको ।।”
स्रोत ः शहीद गङ्गा–दशरथ (दुई अमर शहीदहरुका जीवनी)

Leave a Reply

Your email address will not be published. Required fields are marked *